लगातारको बन्द र प्रदर्शनले तातेको विरगञ्ज आजपनि बिहानै देखी तनावग्रस्त बनेको छ । विरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको परिसरभित्र गोली चल्दा तीनजना घाइते भएका छन् । अस्पतालभित्रै गोली चलेपछि विरगञ्जको वातावरण आतंकित बनेको छ ।
अस्पतालका चिकित्सक, कर्मचारीहरु र स्थानियहरु आक्रोशित बनेका छन् । गालि लागेर घाइते हुनेहरुमा प्रहरी जवान नरेन्द्र चौधरी विनोद महतो, र आइतबरियादेवी छन् । उनीहरुको खुट्टामा रबरको गोली लागेको छ । घाइते चौधरी अस्पतालमा खटिएका प्रहरी जवान हुन् भने महतो कार्यालय सहायक हुन् । आइतबरिया देवी अस्पतालमा उपचारका गर्न गएकि बिरामी हुन्। गोलि कस्ले चलाएको हो भन्ने अहिलेसम्म एकिन हुन सकेको छैन । प्रहरीले पनि यसबारेमा कुनै आधिकारीक धारणा बाहिर ल्याएको छैन । यसअघि मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जस्थित कर कार्यालयमा र सीमा प्रहरी चौकीमा आगजनी गरेका थिए । कर कार्यालयमा आगजनी गरेको समूह भाग्दै अस्पताल तर्फ गएपछि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताए पनि प्रहरीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यस अघि सोमबार पनि विरगञ्ज दिनभर तनावग्रस्त भएको थियो । तनाव नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो । भिडियो हेर्नको लागि यहाँ तलको लिंकमा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via
IFTTT
जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् । तिनको हात समात्दै मैले भनें: “तिमिसित एउटा कुरा गर्नु छ्”। तिनी बसिन र चुपचाप खान थालिन् । मैले तिनको आँखामा उदासीपन महसुस गरें । अचानक मेरो वाक्य बन्द भयो | तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो – म तिनिसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ | मैले आफ्नो कुरा संयमका साथ राखेँ | मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन, बरु नम्र भएर सोधी: किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ | तिनी रिसाइन र चप्स्टिक हुर्याएर मलाई ‘नामर्द’ भन्दै चिच्याइन |
त्यस रात हामी दुवैबिच कुराकानी भएन,तिनी रुइरहेकी थिइन् | हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो | तर मसंग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन | जेन भन्ने महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ | तिनिप्रति दया जागेर आयो | गह्रुगो अपराधबोधकासाथ मैले एउटा सम्बन्ध्-बिच्छेदको सम्झौता पत्र तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३०% शेयरमा तिनलाई हकदार बनाएँ | तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन र फाडेर च्यातच्युत पारीन | दश दश बर्षसम्म एउटै छानामुनी बसेकी ती महिला अब अजनवी भैसकेको थियो |यस घरमा आएर तिनको आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ | तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख उन चहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ | अन्तत मैले अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर रुन थालिन् |साँच्चै भन्नु हो भने तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो | अनि धरै दिनदेखि मनमा सँगालिराखेको सम्बन्ध्-बिच्छेद गर्ने बिचार अहिले आएर ठोस् र स्पष्ट भएजस्तो लाग्यो |
अर्को दिन जब म राती अबेर घर पुगेँ, तिनी टेबलमाथि केही लेखिरहेकी थिइन | मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ | जब म बिउँझे, तिनी अझै लेख्दै थिइन | मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरी सुतेँ | भोलिपल्ट तिनले सम्बन्ध्-बिच्छेदका शर्तहरु मेरो सामु तेर्स्याइन- सम्बन्ध्-बिच्छेद गर्नुअघि १ महिनाको अग्रिम सुचना दिनुपर्ने बाहेक तिनले म बाट कुनै हकदावी गरिन | त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गराउनु पर्ने तिनको अनुरोध थियो, कारण १ महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपुर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस भन्ने तिनको चाहना थियो | यो बाहेक तिनको एउटा अनौठो शर्त थियो: हाम्रो बिहे भएको बेला कसरी मैले तिनलाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ,त्यो सँस्मरण गर्न भनिएको थियो| अनि त्यो एक महिनाभरी बिहेताका झैँ तिनलाई शयन कक्षबाट घरको बाहिरी ढोकासम्म बोकेर लानुपर्ने तिनको अनुरोध थियो| कतै पगली त भइनन् ?! एकछिन त म अकमक परेँ | हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस भन्नाका खातिर मैले तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ | मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा तिनी जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइन: जस्तोसुकै चलाखी अपनाए पनि त्यल्ले सम्बन्ध्-बिच्छेद नगरि धरै पाउँदिन | हाम्रो सम्बन्ध्-बिच्छेदको कुरो भएदेखी श्रीमती र म बिच शारिरीक सम्बन्ध भएको थिएन | उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोकेँ, हामी दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो | ड्याडिले मम्मीलाइ बोक्नुभयो भनेर छोरो हाम्रो पछाडि ताली पिटदै थियो | छोराले त्यसो भन्दा मैले नजानिन्दो पिडा महसुस गरेँ | श्रीमतीलाई बोकेर शयन्-कक्षदेखी बैठक कोठा हुँदै मुलढोकासम्म करीब १० मिटर म हिँडे हुँला | मैले तिनलाई बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन: हाम्रो सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन है | मैले दुखी भएर स्वीकृतिसुचक टाउको हल्लाएँ | तिनी काममा जान बस बिसौनितिर लागिन भने,म एक्लै गाडी हाँकेर अफिस गएँ |दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, तिनले टाउको मेरो छातीमाथि राखिन, तिनको ब्लाउजबाट मिठो अत्तरको सुगन्ध आइरहेको थियो | तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ,तिनी अब पहिले जस्तो जवान थिइनन,निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो|वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो|म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ |
चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ | यिनी तिनै महिला थिइन,जसले बिगत दश बर्षादेखी मलाई साथ दिँदै आएकी थिइन | पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन झन प्रगाढ हुँदै गएको मैले पाएँ | जती जती समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो | शायद प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ! एक बिहान तिनी लुगा छान्दै थिइन,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनिन: मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन | मैले ध्यान दिएर तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो | एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ | त्यति नै बेला छोरो करायो: मम्मीलाइ बोकेर बाहिर लाने बेला भएन र ? उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोरोले | मेरी श्रीमतीले छोरोलाई नजिक आउन साउती गरिन र बेस्कन अंगालो हालिन | आफ्नो अडानमा बिचलन नआओस भन्ना खातिर मैले टाउको अन्तै मोडेँ | शयन-कक्ष, बैठक कोठा, हलवे हुँदै म श्रीमतीलाइ बोकेर पाइला चाल्दै थिएँ, तिनको हातहरु मेरो घाँटिमा आरामसंग बेरिएका थिए,हाम्रो विवाह् अवसरमा झै मैले तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ |
तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ | अन्तिम दिन जब मैले तिनलाई बोकेँ,किन किन मैले पाइला चाल्न सकिरहेको थिइन | छोरो स्कुल गैसकेको थियो | मैले तिनलाई बेस्मारी च्यापेर भनेँ: हामी दुई बीचको आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन | म काममा हिँडे,अफिस पुगेपछी गाडीमा चाबी नै नलगाइ सरासर उक्लेँ | केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने मलाई डर थियो | माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका खोली दिइन | आफु सम्बन्ध-बिच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई बताएँ | जेनले छक्क परेर मतिर हेरिन र मेरो निधार छामिन | तिमीलाई जरो आएको छ ? तिनले सोधिन | निधारबाट तिनको हात हटाउँदै मैले फेरी दोहोर्याएँ: म सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ,जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ | विहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए झै जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु | जेन जुरुक्क उठिन,बेस्कन मेरो गाला चडकाएर ढोका ड्याम्म थुनेर डाँको छोडेर रुन थालिन | म गाडी चढेर घरतर्फ लागेँ | बाटोमा फुल पसलमा रोकिएर एउटा फुलको गुच्छा किन्न लाग्दा फुल पसल्नीले सोधी: कार्डमा के लेखिदिउँ ? कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर लेखेँ – जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु!!!
हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ | दगुर्दै भर्र्याङ् उक्लेँ | यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ | म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा पाउन सकिन रहेछु | आफ्नो मृत्यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ | हाम्रो सम्बन्ध्-बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस र छोराको नजरमा म दोषी नदेखियोस भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछिन – फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ |जीवनका झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की भब्य महल, गाडी, जग्गा-जमीन र पैसा –यी चिजहरुले त केही टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन!!!!
तसर्थ आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसंग आत्मीयता गाँसौ र जिन्दगीका झिना-मसिना ठानिएका कुराहरुलाई अंगालेर त हेरौँ ! यिनै महत्वहिन ठानिएका कुराहरुले नै वैवाहिक जीवन भत्किनबाट जोगाउँछ| सफलताको कारक तत्वहरुलाई पहिचान गर्न नसक्दा नै मानिसहरुले असफलता बेहोर्छ |
(घर सुन्दर छ भने न समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई हृदयंगम गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु | यो मेरो मौलिक लेख होइन, एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो,फिक्सन पनि हुन सक्छ, सत्यकथामा आधारित पनि हुनसक्छ,जे भएपनि कथा मार्मिक छ, हामी बाँचेकै जिन्दगीको बर्णन छ | फेसबुक मार्फत प्रचार प्रसार गर्न अनुरोध गरिएको थियो | मौलिक लेख अंग्रेजिमा थियो र मैले नेपालीमा अनुवाद गर्ने जमर्को गरेको छु | कतिपय हरफहरुमा शब्दानुवाद् नगरि भावानुवाद् गरिएको छ्| मेरो यो अनुवादले कुनै नेपालीको भत्किन लागेको घरलाइ टेको दिन समर्थ भयो भने मैले गरेको कार्य सार्थक भएछ भनेर ठान्नेछु| पाठकहरुको प्रतिकृयाको अपेक्षा राख्दै…..)
## News source from Zoomnp
via
IFTTT
मिडिया एनपी, रसुवा, १५ भदौ । रसुवामा सर्पदंशबाट एक महिलाको ज्यान गएको छ । मंगलबार बिहानै २ बजे सर्पले डस्दा सरमथली ५, पाटीखर्ककी ४१ वर्षीय कान्छीमाया तामाङको ज्यान गएको हो ।
सर्पले डसेपछि उपचारका लागि नजिकैको स्वास्थ्य चौकीमा औषधि नभएपछि उपचारको अभावमा उनको ज्यान गएको हो
The post सर्पदंशबाट एक महिलाको मृत्यु appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1JtQRUB
via
IFTTT
स्थानीय प्रशासनले लगाएको कर्फ्युका बाबजुद वीरगञ्जका विभिन्न स्थानमा मधेसवादी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका छन्।
स्थितिलाई नियन्त्रणमा लिन मंगलबार बिहानै गण्डकमा प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन्। स्थानीय १७ वर्षीय दिपेश पटेल र सन्दीप पटेल घाइते भएका हुन्। घाइतेहरुको उपचार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ।
आन्दोलनकारीले कर्फ्यु उल्लङ्घन गर्दै बिहानैदेखि वीरगञ्जको गण्डक र लक्ष्मणवा लगायत विभिन्न ठाउमा प्रदर्शन गरेका छन्। मुर्लीमा पनि प्रदर्शकारी सडकमा उत्रिएका छन्। ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ। उनीहरुले मुर्लीमा प्रहरीको गाडीमाथि ढुङ्गामुढा गरेका छन्।
कर्फ्यु लगाइएका विभिन्न स्थानमा पर्ने राजमार्ग र सम्पर्क मार्गमा प्रदर्शनकारीले ढुङ्गा राखेर अवरुद्ध पारेका छन्। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तितरबितर पार्न बल प्रगोग गरेको छ। वीरगञ्जमा आन्दोलन चर्किएपछि प्रशासनले सोमबार अपरान्ह ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो।
नगरक्षेत्रमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ। प्रशासनले अर्को आदेश नभएसम्म त्रिभुवन राजपथअन्तर्गत परवानीपुर, गण्डक, पावरहाउस, घण्टाघर, माइस्थान, भन्सार क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरेको छ।
त्यसैगरी पदमरोडको जिल्ला विकास समिति क्षेत्र, रानीघाट, आदर्शनर, छपकैया र बाइपास सकडखण्डको नगावा, नयाँ बसपार्क, प्रतिमाचोक क्षेत्रमा स्थानमा पनि कर्फ्यु लगाइएको छ। प्रदेश सीमाङ्कनको विरोधमा मधेसवादी मोर्चाले आह्वान गरेका अनिश्चितकालिन बन्दको आज १७ औं दिन हो। भिडियो हेर्नको लागि यहाँ तलको लिंकमा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via
IFTTT
१५ भदौ – काठमाडौं, परराष्ट्र मन्त्रालयले आगामी दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाएको छ।
सन् २०१७ भित्र मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरी अत्याधुनिक राहदानी जारी गर्नेसम्बन्धी कार्ययोजना परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गत शुक्रबार अनुमोदन गरेका हुन्।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को बाध्यकारी प्रावधानअनुसार नेपालले सन् २०११ देखि मेसिन रिडेबल पासपोर्ट जारी गर्दै आएको अन्न्पूर्ण पोस्टमा खबर छ ।‘परराष्ट्र मन्त्रीज्यूबाट यससम्बन्धी कार्ययोजना स्वीकृत भएर आएको छ। अहिले हामी अध्ययन तथा छलफलका क्रममा छौं’, परराष्ट्रअन्तर्गतको केन्द्रीय राहदानी विभागका उपसचिव शरदराज आरनले भने ।एमआरपीभन्दा इलेक्ट्रोनिक राहदानी गुणस्तरीय, विश्वासिलो र सुरक्षित मानिन्छ। एमआरपीमा भन्दा ई-पासपोर्टमा प्रयोग हुने ‘चिप्स’ र ‘सेक्युरिटी फिचर’ विश्वासिला हुन्छन् भने यस्तो पासपोर्ट नबिग्रने र नक्कली बनाउने सम्भावना हुँदैन।कार्ययोजनाअनुसार इलेक्ट्रोनिक राहदानी प्रचलनमा ल्याउन थप अध्ययनका लागि राहदानी विभागका महानिर्देशकको संयोजकत्वमा एक समिति गठन भइसकेको उपसचिव आरनले बताए। भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via
IFTTT
काठमाडौं १५ भदौ । टीकापुरको हिंसात्मक घटनापछि जिल्लाको असहज स्थितिबाट भयभित थारु युवा गाउँबाट पलायन हुन थालेका छन् । सोमबारमात्रै भारत जान लागेका ५६ युवाको लस्करलाई धनगढीको त्रिनगर भन्सार नाकामा प्रहरीले सोधपुछ गरी छाडेको छ । उनीहरु सबै कैलाली टीकापुर सहित दंगाग्रस्त घोषणा क्षेत्रका हुन् । उनीहरु लम्कीबाट धनगढी आएका थिए ।
ती युवा धनगढीमा ४ बजे कफ्र्यू खुलेपछि त्रिनगर नाका हुँदै भारत जान लागेका हुन् । त्रिनगर प्रहरीका प्रमुख जीवन गुरुङले झोलीझिम्टा सहित २० देखि ४० वर्ष उमेरका युवा लस्करै नाका कट्न लागेकोले शंका लागेर सोधपुछका रोकेको बताए । ‘बस्न त्रास भएपछि गाउँ छोड्न लागेका हौं । यो समयमा त्यहाँ माछा मार्ने काम पाइन्छ’ मसुरियाका ५६ वर्षे राधेश्याम चौधरीले भने,‘अहिले गाउँमा त्रासको वातावरण छ । खोतीपातीको काम पनि छैन । त्यसैले यता खाली बस्नुभन्दा काम गर्न जाउँ भन्ने हो ।’आजको कान्तिपुर दैनिकमा खबर छ । भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ==>
## News source from Zoomnp
via
IFTTT
अरुणकुमार सुवेदी – विगत लामो समयदेखि नेपाल पश्चिमाहरू र भारतको एक किसिमले प्रभावका लागि शीतद्वन्द्वको स्थल बनेको छ । भारत आफ्नो आन्तरिक सुरक्षा र प्रतिरक्षाका लागि नेपालका कारणले प्रतिकूल स्थिति नहोस् भनी नेपालको राज्यसत्तामा आफ्नो प्रभाव स्थापित गर्न निरन्तर प्रयत्नरत भएको देखिन्छ । पश्चिमाहरू सञ्चार, नीति निर्माण प्रक्रिया र जनतासँग प्रत्यक्ष सरोकार राख्ने गैरसरकारी संस्थाहरूमार्फत जनताको मनोविज्ञान र राष्ट्रका नीतिहरू आफ्नो अनुकूल रहून् भनी अप्रत्यक्ष काम गरिरहेका छन् । यस शीतद्वन्द्वमा खास गरी २०४६ सालपश्चात् पश्चिमाहरू सफल भएको स्पष्ट देख्न सकिन्छ । नेपालमाथि पश्चिमाहरूको बढ्दो प्रभावका कारण चीनले नेपाल नीति परिवर्तन गरेको आभास सबैलाई भइरहेछ । यो शीतद्वन्द्वमा पश्चिमाहरूको प्रभाव स्थापित हुनाले नेपाल चारवटा अवस्थाका कारण निरन्तर असफल राष्ट्रतर्फ अग्रसर भइरहेछ ।
१. नेपालको जस्तोसुकै राजनीतिक नेतृत्व भए पनि त्यसको जनविश्वसनीयता समाप्त पारिदिने, यसका लागि गैरसरकारी संस्थाहरू र प्रेस पनि खुबै भूमिकामा आएका छन् । आज नेपाल कुनै पनि व्यक्तिको नेतृत्वप्रति आमजनता विश्वस्त नभएको अवस्थामा छ ।
२. नेपाललाई आर्थिक रूपले सम्पन्न बनाउने सम्भावनाका क्षेत्रहरूलाई अनावश्यक विवादमा पारेर स्रोतसाधनको अनुपयोगको अवस्था निर्माण गर्ने र हेर्दा लोकप्रिय लाग्ने नीतिहरूमार्फत आर्थिक विकासका क्षेत्रहरूलाई निरुत्साहित गर्ने । परिणामस्वरूप आर्थिक रूपले पनि असफल राष्ट्र बनाउने । यसै रणनीतिअन्तर्गत नेपालको जलसम्पदामा राष्ट्रियताको हावादारी लकिर तेस्र्याएर मुलुकलाई गरिब बनाइराख्ने कार्य भएको छ ।
३. मानवअधिकार, जातीय सशक्तीकरण इत्यादि नारामार्फत गैरसरकारी संस्थाहरूको माध्यमबाट सामाजिक द्वन्द्व बढाउने काम द्रुत गतिमा भइरहेछ । यसका लागि सांस्कृतिक अतिक्रमणको नीतिका सर्जक तथा सांस्कृतिक अतिक्रमणका ‘स्पोन्सर’ राष्ट्रहरू युरोपियन युनियन अझ बढी स्केन्डेनेभियन मुलुकहरूको भूमिका अत्यन्त बढी देखिएको छ । यसका कारण मुलुक आतङ्कमय सामाजिक सम्बन्धको अध्यायमा पुगिसकेको छ ।
४. यी तीन कारणले मुलुक असफल राष्ट्र बन्न सक्दछ । नेपाल असफल राष्ट्र भई अराजकताको भुँवरीमा पर्न गएमा यसको सबभन्दा बढी असर र द्धढ र
भारतलाई पर्दछ । भारतको समस्याका रूपमा रहेको आन्तरिक आतङ्कवाद र अन्तर्राष्ट्रिय आतङ्कवाद तथा ऊसँग गरिएका द्विदेशीय विकास परियोजना असफल हुने सम्भावनाले ठूलो विपद्मा फस्ने निश्चित छ । यसका लागि भारत मानवीय अनिवार्य हस्तक्षेपको भूमिकामा आउन सम्भावना भएको पहिलो राष्ट्र हो । नेपालको पहिलो दातृ राष्ट्र भई हरेक सामाजिक आर्थिक विकासमा प्रत्यक्ष संलग्न भए पनि नेपालमा भारतविरोधी भावना यति तीव्रतर छ कि नेपाल जतिसुकै ठूलो दुर्घटनामा परे पनि भारत हस्तक्षेप गर्न सक्नेवाला छैन ,भन्ने अवस्था सिर्जना गर्न नेपालमा भारतविरोधी भावनाको खेती नै गरिन्छ । पश्चिमाहरूको कुत्सित भूमिका चर्चाबाहिर रहन्छन् । यस मामलामा जानी नजानी नेपाली प्रेस पनि प्रयोगमा आएको छ । त्यसपछि एउटै विकल्प बाँकी रहन्छ । नीलो झण्डामुनि पश्चिमाहरूको भूमिका । ‘अनमिन’का नाममा यो झण्डै सुरु भइसकेको थियो तर सफल भएन ।
माथिकै कारणहरूले सिकार भएको छ नेपाली जलस्रोत क्षेत्र । भारतको अस्पृश्यता स्थापित गरेर नेपालको जलस्रोतको सम्भावित विकास र नेपालको सम्पन्नता अवरुद्ध गराइएको छ, राष्ट्रियताको सस्तो लोकप्रिय नाराका माध्यमले । यस मिसनका लागि नेपालको डलरभोगी विज्ञदेखि लिएर राजनीतिक दल र यसका कार्यकर्ताहरू पनि प्रयोगमा ल्याइएको छ । साथै प्रेस पनि अपवाद छैन ।
## News source from Zoomnp
via
IFTTT
बारा, भदौ १५ । बाराको कलैयामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि तनाव भने कायमै छ । कलैयामा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ अवस्थामा रहेका छन् । आन्दोलनकारीहरुले बिहानैदेखि कलैयाका चोक चोकमा बसेर प्रदर्शन सुरु गरेका छन् । बाराको भरतचोकमा पनि आन्दोलनकारी लाठीसहित बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । उता, संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द आज १८ औं दिनमा पुगेको छ । बन्दका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बन्दै आएको छ । आन्दोलनका क्रममा दिनहुँ हुने प्रदर्शन र बन्दले गर्दा यि जिल्लामा यातायातको साथै कलकारखाना, बजार, शैक्षिक संस्थाहरु समेत ठप्प बनेका छन् | भिडियो हेर्नको लागि यहाँ तलको लिंकमा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via
IFTTT
श्रोत नयाँ पत्रिका =>
जातीय राज्यको विरोध गर्दा जनजाति रिसाए
पहिलो संविधानसभामा जातीय पहिचानको आधारमा राज्यको निर्माण हुनुपर्छ, जातीय राज्य निर्माणका लागि तपाईंले लबिङ गर्नुपर्छ भन्ने आग्रह अधिकांश आदिवासी जनजाति साथीहरूले गर्नुभएको थियो । त्यसपछि जातीय राज्य बनाउँदा के हुन्छ भन्ने अध्ययनका क्रममा विभिन्न कोणबाट जातीय ‘क्लस्टर’ हेर्दा कुनै पनि ठाउँमा कुनै पनि जातिको बहुमत देखिएन । जातीय राज्य निर्माण गर्दा कालान्तरमा जातीय सहिष्णुतामा स्खलन आउने, जातीय द्वन्द्व निम्तिने र जातीय हिंसा भड्किने अवस्था स्वत: आउने निष्कर्षमा पुगेपछि साथीहरूलाई आफ्नो अध्ययनको निचोड सुनाउँदै आफूले त्यो स्वीकार गर्न नसक्ने बताएँ । विभिन्न मुलुकका उदाहरण दिई सामथ्र्यलाई केन्द्रबिन्दुमा राखेर प्रदेशहरूको निर्माण गरे मात्र मुलुक समृद्ध हुन्छ भन्ने स्पष्ट दृष्टिकोण राख्दा मसँग केही साथी रिसाए ।
ज्ञापनपत्रमा हस्ताक्षर नगर्दा ‘एन्टी करेन्ट’को आरोप
पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जातीय राज्य निर्माण गर्नुपर्छ भन्दै आदिवासी जनजाति सभासद्ले ज्ञापनपत्र बुझाए । दाहाल ठूलो दलको अध्यक्ष मात्रै नभएर त्यतिवेला संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको विवाद समाधान उपसमितिका संयोजकसमेत हुनुहुन्थ्यो । लिखित रूपमा आफूहरूको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउन कांग्रेसका १७ जना आदिवासी जनजाति सभासद् पनि सो टोलीमा सहभागी थिए । त्यसवेला मलाई हाम्रै पार्टीका र अन्य दलका सभासद्ले ज्ञापनपत्रमा हस्ताक्षर गर्न र आफूहरूको अभियानमा सहभागी हुन आग्रह गरे । उनीहरूको आग्रह अस्वीकार गरेपछि धेरैले धनराज गुरुङ ‘एन्टी करेन्ट’ मा बगिराखेको छ भन्ने आरोपसमेत लगाए । जातीय राज्यको कुरा व्यापक रूपमा चर्कंदा पनि ऊ हुन्न भन्दै छ भनेर धेरै जनजाति साथीले नै मेरो विरोध गरे । तैपनि, मैले उनीहरूलाई शान्त वातावरणमा पहिचान हाम्रा लागि आवश्यक हो । त्यो म पनि स्विकार्छु । तर, त्योभन्दा बढी आवश्यक सिंगो मुलुक र प्रदेशको समृद्धि र सामथ्र्य हो भन्ने आफ्नो तर्क लगातार राखिरहेँ । मेरो यो अभियान निरन्तर चलिरह्यो । यो अहिले पनि जारी छ । बिस्तारै अहिलेसम्म आइपुग्दा मान्छेले बुझ्दै आएका छन् कि यथार्थमा मान्छेलाई चाहिने पहिचानभन्दा पहिले समृद्धि र सामथ्र्य हो ।
जातीय एजेन्डा उठाउनु गलत
केही राजनीतिक दल अहिले पनि जातीय मुद्दा उठाएर गलत बाटोमा हिँडिरहेका छन् । आफूले अरूको गर्दन छिनाल्नका लागि भन्दै बोकेको तरबारले आफ्नै गर्दन छिनाल्दैन भन्न सकिन्न, त्यसकारण बेलैमा सचेत हुनु आवश्यक छ । उनीहरूको मुद्दाले मुलुकमा जातीय सहिष्णुतामा खलल पुर्याउन सक्छ । आफू मन्त्री बन्ने स्वार्थ पूरा गर्न अर्कालाई भड्काउन हुन्न । आफ्नो स्वार्थपूर्तिका लागि अरूलाई उचाल्ने काम अपराध हो । एकबारको जिन्दगीमा एउटा जातीय, क्षेत्रीय र धार्मिक मुद्दा उठाउने नेताले न राजनीति गर्न सक्छ, न राजनेता बन्न सक्छ । निहित स्वार्थका लागि मुलुकलाई द्वन्द्वमा धकेल्न हुन्न । राजनीति गरेपछि सर्वमान्य हुन कोसिस गर्नुपर्छ र सबैलाई मान्य हुने राजनीति गर्न सक्नुपर्छ ।
बहकाव र यथार्थबीचको अन्तर
मुलुकको समृद्धि हुन नसके त्यसको पहिचान हराउँछ भन्ने नबुझ्नेले अहिले बिस्तारै बुझ्न थालेका छन् । पहिलो संविधानसभामा जातीय पहिचानका आधारमा जातीय राज्य निर्माण भएपछि सबैथोक हुन्छ भन्ने धेरैमा गलत बुझाइ थियो । जो भावनामा बग्ने कुरा हो । भावना र यथार्थबीच निकै ठूलो अन्तर हुन्छ । जातीय पहिचान सेन्टिमेन्ट र भावनाको कुरा थियो भने सामथ्र्य यथार्थ थियो । यथार्थ धरातलमा टेकेर राज्य पुनर्संरचना गर्ने कि भावनामा बगेर गर्ने भन्ने दुवै धार सक्रिय थिए । धेरै जनजाति सभासद् साथीहरू भावनामा बगे । मैले भावनामा बगेर होइन, यथार्थ धरातलमा टेकेर राज्यपुनर्संरचना गर्नुपर्छ भन्ने अडान राखेँ । जुन आज वास्तविकतामा परिणत हुने क्रममा छ । मैले बोकेको मुद्दा अहिले मुलुककै मुद्दा बन्दै छ । तर, अहिलेसम्म पनि केहीले बुझ्न सकेका छैनन् । केहीले बुझ्ने प्रयास गर्दै छन् । एक मधेस एक प्रदेश, मधेसकै नाममा मात्र प्रदेश, पहाड त छुनै हुन्न भन्नेहरू नै अहिले आएर हामी के खाएर बस्ने ? जानकी मन्दिरको प्रसाद खाएर मात्र राज्य चल्न सक्दैन । हामीलाई चुरे पर्वत पनि चाहियो भन्दै सार्वजनिक रूपमा वक्तव्यबाजी गर्दै छन् । उनीहरूलाई भोलि हामीलाई पहाड र हिमाल पनि चाहिन्छ भन्ने अवस्था आउन सक्छ । तसर्थ, सर्वप्रथम चाहिने समृद्धि नै हो । अहिले जातीय भावनाभन्दा पनि मुलुकलाई यथार्थका आधारमा अघि बढाएर समृद्धितर्फ जैजानु आवश्यक छ ।
शिक्षा र ज्ञानविनाको अधिकार
पहिलो संविधानसभामा तालिम दिलाउने क्रममा आइएलओ १६९ हरेकलाई घोकाइएको थियो । जल, जंगल र जमिनमा अग्राधिकारसहित आत्मनिर्णयको अधिकार चाहिन्छ भन्ने कुरा व्यापक उठाइयो । मलाई पनि यी मुद्दा बोक्न दबाब नआएका होइनन् । आइएलओ १६९ मा जल, जंगल र जमिनमा जनजातिको अग्राधिकार हुने उल्लेख छ । समृद्धि जल, जंगल र जमिनको सही उपयोगबाट हुन सक्छ, सही उपयोग गर्न पहिले शिक्षा आवश्यक पर्छ । त्यसका लागि ज्ञान चाहिन्छ, भन्नेचाहिँ हामीले कसैलाई सिकाएका छैनौँ । ज्ञानविना पानीबाट बिजुली उत्पादन हुँदैन । ज्ञानविना भूमिबाट पर्याप्त उत्पादन लिन सकिन्न । ज्ञान नभए जंगलसमेत फाँडेर नासिन्छ । त्यसैले यी सबैभन्दा पहिले व्यक्तिलाई शिक्षा आवश्यक छ । शिक्षा नभई यी मुद्दा कार्यान्वयन हुन सक्दैनन् । राउटेलाई जंगलमा छाडिए पनि उनीहरूले त्यसको उपयोग गर्न जानेका छैनन्, त्यो शिक्षा नभएरै हो । संविधानमा जातीय अग्राधिकार लेखिए पनि जातीय द्वन्द्व निम्तिन्छ । जनजातिबाहेकका जातिले हाम्रो पनि अधिकार चाहिन्छ, भन्ने माग उठाउँछन्, त्यसपछि द्वन्द्व स्वाभाविक हुन्छ । सब जातजाति मिलेमा मात्र मुलुक बन्छ । हामीकहाँ आफ्नो अधिकार प्राप्तिका लागि अरूको अधिकार खोस्नुहुन्न भन्ने दृष्टिकोणमा कहिल्यै परिवर्तन आएन । पहिलो संविधानसभामा उठेको आत्मनिर्णयसहितको स्वायत्त प्रदेशले ठूलो द्वन्द्व निम्तिने निश्चित थियो । त्यसमा पनि आइएलओ १६९ जोडिन्थ्यो । आत्मनिर्णयको अधिकार भनेको छुटिएर जाने, विखण्डन गर्ने भन्ने होइन । तर, नेपालमा अहिले पनि उत्ताउलोपनले संविधानसभामा बोलेको पाइयो । हामी छुट्टै देश बनाउन पनि पछि पर्दैनौँ भन्ने अभिव्यक्ति संविधानसभामा राख्ने काम भएको छ, त्यो घोर गैरजिम्मेवार अभिव्यक्ति हो ।
राज्यका लागि राजनीति
राजनीति गर्ने व्यक्तिले भावनामा बगेर वा आवेगमा आएर गैरजिम्मेवार ढंगबाट कहिल्यै प्रस्तुत हुनुहुन्न । राजनीतिकर्मीले मुलुकको नेतृत्व गर्ने हो, कुनै एउटा जाति र समुदायको नभई समग्र एक सय २५ जातजातिमा विभक्त नेपालीको नेतृत्व गर्ने हो । पार्टीभित्र पनि मैले संघीयताबारे प्रशिक्षण चलाउने वेलामा त्यही विषयको वकालत गर्दै आएको छु । जातीयताका विषयमा पहिलो संविधानसभामा ठूलो देखिएको समस्या अहिले बिस्तार–बिस्तारै समाधान हुँदै आएको छ । पहिले र अहिले आकाश र जमिनको अन्तर आएको छ । काठमाडौंमा नेवा: राज्य हुनुहुन्न भनेर धेरै स्थानमा मैले बहस चलाएको छु । उपत्यकामा मासु काट्ने व्यवसाय गर्ने जातिलाई केही दलका नेताले तपाईंहरूको व्यवसायलाई अझै राम्रो गराउनुपर्छ भन्थे । तर, मैले भने अहिलेको २१औँ शताब्दीमा राम्रो मेसिनबाट मासु काट्न सिकाउने कि तपाईंका छोराछोरी र नाति–नातिनालाई ल्यापटप र आइफोन चलाउन सिकाउने भन्दै आएको छु । उनीहरूलाई समय–सापेक्ष गुणस्तरीय शिक्षादीक्षा दिलाउनुपर्छ भन्ने मेरो दृष्टिकोण हो । त्यसपछि यहाँका स्थानीयले मेरा कुरा स्विकारेर आफ्नो धारणा परिवर्तन गरे । हामी अहिले छिटो संविधान आएन भन्छौँ । छिटो संविधान नआएकाले हामीले जनतालाई राम्ररी बुझाउने मौका पायौँ । छिटै संविधान आएको भए जनताले संविधानमा उल्लेख भएका विषयवस्तुबारे गहिरिएर बुझ्ने मौका पाउने थिएनन् । त्यस्तो अवस्थामा जातीय र क्षेत्रीय द्वन्द्व निम्तिन सक्थ्यो । आज हामीले सीमांकन गर्दै गर्दा पनि केही स्थानमा छिटफुटबाहेक जातीय र धार्मिक विषय उठान भएका छैनन्, उठ्दैनन् र उठाउनु पनि हुँदन । फरक परिस्थितिमा गरिएको वकालतले हामी फरक स्थानमा आइपुगेका छौँ ।
पिछडिएका समुदायलाई अधिकार
निश्चित रूपमा इतिहासमा पेलिएको, हेपिएको, थिचिएको जातीय समुदायलाई राज्यले अधिकार दिनुपर्छ । यसलाई सरकारले नीति बनाएर लागू गर्नसक्ने भएकाले यो धेरै ठूलो मुद्दा होइन । अहिलेको मुख्य आवश्यकता भनेको शिक्षा नै हो । कति स्थानमा मलाई ७५ जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारीमध्ये एउटा पनि आदिवासी जनजाति किन छैन भनेर पनि प्रश्न सोधियो । जवाफमा मैले क्षेत्री–बाहुनका छोराछोरीले लोकसेवा आयोग पास गरेर सिडिओ बने, हाम्रा छोराछोरीले लोकसेवा आयोगको परीक्षा नै दिएनन् । आदिवासी जनजाति सिडिओ भएको देख्न चाहनुहुन्छ भने कांग्रेसको नेतृत्वमा सरकार भएको वेलामा स्थापित आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानद्वारा पचहत्तरै जिल्लामा लोकसेवाका लागि नि:शुल्क तयारी कक्षा सञ्चालन गर्नुपर्छ । त्यसपछि हाम्रा छोराछोरीले पनि लोकसेवा दिएर पास हुने अवस्था बन्छ । लोकसेवा पास भएपछि सिडिओ मात्र होइन, मन्त्रालयका सचिव पनि बन्न सक्छन् । अरू माथि पुगे भनेर गाली गर्दैमा हामी माथि पुग्न सक्दैनौँ, आदिवासी जनजातिलाई पनि उच्चपदस्थ अधिकारी भएको देख्न चाहनुहुन्छ भने राम्रो शिक्षा दिएर लोकसेवा पास गर्न सक्ने बनाउनुपर्छ । त्यसो गर्न सके मात्र उनीहरूले क्षेत्री–बाहुनसँग प्रतिस्पर्धा गर्न सक्छन् । प्रतिस्पर्धा गर्न सक्ने हुनका लागि स्तरीय शिक्षा र प्रशिक्षण आवश्यक पर्छ । राजनीति गणित नभएकाले पूरै नतिजा नआए पनि धेरै अन्धविश्वासलाई वकालत गरेर चिर्न सफल भएका छौँ । तर, अहिले पनि जातीय पहिचान नै सबैथोक हो भनेर त्यही एजेन्डा बोकेर हिँड्नेहरू पनि छन् । उनीहरूले बुझेका जनतालाई पनि भड्काउने प्रयास गरिरहेका छन् । तथापि, यी मूलभूत विषयमा मैले जसरी अगाडि बढ्ने कोसिस गरेँ, त्यसले मुलुकलाई जातीय, धार्मिक र क्षेत्रीय द्वन्द्वमा जानबाट रोकेको छ । (कांग्रेस केन्द्रीय सदस्य तथा सभासद् गुरुङको यो लेख सामाजिक बहसका लागि हो । तपाईं पनि यसमा सहभागी बन्न सक्नुहुन्छ)
## News source from Zoomnp
via
IFTTT
श्रोत नागरिक न्युज => काठमाडौं- वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका अनुकम्पनले घरविहीन भएका ६ लाखभन्दा बढी नेपालीको साझा चिन्ता हो यो।
यही चिन्ता कम गर्न सहरी विकास मन्त्रालयले १६ थरी घरका नमुना डिजाइन तयार पारेको छ।
भूकम्प अति प्रभावित १४ जिल्लाका ग्रामीण क्षेत्र र सहरछेउका गाउँलक्षित यी डिजाइनलाई ‘भूकम्पप्रतिरोधी प्रविधि प्रयोग गरी बनाइने नमुना आवास भवनह?’ नाम दिइएको छ।
निर्णयका लागि मन्त्रिपरिषद पठाइएको नमुना र लागतमा घर प्रविधि र तला हेरेर २ लाख ८६ हजार रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म लागत आँकलन गरिएको छ। एकदेखि तीन तलासम्मका डिजाइनमा तलाअनुसार प्रयोग गरिने निर्माण सामग्रीको अनुमानित संख्या र प्रविधिसमेत स्पष्ट उल्लेख गरिएको छ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहका अनुसार यो प्रविधि र डिजाइन अनुमोदन भएपछि घर बनाउन चाहनेले अनुकूलताअनुसार कुनै एउटा डिजाइन अनिवार्य रुपमा लागू गर्नुपर्ने हुन्छ। तर, कसैलाई उक्त डिजाइनबाहेकको घर बनाउन इच्छा भएमा अनिवार्य रुपमा सम्बन्धित क्षेत्रका सरकारी निकायसँग घरको डिजाइन र नक्सा पास गराउनुपर्छ।
‘अब बन्ने भवन भूकम्पीय दृष्टिले सुरक्षित बनाउन र भवनसंहिता लागू गर्न एकदेखि तीन तलासम्मका १६ प्रकारका घरका डिजाइन तयार पारिएको हो,’ उनले भने, ‘तीन तलाभन्दा माथि र त्यसभन्दा भिन्न डिजाइनको घर कसैले बनाउन चाहन्छ भने पनि सरकारी निकायमा आएर अनिवार्य डिजाइन पास गराउन सक्छन्।’ उनले डिजाइनभन्दा पनि प्रविधिमा बढी जोड दिइएकाले भूकम्पप्रतिरोधी घर बनाउन तोकिएअनुसारका कच्चा पदार्थ तथा निर्माण सामग्री प्रयोग अनिवार्य गरिएको बताए।
प्रस्तावित डिजाइनअनुसारको घर बनाउँदा ग्रामीण क्षेत्रमा सहजै उपलब्ध हुने ढुंगा, माटो, काठ, इँटालगायत निर्माण सामाग्री प्रयोग गर्न सकिन्छ। नयाँ डिजाइनअनुसारको घर र प्राविधिक पक्षको पालना गर्ने हो भने तीन तलासम्मका घर बनाउँदा इन्जिनियर आवश्यक पर्दैन। तर, त्यसभन्दा अग्ला भवन बनाउन अनिवार्य रूपमा इन्जिनियरले नक्सा, डिजाइन तयार पार्नुका साथै माटो परीक्षणसमेत गर्नुपर्ने भनिएको छ।
महानिर्देशक सिंहका अनुसार नयाँ डिजाइन र प्रविधिअनुसार घर बनाउनेले तालिमप्राप्त डकर्मी, सिकर्मी तथा ठेकेदारको सहयोग भने लिनुपर्छ।
‘नयाँ डिजाइनसँगै घर निर्माणका क्रममा अपनाइने र प्रयोग गर्ने प्रविधिका विषयमा ज्ञान दिन सरकारले डकर्मी, सिकर्मी तथा ठेकेदारलाई तालिम दिने कार्यक्रमसमेत ल्याएको छ,’ उनले भने, ‘ग्रामीण भेगका स्थानीयको आर्थिक अवस्था हेरेर गाउँमै उपलब्ध हुने स्रोत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको हो।’
उनका अनुसार भूकम्पप्रभावित जिल्लामा सरकारले उपलब्ध गराउने २ लाख रुपैयाँ राहत र केही रकम परिवार आफैँले थप गरेर नयाँ डिजाइनअनुसारका घर बनाउन सक्नेछन्। यसका साथै बैंकले उपलब्ध गराउने तीन प्रतिशत ब्याजदरको ऋण लिएरसमेत घर निर्माण गर्नसकिन्छ।
प्रस्तावित डिजाइनमध्ये ‘स्टाब्लिस्ड सोयल ब्लक सिमेन्टु ९सिएसएसबी० प्रयोगबाट बनाइने एकतले तीनकोठे भवन सबैभन्दा सस्तो मूल्यमा बनाउन सकिनेछ। २ सय ७० वर्गफिट क्षेत्रफलमा बनाइने यस्ता घरका लागि २ लाख ८६ हजार खर्च लाग्ने अनुमान गरिएको छ। यस्तै, इँटा, सिमेन्टको प्रयोगबाट बनाइने साढे २ तलाको घरका लागि भने सबैभन्दा बढी ३३ लाख रुपैयाँ पर्ने अनुमान छ।
ढुंगाको प्रयोग गरेर घर बनाउनेको हकमा १८ इन्च, इँटाको हकमा १४ इन्चको गाह्रो हुनुपर्ने प्रस्तावमा उल्लेख छ। यसैगरी, आरसिसी ढलान, काठको भुइँ, पाली भएको, भिरालो जग्गामा बनाउने घर, काठको दलिन, टिनको छाना भएको घरको डिजाइनअनुसारको खर्च र घर निर्माणका लागि आवश्यक पर्ने अनुमानित कामदार संख्यासमेत प्रस्तावित डिजाइनमा उल्लेख छ। | नमुना घर हेर्नको लागि यहाँ तलको लिंकमा क्लिक गर्नुहोस र हेर्नुहोस भिडियो ==>>
## News source from Zoomnp
via
IFTTT
अभिनयभन्दा बाहेकका क्षेत्रमा पनि राम्रो खुबी भएका मानिसहरु आफ्नो शोखकै कारण अभिनय यात्रामा लागेको पाइन्छ । कतिपय अवस्थामा अभिनेता तथा अभिनेतृहरु अरु काम नै नजानेर यस क्षेत्रमा प्रवेश गरेको हुनसक्ने भ्रमहरु समाजमा रहेका छन् । तर यो गलत हो । बलिउडमा यस्ता थुप्रै कलाकारहरु छन् जसको अभिनय बाहेक अरु पनि खुबीहरु छन् । उनीहरु पढाइमा अब्बल छन् अथवा अन्य सीपहरुले भरिपूर्ण छन् ।
इन्जिनियरिङ गरेर पनि आफ्नो अभिनयको शोखलाई पछ्याउँदै फिल्मी दुनियाँतिर हात हालेका केही बलिउड कलाकारहरुको यहाँ चर्चा गरिएको छ ।
अमिसा पटेल : बायोमेडिकल इन्जिनियरिङ बोस्टन युनिभर्सिटी
मिस्टर बिन : इलेक्टिकल इन्जिनियरिङ
सुशान्त सिंह राजपुत : मेकानिकल इन्जिनियरिङ
सोनु सुद : इलेक्ट्रोनिक्स इन्जिनियर नागपूर
कृति सेनन : कम्प्युटर इन्जिनियरिङ
रितेश देशमुख : सिभिल इन्जिनियरिङ
तप्सी पन्नु : कम्प्युटर साइन्स
साभार – businesssansaar.com
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1ExgN5f
via
IFTTT
आफू पुनर्बहाली हुने कुरामा पूर्वराजा ज्ञानेन्द्र शाह ढुक्क देखिँदै गएका छन् । राजासहितको लोकतन्त्रका पक्षमा छिमेकी मुलुक चीन र भारतबीच कुरा मिलेको बुझाइका कारण पूर्वराजा शाह आफ्नो पुनर्बहालीप्रति ढुक्क रहेको समाचार स्रोतको दाबी छ ।
गत सात आफ्ना स्वकीय सचिव सागर तिमिल्सेनालाई मात्र लिएर सुटुक्क थाइल्यान्ड गएका पूर्वराजा शाहले चीन र भारतबीचको उच्चस्तरीय बैठक गराएको स्रोतले बतायो । समाचार स्रोतका अनुसार पूर्वराजा शाहद्वारा आयोजित उक्त बैठकमा भारतका तर्फबाट गृहमन्त्री एवं बीजेपीका पूर्वअध्यक्ष राजनाथ सिंह सहभागी थिए भने चीनका तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका उपप्रधानमन्त्रीस्तरका नेताको सहभागिता थियो ।
राजतन्त्र पुनर्बहालीका लागि चीन र भारतबीच मोटामोटी रूपमा कुरा मिलेपछि मात्रै पूर्वराजा शाहले थाइल्यान्डमा बैठकको आयोजना गरेको बताइन्छ । कुरा मिलेपछि पूर्वराजा शाह सिंगापुर हुँदै दिल्ली पुगेका छन् । उनी दिल्ली पुग्नु दुई दिनअघि पूर्वयुवराज्ञी हिमानी शाह पुगेको बुझिएको छ ।
दक्षिण–पूर्वी एसियामा पश्चिमाहरूको अतिक्रमण सामना गर्न चीन र भारत मिल्नुपर्ने र नेपालमा राजतन्त्र हुनुपर्ने अवधारणा भारतीय जनता पार्टीको छ । यतिबेला सुविधाजनक बहुमतका साथ भाजपाको सरकार रहेका कारण राजतन्त्र पुनर्बहालीको सम्भावना बढेको हो ।
कांग्रेस र माओवादी तयार नभएसम्मका लागि राजतन्त्र पुनर्बहाली सम्भावना छैन भन्ने तर्क राख्दै आइरहेका विजय जोलीलाई भाजपाले नेपाल मामिला हेर्न प्रतिबन्ध लगाइदिएको छ । तर जोलीकै सल्लाहबमोजिम एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणमा बोलाइएको हो । राजतन्त्र पुनर्बहालीका लागि सहमत भएर प्रचण्ड स्वदेश फर्केको दाबी समाचार स्रोतको छ ।
निर्मल निवास स्रोतका अनुसार राजसंस्था पुनर्बहालीका लागि बीजेपी र पूर्वराजा ज्ञानेन्द्र शाहबीच संवादको वातावरण मिलाइदिने भूमिका माया शाह ठकुरी नाम गरेकी एक महिलाको छ । उनी मुम्बई निवासी हुन् । उनकी आमा नेपालकी हुन् । माया शाह ठकुरी र बीजेपी अध्यक्ष अमित शाहबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताइन्छ । यही सम्बन्धका कारण बीजेपीले गम्भीरतापूर्वक राजतन्त्र पुनर्बहाली गर्ने अभियानको जोखिम उठाएको हो, स्रोतले भन्यो ।
यो अभियान जोखिमपूर्ण छ भन्ने कुरा बीजेपीका धेरै नेताहरूले चाल पाएका छन् । नयाँ संविधान जारी हुने मिति लम्ब्याउनुपर्ने, मिति लम्ब्याउनका लागि ठाउँठाउँमा आन्दोलन उठाएर अशान्ति मच्चाउनुपर्नेलगायत थुप्रै चुनौतीहरू रहेका छन् । अहिले ठाउँठाँउमा आन्दोलनको आगो बाल्न पनि सुरु गरिएको छ । धेरैजसो क्षेत्रका आन्दोलनमा भारतीयहरूकै सहयोग रहेको बुझिएको छ ।
तर आन्दोलन नियन्त्रण बाहिर गयो या आन्दोलनको लगाम अमेरिकाको हातमा पुग्यो भने नेपाल मात्रै होइन, भारत पनि समाप्त हुने अवस्था छ । त्यसैले राजसंस्था पुनर्बहालीको अभियानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले निकै महँगो र जोखिमपूर्ण भन्ने प्रतिक्रिया दिएक छन् ।
तरुण साप्ताहिकबाट सभार गरिएको
यसैबीच, राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द पनि भारत भ्रमणमा जाने भएका छन् । उनी भदौको दोस्रो साता दिल्ली जाने बताइएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा भने शुक्रबारदेखि नै दिल्लीमा छन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठ विरामी भई दिल्लीमा उपचार गरिरहेकाले उनको स्वास्थ्य स्थिति बुझ्ने बहानामा थापा दिल्ली पुगेका हुन् । पछिल्ला गतिविधीले राजा सहित राजतन्त्रबादीहरु दिल्लीमा जमघटमा रहेको देखिएको छ ।
## News source from Zoomnp
via
IFTTT
पोखराका यातायात व्यवसायीले यात्रुलाई स्तरीय बस सेवा दिन थप सुविधा सम्पन्न बस सेवा सहित संचालनकाे तयारीमा छन् । सुपर डिलक्स मार्फत यात्रुलाई सेवा दिन व्यवसायी लागेका हुन् । पृथ्वी राजमार्ग बस व्यवसायी समिति मार्फत सन्चालन हुने बसलाई पोखरा जगदम्बा ट्राभलले ल्याउन लागेको हो ।
करिब ३ करोड ५० लाखको लागतमा दुई वटा बस सन्चालन गर्न लागेको पोखरा जगदम्बा ट्राभलका सन्चालक केशव प्रसाद अधिकारीले जानकारी दिए। विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरि सेवा प्रदान गर्न लागेको अधिकारीको भनाई छ।
अशोक लेल्याड कम्पनीको २०३ चिता मोडलको बसलाई अत्याधुनिक सुविधान सम्पन्न बनाउन बस पोखरा आइसकेको छ। अबको एक हप्तापछि सेवा शुरु गर्ने अधिकारीले बताए। यो मोडलको बसमा अन्यमा ३२ सिट हुने भए पनि अत्याधुनिक बनाउन २१ सिट मात्रै छ ।
बसको एउटा सिट मात्रै बनाउन करिब १ लाख ३६ हजार रुपैयाँ लागेको उनले बताए । सिटलाई तलमाथी र सुत्नका लागी पनि मिल्ने बताउँदै अधिकारीले सिटलाई रिमोट बाट तल माथी गर्न मिल्ने बताए । ‘२०३ चिता’ ब्राण्डको बसको सिट हवाइ जहाजको भन्दा पनि बढी सुविधायुक्त रहको अधिकारीको दावी छ ।
‘सिटलाई कस्तो अवस्थामा राख्ने पुरै ‘रिमोट कन्ट्रोल’मार्फत नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘हामीले नेपालमै अहिलेसम्म नभएको सुविधा सार्वजनिक सवारीमा प्रदान गर्न लागेका छौं ।’
यात्रुले खुट्टालाई पनि आरामसँग राख्न सक्ने अधिकारीले जानकारी दिए । उनले एसि र हिटका व्यवस्था रहेको बताउँदै कोट ज्याकेट पनि सिट मै राख्न मिल्ने बताए । उनले बसमा स्पीङ्ग पत्ताका ठाउँमा एयर सपेन्सन रहेका कारण बढी उठाउन समस्या नरहने बताए ।
टु इन वान सिट रहने बसमा टेलिभिजन, माइक, वाइफाइ सेवा र प्रत्येक सिटबाट चालकलाई जानकारी दिने बटम समेत रहेको छ । बस भित्रै मिनि बारको समेत व्यावस्था रहेको छ । आगामी जेठबाट पोखरा काठमाडौ रुटमा सन्चालन हुने बसमा चालक, सहचालक र क्रियुु लेडि समेतले काम गर्ने छन् ।
बसको सेवा जहाजहरुले दिने जस्तै दिने छ अधिकारीले भने “विमानमा हुने एयर होस्टेज जस्तै बसमा पनि सेवा दिनका लागी क्रियु लेडि रहने छ” । उनले बस पोखराको हल्नचोकदेखि पोखरा पर्यटक बसपार्क हुदै काठमाडौँको दवारमार्ग र काठमाडौँदेखि पोखरा सन्चालन हुनेछ।
बस सन्चालन भएको १५ मिनेट पछि यात्रुको इच्छा अनुसार पानी चिया, कफि, चिसो र खाजाको समेत व्यवस्था हुने संचालक अधिकारीले बताए । उनले यात्रुको सामानको सुरक्षाका लागी ट्रयागको समेत व्यवस्था गरेको बताए ।
बसमा यात्रा गर्दा पोखराका काठमाडौँको भाडा दर नेपालीका लागि २ हजार रुपैयाँ र विदेशीका लागि २५ सय निर्धारण गरेको बताए। यति धेरै सुविधा भएको बस एसियामा पहिलो पटक नेपालमा सन्चालन हुन लागेको सन्चालकको दावी छ ।
भारतीय कम्पनी अशोक ले–ल्याण्डले विशेष प्रविधिको प्रयोग गरी उक्त बस बनाएको अधिकारीले बताए । ‘मिनीबारसहितको बस नेपाल भित्रिसकेको छ,’ उनले भने, ‘शुक्रबार सुनौली भन्सार आइपुगेको बस शनिबारसम्म पोखरा आइपुग्नेछ ।’ सञ्चालनमा आउन लागेको बस एसियाकै उत्कृष्ट हुने उनको दावी छ । हरियो ‘नम्बरप्लेट’मा सञ्चालन हुने बस पोखराको लेकसाइडबाट र काठमाडौंको दरबारमार्गबाट दैनिक १-१ ओटा छुट्नेछन् ।
सञ्चालनमा आउन लागेको बसको पछाडि डबल शिशा राखिएको छ । यात्रुको छायाँ पुरै बसमा देखिन्छ । ‘सुपर डिलक्स’ मापदण्डबाट सञ्चालनमा आउन लागेको बसमा काठको ‘फ्लोरिङ’ राखिएको छ । ‘एसी’ र ‘हिटर’को सुविधा रहेको बसको मिनीबारको साइडमा मार्वलहरु राखिएका छन् । यात्रुलाई बसबाट बिदाई गर्ने क्रममा चिसो मौसममा ‘हट’ रुमाल र गर्मीमा चिसो खालको रुमाल उपहार स्वरुप प्रदान गरिने अधिकारीले जानकारी दिए ।
पृथ्वी राजमार्ग बस सन्चालक समितिका अध्यक्ष एनकुमार साईले स्तरीय सेवा दिने उद्देश्यले अत्याधुनीक सेवा सहितको बस सेवा सन्चालन गर्न लागेको बताए । उनले केहि दिनमा सन्चालन हुने बसमा आर्थिक दृष्टीले जहाजमा काठमाडौं जान नसक्ने विरामी पनि बसमा जान सक्ने बताए।
नेपालमा सुविधा सम्पन्न बसहरु सञ्चालनमा आउने क्रम बढेपनि सडकको अवस्था सुधार हुन नसकेको प्रति उनको चिन्ता छ। समितिमार्फत अहिले १ हजार २ सय भन्दा बढी सवारी देशभरका विभिन्न रुटमा सञ्चालनमा छन् । करिब ५ सय वटा डिलक्स बस सञ्चालनमा आइसकेको साईले बताए ।
पाँचवर्ष भित्र डिलक्स बसमात्र सञ्चालन गर्ने समितिको लक्ष्य छ । भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>>

खाडी क्षेत्रको बलियो अर्थतन्त्र भएको इस्लामिक मुलुक साउदी अरबमा पहिलो पटक महिलाहरुलाई निर्वाचनमा खुला गरेपछि चुनावी माहोलले रौनकता थपेको छ । आउँदो नगरपालिका निर्वाचनमा सयौं महिलाले उम्मेदवारी दर्ता गरेका छन् ।
इस्लामिक कानून रहेको साउदीमा यस अघिसम्म महिलालाई चुनावमा उम्मेदवार बन्न काुननी बन्देज थियो । गतबर्ष निर्वाचन कानुनमा परिर्वतन गर्नु अगाडिसम्म महिलाहरुलाई मतदाताको रुपमा निर्वाचनमा सहभागी हुुने अधिकारसम्म थिएन । साउदी अरबका महिलाहरु हालसम्मपनि सामान्य अधिकारहरुवाट समेत वञ्चित रहँदै आएका छन् । त्यतिमात्र होइन त्यहाँका महिलाहरुले घर वाहिर घुमफिर गर्न, रोजगार खोज्न, राहदानी बनाउन पनि पुरुषको अनुमती लिनुपर्ने हुन्छ ।
साउदीका पूर्व राजा अव्दुल्लाहले सन् २०११ मा महिलालाई निर्वाचनमा मत हाल्ने तथा उम्मेदवार बन्न पाउनेगरी कानुनी सुधार गरेका थिए । तरपनि व्यावहारमा लागू हुनचाहि चार बर्ष कुर्नुपरेको सञ्चार माध्यामहरुले जनाएका छन् । त्यतिवेला अव्दुल्लाहले महिलालाई सीमान्तकृत गर्ने आफुहरुको कुनै योजना नभएको वताएका थिए । साउदी अरबमा आउदो डिसेम्वर १२ तारिखमा नगरपालिका चुनाव हुदैंछ । त्यसको लागि इच्छुक महिलाले आफ्नो उम्मेदवारीको लागि आउँदो सेप्टेम्वर १७ सम्म दर्ता गराइसक्नुपर्छ । अहिलेसम्म मुलुकभरि गरेर तीन सय महिलाले उम्मेदवारी दर्ता गराई सकेको सञ्चार माध्यामहरुले जनाएका छन् ।
साउदीमा २८४ नगरपालिकाहरुभित्र १ हजार २ सय ६३ निर्वाचन केन्द्रहरु रहेका छन् । मुलुकभरगरी महिलाको लागि ४ सय २४ सीट आरक्षण गरिएको साउदी निर्वाचन आयोगले वताएको छ । साउदीमा पहिलो पटक नगरपालिकाको निर्वाचन सन् २००५ मा भएको थियो भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via
IFTTT
काठमाडौं-पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ महँगी मोडलको रूपमा स्थापित हुँदैछिन्। मुम्बईमा टिसिरिजको एउटा गीत रिमेकमा काम गरेर फर्किएकी उनले नेपाली फिल्मको गीतका लागि एक लाख रुपैयाँ लिन थालेकी हुन्।
पुरानो नेपाली फिल्म ‘माइतीघर’का गायक प्रेमध्वज प्रधान र उषा मंगेस्करको ‘नमान लाज’को रिमेक गीतमा उनले सो रकम पारिश्रमिक लिएकी हुन्। फिल्मभन्दा म्युजिक भिडियोमा आफ्नो रुचि भएको उनले बताउँदै आएकी छिन्।
‘फिल्मभन्दा म्युजिक भिडियोहरूमा काम गर्न चाहन्छु। बल्ल करियर सुरु गर्दैछु, व्यवसायमा कामको मूल्य त भइहाल्छ नि,’ सृष्टिले आफ्नो पारिश्रमिकबारे नागरिकसँग भनिन्, ‘थोरै गीतमा काम गर्छु, तर राम्रो गर्छु।’हालै सार्वजनिक भएको गायिका देविका बन्दनाको ‘सधैं सधैं’ म्युजिक भिडियोमा अभियन गरेबापत उनले ८० हजार लिइन्।’सधैं सधंै’मा डिजाइनर आस्तिकसँगै काम गरेको हुँदा केही कम रकममा काम गरेको हुँ,’ उनले भनिन्। आगामी भदौ १२ मा अस्ट्रेलियामा हुने ‘फेसनमान्डु’मा सहभागी हुनुपर्ने भएको उनले तत्काल म्युजिक भिडियोका काम केही पर सारेकी छन्। उनले भनिन्, ‘केही काम बाँकी नै छन्, उताबाट फर्किएपछि सुरु गर्नेछु।’नेपाली म्युजिक भिडियोमा चलेका मोडलहरू नम्रता श्रेष्ठ, प्रियंका कार्की, केकी अधिकारी र नीता ढुंगानाले झन्डै २५ देखि ५० हजार हाराहारीमा पारिश्रमिक लिने गरेका छन्। एउटा म्युजिक भिडियोमा काम गरेबापत नम्रताको रेट ५० हजार हो। झन्डै ४५ भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी उनले गीत र निर्देशकअनुसार काम गर्ने प्रतिक्रिया दिइन्। ‘हरेक म्युजिक भिडियोमा नयाँपन खोज्ने गरेको छु,’ उनले भनिन्, ‘कामअनुसारको पारिश्रमिक पनि राम्रो हुनुपर्छ।’ उनीद्वारा अभिनित ‘लाजको लाली’, ‘मायालु मुहार’, ‘बिस्तारी बिस्तारी’, ‘यत्ति धेरै’, ‘म त नाचेँ’, ‘मायामा गल्ती हुन्छ’ र ‘मायालुलाई’ लगायत गीतहरूको म्युजिक भिडियो चर्चामा छन्।अभिनेत्री प्रियंका कार्की महिनामा दुईदेखि चार वटासम्म म्युजिक भिडियो गर्छिन्। हरेक म्युजिक भिडियोबापत उनले लिने पारिश्रमिक हो, करिब ४० हजार। ‘गीत र टिम छनोट गरेर काम गर्ने हुँदा राम्रो काममा जोड दिएको हँु,’ उनले भनिन्, ‘अधिकांश म्युजिक भिडियोको काम एक दिनमा काम सक्नुपर्छ। राजधानीबाहिर जाँदा दुई दिन बित्छ, त्यसमा ५० हजारसम्म लिएको छु।’ करिब ५५ हाराहारी म्युजिक भिडियो गरिसकेकी उनलाई सन् २००६ मा स्वर्गीय आलोक नेम्बाङको ‘तिम्रो पछ्यौरी’ को काम मनपर्छ।गायक हेमन्त शर्माको गीतमा काम पछिल्लोपटक काम गरेकी नीता ढुंगानाले भने ३५ हजार पारिश्रमिक लिने गरेकी छिन्। अधिकांश म्युजिक भिडियोको लागि उनले सर्वप्रथम गीत माग्ने गरेकी छिन्। ‘गीत सुनेपछि मात्र निर्णय गर्ने गरेको छु। अधिकांश गीत मेलमार्फत प्राप्त हुन्छन्,’ उनी भन्छिन्, ‘प्रायः म्युजिक भिडियोको सुटिङ एक दिनमा सकिन्छ। एक दिनभन्दा बढी र राजधानीबाहिरको परिस्थितिमा ४० हजारसम्म पुग्छ।’ उनले ‘बारुली कम्मर’, ‘बतास’, ‘म त हरपल’ र ‘चाहिँदैन’ लगायतमा काम गरेकी छिन्।हाल अमेरिकामा रहेकी केकी अधिकारीले भने पछिल्लो म्युजिक भिडियोबाट ३० हजार लिएकी थिइन्। ‘गीत र टिमअनुसार काम गर्ने हुँदा नियमित काम गरिरहेकासँग खासै बार्गेनिङ गर्नुपर्दैन,’ उनले भनिन्। ‘दिल चोरेर’, ‘पारु’, ‘न्यानो न्यानो’, ‘पर्खिबसेँ’ र ‘को हौ तिमी’ लगायत म्युजिक भिडियोमा उनको अभिनय छ।त्यस्तै, अकेशा विष्ट, वर्षा रावत, बेनिशा हमाल, रिमा विश्वकर्मा र अनु शाह लगायतले १० देखि २५ हजारसम्म लिने गरेका छन्। झन्डै ६० वटा म्युजिक भिडियोमा देखिइसकेकी मोडल अकेशा बिष्टले भने २५ हजार पारिश्रमिक लिने गरेको बताइन्। ‘म्युजिक भिडियोको गीत, निर्देशक र कहिलेकाहीँ परिचित सम्बन्धअनुसार काम गर्ने गरेको छु,’ उनी भन्छिन्। निर्देशक जोयस पाण्डेसँग पछिल्लो पटक काम गरेकी उनले सुरुवाती दिनमा १५ हजारसम्म लिने गर्थिन्।’गीतलाई प्राथमिकता दिने हुँदा एउटा म्युजिक भिडियोको १५ हजार लिने गरेको छु,’ मोडल वर्षा रावतले भनिन्। करिब ६० वटा म्युजिक भिडियोमा काम गरिसकेकी उनी गीतहरू छनोटपछि मात्रै काम गर्छिन्। उनी ‘जिन्दगीको केही भरोसा’ र ‘धोका दिने’लगायत म्युजिक भिडियोमा देखिइसकेकी छिन्। पछिल्लो समय म्युजिक भिडियोमा कम देखिएका अभिनेत्री झरना बज्राचार्य र उषा खड्गीले भने ४० हजारमा काम गरिरहेका छन्।अभिनेत्रीको रेट१ सृष्टि श्रेष्ठ १ लाख२ नम्रता श्रेष्ठ ५० हजार३ प्रियंका कार्की, झरना थापा, उषा खड्गी ४० हजार४ नीता ढुंगाना ३५ हजार५ केकी अधिकारी ३० हजार | भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via
IFTTT
काठमाडौं : काठमाडौंस्थित भारतीय दूतावासले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई उधृत गर्दै इन्डिया टुडेको अनलाइन संस्करणले दिएको रिपोर्टलाई खण्डन गरेको छ।
राजनाथले मधेसीको समस्या नेपालको आन्तिरक विषय भए पनि त्यहाँ रहेका एक करोड भारतीयको हितलाई भारतीय सरकारले संरक्षण गर्ने बताएको भन्दै अनलाइन संस्करणले दिएको समाचार गलत भएको र उनले त्यस्तो भनाइ नराखेको दूतावासले जनाएको छ। दूतावासले एक विज्ञप्ती जारी गर्दै गृहमन्त्री सिंहले मधेसको विषय नेपाली आफैले समाधान गर्नुपर्ने बताएको स्पष्ट पारेको छ। भिडियो हेर्नको लागि यहाँ तलको लिंकमा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via
IFTTT
सरकारी कार्यलयहरुबाट जनताले पाउँनुपर्ने सेवा सुविधा समयमा र सहज रुपमा नपाइरहेको सेवाग्राहीहरुको आरोप छ । अझ लमजुङका सरकारी कार्यलयका कर्मचारीहरुले त निजामति सेवामै धब्बा लगाइदिएका छन् ।
जनताले बुझाएको करबाट तलवभत्ता खाने सरकारी कर्मचारीहरु कार्यालयमै मदिरा खाएर एक आपसमा झै–झगडा गर्छन् भन्दा अपत्यारिलो लाग्न सक्छ । तर लमजुङ सदरमुकाम बेसीशहरमा कार्यरत कर्मचारीहरु कार्यालयमै भोज भतेर गरेर मदिराले उन्माद भई एक आपसमा कुटाकुट गरेका छन् ।
जिल्ला पशु सेवा कार्यालय लमजुङका पशु स्वास्थ्य प्राविधिक सुमनहरी राई र सोही कार्यालयमा कार्यरत अर्का कर्मचारी पूर्णचन्द्र अधिकारीले मदिरा खाएर कार्यालय परिसरमै कुटाकुट गरेका हुन् । केही साता अघि राई र अधिकारीले भैरहवाबाट घाँसको बिरुवा लिएर आउँदा सामान्य विवाद भएको थियो । त्यही विवादका कारण अधिकारीले आफूमाथि आक्रमण गरेको पशु स्वास्थ्य प्राविधिक राईको भनाई छ । झगडाका कारण राई र अधिकारी दुबैलाई चोट लागेको छ ।
यसैबीच लमजुङबाट सरुवा भएका राईले सोमबार विहान घर जान कार्यालयकै कोठामा सामान मिलाउँदै गर्दा अपरिचित २ जना ब्यक्तिहरुले आफुलाई पछाडिबाट आएर कुटपिट गरेको कर्मचारी राईको भनाई छ । उनको अनुहार, र टाउकोमा निल डाम देखिएको छ । कार्यालयका कार्यलय प्रमुख डा. दिर्घनाथ ढुंगानाले कार्यालयमा कार्यरत कर्मचारीबिच भएको झैझगडा निकै दुख लाग्दो भएको बताउँनुभएको छ । घटनाको भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>
## News source from Zoomnp
via
IFTTT
रौतहट-स्थानीय प्रशासनले वीरगञ्जमा लगाएको कर्फ्यु आन्दोलनकारीले तोडेका छन्। प्रदर्शनकारीले दुई प्रहरी चौकी र एक सवारी साधनमा आगजनी गरेका छन्। प्रहरी र प्रदर्शनकारीबीच श्रीपुर-१४ राधेमाइ टोलमा झडप हुँदा ३० प्रहरीको गोली लागि ३० वर्षीय दीलिप चौरसियाको मृत्यु भएको छ। उनी वीरगञ्ज-२५ जगनाथपुरका स्थायीबासिन्दा हुन्। पिठ्युमा गोली लागेका उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। गोली लागि घाइते भएका पन्नाला यादबको अवस्था गम्भीर छ। उनलाई ढुँडामा गोली लागेको छ।
आन्दोलनकारीले रानीघाट प्रहरी चौकी र अशोकबाटिका नजिक रहेको शिव पार्वती मन्दीर संसानघाट अस्थायी प्रहरी पोष्टमा आगजनी गरेका हुन्। रानीघाट प्रहरी चौकीलाई दिउसोनै खाली गराइएको थियो।
वीरगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि राखिएको पर्सा नापी कार्यालयको ना १ झ २७९ नम्वरको गाडीमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन्। कर्फ्यू तोडेपछि प्रहरी र प्रर्दशनकारीबीच ठाउँ ठाउँमा झडप भएका छन्।
मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेश मान सिंहको तेतृत्वमा रहेका बन्दकर्ताहरुले इलाका प्रहरी कार्यालय नगवाका लागि थप मद्धत गएको प्रहरी टोली माथि अन्धाधुन्द ढुंगामुढा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र रवर बुलेट प्रहार गरेको थियो।
सिंहकै नेतृत्वमा रहेको बन्दकर्ताहरुले बसपार्कमा राखेका बस तथा प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि उक्त स्थानमा समेत प्रहरीले अश्रुग्यास र रबर बुलेट प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो।
घण्टाघर चोकमा संयुक्त मधेसी मोर्चाका पर्सा संयोजक प्रदीप यादवको नेतृत्वमा रहेको बन्दकर्ताहरुले नेपाल टेलिकमको कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास फायर गरी भिडलाई तितरवितर गरेको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले सोमबार ४ बजेदेखि मंगलबार ६ बजेसम्म पूर्व पर्वानीपुर, पश्चिम ईनरवा, उत्तर गण्डक र दक्षिण सिरसिया भित्रको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>>

श्रोत नागरिक न्युज => पुने (भारत)– युवा टोलीको जितबाट प्रेरित नेपाली राष्ट्रिय टोली पुनेस्थित बालेवाडी रंगशालामा भारतविरुद्ध उत्रिएको छ। अन्तरार्ष्ट्रिय मैत्रीपूर्ण खेल भए पनि फागुनमा गुहाटीमा भएको हारको बदला लिने धुनमा नेपाली टोलीले ररहेको छ।
यो खेलबाट यु १९ टोलीका सेन्टर–ब्याक अनन्त तामाङले डेब्यु गरेका छन्। उनी पूर्ण फिट नरहेका सन्दीप राईको स्थानमा टोलीमा परेका हुन्। भारतीय खेलाडी रोविन सिंह निकै खतरनाक देखिएका छन् तर नेपाली डिफेन्स लाइनले उनलाई विफल पारेको छ।
अाजको खेलमा नेपालका गोलकिपर किरण लिम्बूले कडा मिहिनेतपूर्वक राम्रो बचाउ गरिरहेका छन्। भारतविरुद्ध खेल्ने नेपाली टोलीमा जगजित श्रेष्ठ, अञ्जन विस्ट, बिमल घर्तीमगर, अजय खवास, विशाल राई, किरण लिम्बु (गोल किपर), सागर थापा (कप्तान), अनन्त तामाङ, रविन श्रेष्ठ, निरज महर्जन, रोहित चन्द रहेका छन्। १२ हजार दर्शक क्षमताको रंगशालामा करिब ५ हजार भारतीय फुटबल समर्थक अाएका छन्। भिडियो हेर्नको लागि यहाँ तलको लिंक या बक्समा क्लिक गर्नुहोस ==>>
## News source from Zoomnp
via
IFTTT
काठमाडौँ, १४ भदौ ।
राष्ट्रपति रामवरण यादवले केही दिनअघि एक अनलाईनमा छापिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्तरवार्ताको प्रिन्ट कपी मगाए । त्यो अन्तर्वार्तामा ओलीले सुई घोच्ने डाक्टरले राजनीतिक दलका निर्णयमा अनावश्यक टिकाटिप्पणी गर्न नसुहाउने आसयको अभिव्यक्ति दिएका थिए ।
सो अन्तर्वार्ता पढेपछि यादवले ‘सार्वजनिक रुपमा प्रयोग गर्न नमिल्ने अश्चिल शब्द निकाल्दै ‘मादर …. केपी ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री हुने रहेछ,’ भन्दै शीतल निवासमै रडाको मच्चाएको सुरक्षा स्रोतले जनाएको छ ।
त्यसको केही दिनपछि भारतीय राजदूतावासले पनि ऋषि धमलामार्फत् त्यो अन्तर्वार्ताको खोजीनीति गरेको थियो । त्यो अन्तर्वार्ता बोकेर हिँडेका कांग्रेस सभासद अमरेशकुमार सिंहले केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन आफू पार्टीको केही नेताहरुको लाइन अनुसार नै हिँडिरहेको बताएका थिए ।
स्रोतका अनुसार, ओली विरुद्ध राजदूतावासदेखि साउथ ब्लकसम्म कुरा लाउने टिम पनि शीतलनिवासबाटै परिचालन गरिएको छ । एमाले अध्यक्ष ओलीसँग यादव रुष्ट हुनुको कारण भने त्यो अन्तवार्ता अघिकै घटना हो । खासमा कांग्रेससँग सरकारमा जाने बेलामा एमाले कांग्रेसबीच भएको सात बुँदे सहमतिमा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने उल्लेख्य गराएको थियो । त्यहीँदेखि राष्ट्रपति एमाले र ओलीविरुद्ध नियोजित रुपमा विभिन्न समूह उचाल्ने पछार्ने खेलमा लागेका हुन् । साँघु साप्ताहिकमा खबर छ ।
## News source from Zoomnp
via
IFTTT
तपाईं आफुलाई कसरी चिनाउन चाहनुहुन्छ ?
आफ्नो परिचय दिनुहोस् न । मेरो नाम गणेश लामा हो । मेरो जन्म थलो काभ्रे तर कर्मथलो काठमाडौं हो । हाल म फोरम (लोकतान्त्रिक) को केन्द्रीय सदस्य पनि छु र म आफुलाई ब्यबसायी भन्न पनि रुचाउँछु ।
धेरैले गणेश लामा डन हो भनेर चिन्छन्, भन्छन् नी ?
यहि बडम्वना छ । त्यो टाईटल कसले लगाईदियो मलाई थाहा छैन । के गर्दाखेरी डन भनिन्छ र भईन्छ त्यो पनि मलाई थाहा छैन । त्यो शव्द मलाई मन पर्ने शव्द पनि होइन । कि कसैले मलाई तैंले डन बिल्ला पाएको छस् भनेर प्रमाण पत्र दिनुपर्यो कि मलाई डनको बिल्ला भिराइ दिनुपर्यो । म हिजो पनि एउटा संस्कारमा हुर्केको मान्छे । शुरुमा अध्ययन गरें, पढाई पछि एउटा उमेरमा आएर मैंले ब्यापार पनि गरें । त्यो भन्दा अगाडी मेरो झै झगडा पनि भएको थियो । मैले त्यहि अनुसारको सजायाँ पनि पाएँ । त्यसपछि मैले लगातार व्यापार गरें र हाल म सक्रिय राजनीतिमा लागि रहेको छु । म फोरम लोकतान्त्रिकको जिम्मेवार पोष्टमा छु । म माथी लागेका जुन आक्षेपहरु छन् यसका बारेमा मैैंले बिभिन्न मिडियाका साथीहरुलाई भन्दै आएको छु, तैपनि मैैंले अझै मुक्ति पाएको छैन । यो डन भनेको के हो मैले अझै बुझ्न सकेको छैन ।
तपाईले आज सम्म त्यस्तो के गर्नुभयो र तपाईलाई मान्छेहरुले डन भने ?
मलाई यो लाग्दैन कि मैैंले आत्मा ग्लानी हुने गरी त्यस्तो गल्ति गरेको छु । म यो दावाका साथ भन्छु हो, मलाई कसैले पिटे होला, मलाई पिट्न आएकाहरुको बिरुद्ध म उठें होला अनि मैले पनि पिटें होला । मैैंले कसैको आँसु झार्ने काम, कसैको दुई रुपिया लुट्ने काम, कसैको छोरी चेली बिगार्ने काम अथवा राष्ट्रमा आँच आउने काम गरिन । म दावाका साथ फेरी भन्छु मैंले देशद्रोहि हुने काम गरेको छैन । यदि कसैले त्यो प्रमाण ल्याउँछ भने म जुन सुकै सजाय भोग्न तयार छु ।
तपाईलाई थाहा छ, डन कस्तालाई भन्छन् ? डन भनेको चाहिँ के होला तपाईको विचारमा ?
यो राज्य शत्तामा जसको हालिमुहाली चल्छ त्यहि हो डन । म अहिलेको अवस्थामा सुशील कोईरालालाई डन भन्छु । किनकी उहाँ प्रधानमन्त्री हुनुहुन्छ, उहाँको सवै चिज चल्छ । उहाँलाई चाहिँ डन टाईटल दिन सुहाउँछ । यो भन्दा पहिला प्रचण्डजी हुनुहुन्थ्यो होला, त्यो भन्दा पहिला माधव नेपाल हुनुहुन्थ्यो होला । सवैकुरा गर्ने क्षमता उहाँहरुको हातमा हुन्छ । तव मात्र त्यसलाई डन भनिन्छ होला । म त आफुलाई एक आम साधारण नेपाली भन्न चाहान्छु ।
तपाईलाई थाहा छ डन चाहिँ कसरी जन्मिन्छन् ?
एक त हाम्रो देश गरिवीको चपेटा र ठूलो भूमरीमा फसेको छ । अर्को बेरोजगारी र अशिक्षा छ । जव २०५२ सालमा नेकपा (माओवादी)ले जनयुद्धको थालनी गरेपछि जसरी युवाहरुको लर्को रातारात त्यहाँ प्रबेश गर्यो नी त्यो पनि एउटा उदाहरण हो । आज तपाई शिक्षित हुनुहुन्छ, रोजगार हुनुहुन्छ, तपाईलाई सबै कुरा पुगेको छ भने तपाईलाई यस प्रकारका गलत बाटोमा लग्ने समय हुँदैन । दुइचार अक्षर पढेको मान्छे, यदि रोजगार छ भने त्यसलाई जवर्जस्ती कसैले माईन्ड डाईभर्ट गर्न सक्दैन ।
आज हाम्रो देशमा ठूलो संख्यामा युवाहरु वेरोजगार छन् त्यसको जिम्मा नेताहरुले लिने कि नलिने ? गरीव छन्, अशिक्षित छन्, तर ती युवा साथीहरुलाई सरकारले केहि गर्ने कि नगर्ने ?
ती युवाहरु गलत प्रकारले प्रयोग भैरहेका छन्, चाहे त्यो राजनीतिक आवरण होस् वा अन्य आवरणमा । जान्ने सुन्ने मान्छेहरुले यी युवाहरुलाई गलत तरिकाले प्रयोग गरिरहेका छन् । यस्तै यस्तै कारणले गर्दा ती युवाहरु गलत कार्यमा लाग्न प्रोत्साहित भईरहेका छन् । युवाहरुलाई बिभिन्न दलले चुनावमा बुथ लुट्न, ढुंगा हान्न, मास जुटाउन प्रयोग र प्रोत्साहन गर्ने अनि आफु पदमा पुगिसकेपछि ती युवाहरुलाइ आफुले सकेको रोजगारी दिनुको सट्टा, राम्रो बाटो देखाउनुको सट्टा उल्टै गलत आरोप लगाउने जस्ता प्रबृत्ति पनि त बढेको छ नि ।
डनहरुको नाता–सम्वन्ध शक्ति र पहुचमा भएका हरु संग हुन्छ भन्छन् । तपाईलाई चाहिं त्यस्तो लाग्छ कि लाछ ?
मलाई त्यस्तो लाग्दैन । सवै मान्छेले एक समयमा पेटको लागि संघर्ष गर्छन् । पेट अघाए पछि सेवाको भावना जाग्छ । त्यो सेवाको भावना जागिसकेपछि अहो, मलाई त अहिले खान पुग्यो अव देश र जनताको लागि केहि गरौैँ भन्ने भावना आएपछि कहिँ न कहिँ त लाग्नै प¥र्यौ । कोहि न कोहि त समाउनै परिहाल्यो । ती कुराहरुलाई देखेर अहिले तपाईले गर्नुभएको प्रस्न त्यसरी नैं जोड्न खाजेको होला । तपाई आफैंले पनि देखिहाल्नु भयो नि कसैको संरक्षणमा लुकेको मन्छे होस् वा बहालवाला मन्त्री नैं किन नहोस् जेल गएको रेकर्ड छ नि नेपालमा । त्यसैले गल्ति गरेपछि कानूनभन्दा माथि कोहि पनि छैन भन्ने कुरा मैले बुझेको छु ।
तपाईको कारणले आज सम्म कुनै पनि मानिसले दुःख, डर, धम्कि खेप्नु परेको छ कि छैन ?
म अहिले सम्म पाप र धर्मलाई साक्षि राख्दै अगाडी बढेको मान्छे । के गर्दा पाप लाग्छ, के गर्दा धर्म हुन्छ भन्ने कुरा मैले राम्ररी बुझेको छु । हिजो पनि म एउटा युवा मात्र रहँदा पनि मलाई कसैले सिकाएको होइन । मैले चाहे शिक्षाको क्षेत्रमा होस्, चाहे ती कुनै विकाश निर्माणको क्षेत्रमा होस्, चाहे व्यापार र रोजागारीको क्षेत्रमा होस् म दावाका साथ भन्छु,– होला मैले लोकसेवामा नाम निकाल्न सकिन होला प्रहरीमा सकिन होला तर मैंले रेष्टुरेन्टदेखि लिएर अन्य सेक्टरमा आफुले सकेको ठाउँमा मैले तीन हजार पैतिससयदभल्दा बढी युवाहरुलाइ रोजगारीको अवसर दिइरहेको छु । मैैंले युवाहरुलाई सधैं भन्ने गर्छु काम गरेर खानु पर्छ । सवैलाई काम गरेर खानुपर्छ भन्ने सन्देश दिने गरेको छु । मैले यी सवै कुरा बुझेको जानेको, दुई चार अक्षर पढेको, घुमेको मान्छेले यस्ता कुरा कल्पना पनि गर्न सक्दिन । यदि भोको छु, मैले अगाडी खानेकुरा देखिरहेको छु भने म चोरेर खान्छु होला । मलाई भगवानको कृपाले दुई हात मुख जोर्न राम्रै तरिकाले दिएको छ भने मैंले जानि जानि कहाँ गल्ति गर्छु र ? चोरे, ढाँटे, मान्छे पिटे सजाय हुन्छ भन्ने जान्दा जान्दै कसैले अपराध गर्छ होला ?
भनेपछि तपाईका कारण कोहि त्रसित छैनन्, कोहि ठगिएका छैनन् ?
छैनन्, छैनन् । म दावाका साथ भन्छु त्यस्ता साथीहरु कसैले मेरो नाम गलत रुपमा प्रयोग गर्नुभएको छ भने मलाई थाहा भएन । म भगवान होईन, मलाई त्यस्तो थाहा हुदैन । झापाको कुनै एउटा कुनामा कसैले तँलाई गणेश लामा ल्याएर पिटाउँछु भन्यो भने मैले कसरी थाहा पाउने ? त्यसैगरी कैलाली, कञ्चनपुरमा मेरो नाम लिएर कसैले कसैलाई धम्क्याउने , थर्काउने गर्छ भने मैले कसरी जान्ने ? यी थर्किन बाध्य बनाउनेहरु पनि त मिडिया नैं हो नि त । म त्यो चिज होईन बाबा भनेर मैले पटक पटक तपाईहरुसंग भनिरहेको छु । यदि म त्यो चिज भएको हो भने त मैैंले झापा फोन गरेपनि थर्किने भो, कैलाली फोन गरेपनि थर्किने भो । म त्यो चिजलाई नैं स्वीकार्न तयार छैन, म त्यस्तो होइन बाबा, आम साधारण नेपाली नागरिक हुँ, साधारण भएर बाँच्न चाहन्छु, मलाई त्यसरी नहेर्दिनुहोस् भनेर मैले पटक पटक आग्रह गर्दे आएको मान्छे मैले कसरी त्यस्तो गर्न सक्छु त ?
तपाईले के कस्ता व्यवसायहरु सञ्चालन गरिरहनु भएको छ ? तपाई के काम गर्नुहुन्छ ?
अहिले टुरिज्म फिल्डमा छु । मैले हिजोको दिनमा रेष्टुरेण्ट ब्यबसाय पनि गरें होला, मैंले क्रसर आदिको काम पनि गरें होला । यसैगरी मैले सानोतिनो ब्यबसाय गरेरै आएको छु । म बिगत ५, ७ वर्षदेखि सक्रिय राजनीतिमा भैरहँदा खेरी म यो मिडियामार्फत के भन्छु भने , म यो देशको परिवर्तनको लागि, देशको उन्नती र प्रगतीको लागि समाजसेवा वा राजनीतीमै भएपनि बाँच्नका लागि पेशा गर्दे आएको छु । राजनीतिलाई चाहिँ सेवाको रुपले मात्र लिनुपर्यो । मेरो मन्यता यहि हो । यहि अन्तर्गत मैंले दुवै चिजलाई संगसंगै लिएर हिँडेको छु । मैंले आफ्ना बालबच्चा पाल्नको लागि ब्यापार गरेको छु भने राजनीतिलाई चाहिं सेवाको रुपले लिएर अगाडी बढिरहेको छु ।
तपाई आफुलाई सामान्य मान्छे हुँ भनिरहनु भएको छ, तर तपाईलाई यत्ति धेरै ब्यापार गर्ने श्रोत चाहिं के हो त ? कसरी तपाई करोडौंको मालिक हुनुभयो त ?
तपाई राम्रोसँग काम गर्नुहुन्छ, तपाईसँग, क्षमता छ, भिजन छ र तपाईसँग राम्रो टिम छ भने देशमा बिभिन्न बैंक,बित्तिय संस्थाहरु छन तिनले ऋण दिहाल्छन नि । अहिलेपनि मेरो धेरै ऋण छ । अहिले पनि मलाई ऋणको तनाव हुन्छ । महिना महिनामा बैंकको लोन तिर्नुपर्छ । राम्रो भिजन भयो, राम्रो टिम भयो भने काम गर्नलाई त त्यत्ति गाहे नैं छैन ।
तपाई कामबाटै करोडपति बन्नुभयो त ?
कामबाटै हो । यो देशमा २,४ जनालाई रोजगारी दिएर राज्यले बनाएको नीतिमा छिरेर ट्याक्स तिरेर करोडपति बनेको हो ।
डन भनिएका मानिसहरु भटाभट मारिएका छन्, तपाईंलाई कस्तो लागेको छ ?तपाइको प्रतिक्रिया के छ ?
यो देशमा प्रचलित कानून छ । जसले जस्तो किसिमको गलत काम गर्छ उसलाई कानून अनुसार सजायको भागिदार बनाउनु पर्छ । गल्ति पिच्छे मान्छे मार्दै जाने हो भने यो देशमा बाँच्ने चाहिँ को त ? कोहि न कोहिले केहि न केहि गल्ति त गरेकै हुन्छ । मान्छे मार्नु समस्याको समाधान होईन । पोहोर साल चारी मारिए, यसपालि घैंटे मारिए ।
तपाई उनीहरुलाई चिन्नुहुन्छ ?
उहाँहरुसँग मेरो नजिकको सम्वन्ध होइन । मैंले मिडियामार्फत उहाँहरुलाई चिनेको, देखेको र मारिएको खवर थाहा पाएको हो । मेरो नजिकको रिलेशन चाहिँ होइन । उनीहरु किन मारिएका होलान् ? प्रहरीले उहाँहरुलाई मार्यो । उहाँहरुलाई लागेको अरोप के हो ? त्यो प्रहरी, वा अन्य कुन निकायले हेर्ने गर्छ ? त्यो मलाई थाहा छैन । उहाँहरुले कसैलाई पिट्नु भएको हो भने उहाँहरुलाई कारबाही गर्ने ठाउँ त छ नी । उहाँले लुट्नु भएको हो भने त्यहि अनुसारको मुद्धा लगाउने ठाउँ र निकाय पनि त छ नी । मलाई थाहा भएन उहाँले कुनै देशद्रेहीको काम पो गर्नु भयो कि । उहाँहरुले के गल्ती गर्नुभयो र मार्नु पर्ने अवस्था आयो, कानुनी दायरामा ल्याएर सँजाया नदिएर मार्नै पर्ने कारण के थियो,त्यो जान्ने अधिकार जनतालाई छैन ? यो देशमा मार्ने कानून छ जस्तो लाग्दैन । उहाँहरुलाई किन मारियो मैले यसै भन्न सक्ने अवस्था छैन ।
घैंटे, चरी मारिएपछि गणेश लामा पनि डन हो, अव उसको पालो भन्ने चर्चा चल्न थालेको छ । तपाईलाई डर लाग्छ कि लाग्दैन ?
मलाई डर छैन । मैले त्यस्तो कुनै गल्ति गरेको छैन । मलाई कुनै प्रकारको डर धम्की केहि पनि आएको छैन । म एउटा साधारण मान्छे । म जाहाँ खान्थेँ, जहाँ बस्थेँ त्यहि बसेको छु । म राजनीतिमा सक्रिय छु । जसरी अहिले मधेसका बिभिन्न जिल्लाहरुमा आन्दोलन चलिरहेको छ दिनहुँ जस्तो पार्टीमा अहिले वैठक भैरहेको छ । अवको रणनीति कसरी बनाउने, आदिवासी, मधेसी, जनजाती, पिछडीएको बर्गको आवाजलाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने हिसावले हाम्रा केन्द्रिय अध्यक्ष विजयकुमार गच्छदार दिनानूदिन चार दलको बैठकमा सम्वाद गरिरहनु भएको छ भने हामी केन्द्रीय लेभलका नेताहरु पनि पार्टी कार्यालयमा बसेर पार्टी कार्यक्रमहरुलाई कसरी अगाडी बढाउने भनेर काम गरिरहेका छौँ । म पनि त्यहि अनुसार काम गरिरहेको छु ।
मान्छेहरु अव गणेश लामाको पालो भनिरहेका छन् त किन होला ?
हाम्रो समाजमा कसैको उन्नती प्रगतीलाई देखि नसक्ने खालका पनि छन् । कोहि अर्काको मृत्युमा रमाउने खालका छन् । अरु मर्दा हास्नेले आफ्नालाई मार्दा कस्तो हुन्छ त्यो पनि उनीहरुले मनन् गनर््पर्छ । आफुलाई सानो चोट लाग्दा पनि ठूलो चित्त दुखाई हुने, अर्काको छोराछोरी, अर्काको कोखमा लात मार्दा किन खुसी हुने ? म त के भन्छु भने घैंटेले मर्नु नैं पर्ने के गल्ति गरे ? उहाँको कुन पापले गर्दा मर्नु पर्यो ? उहाको मृत्युमा उहाकी छोरी टुहुरी बनिन् । उहाँकी श्रमतीले पनि पहिल्यै छोडेर गैसकेको भन्ने सुनेको छु । त्ये मेजर कुरा हो कि होइन ?
तपाईका कारण कसैको अंगभंग हुने, ज्यान जाने भएको छ कि छैन ?
छैन । कसैले मलाई पिट्दा मैले पनि २,४ थप्पड लगाएँ होला तर अंग भंग हुने र ज्यानैं जाने किसिमको घटना भएको छैन । मैंले उनीहरुलाई मारे पनि कानूनले मलाई छोड्दैन । उनीहरुले मलाई मारे पनि कनूनुले उनीहरुलाई छोड्दैन भन्ने कुरा मैले बुझेर र रिआलाईजेशन गरेर जून दिनदेखि म व्यापारमा आएँ, राजनीतिमा आएँ मलाई यसले साथ, प्रगति र राम्रो प्रतिफल दिएको छ ।
तपाईले आज सम्म कस्ता कस्ता मान्छेहरुलाई कस्तो प्रकारको सहयोग गर्नुभएको छ ?
मैले बिगत १०,१२ वर्षदेखि काभ्रे लगायतका जिल्लाका पढ्ने ईच्छा भएका गरिव भाईबहिनीहरुलाई सहयोग गरेको छु । मैले काभ्रेलाई त कोटा नैं छ्ट्याएको छु । मैले हरेक बर्ष त्यहाँबाट ३ जनालई बिभिन्न कलेजमा स्कलरसिपको व्यबस्था गरेको छु । कुनै ठाउँमा स्वाश्थ्य शिबिर लगेर, कहिँ खेलकुदको माध्यमबाट, कुनै ठाउमा बिकास निर्माणको काम गरेर सहयोग गर्दे आएको छु । कहिँ १०, २० बोरा सिमेन्ट दिएर मैले निरन्तर रुपमा समाज सेवाको काम गर्दे आएको छु । मैंले यो काम मानव भएकाले आत्मसन्तुष्टिका लागि गरेको हुँ । न कि प्रचारको लागि ।
तपाईको सम्वन्ध नेता,पत्रकार, प्रहरीसँग कस्तो छ ?
पत्रकार साथीहरु पनि हुनुहुन्छ, प्रहरी, आर्मी, राजनीति, व्यापारी सबैतिर सवै किसिमका साथीभाईहरु हुनुहु्न्छ ।
तपाईको जीवनको सपना चाहिं के छ ?
पहिला भोको हुँदा पेट भर्ने आवश्यकता हुँदो रहेछ । पेट भरिसकेपछि पनि सन्तुष्टि हुँदो रहेनछ । जतिन्जेल बाँच्छु, राजनीति गरेर, सेवा गरेर मर्न पाईयोस भन्ने छ । म त्यहि गर्दै आएको पनि छु । जति पैसा भएपनि मान्छेलाई नपुग्दो रहेछ । म सामान्य जीवन नै बिताउनु चाह्न्छु ।
तपाई्रको रुचि, शोख के छ ?
मेरो यो चाहिँ शोख छ भन्ने छैन । मलाई एक्सरसाईज गर्न मन पर्छ । म एक्सरराईज गर्दा रमाउँछु । कोहि डिङ्गस गर्दा रमाउलान् तर मलाई त्यो शोख छैन । दैनिक बिहान १,२ घण्टा एक्सरराईज गर्छु त्यहि नैं रमाईलो छ । त्यसपछि राजनीति, व्यापार, समाजसेवा आदिका फोन आउन थाल्छन् बिजि भईन्छ ।
ब्रत बस्नुहुन्छ ? धर्म मान्नुहुन्छ ?
हरेक बिहिबार बस्छु । म हिन्दू, बौद्ध दुवै धर्म मान्छु ।
अरुहरुले डन, गुन्डा भनेर उपनाम दिंदा तपाईको परिवारले के भन्छ ?
पोल्छ नी । आज भन्दा ४,५ बर्ष पहिले त राष्ट्रिय मिडियाहरुमा यो डन हो भनेर फोटोसहित समाचार आउँथे । अहिले मेरो छोरो ८ मा पढ्छ । एउटी छोरी छिन् । त्यतिबेला मेरो छोराले बाबा तपाईको फोटो आएछ भनि पत्रिका देखायो । मलाई कस्तो भयो होला भन्नुस त ? कसैले पनि आफ्नो मानिस चोर गुन्डा फटाहा भएको मन पराउदैन । म चाहान्छ् सवै नेपाली जनताको राम्रो होस् । हिजो कसैले कच्चा उमेरमा गरेको गल्तिलाई लिएर आज पनि तनाव दिईरहनु हुदैन ।
राजनीतिमा लागेर भोलि मन्त्री बन्ने सपना देख्नु भएको होला नी, छैन ?
मैले काम गर्दे जाने हो त्यसको प्रतिफल यो नैं हुनुपर्छ भनेर अहिले नै सोचेको छैन । राजनीति गर्दै जाँदा भोलि आउने अवसरलाई ग्रहण गर्ने कुरा एउटा हो ।
तपाईलाई देख्ने भेट्ने मान्छेहरु के भन्छन ?
मान्छेले मलाई जे ठानेर भेट्न आउने गर्छन् उनीहरुले मलाई भेटिसकेपछि आकाश जमिनको फरक पाउने गर्छन् । म कसैसंग खस्रो बोल्दिन, नम्र भएर सम्मानपूर्वक बोलि व्यबहार गर्ने मेरो बानि छ । तपाईको राम्रो पक्ष के हो ? म सकारात्म सोच्छु । कहिले काहिँ रिस पनि उठ्छ तर म संयमित हुन्छु । कसैलाई डोमिनेट गरेको, गरिवलाई हेपेको मलाई मन पर्देन ।
प्रस्तुति- नारायण तिवारी

काठमाडौं : सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले सोमबार पढाउन छाडेर शिक्षा विभागमा काम रोक धर्ना दिएका छन् ।
विगतमा शिक्षण पेसासँग सम्बन्धित संघसंगठनसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, शिक्षक ऐन संशोधन विधेयक तत्काल पारित गराउनुपर्नेलगायत विभिन्न पेसागत माग पूरा गराउन दबाब दिँदै नेपाल शिक्षक महासंघ आन्दोलित भएको हो ।
शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षा मन्त्रालयलाई आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न र सम्पत्ति कमाउने अड्डाका रूपमा प्रयोग गरेको आरोप लगाउँंदै उनीहरुले उनको राजीनामा पनि माग गरेका छन् । मन्त्रालयसमक्ष विभिन्न माग राखेर आन्दोलनमा उत्रेको नेपाल शिक्षक महासंघले शिक्षामन्त्री चित्रलेखा यादवको पद बहाली भएसँगै शिक्षा क्षेत्रमा भ«ष्टाचार र अनियमितता मौलाएको आरोप लगाएको छ । शिक्षामन्त्रीलाई तत्काल बर्खास्त नगरिए मुलुकको शिक्षा क्षेत्र थप लथालिंग र बदनामी हुने भनाइ शिक्षकहरुको छ ।
शिक्षा विभागमा सोमबार धर्ना दिन पुगेको महासंघका महासचिव तिलक कुँवरले भने, ‘अहिलेकी शिक्षामन्त्री मुलुकको शिक्षा क्षेत्रको समस्या समाधानका लागि कुनै हैसियत राख्दिनन् । हामीले विगतमा थुप्रै जायज माग राखेर उनलाई सुझाव पनि दियौं । तर उनले चासो राखिनन् ।’
शिक्षक आन्दोलन परिचालन समितिका सदस्य एवम् नेपाल शिक्षक संघका महासचिव राजेन्द्रराज पौडेलले सहमतिअनुरुप शिक्षा ऐन संशोधन विधेयक तत्काल पारित गर्न आलटाल गरेको, २०६६ साल र २०६८ सालमा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नभएको लगायतका विषयमा दबाब दिन आन्दोलनमा उत्रनुपरेको बताए। महासंघले द्वन्द्वपीडित शिक्षककको पुनर्बहाली गर्नुपर्ने, अस्थायी शिक्षकका समस्या समस्या समाधान गर्नुपर्ने, शिक्षासम्बन्धी नीति निर्माणमा शिक्षकहरूको प्रतिनिधित्व हुनुपर्ने लगायतका १२ सूत्रीय माग अघि सारेको छ । भिडियो हेर्न यहाँ तलको लिंकमा क्लिक गर्नुहोस ==>>>
## News source from Zoomnp
via
IFTTT
काठमाडौं, भदौ १४ ।नेपाल मामलाका विज्ञ मानिएका भारतीय प्रोफेशर एसडी मुनीले प्रधानमन्त्री सुशील कोइरालालाई व्यक्तिगत इगो र दलगत स्वार्थबाट माथि उठ्न सुझाव दिएका छन् ।प्रोफेशर मुनीले ट्वीट गर्दै नेपालबारे विभिन्न टिप्पणीसमेत गरेका छन् ।
उनले थारु, मधेसी र जनजातिलाई समेटेर संघीय ढाँचामा संविधान निर्माण गर्न सुझाएका हुन् । एसडी मुनीले संघीय र लोकतान्त्रिक संविधान निर्माणका लागि नेपालमा गतिशील नेतृत्वको खाँचोसमेत औंल्याएका छन् ।यसअघि उनले लिपुलेक नेपालको नभएको विवादास्पद भनाई ट्वीटरमार्फत सार्वजनिक गरेका थिए ।
यो पनि पढ्नुहोस
लिपुलेक चिन र भारतको हो नेपाललाई किन सोध्ने र ?
एसडी मुनी नेपालको राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धबारे लामो समयदेखि लेख्दै/बोल्दै आएका भारतीय प्रोफेसर र पूर्वकूटनीतिज्ञ हुन् ।
भारतको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए)मा गत साता नेपाल–भारत सम्बन्धको पछिल्लो आयामसहित भारत र चीनले नेपाली भूमि लिपुलेकबारे गरेको सहमतिलगायतका विषयमा मुनीसँग गरेको कुराकानी
मोदी सरकारको नेपालमा सबैभन्दा बढ्ता चासो वा विषय विकास हो कि सुरक्षा ?
भारतीय जनता पार्टीले सरकार बन्नुभन्दा पहिले विदेश नीतिसम्बन्धी एक कार्यक्रम पारित गरेको थियो । जसमा सम्मान, संवाद, समृद्धि, सुरक्षा र संस्कृति थिए । सम्मानको अर्थ तपाईं पनि सम्मान गर्नुस्, हामी पनि सम्मान गर्छौं ।
संवादको अर्थ, हरेक मामला वार्ता संवादबाट हल गर्छौं । समृद्धिको मतलब विकास, त्यसपछि बल्ल सुरक्षा । त्यसकारण सुरक्षाभन्दा अगाडि समृद्धिको एजेन्डा छ । समृद्धि भनेको विकास । भाजपाले विकासलाई सुरक्षाभन्दा बढ्ता महत्त्व दिएको छ । मोदी सरकारले त्यसैलाई कार्यान्वयन गरिरहेको छ ।
नेपाल र भारतबीच ‘विशेष’ कूटनीतिक सम्बन्ध छ । तर, त्यही तहको विश्वासको संकट पनि छ । पछिल्लोपटक भारत र चीनबीच लिपुलेक नाका खोल्ने सहमतिले त्यसलाई थप स्पष्ट पार्यो हैन ?
तपाईं यो भन्दै हुनुहुन्छ कि, लिपुलेक पासको विषयमा भारतले चीनसँग सम्झौता गर्न नेपालको इजाजत माग्नुपर्ने थियो ? नेपालले पाकिस्तान, चीनसँग सम्बन्ध राख्ने वेलामा भारतसँग सोध्नु जरुरी छ ? निश्चय पनि छैन । विशेष सम्बन्धको मतलब यो हो कि, नेपालको सुरक्षामा भारत सामेल छ, भारतको सुरक्षामा नेपाल ।
विशेष सम्बन्धको अर्थ तपाईंले तेस्रो मुलुकसँग दुईपक्षीय मामलामा वार्ता वा सहमति गर्न एकअर्काको इजाजत लिनुपर्ने भन्ने हुँदैन । लिपुलेकको जे प्रश्न हो, यो त्रिदेशीय बिन्दुको छेउमा छ । जुन हिस्सा भारत र चीनसँग छ, त्यसमा दुवै मुलुकले सहमति गरे । यसमा नेपाललाई केही असर नै पर्दैन, किन नेपाललाई सोध्नुपर्ने ?
त्यो त विवादित ठाउँ हो, जहाँ नेपाल र भारतको लामो समयदेखि वार्ता भइरहेको छ नि ।
विवादित ठाउँ त कालापानी हो, लिपुलेक कसरी हो ? लिपुलेक त चीनमा छ । नेपालको दाबी त कालीनदीको मुहान लिम्पियाधुरासम्म छ र यसबारे वार्तामा पनि नेपालले कुरा राखिरहेको छ ।
नेपालले आफ्नो भनिरहेको, भारतले वार्ता गरौँ भनिरहेको जमिनमा भारत र चीनले सम्झौता गर्न मिल्छ ? लिपुलेकमा कहाँ जमिन लेनदेनको सम्झौता भएको छ ?
कसैलाई जमिन दिएको छैन । त्यो सम्झौता त सिर्फ यात्रीहरूको आवतजावतका लागि भएको हो । कैलाश मानसरोवर जाने यात्रीहरूलाई जानका लागि बाटो खुलाइएको मात्रै हो । त्यहाँ कसैले एक इन्च जमिन लेनदेन गरेको छैन, जस्ताको तस्तै छ । यो दाबी चीनसँग पनि गर्नुपर्यो नि नेपालले ?
चीनसँग किन सोध्नुहुन्न यही कुरा तपाईंहरू ? तपाईं दाबी त जहाँको पनि गर्न सक्नुहुन्छ नि । हाम्रो कास्मिरमा दाबी छ । चीनले पाकिस्तानसँग सम्झौता गरेर जमिन लियो । यो विश्वासको सवाल होइन । तपाईंहरूको विरोध मात्रै हो । नेपाल अहिले विरोध गर्ने मुडमा छ । हरेक चिजमा आरोपित गर्नुहुन्छ ।
भूकम्पमा मद्दत गर्यौँ, त्यसको पनि विरोध गर्नुहुन्छ । पहिला त विरोध थियो कि मनमोहन सिंह आउनुहुन्न, कुरै गर्नुहुन्न । मोदीले सल्लाह सुझाब गर्न सुरु गर्नुभयो, त्यसमा पनि नेपालले विरोध गर्न थालेको छ । यो समस्या हिन्दुस्तानका तर्फबाट छैन, नेपालको तर्फबाट छ । यो सबै कुरा मिडियामा चलिरहेको छ । नेपालले भारत सरकारसँग कुरा गरेर टुंग्याए भइहाल्यो नि ।
हामी लिपुलेकको विषयमा थियौँ । तपाईंले नै भनेजस्तो त्रिदेशीय बिन्दु हो भने पनि तीन देशको बीचमा कुराकानी हुनुपर्छ कि पर्दैन ?
सुन्नुस् न, जमिन बाँडफाँड भएको हो र ?यात्रीहरूको ओहोरदोहोर लिपुलेक पासबाट हुँदा नेपाललाई के नोक्सान हुन्छ ? अर्को कुरा बेनिफिट बाँडफाँडको जुन प्रश्न छ, त्यो त परियोजनाहरूमा हुन्छ । जस्तो, जलविद्युत् परियोजना बनाउनुस्, पूर्वाधार बनाउनुस्, यसमा त बेनिफिट सेयरिङ भइरहेको छ ।
यसमा थप सम्भावना पनि छ । भारतका तर्फबाट यो भनिँदै छ कि, हामी लगानी गर्छौं । यसबाट फाइदा त नेपाललाई पनि हुन्छ नि । अर्को कुरा, लिपुलेक सम्झौताबाट हिन्दुस्तान र चीनलाई के लाभ भइरहेको छ ? यात्री त पहिलेदेखि नै गइरहेका छन् । नयाँ मामला होइन । मलाई लाग्छ, लिपुलेक तपाईंहरूको भावनाको प्रश्न हो ।
कालापानीको मसला आजदेखि चलिरहेको हो र ? त्रिदेशीय विषयको कुरा त पुरानै समयदेखि चलिरहेको हो । तपाईंहरू ज्यादा संवेदनशील हुनुहुन्छ, कुरा यही हो । भूकम्पपछि सहयोग गर्न भारत गयो
। तपाईंहरूले भन्नुभयो, मिति गुज्रेको परौठा भारतले पठायो । परौठाको डेट त भारतमा पनि हुँदैन । तपाईंहरू केवल भारतका लागि बढी सेन्सिटिभ हुनुहुन्छ । दोस्रो देशका लागि हुनुहुन्न । चीनका लागि त तपाईंहरू संवेदनशील हुनुहुन्न । तपाईंहरूलाई के गर्दा खुसी पार्न सकिन्छ, भारतले बुझ्न सकेन । त्यत्रो सहयोग गर्दा पनि नेपाल खुसी छैन ।
सायद मोदीजी पनि सोचिरहनुभएको होला कि नेपाललाई कसरी खुसी पार्ने ? दुई अर्ब डलरको सहयोग दिँदा पनि नेपालबाट कसैले राम्रो भन्दैन ।
नेपाल र भारतको खुला सिमाना छ, गतिशील आर्थिक सहकार्य पनि छ, सुरक्षाकर्मीको पनि दुईपक्षीय रूपमा नै सहकार्य छ । तर, भारतका तर्फबाट सुरक्षा चासो थपिएको थपिएकै छ । यो विरोधाभास किन ?
यसमा विरोधाभास के छ ? तपाईंहरूको कोही मानिस बदमासी गरेर भारत आउँछ भने भारत सरकारलाई भन्नुस् कि फलानो मानिसलाई पक्राउ गरिदिनुस् । हाम्रा मान्छे गल्ती गरेर नेपाल जान्छ भने हामी तपाईंहरूलाई बताउँछौँ । यसका लागि भारत सुपुर्दगी सन्धि गर्न चाहन्छ, नेपालले चाहेकै छैन ।
सन्धि भयो भने एक हदसम्म हाम्रो सुरक्षा चासो सम्बोधन हुन्छ । यो नयाँ कुरा पनि होइन । खुला सिमाना चाहिँदैन भन्नुहुन्छ भने १९५० को सन्धि बदल्नुस् । १९५० को सन्धिअन्तर्गत नेपाल–भारत खुला सिमाना छ । कसरी बदल्ने, भारतलाई भन्नुस् । सिमाना बन्द गर्न तपाईंहरू चाहनुहुन्न, विशेष सम्बन्ध बदल्न तपाईंहरू चाहनुहुन्न । भारतमा लाखौँ नेपालीहरू छन् । विशेष सम्बन्ध नरहनेबित्तिकै उनीहरू त फिर्ता जान्छन् नै ।
ताली दुई हातले बज्छ, एक हातले मात्र होइन । खुला सिमाना चाहन्नुहुन्न भने बन्द गर्नुस्, चाहनुहुन्छ भने हाम्रा चासो सम्बोधन गर्नुस्, हामी तपाईंहरूको चासो सम्बोधन गर्छौं । हामीलाई कोही आइएसआईको एजेन्ट शंका लाग्छ भने भन्छौँ, तपाईंहरू पनि कोही त्यस्ता मान्छे भारतमा छन् भने भन्नुस् । सिमानामा हाम्रा एसएसबी छन्, तर आउने–जानेमा त कहीँ समस्या छैन ।
एसएसबीले कहीँ कसैलाई रोकेको छैन । काठमाडौं–दिल्ली, पोखरा–दिल्ली सुचारु छ । आवतजावत भइरहेको छ । त्यसकारण १९५० को सन्धिपछि दुवै देशबीच विशेष सम्बन्ध रहेको र खुला सिमाना कायम भएको हो । त्योभन्दा अघि हिन्दुस्तानमा अंग्रेज थिए । त्योभन्दा अगाडि नजाऊँ । मेरो भनाइ के हो भने विशेष सम्बन्धको मामला १९५० को सन्धिदेखि चलिरहेको छ ।
अहिले तपाईंहरू सन्धि बदल्न चाहनुहुन्छ । नेपालका कतिपय मानिस भनिरहेका छन् सीमा बन्द गरौँ । यदि तपाईंहरू खुला सिमाना चाहनुहुन्न भने बन्द गरिदिनुस् न । दुई छिमेकीको बीचमा झगडा हुन्छ र एउटाले पर्खाल लगाउन चाहन्छ भने लगाइदिए हुन्छ ।
भारतीय प्रोफेशर एसडी मुनीले यस्तो सुझाव प्रधानमन्त्री कोइरालालाई दिए
सन्धि बदल्नका लागि २००२ मा नेपालका तर्फबाट परराष्ट्रमन्त्री कमल थापाले प्रस्ताव गर्नुभएको थियो, भारत त्यसमा सकारात्मक भएन । त्यसयता भारत सकारात्मक नहुँदा यो टुंगोमा पुगेको छैन नि ?
एउटा प्रस्ताव मैले तपाईंलाई दिएँ र तपाईंलाई मन परेन भने भन्नुहुन्छ कि अर्को ल्याउनुस् । कमल थापाले के प्रस्ताव ल्याउनुभयो, मलाई याद भएन । तर, सायद प्रस्तावमा केही त्यस्ता विषय थिए जसलाई हिन्दुस्तानले स्वीकार गर्ने अवस्था थिएन । हिन्दुस्तानले त्यही भन्यो । यो त धेरै पहिलाको कुरा हो ।
तर, त्यसपछि हामीले कति समयदेखि भन्दै आएका छौँ कि सन्धि बदल्न चाहनुहुन्छ भने प्रस्ताव गरौँ । प्रचण्ड र बाबुरामलाई पनि हामीले भन्यौँ किनभने सन्धि पुनरावलोकन वा खारेजी गर्न उनीहरूले नै सबैभन्दा बढी जोड दिइरहेका थिए । हामीले मनमोहन अधिकारीजीलाई पनि यही कुरा भन्यौँ । हिन्दुस्तानले एउटा प्रस्ताव मानेन भने दोस्रो प्रस्ताव दिनुस्, त्यो पनि मानेन भने अर्को दिनुस् ।
सन्धिका बारेमा तपाईंको धारणा चाहिँ के छ ?
यो दुईपक्षीय मामला हो । दुवै राजीखुसी हुनुपर्छ । जस्तो, तपाईंले मलाई भेट्ने चाहना राख्नुभयो । मैले स्वीकार गरेँ । अहिले मसँग कुरा गर्दै हुनुहुन्छ । यदि मलाई अनुकूल थिएन भने बोलाउँदिनथेँ होला ।
त्यसकारण दुवै पक्षले मानेपछि न सम्झौता वा सन्धि हुन्छ, एकपक्षीय चाहनाले मात्रै कहाँ हुन्छ ? दुईमध्ये एउटाको सुविधा हुँदैन भने किन गर्ने ? नेपाललाई कुन–कुन क्षेत्रमा यो सन्धि सुविधाजनक लाग्दैन, त्यो बताओस् ।
कहाँ–कहाँ सुविधा छ, त्यो बताओस् । हामी पनि त्यहीअनुसार आफ्ना प्रस्ताव राखौँला । दुवैको सुविधाजनक अवस्थामा सन्धि पुनरावलोकन गरौँ । खारेज गर्न चाहनुहुन्छ भने सन्धिको अन्तिम धाराअनुसार चिठी लेख्नुस् । पुनरावलोकन गर्न चाहनुहुन्छ भने वार्तामा बस्नुस् । अरू उपाय केही छैन ।
१९५० को सन्धिकै कारण नेपालले तेस्रो देशबाट हतियार ल्याउँदा भारतले विरोध गर्ने गरेको छ । भारतीय एउटा तप्काले त भारतमा नेपालीहरूलाई भारतका नागरिकसरह व्यवहार भएको तर नेपालमा भारतीयहरूलाई त्यस्तो नभएकाले सन्धि असमान छ भन्ने तर्क गरेको छ । तपाईंको विचारमा यसको समाधान कसरी हुनुपर्ला ?
हामी भनिरहेका छौँ, नेपालले हतियार खरिद गर्नुछ त गर्नुस् । यदि हाम्रो भूभागबाट तपाईंले हतियार लैजानुहुन्छ भने हामीलाई सूचना दिनुपर्छ । किनभने तपाईंकहाँ आएको हतियार हाम्रो पृथकतावादी समूह, हतियारधारी समूहले दुरुपयोग नगरोस् ।
१९८९ मा नेपालले चीनबाट हतियार ल्याउँदा भारतीय भूमि प्रयोग गरेको थिएन । तर, तपाईंहरूको तर्फबाट त्यो कदम १९५० को सन्धिविपरीत भयो भनेर नेपालमाथि नाकाबन्दी नै लाग्यो । सन्धिले नेपाललाई तेस्रो देशबाट हतियार ल्याउन रोकेको छैन । तर, भारतले किन यसलाई इस्यु बनायो ?
हेर्नुस्, सरकारी तवरमा यस्तो सहमति भएको छ कि जब नेपालले हतियार हामीलाई सोधेर मगाओस्, हामी हतियार दिन्छौँ । नेपालमा सुरक्षाकर्मीले प्रयोग गर्ने जति पनि हतियार भारतले लगभग नि:शुल्क दिएको छ । अथवा अत्यन्तै थोरै मूल्यमा दिएको छ । यसैकारण हाम्रा आर्मीहरू (नेपाली सेना र भारतीय सेना) भाइभाइजस्ता छन् । नेपाल र भारतका आर्मी चिफ एकअर्काका मानार्थ चिफ यही कारण न छन् । तपाईं यसलाई बन्द गर्न चाहनुहुन्छ भने बन्द गर्नुस् ।
तर, जबसम्म यो सम्बन्ध कायम हुन्छ, हामी भन्छौँ कि, तपाईं हतियार ल्याउने विषयमा हामीलाई भन्नुस् । हामीले दिन सक्ने दिन्छौँ, नसक्नेजति बाहिरबाट ल्याउन भन्छौँ । किनभने, हतियारसँग सम्बन्धित जे सम्झौता भएको छ, त्यो मान्नुपर्छ भन्ने हो हाम्रो । यो चीनसँगको मात्रै मामला होइन । चीनसँग त राजा वीरेन्द्रले गडबड गरे । यो छाडिदिनुस् ।
तपाईं अमेरिका, युरोप, रुससँग हतियार लिनुहुन्छ र भारत हुँदै लानुहुन्छ भने भारतसँग त सोध्नुपर्छ नि । यो स्पष्ट सम्झौता छ । बंगलादेशबाट भारतका विद्रोही ग्रुपलाई कति हतियार आइरहेको छ ? एक–अर्कालाई सुरक्षा खतरा नहोस् भन्ने कुरा न हो । तपाईं हरेक दफामा नजानुस्, तर सन्धि रुचिकर छैन भने खारेज गर्न सक्नुहुन्छ ।
पुनरावलोकन गर्नुहुन्छ भने वार्ता गर्नुस् । सन्धिमा केही यस्ता विषय छन्, जसमा नेपालीलाई बेफाइदा छ । तपाईं आफूलाई जे फाइदा सोच्नुहुन्छ, भारतलाई त्यसमा फाइदा हुँदैन भने सन्धि हुँदैन । भारत र नेपाल दुवैलाई फाइदा हुने गरी मात्रै सन्धि हुने हो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल, भारत र चीनबीच गतिशील पुल बन्न सक्ने अवधारणा राखेपछि त्यसबारे नेपालको बौद्धिक वृत्तमा काफी छलफल भइरहेको छ । तपाईं यो अवधारणाबारे के भन्नुहुन्छ ?
भारत र चीनबीच अहिले करिब सय अर्ब डलरबराबर दुईपक्षीय व्यापार भइरहेको छ । योभन्दा पनि बढ्छ । हामी सिक्किम, बर्मा, बन्दरगाहबाट चीनमा जान सक्छौँ, उनीहरू पनि त्यहाँबाट आउन सक्छन् । नेपाललाई व्यापार गर्नुछ भने चीनसँग कुरा गर्नुस् । सडक यातायात बनाउनुस् ।
अघि बढ्नुस् । तपाईं यति राम्रो बाटो बनाउनुस् कि मानिसहरू सिक्किमबाट हैन, नेपालबाट चीन जान सकून् । तर, डा. बाबुरामजीले भनेजस्तो नेपालले जुन पुल बनाउन चाहन्छ, त्यसमा चीनको रुचि छैन । नेपाल र चीनबीचको यातायात तिब्बत हुँदै जाने हो । तर, चीनले तिब्बतमा नाका खोल्न चाहन्छ भन्ने सोच्नुभएको छ ?
तिब्बतलाई चीनले खोल्न चाहँदैन भने सामान्य रूपले चीनमा आवतजावत सम्भव छैन । सामान्य रूपमा आवतजावत हुन सक्दैन भने कसरी व्यापार हुन सक्छ ? त्यसमा कसलाई कहाँ फाइदा हुन्छ ? पुरानो जमाना थियो, जतिवेला नेपालले तिब्बत वा हिन्दुस्तानमा सामान किनेर एक–अर्कालाई बेच्ने गथ्र्यो । त्यो वेला विकल्प पनि थिएन ।
अहिले त्यो जमाना छैन । तर, तपाईंहरू चाहनुहुन्छ भने बाटो बनाउनुस्, व्यापार गर्नुस्, हाम्रो भन्नु केही छैन । जहाँसम्म भारतको प्रश्न छ, हामी चीनसँग सोझै व्यापार गरिरहेका छौँ भने तेस्रो देश (नेपाल)सँग किन भर गर्ने ? यसको के जरुरी छ ?
तर, डा. भट्टराईले भन्नुभएको थियो कि, गतिशील पुलसम्बन्धी अवधारणामा चीन सकारात्मक छ, भारत सशंकित छ । तपाईंले त चीन चाहँदैन भन्नुभयो ।
चीनले सकारात्मक जवाफ दियो, किनभने उसलाई थाहा छ कि यो अवधारणा भारतले मान्नेवाला छैन । तपाईंको चीनसँग सीमा खुला छैन । चीनमा त खुला रूपमा तपाईंहरूको सामान जान सम्भव छैन ।
तर, हामीसँग तपाईंको सिमाना खुला छ । चीनबाट तस्करी गरेर आएका सामान भारतीय बजारमा त जान सम्भव छ । जब सिमाना खुला गर्नु नै छैन भने चीनले कसरी भट्टराईजीको अवधारणालाई मान्नेवाला छ ? जहाँसम्म हाम्रो प्रश्न छ, यो अवधारणा भारतका लागि कुनै पनि हिसाबले फाइदाजनक छैन ।
त्यसकारण हामीले किन मान्ने ? भारत र चीनबीच झगडा भएको अवस्थामा गतिशील पुलको काम आउने हो नेपालमार्फत् । झगडा नै छैन भने किन यो बाटो अपनाउने ? तपाईंहरू पुल बन्न चाहनुहुन्छ भने बन्नुस् । तर, हामी त्यतिवेला यसबारे छलफल गर्छौं, जतिवेला हामीलाई जरुरी हुन्छ । अहिले हामीलाई यो जरुरी छैन ।
त्यसो भए भारत र चीनबीच मजबुत आर्थिक सम्बन्धबाट बीचमा रहेको नेपाललाई चाहिँ फाइदा के हुन्छ त ?
तपाईंहरू दुवै देशसँग सम्बन्ध मजबुत पार्नुस् । त्यो नेपालले चाहँदैन । बाबुरामजीले भारतसँग गरेको बिप्पा सम्झौतामा उनकै पार्टीले विरोध गर्यो । हामी भन्दाभन्दै थाकिसक्यौँ । जलविद्युत्को विकास गर्नुस्, लगानी ल्याउनुस्, बेच्नुस् । चीनबाट लगानी लिनुस्, भारतमा बेच्नुस् । फाइदा छ नि नेपाललाई ।
तपाईंहरू हिन्दुस्तानको अर्थतन्त्रसँग जोड्नुस् । मोदीजीले लगानी गर्छु भन्नुभएको छ, लगानी लिनुस्, पूर्वाधार बनाउनुस्, सडक रेल बनाउनुस् । चीनसँग पनि यही गर्नुस् ।
भारत र चीनलाई सन्तुलित बनाउने नेपाली मानसिकताले काम गर्दैन । कतिपय मामलामा चीनले यसलाई सहज मान्नेछैन, कतिपय मामलामा भारतले मान्नेछैन ।
नेपालमा चीनको प्रभाव बढेको छ भन्ने भारतीय बुद्धिजीवी वृत्तमा साह्रै नै चर्चा सुनियो । यदि यो सही हो भने भारतको प्रतिक्रिया के हुन सक्छ ?
नेपालमा चीनको प्रभाव बढेको हुन सक्छ । यसमा हाम्रो खास चासो छैन । हाम्रो चासो यति मात्रै हो कि, त्यो प्रभाव भारतको हितविपरीत नहोस् । नेपालमा भारतको हितविपरीत चिनियाँ प्रभाव बढ्यो भने भारतले यसको प्रतिकार गर्छ ।
तपाईंहरू चिनियाँ प्रभाव बढाउन चाहनुहुन्छ भने बढाउनुस् । अर्को कुरा, तपाईंहरूकहाँ चिनियाँ प्रभाव के बढेको छ र, हिन्दुस्तानमा पो चीनको उपस्थिति बढेको छ, प्रभाव बढेको छ । व्यापार ज्यादै छ, ज्यादा आवतजावत छ ।
सैन्य अभ्यास भइरहेको छ । ब्रिक्सको सदस्य छौँ । हाम्रो चीनसँग जति सम्बन्ध छ, त्यो स्तरमा नेपालको चीनसँग के सम्बन्ध छ ? नेपाल र भारतको सांस्कृतिक सम्बन्ध यति गहिरो छ कि कसैको प्रभावले त्यसलाई केही फरक पर्दैन ।
तपाईं जति दोस्ती गर्नुहुन्छ, गर्नुस् । केवल चिन्ता हो कि नेपालमा चीनको प्रभाव भारतको नोक्सानका लागि नहोस् ।
साभार नयाँ पत्रिकाबाट
## News source from Zoomnp
via
IFTTT