भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
मिडिया एनपी, काठमाडौं २० असार । उपत्यकाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आइतबारदेखि “हाम्रो पुलिस” मोवाइल एप्स संचालनमा ल्याएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्माले पत्रकार सम्मेलनको आयोजना गरी उक्त मोवाइल एप सार्वजनिक गरेका हुन । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले एप्स प्रयोगकर्ताहरुले दिएको जानकारी अनुसार प्रहरीलाई कुनै घटनाका बारेमा छिटो र प्रभावकारी तरीकाले सम्वोधन गर्न सकिने बताए । अपराध नियन्त्रण गर्ने कार्यमा नागरिकलाई समेत सहभागी हुन एप्सले मद्दत पु¥याउने उनको भनाई छ ।
मोवाइल एप्समा सुरक्षाका तौरतरीकाहरु, कुनै पनि घटनाका बारेमा तस्वीरसहितको खबर गराउन सकिने, प्रहरीलाई सुझाव दिन सकिने, आफू नजिकैको प्रहरी चौकीबारे जानकारी लिन सकिने, अपराधको तथ्यांक र प्रहरीका सूचना हेर्न सकिने लगायतका विभिन्न विशेषताहरु रहेका छन् । यसबाट नागरिकमा सुरक्षा चेतनाका साथै नेपाल प्रहरीप्रति उनीहरुको विश्वास बढाउन मद्दत मिल्नेछ । एन्ड्रोइड र आइओएसका प्रयोगकर्ताहरुले एप्स चलाउन सक्ने छन् । प्रारम्भिक चरणमा उपत्यकाका ३ वटा जिल्लामा लागू गरिएको यो सेवा क्रमशः अन्य जिल्लाहरुमासमेत संचालन गर्ने योजना रहेको छ ।
महानगरीय प्रहरी कार्यालय, लोकल इन्टरभेन्सन ग्रुप र इस्लीङगटन कलेजको संयुक्त सहभागिता तथा थर्ड पोल कनेक्ट प्रा.लि.को प्राविधिक सहयोगमा एप तयार गरिएको हो ।
The post अब प्रहरीलाई मोबाईल एप्सबाटै सुचना दिन सकिने (भिडियो सहित) appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1M44a0b
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement