मिडिया एनपी, काठमाडौं, १६ असार । प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेकको विवाद चाडै अन्त्य हुने बताएका छन् । उनले लिपुलेक नेपाली भूमी रहेको दाबी गर्दै यसलाई कार्यान्वयन गर्न सरकार लागि परेको बताएका छन् । युवा संघ नेपालले पुलेकबारेको सम्झौता खारेज गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले लिपुलेकका विषयमा परराष्ट्रविद्हरुसँग पनि छलफल भइरहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयलाई पनि चाँडो लिपुलेकको समस्या समाधान गर्न सम्बद्ध मन्त्रालयका कर्मचारीलाई आदेश दिएको कोइरालाको भनाई छ । युवा संघले नेपालको संक्रमणकालिन राजनीतिको फाइदा उठाउने उद्देश्यले भएको लिपुलेकबारे सम्झौताको विषयलाई नेपाल सरकारले अबिलम्ब पहल गर्नुपर्ने, चीन र भारतबीच भएको यो सम्झौताले नेपालको सार्वभौमसत्तामाथि गरेको नाङ्गो हस्तक्षेप भएको ठहर गरेको उल्लेख गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन पत्र बोकेर पुगेको युवासंघले दुई छिमेकी राष्ट्रबीच अबिलम्ब कुटनीतिक पहल गरी वार्ता र सम्वादमार्फत लिपुलेकको सम्झौता खारेज गराउन माग गरेका छन् ।
The post लिपुलेक नेपाली भूमी हो : प्रधानमन्त्री कोइराला appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1C7Zcj7
via IFTTT
एजेन्सी ।
चार्ल्स शोभराजको जीवनीमा बनेको फिल्म ‘मै और चार्ल्स’ यसै साता प्रदर्शन हुने बताइएको छ । यसमा बिकिनी किलर शोभराजको भूमिकामा बलिउड एक्टर रणदीप हुड्डा देखिएका छन । फिल्मका निर्देशक प्रवाल रमणका अनुसार फिल्ममा शोभराजको प्रेम कथा र १९७० को दशकदेखि पर्यटकहरुलाई गरेको व्यवहारलाई देखाइएको छ ।
चार्ल्स शोभराज अहिले नेपालको जेलमा कैद छन । शोभराज रोमान्चकारी जिन्दगी र सुन्दरी प्रेमिकाहरुको लागि परिचित छन । उनले ६४ वर्षको उमेरमा जेलमा नै नेपालकी २० वर्षिय सुन्दरी निहिता विश्वाससँग बिहे गरेर सबैलाई चकित तुल्याएका थिए ।
शोभराजले आफ्नो जीवनीमा आधारित फिल्म बनाउनको लागि १५ मिलियन डलर को संझौता पनि गरेको बताइएको छ । यति मात्र नभई पेरिसमा मिडियालाई इन्टरभ्यू दिंदा ५ हजार डलर पनि लिएको बताइएको छ ।
The post बिकिनी किलर चार्ल्सको जीवनी, प्रेम र रोमान्स appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1CIwCiV
via IFTTT
मिडिया एनपी, १६ असार । खोटाङका छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । अबिरल पानीसँगै परेको चट्याङ लागेर सावाकटहरे–८ का ४० वर्षीय प्रेमबहादुर विश्वकर्मा र काहुले–३ की ३७ वर्षीया कमला राईको मृत्यु भएको हो ।
चट्याङले मृतक विश्वकर्माकी श्रीमती ३५ वर्षीया गीता विश्वकर्मा, काहुले–३ का २४ वर्षीया निर्मला राई र सोही स्थानका २५ वर्षीय मणीराज तामाङ घाइते भएका छन् । चट्याङका कारण बेहोस भएका उनीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताएका छन् ।
गएराति करिब ९ः३० बजे परेको चट्याङले विश्वकर्मा परिवारको एक माउ भैँसी र एउटा गोरुसमेत मरेको छ । भूकम्पले घर चर्किएपछि विस्थापित विश्वकर्मा परिवारमा बुबाको मृत्यु र आमा बेहोस बनेपछि छोराछोरीको विचल्ली भएको सामाजिक परिचालक निर्मला राईले बताएकी छन्। राई दम्पतीका ४ छोरा छोरी छन् ।
The post भुकम्प र चट्याङमा आमा बाबुको मृत्यु, ४ छोरा छोरीको बिचल्ली appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1LC3Bg7
via IFTTT
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1NuqLnJ
via IFTTT
यस बर्षकी मिस नेपाल इभाना मानन्धर यति बेला मिस वर्ल्डको तयारीमा जुटेकी छिन् । मिस वर्ल्डको ६५ औं संस्करणमा सहभागी हुन इभानाले हाल दुई हप्तादेखि प्रशिक्षणलाई निरन्तरता दिइरहेकी छिन् । आगामी पुस ४ मा चीनको सान्यामा हुने मिस वर्ल्डको फाइनलमा सहभागी हुन उनले तयारी थालेकी हुन्। उनले भनिन् -‘यो पटकको मिस वल्र्ड हात पार्ने दाउमा छु, आश छ सबैको साथ र माया पाएँ भने म मिस वल्र्डको ताज नेपाल ल्याउने छु ।’ ‘फिटनेससम्बन्धी प्रशिक्षण अलि अघि नै थाल्ने योजना भएपनि भूकम्पका कारण १५ प्रशिक्षण चाँडै गर्न पाइनँ। अहिले फिटनेस र मेकअपको प्रशिक्षण लिइरहेकी छु’ मिस नेपाल मानन्धरले भनिन् -‘भूकम्पले गर्दा सोचे अनुसार तयारी गर्न सकिरहेकी छैन।’ गत वैशाख ५ मा हिडन ट्रेजरले राजधानीमा गरेको प्रतियोगिताबाट उनी १९ औं मिस नेपाल घोषित भएकी थिइन्। मिस वर्ल्डको ६५ औं संस्करणमा नेपालबाहेक ४७ देशका प्रतियोगी युवतीले सहभागिताका लागि पक्का गरिसकेका छन्।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1CIjrhV
via IFTTT
रोयल कलेज अफ नर्सिङमा कार्यरत वृद्धावस्था विषयकी सल्लाहाकार डनी ग्यारेट भन्छिन्, ‘मानव स्पर्श तथा सेक्स मनुष्यको आधारभुत आवश्यकता हो ।’
यसको कारण खोज्दै कलाकार लुइ बाइबर भन्छन्, ‘उमेरको विषयलाई लिएर अहिलेपनि एक प्रकारको पुर्वाग्रह छ । हामीले वृद्धवृद्धाहरुलाई उनीहरुकै रुपमा नहेरेर यस्तो ठान्छौँ की उनीहरुको सबै चिज खत्तम भैसक्यो ।’
कलाकार लुइ आफ्नो कलाको माध्यमबाट बढ्दो उमेर तथा सेक्सका मसलाहरुलाई उठाइरहन्छन् ।
म्यानचेष्टर विश्वविद्यालयले आफ्नो शोधका क्रममा अर्को तथ्य पनि फेला पारेको छ । त्यस अनुसार ३९ प्रतिशत पाका पुरुष तथा ३२ प्रतिशत पाका महिलाहरु सेक्सका क्रममा उत्तेजनाको विषयलाई लिएर समस्या भोग्दछन् ।
त्यस्तै बुढेसकाल लागिसकेका ३१ प्रतिशत पुरुष तथा २० प्रतिशत महिलाहरु आफ्नो जिवनसाथीलाई पटक पटक चुम्बन गरेर प्रेम प्रकट गर्दछन् ।
कलाकार लुइका अनुसार वृद्धवृद्धाहरुका लागि विशेष रुपले बनाइएका वृद्धाश्रमहरुमा बुढाबुढीहरुको यौनजिवनको विषयमा कसैले कुनैपनि चर्चा तथा ध्यान दिइँदैन । समस्या वृद्धवृद्धाहरुमा होइन की उनीहरुको हेरविचार गर्ने तथा स्याहार सुसार गर्नेहरुमा छ । किनकी उनीहरु बुढाबुढीहरु सेक्सका कुरा गर्न मन पराउँछन् भन्ने ठान्दैनन् ।
लुइ भन्छन्,’भलै बुढाबुढीहरु लामो समयदेखि सहवास गर्न नपाएका वा नसकेका होउन् तर उनीहरु जिउँदै त छन् । उनीहरुका कल्पना, हास्यबोध तथा रसरँग गर्ने आनीबानी ज्युँ का त्युँ हुन्छ । अश्लील चुटि्कला तथा कथाहरुका साथै यौनका प्रसँगहरु सुुन्ने र भन्ने भोक उनीहरुमा तिब्र हुन्छ ।source:meroarticle
- http://nepalkotajakhabar.blogspot.com/2015/06/blog-post_547.html
किन दुख्छ ढाड ?
एउटै काम पटक–पटक दोहोर्याएर गर्दा मांसपेशीमा दबाब पर्छ । यसबाट मांसपेशीमा चोट पर्ने वा मांसपेशी थाक्ने हुन्छ । यसबाट पिठ्युँमा दुखाइ महसुस हुन्छ । बढी गह्रौँ वस्तु उठाउँदा पिठ्युँमा बढी जोड पर्छ, जसले गर्दा दबाब परेर पिठ्युँमा पीडा महसुस हुन्छ ।
पिठ्युँमा विभिन्न कारणले दबाब पर्दा मांसपेशी तन्किने, खुम्चिने तथा तनाव आउने हुन्छ । जसका कारण पनि पिठ्युँमा बढी दुखाइ महसुस हुन्छ । पिठ्युँको प्राकृतिक स्वरूपमाथि अत्यधिक दबाब वा बढी निहुरिनेलगायतका काम गर्दा पनि पिठ्युँमा दबाब बढ्न गई पिठ्युँ दुख्ने हुन्छ ।
के गर्ने ?
लामो समयसम्म एउटै काम नगर्नुहोस् वा कुर्सीमा बसिनरहनुहोस् । केही बेर हिँड्ने, पाइला चाल्ने, कम्मर मर्काउनेलगायतका सामान्य व्यायाम वेला–वेलामा गर्नुहोस् । शरीरको उचित मुद्रा कायम गर्नुहोस् । बस्दा बढी कुप्रो परेर नबस्नुहोस् र लामो समयसम्म उभिएर काम गर्नुपर्दा केही बेर बस्नुहोस् र खुट्टालाई आराम दिनुहोस्। बढी गह्रौँ वस्तु नउठाउनुहोस् ।
उठाउँदा भित्ता अथवा अरू वस्तुको आड लिनुहोस् । अनावश्यक रूपमा झुक्ने, पिठ्युँ वा कम्मर मोड्ने तथा अनावश्यक रूपमा पटक–पटक उठ–बस नगर्नुहोस् ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1GNjdI8
via IFTTT
चर्चित र्यापर, गीतकार र फेसन डिजाइनर ‘कान्ये वेष्ट’ले हालैमा ‘ग्लास्टोनबरी’ महोत्सवमा ‘क्वीन’ ब्याण्डको प्रख्यात गीत ‘बोहिमियन र्ह्यापसोडी’ गाएका थिए । मौलिक रुपमा ‘क्वीन’ ब्याण्डको ‘फ्रेडी मर्क्युरी’ले गाएको ‘बोहिमियन र्ह्यापसोडी’ आफ्नो शब्द र संगीत रचनाले निकै चर्चित भएको गीत हो । यो गीत गाउन र बजाउन आफैलाई चुनौती दिनु जस्तो गार्हो हुन्छ । त्यहि कारणले ‘कान्ये वेष्ट’ले सो गीत गाउँदा धेरैले नकारात्मक रुपले लिएका थिए ।
यो घटना अघि ‘कान्ये वेष्ट’को साटो अरु कुनै रक ब्याण्डलाई बोलाईयोस भनेर महोत्सवका संस्थापकहरुमाझ करिब १५०,००० हस्ताक्षर गरि स्थानीय बासिन्दाहरुले बुझाएका थिए । दर्शकहरु निराश नहुन् भनेर ‘कान्ये वेष्ट’ले सो गीत गाएका थिए । गीतको “Mama, I just killed a man” वाक्य पछि उनले गाउन सुरु गरेका थिए । तर सो गीत गाउन उनी असफल भएको कारण धेरै जसो भाग श्रोताहरुलेनै गाउन पर्यो । यो प्रदर्शनलाई नराम्रो भन्दा पनि अति नै नराम्रो भनेर धेरैले प्रतिक्रिया जनाए ।
यसअघि ‘क्वीन प्लस एडम ल्यमबर्ट’ टूरमा ‘एडम ल्यमबर्ट’ले पनि सो गीत ‘क्वीन’ ब्याण्डसँगै गाएका थिए । त्यस बेलाको प्रदर्शनबाट दर्शकहरुले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।
हेर्नुहोस ‘फ्रेडी मर्क्युरी’ले सन् १९८१मा गरेको ‘बोहिमियन र्ह्यापसोडी’को प्रदर्शन-
अनि ‘कान्ये वेष्ट’को प्रदर्शन-
The post ‘कान्ये वेष्ट’ले गाए ‘बोहिमियन र्ह्यापसोडी’ , झुर की अति झुर ? appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1Ns5Ph5
via IFTTT
मिडिया एनपी, काठमाडौं, १५ असार । व्यवस्थापिका संसदको बजेट अधिवेशन मंगलबारबाट सुरु भएको छ । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा मंगलबार अपरान्ह बसेको संसद बैठकमा राष्ट्रपति डा.रामवरण यादवले यही असार १० गते संसदको बजेट अधिवेशन आह्वान गरेको पत्र बाचन गरिएको थियो ।
यो अधिवेशनको पहिलो बैठकमा सहिदहरुको सम्झनामा मौनधारण गर्ने बाहेक अन्य कुनै कार्यक्रम नरहँदा बसे लगत्तै बैठक बुधबार साढे ११ बजे सम्मका लागि स्थगित भएको छ । यो अधिवेशनमा सरकारले आफ्नो नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरी त्यसमा छलफल हुनेछ ।
The post बजेट अधिवेशन सुरु appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1g5SCiV
via IFTTT
बलिउड सुपरस्टार अनिल कपुर र जोन अब्राहमले उनीहरूको आउने चलचित्र ‘वेलकम ब्याक’ सेप्टेम्बर ४ मा रिलिज हुने कुराको खुलासा गरेका छन्। गत मङ्गलबार जोनले ट्वीटरमा चलचित्र रिलिज हुने मितिको घोषणा गरेका थिए।
“वेलकम ब्याक सेप्टेम्बर ४ मा रिलिज हुनेछ!”- दोस्तानाको नायक जोनले यसरी ट्विट गरेका थिए।
‘वेलकम ब्याक’को पहिलो भाग ‘वेलकम’मा पनि अभिनय गरेका अनिल कपुरले पनि ट्वीटरमा यसरी लेखेका थिए- “सेप्टेम्बर ४ को दिनमा तपाईँहरूको हड्डी हँसाउन हामी तयार भइसकेका छौँ। हाँस्नको लागि तयार हुनुहोस्।”
‘अनिस बज्मी’को निर्देशनमा बनेको ‘वेलकम ब्याक’मा ‘श्रुति हसन’ र ‘नाना पाटेकर’ले पनि अभिनय गरेका छन्।
The post ‘वेलकम ब्याक’ सेप्टेम्बर ४ मा रिलिज हुने appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1JnmrFn
via IFTTT
बलिउडको बादशाह भनेर चिनिने शाहरूख खानले ट्वीटरमा सलमान खानको आउन लागेको चलचित्र ‘बजरङ्गी भाइजान’ को पोस्टर राखेर सलमानको प्रशंसा गर्दा बलिउडमा हङ्गामा मच्चिएको छ। सँधै आफ्नो प्रतिष्पर्धी मान्ने सलमानलाई शाहरूखले यसो भनेर ट्वीट गरेका थिए- “कबिरले फिल्म गजब बनाएकै हो। करिना र सलमान दुबै मेरा साथी हुन्। बजरङ्गी भाइजानको ट्रेलर मैले पनि हेरेँ र मलाई उक्त ट्रेलर एकदमै मन परेको थियो। इन्सा-अल्लाह छ चलचित्रलाई कि पछि पनि राम्रो गरोस्। चलचित्रको पोस्टर पनि मन पर्यो अनि सलमानलाई पोस्टरमा धमाकेदार देखिएको छ।”
बजरङ्गी भाइजानको पोस्टर र ट्रेलर देखेर सलमानलाई प्रशंसा गर्ने शाहरूख मात्रे हैनन्, आमिर खानले पनि सो चलचित्रको बारेमा राम्रै प्रतिक्रिया जनाएर ट्वीट गरेका थिए। र अहिले सामाजिक सञ्जाल भरि उक्त चलचित्रको ट्रेलरको बारेमा नै कुरा भइरेहेको छ। बजरङ्गी भाइजान चलचित्र सलमान आफैले निर्माण गरेका हुन्।
The post शाहरूखले सलमानको प्रशंसा गर्दा सबै चकित appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1LS7hbn
via IFTTT
‘मानवताको लागि खेलकुद’ भन्ने नाराको साथ बलिउडका कलाकारहरू फुटबल खेलमा होम्मिएका थिए। यसरी खेल्ने टिममा रनबिर कपुर, अभिषेक बच्चन, अरमान जैन, रोहान श्रेष्ठ पनि थिए। खेल्दा खेल्दै परिस्थिति अलि रोचक हुँदै गएको थियो अनि विपरित टिमका फिल्म निर्माता ‘बन्टि वालिया’सँग एक्कासि अभिषेक बच्चन आक्रोशित भएको देखियो।
हेर्दा हेर्दै अभिषेकले वालियालाई मुक्का हान्ने स्थितिसम्म पुगेको थियो तर बिचमा अभिषेकको मिल्ने साथी रनबिर कपुरको प्रवेश भयो र अभिषेकलाई छुट्ट्याएर पर लिएर गएका थिए। एकछिन पछि दुई साथी एक-आपसमा बिस्तारै कुरा गरिरहेको देखिएको थियो।
The post अभिषेक बच्चनको आक्रोश appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1eXihtQ
via IFTTT
निशु ढकाल(२०) बुबा भरत ढकाल र आमा सुस्मा ढकालको कोखबाट जन्मिएकी उनी नेपाली संगित क्षेत्रमा उदयमान कलाकारको रुपमा चर्चामा आउदै छिन ।
सानै उमेरदेखि लगनशिल उनी गायन क्षेत्रमा बाल्यकालबाटै प्रबेश गरेकी बुधबारे निबासी निशु को गित यतिबेला श्रोता, दर्शक सबैको प्रशंसा पाउने गरेकी छिन। महानन्द शिक्षा सदन हुदै एमिटी कलेजमा बिबिएस प्रथममा अध्ययन गर्दै आएकी
उनी सगींत क्षेत्रमा चौथो बर्षको कोर्ष गर्दै आएकी छिन।
बाल्यकाल देखि यो क्षेत्रमा लागेकी उनी आफुलाई यो क्षेत्रमा प्रबेश गर्न बाबु आमाको ठुलो प्रेरणा रहेको बताउछिन । झापा लगायतअन्य क्षेत्रमा हुने स्टेज कार्यक्रमहरुमा गित तथा भजन प्रस्तुत गरी प्रसंसा बटुलेकी निशुले केहि बर्ष अघि मेची आइडलको टप ५ मा परेकी थिईन ।
हजारौ प्रतिस्पर्धीहरुलाई उछिन्दै अगाडी आएकी निशु आफुलाई यो क्षेत्रमा अगाडि जान हरि उप्रेती, सगित शिक्षक कुशेषवर राईको निकै सहयोग रहेको बताउँछिन।
नेपाल का बिभिन्न क्षेत्र साथै भारतको दार्जिलीङ, सिक्किम, लगायतका कार्यक्रमहरुमा प्रस्तुति समेत राखिसकेकी निशुले यस अघि बजारमा आफनो भजन संग्रह ‘पहिलो पाइला’ ल्याई सकेकी छिन। आफ्नै रचना र सगींतमा गितहरु समावेश गरि केहि समयमै उनी नयाँ एल्बमको निकाल्ने तरखरमा छिन।
आधुनिक, पप, भजन क्षेत्रमा जमेकी निशु यसको अलवा गजल कविता लेख्नमा पनी त्यतिकै सकृय रहेकी छिन। उनी भन्छिन, ‘मेरो रगत रगमा सगिीत बगेको छ। यस क्षेत्रमा म प्रशस्त सम्भावना देख्छु तर केहि नसिकि हामफाल्ने हो भने भबिष्य छैन’।
आफुलाई संगीत क्षेत्रमा प्रबेश गर्न बुबाको ठुलो सहयोग रहेको भन्दै आफु यस क्षेत्रमा लागेर राष्ट्रिय स्तरको कलाकार बन्ने सोचमा रहेको साथै यसै क्षेत्रमा पिएचडी गरी शैक्षिक र संगीत दुवै क्षेत्रमा अगाडी बढ्ने उद्धेश्य भएको बताउछिन्।
सगींत क्षेत्रमा आफ्नो सुरुवात मात्रै भएको भन्दै नेपाली संगीतमा अन्जु पन्त ,स्वरुप राज लगायतको गित साह्रै मन पराउने उनी शिक्षाको अलवा सगींत क्षेत्रलाई दिनको ३ घण्टादेखि ५ घण्टा सम्म समय दिने गरेको बताउँछिन्। बाल्यकाल देखिनै बिद्यालयका विभिन्न साङ्गितिक कार्यक्रम तथा अन्य कार्यक्रममा भजन तथा गित गाएर प्रथम स्थान हासिल गर्ने निशु आफनो पहिलो एल्बम भजन संग्रह श्रोताहरुले मन पराएर आफ्नो हौसला बढाएकोमा खुसी देखिन्छिन्। अहिले तयारीको अवस्थामा रहेको अर्को एल्बममा समावेश हुने गितहरु तयार भईसकेको र म्युजिक भिडियोको रुपमा बजारमा आउने छ।
The post गायनमा अब्बल निशु appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1LFdDy4
via IFTTT
-http://www.nepaliheadlines.com/
- -http://www.nepaliheadlines.com/
उनी र ३८ वर्षिय पति स्टिभले सन १९९८ देखि सन्तान जन्माउने चाहना राखेका थिए ।
चिकित्सक रिचार्ड पेनकेथले उनिहरुलाई अप्रेशन गर्ने सल्लाह दिए। चिकित्सक रिचार्डले लगातार ५ घण्टा अप्रेसन गरेर उनको एउटा तन्तु काटेर फालेका थिए।
यसले सन्तान जन्माउन नसकेका र इन्डोमेट्रिओसिसबाट पिडित महिलालाई नयाँ ढोका खोलिदिएको धेरैले प्रतिक्रिया व्यक्त गरेका छन्।