काठमाडौं, जेठ १८ - चर्चित टेलिश्रृँखला मेरी बास्सैका धुर्मुस र सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई हिजोआज घर र चर्पी बनाउन भ्याईनभ्याई छ । भूकम्प गएलगत्तै प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्न हिँडेको यो जोडीले यसअघि नुवाकोटमा घर, विद्यालय र शौचालय बनाइसकेको छ ।
उनीहरुलाई अर्को हाँस्य टेलिश्रृँखला भद्रगोलका कलाकार र सगुन डट कमको समूहले सहयोग गरेको छ । यो टोली अहिले काभ्रेको विकट ठाउँ पाँचखाल डाँडागाउँमा पुगेको छ । पहरी समुदायको वस्ती रहेको त्यस ठाउँमा एकीकृत वस्ती अन्तर्गत २० वटा घर बनाउने तयारी भएको कट्टेलले जानकारी दिनुभयो । घर बनाउन स्थानीय श्याम पहरी र अर्जुन ठकुरीले जग्गा दिनुभएको छ । राज्यबाट सहयोग नपाएको अवस्थामा कलाकारको टोलीले घर बनाइदिन खोज्दा समुदायलाई निकै राहत मिलेको पहरीले बताउनुभयो । ‘यहाँका समुदायले कुनै सहयोग पाएका थिएनन्’ पहरीले भन्नुभयो, ‘उहाँहरु आउँदा भगवान भेटेजस्तै भयो ।’
श्रोत उज्यालो
feed news collection from etaja khabar http://ift.tt/1AExWrM
मिडिया एनपी, म्याग्दी, १८ जेठ । म्याग्दीको बेनी नगरपालिका–१४ सुर्केमेला गाउँ बस्तीमाथि रहेको पहाड चर्किएपछि उक्त बस्ती पहिरोको जोखिममा परेको छ ।
बस्तीदेखि करिब एक किलोमिटर माथि भकिम्ली–४ मा रहेको चिल बस्ने डाँडाको पहाड गएको वैशाख १२ गतेको भूकम्प र पटकपटकको पराकम्पनका कारण चिरा परेर भत्कने अवस्थामा पुगेको हो ।
पहाडको टुप्पोमा चिराचिरा परेको र धाँजा फाटेकाले पहिरो खस्ने जोखिम रहेको सुर्केमेला युवा क्लबले जनाएको छ । क्लवका अनुसार पहिरो खस्ने डरले सुर्केमेलाका ६० घरपरिवार त्रसित भएका छन् ।
पहिरोको सम्भावित खतराबाट बच्नका लागि चेकजाँचका लागि प्राविधिक खटाइदिन माग गर्दै क्लबले आइतबार नै बेनी नगरपालिका कार्यालयमा निवेदन दिएको छ ।
The post पहाड चर्किएपछि बस्ती जोखिममा appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://ift.tt/1Jd3pnt
via IFTTT
गोरखा जेठ, १८ गोरखाको गुम्दा गाबिसका भूकम्प पीडितलाई राहत सामग्री पुर्याएर फर्केको ट्रयाक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। अक्सफाम नामक संस्थाका कर्मचारी केशब गुरुङ घाइते भएका हुन्। ग १ त ३४५६ नम्बरको ट्रयाक्टर आज बिहान सवा ९ बजे सडकमा पल्टेको थियो।
ट्रयाक्टरमा सवार अन्य चार जना भने सामान्य छन्। घाइते गुरुङ्को ढाड र मुखमा चोट लागेको छ। लाप्राकदेखि गुम्दा सडकखण्डको मग्लुङ्ग खोलामा ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
घाइते गुरुङ्गलाई हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। सदरमुकामदेखि गुम्दा २२ कोश टाढा पर्छ।
feed news collection from etaja khabar http://ift.tt/1GQfZY8
काठमाडौं, जेष्ठ १८ । अमेरिकी सुरक्षा निकायले सर्वसाधारणको फोन रेकर्ड गर्न सक्ने सम्बन्धि प्रति–आतंकवादी पेट्रिक कानूनको म्याद आइतबार रातिबाट सकिदैछ ।
अमेरिकी सिनेटमा स्वतन्त्रता सम्बन्धि ऐन संशोधन विधेयकमाथि छलफल चलिरहेकाले फोन रेकर्ड गर्ने प्रावधान तत्कालका लागि हट्न लागेको हो ।
सिनेटमा व्यापक रुपमा फोन डाटा संकलनमा नियन्त्रण गर्ने सम्बन्धि प्रावधानसहितको कानूनमा मतदान हुन अझै केही समय लाग्ने बताइएको छ ।
ह्वाइट हाउसले यसलाई सिनेटको गैरजिम्मेवार कदमको संज्ञा दिएको छ ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सुरक्षाको मामिलामा सिनेटरहरुले आफ्नो राजनीतिक उदेश्यलाई टाढा राख्नु पर्ने उल्लेख छ ।
सिनेटमा विधेयकका केही बुँदामा कुरा नमिलेपछि अमेरिकी सुरक्षा निकायले फोन रेकर्ड गर्ने अधिकार केही समयका लागि गुमाएको छ ।
feed news collection from etaja khabar http://ift.tt/1RDXCZF
के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ? चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप राखेर लामै समय चलाउनुहुन्छ ? खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले थाहा नपाइकनै आफ्नो पुरुषत्व कमजोर बनाइरहनु भएको छ । किनकी यी वस्तुहरुले तपाइँको शुक्रकिट नष्ट गरिरहेका हुन्छन् ।
एक अध्ययन अनुसार विश्वमा हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिन थालेको छ । एक मिलिमिटर विर्यमा डेढ करोड भन्दा कम शुक्रकिट हुनुलाई शुक्रकिटको कमी अर्थात् लो स्पर्म काउन्ट भनिन्छ । त्यस्तै हरेक ६ मध्ये एक जना दम्पत्तिमा चाहेको बेला गर्भाधारण नै नहुने समस्या देखिन थालेको छ, जसको मुख्य कारण पर्याप्त शुक्रकिटको अभाव तथा शुक्रकिटको गुणस्तर पनि कमजोर हुनु रहेको शोधकर्ताहरुले बताउँछन् ।
सुपरड्रगले विभिन्न चिकित्सा अध्ययनहरुको आधारमा तयार पारेको इन्फोग्राफिकले पुरुषको विर्यमा शुक्रकिटको गिरावट हुने कारणहरुको बारेमा देखाइएको छ ।
अध्ययन अनुसार विकिरण, नार्कोटिक ड्रग तथा तनावका कारण पनि शुक्रकिटमा गिरावट आउँदछ । त्यस्तै बढि गर्मी वातावरणका साथै आवश्यकता भन्दा बढि व्यायाम र बढि मोटोपना हुने पुरुषमा पनि शुक्रकिटको संख्या कम हुने समस्या देखा पर्ने गरेको छ ।
अध्ययन अनुसार बढि कसिलो अण्डरवेयर लगाउने पुरुषमा शुक्रकिटको उत्पादन निकै कम हुने गरेको पाइएको छ । अध्ययनका क्रममा १ सय २० दिनसम्म अत्यन्तै कसिलो पेन्टी लगाउने पुरुषमा शुक्रकिटको संख्या शत प्रतिशत सम्म घटेको पाइएको छ । बढि कसिलो पेन्टीले अण्डकोषको तापक्रम बढाउने र त्यसबाट शुक्रकिटको उत्पादन घट्ने बताइउको छ । यसलाई टेस्टीकुलर हाइपरथर्मिया भनिन्छ ।
मोटोपना बढ्दै जाँदा शुक्रकिटको संख्या घट्दै जाने देखिएको छ । मोटोपनाको मापक मानिने बडी मास इन्डेक्स २४ भन्दा बढि हुँदा २२ प्रतिशत शुक्रकिटको संख्यामा गिरावट आउँछ । बढि दुब्लो हुनुपनि पुरुषत्वको हिसाबले राम्रो होइन । बिएमआइ १८.६ भन्दा कम हुनेहरुमा विर्य तथा शुक्रकिटकै उत्पादन ८.६ प्रतिशत कम हुने अध्ययनले देखाएको छ । बढि दुव्लो मानिसको अण्डकोषले उत्पादन गर्ने शुक्रकिटको गति तथा गुणस्तर समेत कमजोर हुने पाइएको छ ।
धुमपान तथा मध्यपान पनि शुक्रकिटका लागि हानिकारक हुने देखिएको छ । चुरोट सेवनले शुक्रकिटको डिएनएमा असर गर्ने र डिएनए मा उत्परिवर्तन भएर बच्चा नै विकृत हुने जोखिम हुन्छ । अल्कोहल सेवनले पनि शुक्रकिटको संख्या घटाउनुका साथै स्वस्थ तथा सामान्य सुक्रकिटको प्रतिशतमा गिरावट ल्याइदिन्छ ।
पानी तर्किने तथा अन्य चिज समेत नटाँसिने परफ्लुरो केमिकल्स मिसाइएका ताप्के, प्यान तथा कराइ जस्ता घरायासी सामानको प्रयोगका कारण पनि शुक्रकिटमा असर पर्ने देखिएको छ ।
घामबाट छालालाई बचाउन दलिने सनस्क्रिन क्रिम पनि शुक्रकिटको सत्रु हुने देखिएको छ । सनस्त्रिmनको प्रयोगले सुक्रकिटको संख्यामा ३३ प्रतिशत सम्म कमी आउने देखिएको छ । सनस्त्रिmनमा हुने अक्टिनोक्जेट रसायनले हर्मोनको मात्रामा गडबडी ल्याइदिन्छ भने अक्जीबेन्जोनले शुक्रकिटको उत्पादनलाई सुस्त बनाइदिन्छ ।
लामो समयसम्म सम्भोग नगर्नु वा हस्तमैथुन नगर्नु पनि पुरुषत्वको लागि हानिकारक नै देखिएको छ । बच्चा जन्माउने योजना बनाइरहेका दम्पतीहरुले राम्रो शुक्रकिट जम्मा गर्न भन्दै लामो समयसम्म सम्भोग नै नगर्ने र केही समयपछि मात्र सम्भोग गरेर राम्रो र ठूलो परिमाणको विर्यमार्फत गर्भाधारण गर्ने सोँच बनाएका हुन्छन् र सोही बमोजिम काम पनि गर्छन् । तर यसो गर्नु राम्रो मानिँदैन । लामो समयसम्म सम्भोग नगर्नु वा स्खलित नहुनु पुरुषको शुक्रकिटको संख्या र गुणस्तर वृद्धिको हिसाबले नकारात्मक ठहर्छ ।
स्वस्थ पुरुषमा ११ देखि १४ दिनसम्म सम्भोग नगर्दा राम्रो गतिका शुक्रकिटको संख्या ११.७ प्रतिशतले गिरावट आउँछ भने सामान्य शुक्रकिटको संख्यामा २४.७ प्रतिशतले गिरावट आउँछ । त्यसैले गर्भाधारण गर्ने तयारी गरिरहेका दम्पतीहरुले नियमित रुपमै सम्भोग गर्नुपर्छ र १० दिनभन्दा बढि समयसम्म सम्भोग रोकेर एकैचोटी सम्भोग गरेर गर्भाधारण गर्नु स्वस्थकर हुँदैन ।
पाइन्टको गोजीमा मोबाइल फोन बोक्नाले मोबाइल विकिरणको कारणबाट शुक्रकिटमा असर पर्दछ । तापका साथै इलेक्ट्रोम्याग्नेटिक विकिरणका कारणले शुक्रकिटको गतिमा ८.१ र बाँच्ने सम्भावनामा ९.१ प्रतिशतले गिरावट आउँछ ।
त्यस्तै साउना, जाकुजी जस्ता तातो बाफ लिने क्रियाकलाप, इलेक्टि्रक ब्लान्केटका साथै जिउ बढि तताउने उपकरणको नियमित प्रयोगले पनि शुक्रकिटको संख्यामा गिरावट ल्याउँदछ । ससेज जस्तो प्रोसेस्ड मिटका साथै बढि भटमास मिश्रति साकाहारी भोजन पनि शुक्रकिटका लागि हानिकारक मानिन्छ ।
एक्सरे, केमोथेरापी तथा कतिपय एन्टीबायोटिक, काखमा ल्यापटप राखेर चलाउनु, बढि व्यायाम गर्नु, ज्वरो, अण्डकोषको नशा मोटो हुनु, यौनरोग, तथा कतिपय औद्योगिक रसायन, धातुजन्य पदार्थ र विषादीले पनि पुरुषमा शुक्रकिटको मात्रा तथा गुणस्तरमा कमी ल्याउने र बाँझोपन निम्त्याउने जोखिम रहेको अध्ययनले देखाएको छ ।
feed news collection from etaja khabar http://ift.tt/1RDXCZu
काठमाडौं, जेठ १८ – पश्चिम तराईमा अाइतबार बेलुकीदेखि तापक्रम केही घटेको छ । तर गर्मी घटेको अनुभूति हुने गरी तापक्रम घट्न भने मनसुन नै कुर्नुपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायूले प्रवेश गर्ने संकेत देखिएकाले साेमबार पनि पश्चिम तराईमा थोरै मात्र तापक्रम घट्ने अनुमान गरिएको महाशाखाका मौसाविद मिनकुमार अर्यालले बताउनुभयो ।
पश्चिमी वायूले अहिले बलियो प्रभाव पार्न नसक्ने भएकाले अनुभूति हुने गरी शितल भने नहुने उहाँको भनाई छ । मौसमविद अर्यालका अनुसार भारत राजस्थानको तातो हावाको प्रभाव र झरी नपरेका कारण पश्चिम तराईमा गर्मी बढेको हो । प्रिमनसुनको अन्त्यतिरमा थोरै मात्र पानी परेकाले पनि गर्मी बढेको हो ।
अब एक हप्ता पछिदेखि भने शितल हुने अनुमान गरिएको छ । जुन १० तारिखदेखि मनसुन शुरु हुने भएकाले पनि शितल हुने मौसमविदको भनाई छ । पश्चिम तराईको नेपालगञ्ज र दाङमा सबैभन्दा धेरै गर्मी छ ।
महाशाखाले दिएको जानकारी अनुसार अाइतबार नेपालगञ्ज र दाङको तापक्रम ४१ दशमलव ९ डिग्री सेल्सियस थियो । यस्तै दीपायलको तापक्रम अाइतबार ३९ दशमलव ८ र भैरहवाको ३९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
काठमाडाैंको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको थियो । महाशाखाका अनुसार साेमबार भने अाइतबारको जति गर्मी हुँदैन । सामान्यतया साेमबार देशभर बद्ली हुने सम्भावना भएकाले अाइतबारको जति गर्मी नहुने मौसमविद्ले बताएका छन् । साेमबार काठमाडाैंको तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।
feed news collection from etaja khabar http://ift.tt/1GQfXj4
बलिउडका दबंगस्टार सलमान खानको नयाँ चलचित्र बजरंगी भाईजानको टिजर केहि दिन अगाडी मात्र रिलिज भयो । दर्शकले हालसम्म उक्त टिजर १५ लाख बढिले हेरिसकेका छन् । टिजर रिलिज भएपछि चलचित्र बजरंगी भाईजानमा सलमानको नाम के होला भनेर कौतुहल्ता निकै बढेको छ । यस बर्षको इदमा प्रदर्शन हुन लागेको चलचित्र बजरंगी भाईजानमा सलमानको नाम पवन रहेको छ । त्यस्तैं चलचित्रमा सलमानकी प्रेमिका बनेर देखिएकी नायिका करिना कपुरको भने चलचित्रमा रसिका नामक यूवतीको भुमिकामा देखिदैं छिन् । यस अघि एक था टाइगर निर्देशन गरेका कबिर खानले यस चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रमा सलमान खानको पनि लगानी रहेको छ । किक चलचित्र पश्चात पर्दामा नदेखिएका सलमानसँग यस चलचित्रमा करिना कपुर,नवाजुद्दिन सिद्दिकीको मुख्य भुमिका रहेको छ ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1K3ut7R
via IFTTT
इवानको उमेर केवल ८ वर्ष भएको छ। यो उमेरमा बच्चा खेल्ने कुद्नेमा लाग्छन् तर इवानले यस्तो काम गरे जसले उनलाइ करोडपति बनायो। उनले युट्युबबाट एक वर्षमा करिब १३ करोड रुपैयाँ बराबर पैसा कमाए। इवानट्युव एचडी नामक च्यानलका सञ्चालन गर्दै आएका उनले खेलौना तथा भिडियो गेम्सको रिभ्यु गर्छन अनि आफ्नो च्यानलमा अपलोड गर्छन।
रमाइलोको लागि सुरु गरेको च्यानल
उनी र उनको पिता मिलेर रमाइलोको लागि सुरु गरेको यो कामबाट उनले एक वर्षमा करिव १३ लाख डलर कमाए। उनको पिताको अनुसार यो च्यानलबाट कमाएको सबै पैसा बच्चाकै सेभिङ एकाउन्टमा राख्ने बताएका थिए।
विज्ञापनबाट आम्दानी
युट्युवको भिडियोमा देखिने एड अनि भिडियो बनाउदा नै बिच बिचमा हालेको ब्रेड (पाउरोटी) को विज्ञापनबाट यतिको पैसा कमाएको इवानका पिता जेरड बताउछन्। कमाइको ठुलो हिस्सा भने युट्युबले नै भिडियोमा देखाउने एड रहेको बताउछन्। उनको एउटा भिडियो त ५ करोड पटकसम्म हेरिएको छ।
The post ८ बर्षे बालकले युट्युबबाट कमाए १३ करोड रुपैँया appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://ift.tt/1Qjy8OC
via IFTTT
सन्तोष कुमार सिरहा, जेठ १८ सिरहाको सुखिपुर ६ दहिपौडी टोलका १४ वर्षीय बालक श्रवण भण्डारीलाई अज्ञात समूहले अपहरण गरेपछि गाउँ शोकमा डुबेको छ। स्थानीयको भोक र निद्रा हराएको छ। स्थानीय यूवाहरु गाउँमा रातभर जाग्राम बस्छन्।
अपहरणकारीले अपहरित बालकका आमा अरहुलीया भण्डारीसँग २० लाख फिरौती माग गरेका छन्। तर, उनीसँग फिरौती तिर्ने श्रमता छैन्। कृषि पेशाले गुजारा गर्दै आएका उनी सामान्य आर्थिक हैसियतका छन्। उनी भन्छिन्, ‘घर चलाउन त समस्या छ। अपहरणकारीलाई कहाँबाट यत्रो रकम दिनसक्छु?’
अपहरित बालक स्थानीय मदरल्याण्ड बोर्डिङ स्कूलको कक्षा तीनमा पढ्छन्। जेठ ११ गते राति परोसी रामअशिष यादवको छोरीको विवाहको चहल पहल थियो, बाजागाजा बजिरहेको थियो। त्यही मौका छोपेर अपरिचित व्यक्तिहरुले बालक भण्डारीको अपहरण गरेको अनुमान प्रहरीको छ।
अपहरणकारीले एनसेलको नम्बर (गोप्य राखिएको)बाट फोन गरेर फिरौती मागेका हुन्। उक्त मोवाइल हिजोसम्म ‘अफ’ थिएन। तर पनि प्रहरीले ‘लोकेशन’ पत्ता लगाएर बालकलाई अपहरण मुक्त गराउन सकेका छैन्। यो घटनामा प्रहरीको अनुसन्धान फितलो देखिएको छ।
स्रोतका अनुसार अपहरणकारीले २० लाख फिरौती बुझाएर हिजो आईतबार बालकलाई अपहरण मुक्त गर्ने बताएका थिए। तर अझै अपहरण मुक्त गरेका छैन्। जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधव बुढाथोकी भन्छन्– ‘अहिलेसम्मको प्रगति शून्य नै भन्नुपर्छ। तर हामीले सकुशल अपहरण मुक्तका लागि प्रयास गरिरहेका छौं।’ सेतो पाटीमा खबर छ ।
feed news collection from etaja khabar http://ift.tt/1QjwFrC
भीमदत्तनगर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख विश्वनिरञ्जन प्रधानको ४८ वर्षको उमेरमा हृदयाघात भइ निधन भएको छ।
आइतबारदेखि घरबिदामा बसेका उनको काठमाडौँस्थित नेपाल पुलिस क्लबको पौडी पोखरीमा पौडी खेल्दै गर्दा हृदयाघात भएको र अस्पताल लैजाने क्रममा निजको मृत्यु भएको सुदूरपश्चिमाञ्चल प्रहरी कार्यालयका प्रमुख रामकुमार खनालले बताए। रासस
feed news collection from etaja khabar http://ift.tt/1QjwHQg
१८ जेठ, सिन्धुपाल्चोक ।दलित बाहुल्य कर्थली–७, पोखरेमा वैशाख १२ गतेको भूकम्पले तीन जनाको ज्यान लियो। घरहरू सबै ध्वस्त भए। जीविकोपार्जनको मुख्य स्रोत गाई, भैंसी, बाख्रा गुमे। सबैको मन डर र त्रासले भरियो।
त्यही कर्थलीका बासिन्दामा महिनादिनपछि अचानक खुसीको कम्पन छाएको छ। बालबालिका मात्र होइन कर्थलीका सबै बासिन्दाको जिउने आधार फिरेको छ।
पीडाको आँसुमा डुबेका कर्थलीबासीमा खुसीको कम्पन सरकारको कुनै निकाय वा गैरसकारी संथाले नभई हङकङ बस्दै आएका दुई नेपालीले ल्याएका हुन्। हङकङमा बसोबास गर्दै आएका निर्मल श्रेष्ठ र सुरज गुरुङले गाउँमा झन्डै ५० लाख रुपैयाँ बराबरको सहयोग र भत्किएको मनलाई सम्हालिदने परामर्शदाता, कलाकार तथा चिकित्सक पुर्याइदिएका छन्।
सिन्धुपाल्चोकको प्रमुख बजार बाह्रबिसेबाट करिब १५ किलोमिटर उत्तरपूर्व साँघुरो कच्ची सडकको कष्टकर उकालो यात्रापछि कर्थली पुगिन्छ। कर्थली–७, पोखरेमा करिब १ सय ६० घरपरिवारको बसोबास छ।
भूकम्प गएको केही दिनमा त्यस गाउँका बासिन्दाले मुस्किलले राहत स्वरूप थोरै चामल, चिउरा र त्रिपाल पाएका थिए। त्यसले पनि उनीहरूमा खुसी फर्काउन सकेको थिएन। चौबीसै घन्टा भयभित वातावरणमा बसेका बालबालिकामा हाँसो आउन सकेन।
श्रेष्ठ र गुरुङको ‘हामी उठ्नेछौं’ अभियान आएपछि कर्थलीबासीले घर पाएका छन्, भोकै सुत्नुपर्ने अवस्था पनि अन्त्य भएको छ। उनीहरूले भूकम्पको भयले त्रसित मनलाई परामर्श दिँदै सम्हालिदिने व्यक्ति पाएका छन्। भत्किएको विद्यालय भवन निर्माणदेखि बालबालिकाको डरलाई भगाएर हाँसो फर्काइदिने ‘चिल्ड्रेन पार्क’ पाएका छन्।
भूकम्पको धक्काले घर भत्किएर त्रिपालमा बस्दै आएका हीराबहादुर विकले अभियान सञ्चालन हुनुअघि रातभर पालमुनि बस्नुपर्थ्यो। ‘अहिले हामी सबैले बस्नलाई घर पाएका छौं। खानेकुरा पनि छ,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा बच्चाहरू डराएर हैरान भएको थियो। उनीहरूले भुल्ने र खेल्ने ठाँउ पाएका छन्।’
श्रेष्ठले र गुरुङले राहतस्वरूप खाद्यान्न मात्र नभई गाउँमा पूर्ण रूपमा घरवारविहीन भएका ४० परिवारलाई अस्थायी घर, १० वटा शौचालय निर्माण गरिदिएका छन्। गाउँमा रहेका ईश्वरीमाला प्राथमिक विद्यालयको पुनर्निर्माण भएको छ। बालबालिकाले खेल्ने र मन बहलाउने बाल उद्यान बनेको छ।
उनीहरूले भूकम्पका कारण घाइते भएकाको उपचार, स्थानीयमा धक्काको डर हटाउन मनोचिकित्सक तथा कलाकार, परामर्शदाता लगायतको टोली पुर्याोएका छन्। उनीहरूले स्थानीयमा आत्मबल बढाउने काम गरेका छन्।
भूकम्पका कारण भत्किएको गाउँको उक्त विद्यालय भवनमा ढलान गरेर पक्की बनाउन, विद्यालयको फर्निचर, कम्प्युटर, पठनपाठनका सामग्री र शौचालय निर्माणका लागि शनिबार २१ लाख ५ हजार रुपैयाँको चेक समेत प्रदान गरिएको छ। यस्तै गाँउका जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि ३ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना गरिएको छ।
शनिबार नै अभियानअन्तर्गत कार्यक्रममा विद्यालय परिसरमा गाउँका बालबालिकाले खेल्ने ६ लाख रुपैयाँको बाल उद्यान हस्तान्तरण गरिएको नागरिकमा खबर छ ।
feed news collection from etaja khabar http://ift.tt/1K3qcBr
१८ जेठ, काठमाडौं । क्यानडाले भूकम्प प्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ। नेपाल भ्रमणमा रहेका क्यानडाका उच्च अधिकारीले भूकम्पप्रभावित युवालाई कृषि क्षेत्रमा रोजगारी दिनसक्ने बताएका हुन्।
भूकम्पपछि राहत र उद्धारमा नेपाल आएकी क्यानडाका श्रम तथा महिला मन्त्री केल्ली लेइचले आइतबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको कुराकानीमा भूकम्प प्रभावित युवालाई क्यानडामा कृषि क्षेत्रमा रोजगार दिन सक्ने बताएको नागरिकमा खबर छ ।
नेपालसमेत हेर्ने भारतका लागि क्यानडाका राजदूतसँगै नेपाल आएकी लेइचसँगको भेटमा राज्यमन्त्री गुरुङले नेपालीलाई रोजगारी दिन आग्रह गरेका थिए। रोजगारीका हिसाबले आकर्षक क्यानडामा कृषि क्षेत्रमा कामदारको माग पहिलादेखि नै छ।
राज्यमन्त्री गुरुङले क्यानडासँग नेपालको विगतदेखि नै राम्रो सम्बन्ध रहेकोले यो विपतमा नेपालीलाई रोजगारीका अवसर दिँदा राम्रो सन्देश जाने भन्दै त्यसका लागि आग्रह गरेको बताए। ‘हामीले दक्ष र अर्धदक्ष कामदारका लागि रोजगारी खुलाउन अनुरोध गरेपछि क्यानडाका मन्त्रीले नेपाललाई सहयोग पुग्ने भन्दै खुलाउने सहमति जनाए ‘ उनले भने।
क्यानडामा कृषि क्षेत्रमा मौसमी काम हुने भएकाले तत्काल ६ महिनादेखि १ वर्षसम्म काम गर्ने र त्यसपछि स्वदेश फर्कने अवधारणाअनुसार कामदार लिने लेइचले बताएको गुरुङले जानकारी दिए। भेटमा लेइचले नेपाली कामदार लिने विषयमा क्यानडामा रहेको नेपाली राजदूतसँग पनि छलफल भइरहेको मन्त्री गुरुङलाई जानकारी गराएकी थिइन्।
चिकित्सकसमेत रहेकी मन्त्री लेइचले रसुवाको धुन्चेमा २ दिन स्वास्थ्य शिविरसमेत सञ्चालन गरेकी थिइन्। नेपाल भ्रमणका बेला उनले महिला तथा बालबालिका मन्त्री निलम केसी र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग पनि छलफल गरेकी थिइन्। नेपालमा क्यानडाको दूतावास खोल्ने गृहकार्य भइरहेको पनि लेइचले जानकारी दिएकी छिन्।आजको अनलाईन खबरमा खबर छ ।
feed news collection from etaja khabar http://ift.tt/1HFoFwm
आजको राशिफल
आज वि.सं. २०७२ ज्येष्ठ १८ गते सोमबार तदनुसार ई. सं. २०१५ जुन ०१ तारिख
ज्येष्ठ शुक्ल चतुर्दशी, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, परिघ योग, विष्टि (भद्रा) करण
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
एकाबिहानै के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने छैन । मनमा दोधार र खिन्नता रहे पनि अपराह्नपछि आफन्तजनको सहयोग र हौसला प्राप्त हुनाले आत्मबलमा बृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन मिश्रित परिणाम प्राप्त हुने दिन हो । अपराह्नसम्म त्यति अनुकूल दिन छैन तर त्यसपछि केही शान्तिको अनुभूति हुनेछ । शरीरमा रहेको अल्छीपन र आलस्यले छाड्दै जाने छ । काममा हौसला बढ्ने छ र शरीरमा स्फूर्ति जाग्नेछ । सामान्य समस्याहरूले पिरोल्ने सम्भावना छ, संयमता अपनाउनु बेस हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिनको सुरुवातमा मन खिन्न भए पनि आज तपाईंले गरेको प्रयास ढिलो गरी सफल हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । प्रतिस्पर्धी, कुमित्र वा खराब आचरण भएका साथीभाइसित जमघट हुनसक्छ वा त्यस्तो भोजभतेरमा सहभागी हुनुपर्ने छ । पाचनप्रणालीको कमजोरी चिन्ताको विषय बन्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राम्रो नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ र मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । कुनै भौतिक सामान खरिद गर्नका लागि आज राम्रो दिन छ । धनागमका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिउँसोसम्म पारिवारिक समस्याले मन खिन्न हुनेछ । त्यसपछि गरिएका काममा समेत खासै राम्रो प्रतिफल प्राप्त हुन सक्दैन । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित भएपनि उपलब्धी नमिल्न सक्छ । तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरूको चलखेल बढ्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले असर पार्नसक्छ । साँझपख अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि आजको दिन राम्रो छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सुमधुर दाम्पत्यसम्बन्ध र सन्ततिबाट राम्रो सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बन्दव्यापार र कामधन्धाका क्षेत्रमा जतिखटे पनि सफलता प्राप्त नहुनाले निराश भइनेछ । दिउँसोका तुलनामा बिहानको समय अझ निराशाजनक रहनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धमा अझ दूरी बढ्ने छ । आज गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज दिउँसोसम्म त्यति अनुकूल दिन छैन । तर परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
feed news collection from etaja khabar http://ift.tt/1eKL8kQ
३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।
४. मुख स्वास्थ्यमा सुधार एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।
५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।
६. इनर्जी लेबल बढाउँछ मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।
७. तौल घटाउन उपयोगी मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।
८. पोषक तत्व र भिटामिनले भरपूर मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।
९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।source rato pati
जुन् ब्यक्तिको निधारमा चार शुभ रेखा भएमा राजा समान जीवन जिउने बताइन्छ । राजा वा प्रधानमन्त्री बनेर सुख भोग गर्नका लागि निधारमा चार शुभ रेखा हुनु पर्ने समुन्द्र शास्त्रको दावी छ ।
निधारमा समान आकारका तीन रेखा हुने ब्यक्तिले जीवनमा सुख भोग गर्छन् खासगरी उनीहरुको वृद्धावस्था निक्कै सुखमय हुन्छ ।
निधारका रेखाले मानिसको आयु समेत जानकारी दिन्छन् ।
समान र शुभ रेखा बढी हुने ब्यक्तिको जीवन दीर्घायु र सुखी हुने र टुटेका रेखा भएमा अल्पायु तथा दुःखी हुने बताइन्छ ।
रेखा असमान भएमा यस्ता ब्यक्तिको स्वभाव पनि खराव हुन सक्छ भने जसको निधारमा त्रिशुलको आकार जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति धनी र सुखी एवं दीर्घायु हुन्छन् ।
घर झगडाः जव पति पत्निको सम्बन्धमा समस्या आउँछ त्यसपछि घरमा झगडाको विउ पनि रोपिन्छ । निरन्तर झगडा हुन थालेपछि पुरुषहरु बैकल्पिक महिला साथीको खोजिमा निस्कन्छन् । झगडाको समाधान खोज्न भन्दा विकल्प खोज्न पुरुषहरु हतार गर्छन् ।
दिक्क लाग्दो एकानासे पनः विवाहपछि जोडीहरु शुरुमा त निक्कै फ्रेस हुन्छन् । तर विस्तारै उनीहरुबीचको सम्बन्धमा नयाँ पन हराउँदै जान्छ । एक अर्कालाई दिक्क लाग्ने टाढा टाढा हुने समस्या शुरु भएपछि पुरुषहरु अन्य स्त्रीसँग नजिकिन थाल्छन् । अधिकाँश परस्त्री गमन गर्ने पुरुषको भनाइ दिक्क लागेको भन्ने हुन्छ ।
यौनमा नयाँ प्रयोग गर्न चाहनेः श्रीमतीलाई धोका दिएर परस्त्री गमन गर्ने पुरुषहरुमा सेक्स एडभन्चरको चाहाना हुन्छ । उनीहरु सेक्समा अनेक प्रयोग गर्न चाहन्छन् । सँधै श्रीमतिसँग मात्र यौन सम्बन्ध राख्दा उनीहरुलाई सन्तुष्टी दिँदैन । अनि परस्त्रीहरुको खोजीमा निस्कन्छन् । यस्ता पुरुषमा आफू यौनिकरुपमा शक्तिशाली भएको भ्रम पनि हुन्छ ।
भावनात्मकरुपमा असन्तुष्टीः अधिकाँश परस्त्री गमन गर्ने पुरुष भावनात्करुपमा श्रीमतिसँग असन्तुष्ट हुन्छन् । उनीहरुलाई श्रीमति आफूलाई भन्दा पनि केटाकेटीलाई खुवाउन वा कपडा धुन र भाँडा माझ्न मात्र ब्यस्त भएको जस्तो लागंछ । अनि उनीहरु भावनात्मक साथी खोज्दै बाहिर निस्क्न्छन् । तर श्रीमतिलाई पनि त्यस्तै असन्तुष्टी होला भन्ने कुरा उनीहरु सोंच्दैनन् ।
बाबु आमाको बानीः कतिपय केटाहरुले बच्चै देखि आमा बाबुले एक अर्कालाई झुट बोलेको वा धोका दिएको देखेका हुन्छन् । अनि त्यस्तो कुरा आफूले गरे पनि खास फरक पर्दैन भन्ने भान उनीहरुलाई पर्छ । यो भावना बलियो हुँदै गएपछि उनीहरुले श्रीमतीलाई धोका दिन्छन् । तर यस्ता पुरुषको सम्बन्ध कुनै पनि स्त्रीसँग दिगो हुँदैन ।
श्रीमति पनि धोकेवाजः अधिकाँश परस्त्री गमन गर्ने पुरुषका श्रीमतिले पनि बैकल्पिक साथी खोजेका हुन्छन् । आफ्नी स्त्रीले यस्तो सम्बन्ध राखेको थाहा पाए पुरुषहरु झन् बढी यस्ता ब्यवहारमा उद्द हुन्छन् । स्त्रीहरु गलत गरेको स्वीकार गर्न तयार भएपनि पुरुषले कहिल्यै पनि यस्तो कुरा स्वीकार गर्दैनन् ।
पारपाचुकेको मनस्थितिः अधिकाँश पुरष जो बैबाहिक जीवनमा असन्तुष्ट भएपछि पारपाचुके गर्ने निष्कर्षमा पुगेपनि भनि हाल्न सक्दैनन् । अनि उनीहरु यस्ता अनैतिक सम्बन्धमा आउँछन् । कतिपयले यस्तो ब्यवहारले पारपाचुके गर्न सहज हुने ठानेर निरन्तरता दिने वा नयाँ नयाँ सम्बन्ध बनाउने समेत गर्छन् ।
आवश्यक नभएको अनुभवः जव पुरुषले आफ्नी श्रीमतिले आफूलाई खोज्दिने वा आफू नभएपनि मतलव गर्दिन भन्ने अनुभव गर्छन् उनीहरु अनैतिक सम्बन्धतिर आकर्षित हुन्छन् । मेरो आवश्यक्ता छैन भन्ने लागेपछि उनीहरुले बैकल्पिक स्त्री साथी बनाउने गरेको मनोविज्ञहरुको भनाइ छ ।
उदयपुर, जेठ १७ – उदयपुरको मैनामैनी गाविसकी एक महिलालाई ६ महिनाको छोराको हत्या आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको छ । मैनामैनी—७ की बिनु बस्नेतलाई प्रहरीले आफ्नो ६ महिनाको छोराको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर गुरुङका अनुसार परपुरुषसँग विवाह गर्ने योजना बनाएर बस्नेतले ६ महिनाको छोरा विशालको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चार दिन अघि छोरो अपहरण भयो भन्दै प्रहरीलाई खबर गरेकी बस्नेतले छोरोलाई हत्या गरी नजिकको बाँसघारीमा लगेर फालेको उपरीक्षक गुरुङले बताउनुभयो । छोराको अपरहण भएको भन्ने खबर पाएपछि इलाक प्रहरी कार्यालय रामपुरबाट गएको प्रहरी टोलीले बिनुलाई शंकाको घेरामा राखेर पक्राउ गरेको थियो ।
पछि स्थानीय बासिन्दाले शिशुको शव घर नजिकै बाँसघारीमा भेटिएको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानबाट आमा बिनुले नै हत्या गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शिशुको शव पोष्टमार्टमाका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने आमा बिनुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो ।
feed news collection from etaja khabar http://ift.tt/1GdRULX
भूकम्पबाट मृत्यु भएको २५ शवको अझै सनाखत हुन सकेको छैन।
प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीका अनुसार सनाखत हुन नसकेकामध्ये १७ शव पहिचान खुल्ने अवस्थामा र आठ शव क्षत्विक्षत् अवस्थामा छन्।
सनाखत हुन बाँकी तर पहिचान खुल्ने अवस्थामा रहेका १७ शवमध्ये १३ पुरुष, एक विदेशीसहित तीन महिला र एक बालिका छन्। सनाखत हुन नसकेको शवमध्ये काठमाडौँको १५, रसुवा लाङटाङको सात, दोलखाका दुई र भक्तपुरका एक छन्।
तस्बिर, औँठा छाप, डिएनएलगायत अभिलेखीकरण सम्पन्न गरी शवलाई त्रिवि शिक्षण अस्पतालको शव गृहमा राखिएको छ। आज मात्रै रसुवाका एक व्यक्तिको शव पहिचान गरी आफन्तले बुझेका छन्। भूकम्पपछि आफन्त हराएका परिवारलाई शिक्षण अस्पतालमा आएर आफ्नो परिवारको सदस्यको शव हो/होइन भनी पहिचान गर्न प्रहरीले सार्वजनिक रुपमै अपिल गरिसकेको छ।
भूकम्पमा परी हालसम्म १९५ नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता भएको निवेदन प्रहरीमा परेको छ।
प्रहरी नायब महानिरीक्षक भण्डारीका अनुसार हराइरहेकाको परिवारका सदस्यलाई ल्याएर पहिचान नखुलेका शव देखाउने तयारी गरिएको छ। अझै केही समय ती शव राखिने र सो समयमा पनि पहिचान नखुले मुचुल्का गरी अन्त्येष्टि गर्ने तयारी प्रहरीको छ।
काठमाडौँमा भेटिएका तर पहिचान नखुल्ने शवमध्ये अधिकांश गोँगबु नयाँ बसपार्क क्षेत्रमा भेटिएका हुन्। उनीहरु त्यहाँस्थित होटलका पाहुना भएको अनुमान गरिएको छ।
उनीहरुको पहिचान खुल्ने विवरण र कपडाको तस्बिर प्रहरीले आफ्नो वेभसाइटमा राखेको छ। भूकम्पबाट मृत्यु भएका आठ हजार ६९२ मध्ये आठ हजार ६६४ जनाको शव आफन्तलाई बुझाई सकिएको प्रहरीले जनाएको छ।
दोलखा, गोरखालगायत जिल्लामा अझै पनि पुरिएको अवस्थामा शवहरु रहेको र भग्नावशेषबाट शव झिक्ने कार्य जारी रहेकाले पहिचान नहुने अवस्थाका अन्य शव आउन सक्ने प्रहरीको अनुमान छ। रासस
feed news collection from etaja khabar http://ift.tt/1EKMTDk
काठमाडौं, जेठ १७ – महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भूकम्पपछिको काठमाडौमा सरुवा रोगको प्रकोप बढ्ने बताएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा जापानिज इन्सेफलाईटिस, डेंगु जस्ता रोगको महामारी फैलन सक्ने बताएको हो ।
महाशाखाले भूकम्प पछिको काठमाडौंमा अव्यवस्थित बसोबास र फोहरको कारण जापानिज इन्सेफलाईटिस, डेंगुका भाइरसलाई फैलने पर्याप्त वातावरण बनेको भन्दै सचेत रहन पनि भनेको छ । पत्रकार सम्मेलनमा महाशाखा प्रमुख बाबुराम मरासिनीले काठमाडौंमा जापानिज इन्सेफलाईटिस र डेंगु अनि काठमाडौं वरिपरिका क्षेत्रमा पशुबाट मानिसमा सर्ने रोगको संक्रमण दर बढिरहेको बताउनुभयो ।
काठमाडौं उपत्यका जापानिज इन्सेफलाईटिस उच्च जोखिममा रहेको छ भने डेंगुका संक्रमण पनि उच्च दरमा छ । यस्तै महाशाखाले काठमाडौंमा गर्मी बढेसँगै पाको उमेर समूहका बढी प्रभावित हुने बताएको छ । यो गर्मीको मौसममा वृद्धवृद्धालाई विशेष हेरचाह गर्न नसके ज्यान नै जोखिममा पर्ने बताएको छ ।
उपत्यकासँगै तराईका जिल्लामा अत्याधिक गर्मीको महसुस हुन थालेको छ । सुख्खा हावा चलेका कारण बिरामी भई अस्पतालमा आउनेको संख्या पनि बढ्दै गएको छ । महाशाखाले गर्मीबाट बच्नका लागि बासी र झिँगा भन्केको खानेकुरा नखान, सफा पानी र झोलिलो खानेकुरा बढी मात्रामा खान तथा गर्मीको बेला हिड्डुल नगर्न सुझाव दिएको छ ।
feed news collection from etaja khabar http://ift.tt/1d7eBEu
सवैले रुचाउने आलु पोषिलो पनि मानिन्छ। एक औसत आकारको आलुमा मात्र ११० क्यालोरिज हुन्छ, यसमा फ्याट, सोडियम र कोलस्ट्रोल हुँदैन्।
१.आलु पोटासियमको राम्रो स्रोत हो। यसमा केरा भन्दा बढि पोटासियम पाइन्छ। पोटासियम हाइ ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत गर्दछ।
भिटासिन सिले घाउँ चाँडै भर्न सहयोग गर्दछ।
१७ जेठ, काठमाडौं । ज्योती ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपका अध्यक्ष पद्म ज्योतीले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
सो समूह अन्तरगतको स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बाट ६० लाख र नेपाल जनरल मार्केटिङ्गबाट ४० लाख रकम प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भूकम्प पीडितलाई सेतो गुम्बाको २५ लाख
भूकम्प पीडितहरुको सहयोगको लागि पूँजी बजारमा कार्यरत धितोपत्र व्यवसायी संघले ३८ लाख ८८ हजार २ सय ५० रुपैयाँ, सेतो गुम्बाले २५ लाख रुपैयाँ, शिक्षा क्षेत्रमा कार्यरत ट्रिनीटी ग्रुपले १० लाख ४० हजार ११ रुपैयाँ, नेपाल बैंक लिमिटेडले १५ लाख रुपैयाँ, जापानको नायोगा शहरमा विभिन्न पेशामा संलग्न रहेका नेपालीहरुले १० लाख रुपैयाँ र मेगा कलेजले ५ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी जापानमा रहेका नेपालीहरुको संस्था मदरल्याण्ड नेपालको तर्फबाट २ लाख रुपैयाँ र रिलायन्स लोटस फाइनान्स लिमिटेडले २ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेको छ ।
यस्तै प्रणय राईले व्यक्तिगत रुपमा ८ लाख १९ हजार १ सय ८५ रुपैयाँ, मोहनराज भट्टले ७ लाख, कीर्ति ओझा भट्टले ३ लाख १० हजार र फोरम फर ओमन ल एण्ड डेभलपमेन्टले १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
यस्तै देवकरण कलवारले १ लाख ६ हजार ९ सय ३१ रुपैयाँ र क्लब फिफ्टीले ५१ हजार १ सय ११ रुपैयाँ भूकम्प पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत खर्च हुने गरी सहयोग गरेका छन् ।
feed news collection from etaja khabar http://ift.tt/1HXqFFL
आजकल चलचित्र हेर्न टेलिभिजनकै पहुँच हुनु पर्दैन् वा हल नै पुग्नु पर्दैन्। इन्टरनेटका विभिन्न साइटमा कयौं नेपाली चलचित्र हेर्न पाइन्छ। यसरी सहजै चलचित्र हेर्न मिल्ने वेबसाइट युट्युब पनि हो।
युट्युबमा चलचित्र देखी गीत लगायतकै सबै किसिमा भिडियोहरु हेर्न पाइन्छ। यहाँ युट्युबमा सर्वाधिक हेरिएका ६ चलचित्र समावेश गरिएको छ।
युट्युबमा सर्वाधिक हेरिने चलचित्रको सुचिमा पहिलो नम्वरमा परेको छ बोल्ड चलचित्र एटिएम। सिनेमा हलमा यो चलचित्रलै खासै सफलता हासिल नगरे पनि युट्युबमा यसले तहल्का मच्चाएको छ। एक वर्ष अगाडी अपलोड गरिएको यो चलचित्रलाई २९ लाख ५४ हजार भन्दा बढिले हेरिसकेका छन्। यादव सिल्वालले निर्देशन गरेको यो चलचित्रमा सविन कार्की, सोनिया शर्मा, जिया केसी, खुश्वु खड्का र दिनेश थापा लगायतले अभिनय गरेका छन्।
युट्युबमा सर्वाधिक हेरिएको दोस्रो नम्वरमा छोटो चलचित्र रात परेको छ। करिब ३७ मिनेटको यो चलचित्रलाई २८ लाख ७९ हजार भन्दा बढिले हेरिसकेका छन्। नवल नेपालले निर्देशन गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन्। चलचित्रमा गजित विष्ट,जानुका ढकाल लगायतको अभिनय छ।
धेरै हेरिने तेस्रो नम्वरमा चलचित्र किन किन परेको छ। राजेश हमाल, करिश्मा मानन्धरले अभिनय गरेको यो चलचित्रलाई २२ लाख ४८ हजार भन्दा बढिले हेरेका छन्। यो चलचित्रलाई उकेश ढकालले निर्दैशन गरेका हुन्।
चौंथो सर्वाधिक हेरिने चलचित्रमा झोले परेको छ। यो चलचित्रलाई १९ लाख ९३ हजारले हेरेका छन् । दीपेन्द्र खनालले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई र प्रियंका कार्कीको जोडदार अभिनय हेर्न पाइन्छ।
ट्युबमा हेर्नेमा पाँचौ चलचित्रमा चलचित्र धुँवा यो नशा परेको छ। आर्यन सिग्दले र निशा अधिकारीले अभिनय गरेको यो चलचित्रलाई १४ लाख ९३ हजारले हेरेका छन्। चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्।
युट्युबमा सर्वाधिक हेरिएको सुचिमा छैठौं नम्वरमा नाई नभन्नु ल- २ छ। यो चलचित्रलाई १३ लाख ७४ हजार भन्दा बढिले हेरेका छन्।
बिकास आचार्यले निर्देशन गरेको यो चलचित्रमा अनुभव रेग्मी, सुयोगी भट्टराई,सुरज सिंह ठकुरी, प्रियंका कार्की लगाएतको अभिनय हेर्न पाइन्छ।
The post युट्युबमा सबै भन्दा बढी हेरिएका ६ नेपाली चलचित्र (फिल्म सहित) appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://ift.tt/1d77mwj
via IFTTT
चलचित्र लज्जाबाट नेपाली चलचित्रक्षेत्रमा डेव्यू गरेकी नायिका शिल्पा पोखेरल यति बेला भूकम्पपीडितहरुको दुखमा साथ दिन अग्रसर भएकी छिन् । बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित भएका व्यक्तिहरुसगैं बालबालिकासँग यति बेला शिल्पा रमाउदैं गरेकी छिन् । चलचित्र लज्जासगैं अर्को चलचित्र हवलदर सुन्तली पनि सफल भएपछि निकै उत्साहित भएकी शिल्पाले शनिबार सिन्धुपाल्चोकमा पुगेर त्यहाँका भूकम्पपीडित बालबालिकाहरुसगँ रमाएकी छिन् । नायिका करिश्मा मान्धर,गायिका कोमल ओली,पत्रकार राजन घिमिरे,डा.योगी विकाशनन्द लगायतको टोलीसँग सिन्धुपाल्चाके पुगेकी शिल्पाले त्यहाँका बालबालिकाहरुका लागी खेल्ने पार्क बनाउन मदद्त गरेकी थिइन ।
हंगकंग,मकाउ र चाईनाका व्यक्तिहरुसँग त्यहाँ पुगेकी शिल्पाले आफु उक्त ठाउँको अवस्था देखेर निकै दुखी भएको बताइन । ‘सिन्धुपाल्चोकको अवस्था निकै दयनिय छ,हामीले मन बाधेर त्यहाँबाट फर्कियौं’, शिल्पाले भनिन् -‘भूकम्पले अझ अरु क्षेत्रमा कती नोक्सान गरेको होला म कल्पना पनि गर्न सक्दिन ।’ सोमबार भूकम्पले अतिनै क्षती पुराएको ठाउँ बारपाक जान लागेकी शिल्पा भन्छिन् -‘हामी भोली बारपाक जादैंछौेंं त्यहाँको अवस्था बुझ्नका लागी र त्यसपछि त्यहाँ के आवश्यक छ त्यो हामी पुन काठमाडौं आएपछि लैजाने छौं ।’ भूकम्पपीडितहरुको साथमा साथ मिलाउन कम्मर कसेकी शिल्पाको यो सक्रियताले उनलाई अझ चलचित्रक्षेत्रमा टेवा पुग्ने छ ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1FmtU3H
via IFTTT
फेसन जगत रमाइलो छ। लगाउन मिल्ने देखि लगाउनै नमिल्ने लुगा बनाइन्छ अनि सुन्दर युवती अनि युवालाइ पहिर्याएर र्याममा हिँडाइन्छ। तर विवाहमा दुलहीको लागि लुगाहरु डिजाइन गर्ने एक कम्पनीले हालहालै, डिज्नेका चलेका फिल्मी राजकुमारीहरुले लगाउने लुगाहरु डिजाइन गरि सार्वजनिक गरेको छ।
डिज्नेले बनाएको कार्टुन तथा फिल्महरुको राजकुमारी तथा सुन्दर युवतीहरुका वस्त्रलाई साँचैको रुप दिएर ‘डिज्ने फेरी टेल वेडिङ ब्राइडल कलेक्सन’को नाम दिइ अति आकर्षक लुगाहरु सार्वजनिक भएको छ।
‘सिन्ड्रेला’, स्लिपिङ ब्युटीकी ‘अरोरा’, ब्युटी एण्ड बिस्टकी ‘बेल’, अलादिनकी ‘ज्यासमिन’, प्रिन्सेस एण्ड फ्रगकी ‘टियाना’, ‘स्नो ह्वाइट’, ट्याङ्गल्डकी ‘रैपुन्जल’, फ्रोजनकी ‘एल्सा’ आदि डिज्नेले बनाएका फिल्मका चलेका राजकुमारी तथा सुन्दरीहरुको जस्तै लुगाहरु बनाइएका छन्।
हेर्नुहोस् केही तस्बिरहरु,
यो पनि पढ्नुहोस्
सेलिना गोमेजको टपलेस फोटोसुट
The post नक्कली राजकुमारीका सक्कली ड्रेस (फोटो फिचर) appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://ift.tt/1ByQR24
via IFTTT
१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव (पीए) रमेश महतलाई प्रश्न गर्नेमाथि आक्रमण भएको छ ।
भूकम्प पीडितका लागि आएको जस्ता विक्री गर्न लागेको आरोप लागेपछि महतले पत्रकार सम्मेलन गरेका थिए ।
भृकटीमण्डपस्थित रिपोटर्स क्लबको अस्थायी कार्यालयमा भएको पत्रकार सम्मेलनमा कृष्ण बोहोराले जस्ता काण्डबारे प्रश्न सोधेका थिए ।
उनलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेका छन् । कुटाइ खाने बोहोरा एमाओवादी कविलास गाउँका अध्यक्ष हुन् ।
पत्रकार सम्मेलनमा प्रश्न कर्तामाथि आक्रमण भएपछि रिपोटर्स क्लबमा अहिले प्रहरी पुगेको छ भने पत्रकार सम्मेलन स्थगित भएको छ ।
श्रोत अनलाईन खबर
feed news collection from etaja khabar http://ift.tt/1crhrUf
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चार दलको बैठकले संविधानसभाको बैठक सारेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवासमा बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्षनेताको बैठकले जेठ २० गतेभित्रै संविधान र सरकारको विषयमा सहमति जुटाउने निर्णय गरेको हो ।
‘संविधानसभाको बैठक सूचना टाँसेर २० गतेसम्म स्थगित गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एमाओवादी महासचिव कृष्णबहादुर महराले अनलाइनखबरसँग भने, ‘संविधान र राष्ट्रिय सरकार दुईवटै विषयमा एक-दुई दिन भित्रै प्याकेजमा टुंगो लगाउने जिम्मेवारी चार दलका शीर्ष नेतालाई दिइएको छ ।’
संविधानका अन्तरवस्तु र सरकारको स्वरुपबारे सुक्षम छलफल नभएको भन्दै महराले यसबारे सुशील कोइराला, केपी ओली, प्रचण्ड र विजय गच्छदारसमेत चार नेताले टुंगो लगाउने बताए ।
सहमति खोज्न ३० दलको बैठक
यसैबीच राष्ट्रिय सरकार र संविधानमा सहमति खोज्नका लागि एमाओवादी अध्यक्ष प्रचण्डले मोर्चाको प्रमुखका हैसियतले आइतबारै बैठक बोलाएका छन् । एमाओवादी नेताले दिएको जानकारी अनुसार आइतबार दिउँसो ३ बजे ७ दलीय मोर्चाको बैठक बोलाइएको छ भने ५ बजे ३० दलको बैठक डाकिएको छ आजको अनलाइन खबर छ ।
feed news collection from etaja khabar http://ift.tt/1KFxg8I
एजेन्सी : दुर्इवटामात्रै बेडरूम भएको घरको बिजुलीको बिल कति आउला ? सजिलै अनुमान लाउन सकिन्छ ५ सय एक हजार धेरै आएमा १५ सय, दुर्इ हजार ।
तर भारतको झारखण्ड राज्यको राजधानी राँचीस्थित एक व्यक्तिको घरको बिजुलीको बिल ५५ करोड भारतीय रुपैयाँ अर्थात ८८ करोड रुपैयाँ आएपछि उनको होसहवास उडेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार राँची निवासी कृष्णप्रसाद केही दिनअघि एक बिबाह समारोहमा पुगेर घर फर्कँदा उनको घरमा बिजुली बिल आइपुगेको थियो ।
मिटर रिडिङ गरेर छाडिएको बिजुलीको बिल जब उनले हेर तब उनको होस नै उड्यो । यो कुनै साधरण बिजुलीको बिल थिएन । यो उनको घरमा बालिएको बिजुलीको बिल थियो, त्यो पनि ५५ करोड भारतीय रुपैयाँको ।
उनले आफ्नो घरमा प्रयोग गरिएको बिजुलीको मासिक यति धेरै देखेपछि उनको झन्डै ज्यानै गयो । प्रसादले यति धेरै रकम उल्लेख गरिएको बिल देखेर झन्डै ज्यान गएको बताउँदै बिजुली विभागविरुद्ध मुद्धा दर्ता गर्ने भएका छन् ।
उनले यो बिजुलीको बिल आमालार्इ देखाएपछि उनकी आमा बेहोसै भएकी बताएका छन् । यो बिजुलीको बिलका कारण उनकी ५५ वर्षीया आमालार्इ झट्का लागेपछि तत्काल उपचारका लागि डाक्टरकहाँ लानुपर्यो ।
प्रसादको पाँचजनाको परिवार राँचीको काडरू इलाकामा दुर्इ बेडरुम भएको घरमा बस्दै आएका छन् । ज्यानै लिने गर्मीका बाबजुत पनि उनले एसीको प्रयो गरेका छैनन् ।
यो सहरमा दैनिक ७ देखि ९ घन्टासम्म लोडसेडिङ हुने गरेको छ । यो घटना सार्वजनिक भएपछि झारखण्ड बिजुली विभागले आफ्ना दर्इ कर्मचारीलार्इ निलम्बन गरेको छ ।
विभागका अनुसार यति धेरै रकमको बिल कर्मचारीले लेख्ने क्रममा गल्ती गर्दा आएको हो । झारखण्डमा बिजुलीको बिल सम्बन्धित सबै काम एक निजी कम्पनीले गर्दै आएको छ । बिजुली विभागका अधिकारिले यो मामिलाको जाँच गर्न छानविन समिति गठन गर्ने जनाएका छन् ।
श्रोत अन्नपूर्ण
feed news collection from etaja khabar http://ift.tt/1KFxeNT
जेठ १७ डा. शंकरप्रसाद शर्मा हालैको महाभूकम्पले देशको गरिबी र गरिबी निवारणमा कस्तो असर पार्ला भन्ने विषयमा विश्लेषण गर्न मुख्यतयः दुई पक्ष हेर्नुपर्ने हुन्छ। पहिलो, गरिबी र भूकम्पबीचमा कुनै सम्बन्ध छ कि छैन भन्ने विश्लेषण गर्न आवश्यक हुन्छ।
सामान्यता भूकम्पले एक निश्चित क्षेत्रलाई असर गर्ने भएकोले राष्ट्रिय स्तरमा यसको प्रभाव खासै केही हुँदैन र देखिँदैन पनि। तर, हालैको महाभूकम्पको असर देशव्यापी रूपमा नै परेको छ। महाभूकम्पले देशको एक चौथाइ जिल्लालाई केही न केही असर गरेको छ भने १४ जिल्लालाई संकटग्रस्त क्षेत्र नै घोषणा गरियो। कुल ग्राहस्थ उत्पादनको झण्डै एक तिहाइ योगदान गर्ने काठमाडौं, ललितपुर र भक्तपुर समेत महाभूकम्पको प्रत्यक्ष असर परेको हुँदा यसले देशको समग्र अर्थतन्त्रलाई नै खलबल्याएको छ र आयआर्जनका क्रियाकलापलाई खुम्चाई दिएको छ।
दोस्रो, गरिबी साधारणतयाः उपभोगको आधारमा मापन गरिने हुँदा भूकम्पपछि प्रभावित क्षेत्रमा बस्नेहरुको उपभोग क्षमतामा कस्तो असर पर्यो भनेर हेर्नुपर्ने हुन्छ। यी दुई आधारमा राष्ट्रियस्तरमा र प्रभावित क्षेत्रमा गरिबीमा पर्ने असरलाई विश्लेषण गर्न सकिन्छ।
नेपालमा पहिला गरिएको राष्ट्रियस्तरको अध्ययनले भूकम्प र गरिबीबीच सिधा सम्बन्ध नदेखाए पनि भूकम्पले ल्याउने पहिरो र भत्किएको घरेलु संरचनाका कारण गरिबी बढेको देखाएको छ। त्यसैको आधारमा विश्लेषण गर्दा हालैको महाभूकम्पले गरिबी ५ प्रतिशतले बढ्ने अनुमान गर्न सकिन्छ। अन्य देशको अध्ययनले पनि यसलाई पुष्टि गर्दछ।
नेपालमा अहिले गरिबी २३ प्रतिशत छ भने त्यसको पाँच प्रतिशत भनेको देशव्यापी रूपमा करिब एक प्रतिशत विन्दुले गरिबी बढाउँछ भन्ने हो। हाम्रो देशको गरिबी प्रत्येक वर्ष झण्डै एक प्रतिशतले घट्दै गएको अवस्थामा अबको एक वर्षसम्म अर्थात् सन २०१५/०१६मा हाम्रो गरिबी नघटने भयो।
घरपरिवार तहको उपभोग क्षमतामा पर्न सक्ने असरलाई विभिन्न कोणबाट हेर्न सकिन्छ। सबभन्दा पहिले प्रभावित क्षेत्रमा घरपरिवारको स्थीर समप्तिको साथै उनीहरुले भण्डारण गरेको धान, गहुँ, मकै लगायतको खाद्यान्न र पशुपंक्षीको नोक्सानी भएको छ। दोस्रो, प्रभावित क्षेत्रका घरपरिवार भइरहेको रोजगारीको अवसरबाट बन्चित हुनुको साथै नयाँ रोजगारीको अवसर पनि सृजना नहुँदा आयआर्जनमा प्रभाबित भएको छ। यी सबै कारणले गर्दा भूकम्प पीडितको उपभोगमा उल्लेखनीय कमी आउन सक्छ।
यसको साथै महाभूकम्पपछिको एक महिना लामो आर्थिक शिथिलताले घटाएको माग र उत्पादनले बेरोजगारीलाई बढाएको छ। केही समयका लागि भएपनि आफ्नै घर बनाउँनतिर लाग्नु पर्ने बाध्यताले रोजगारी सिर्जना भएका क्षेत्रमा पनि काम गर्न जाने अवस्था देखिदैन। यस्तोबेला भएको बचत त कम हुने नै भयो अझ ऋण पनि छ भने त यसले घरपरिवारको आर्थिक अवस्थालाई झन् संकटपूर्ण बनाउँछ। खासगरी महाभूकम्पले पर्यटन क्षेत्रमा परेको असरको प्रभाव रोजगारीमा केही वर्षसम्म रहि रहने छ।
महाभूकम्पले प्रभावित क्षेत्रको उपभोगमा आउने कमीले गर्दा काठमाडौं बाहेक बाँकी १३ वटा प्रभावित जिल्लामा आगामी वर्ष गरिबीको रेखामाथि रहेका झण्डै ८७ हजार मानिस गरिबीको रेखामुनि जान सक्छन्। त्यसैगरी गरिबीको रेखामुनि रहेका थप ८७ हजार मानिस जो यो विपत्ति नभएको भए गरिबीको रेखामाथि उक्लन सक्थे। उनीहरु पनि त्यहि अवस्थामा रहने भए।
यसको आधारमा के भन्न सकिन्छ भने प्रभावित क्षेत्रमा करिब ३ प्रतिशत विन्दुले गरिबी बढ्ने भयो। प्रभावित क्षेत्रको गरिबी पहिलेको अवस्थामा फर्कनका लागि ५/६ वर्ष लाग्न सक्छ। प्रत्येक वर्ष एक प्रतिशत विन्दुको सुधार भयो भने पनि पहिलेकै अवस्थामा आईपुग्न ६ वर्ष लाग्ने देखिन्छ।
भूकम्पले कृषि र गैरकृषि क्षेत्रमा पारेको असर कति लामो समयसम्म रहन्छ भन्ने कुरा पुनर्निर्माण कार्य कति छिटो र प्रभावकारी रुपमा हुन्छ भन्ने कुरामा निर्भर गर्छ। यदि पुनर्निर्माण कार्य चुस्त र प्रभावकारी रह्यो भने अर्को वर्षदेखि गैरकृषि क्षेत्र ०.७ प्रतिशत बिन्दुले वृद्धि हुनसक्छ। कृषि क्षेत्रमा अरु कुरा यथावत् रहेमा झण्डै ०.६ प्रतिशत विन्दुले वृद्धि हुनसक्ने कुरा अन्तराष्ट्रिय अनुभवले देखाउछ। यसरी एक वर्षपछि कृषि र गैरकृषि क्षेत्रको वृद्धिले गारिबी निवारणमा सकारात्मक असर पार्न सक्छ। गरिबी निवारण सम्बन्धी नीति प्रभावित क्षेत्रको लागि भने फरक हुनु जरुरी छ।
भूकम्पको साथै पहिरो पीडितका लागि राज्यले विशेष सहयोग गर्नुपर्छ। सयौं गाउँ पहिरोले बगाएको छ। जनधनको क्षति मात्र हुँदापनि भूकम्पपछि खेतियोग्य जमीन बाँकी हुन्छ। तर पहिरोको विनाश पछि त खाने कुराको साथै खेति गर्ने जमीन पनि हुँदैन। जमीन नै नभएका ती मानिसहरुलाई राज्यले राहत दिनैपर्छ।। पहिरोले जग्गा तथा घर नष्ट भएका मानिसका लागि अलिकति लामो समयसम्म सहयोग आवश्यक पर्छ। उनीहरुलाई कामका लागि नगद, कामका लागि खाद्यान्न, निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ।
भूकम्पको साथै पहिरोले घर, जग्गा वा गाउँ नै नष्ट भएका नागरिकलाई पुनःस्थापना गर्नुपर्छ। तत्काललाई सिधै राहतको साथै जुन ठाउँमा पुनःस्थापना गर्ने हो त्यही क्षेत्रमा कामका लागि खाद्यन्न तथा कामका लागि नगद जस्ता कार्यक्रम सुरु गरिनुपर्छ। पुनर्निर्माण सँगसँगै त्यस्ता कार्यक्रम सञ्चालन गर्न सकिए भूकम्प तथा पहिरो पीडितले काम गर्ने अवसर पाउँछन्। यसले गरिबी निवारणमा पनि मद्धत पुग्छ।
जुद्धशम्शेरले ९० सालको महाभूकम्पपछि सबैलाई सित्तैमा बीउबिजन दिने व्यवस्था मिलाएका थिए रे। अहिले पनि सरकारले कृषिमा बीउबिजन र मलमा जे जस्तो सहयोग र छुट दिन सकिन्छ, त्यो गर्नुपर्छ। गाउँका अवरुद्ध बाटाघाटा खुलाइदिनुपर्छ। बाटो सुचारु भएपछि मानिसको गतिविधिसँग आर्थिक क्रियाकलापमा पनि वृद्धि हुन्छ। पीडितले काम पनि पाउँछन्। उनीहरुको आर्थिक गतिविधि बढ्छ र पुनर्स्थापना पनि छिटो हुनसक्छ।
पुनर्स्थापनाको क्षेत्रमा साना सहर विकास गर्न सके राम्रो हुन्छ। आर्थिक गतिविधि र रोजगारीका अवसर नभएको र आधारभूत सेवा नभएको ठाउँमा विस्थापित बस्न चाहँदैनन्। त्यसकारणले पुनर्स्थापना क्षेत्रमा व्यवस्थित बस्तिको विकास गर्ने र आवश्यक पूर्वाधार सेवा जस्तै स्वास्थ्य तथा शिक्षाको भरपर्दो व्यवस्था गर्नुपर्छ। त्यसका लागि दिनदिनै चाहिने आवश्यक सेवा बासस्थान नजिकै उपलब्ध हुन्छ तर खेतिपातीका लागि अलि पर जानुपर्छ भन्ने मानसिकताको विकास गर्नुपर्छ।
भूकम्प र प्राकृतिक विपदपछि सबैको मनमा पहिलेभन्दा राम्रो समाज बनाउनुपर्छ भन्ने सोच हुन्छ। त्यसका लागि हामीले भूकम्प प्रतिरोधात्मक निर्माण प्रविधिका साथै आधुनिक जीवनको लागि आवश्यक सेवाको उपलब्धता सुनिश्चत गर्नुपर्छ। यसले चलयामान बजार केन्› विकास गर्नको साथै रोजगारका थप अवसर बढाउन सक्छ। यो वृहद् पुनर्निर्माणको लागि आवश्यक स्रोत जुटाउन सरकार, विदेशी दाता र निजी क्षेत्रबाट सकिन्छ। पुनर्निर्माणको गतिविधिको कुरा गर्दा अब भूगभर्भविद्ले कुन–कुन कमजोर भू–भाग छ भन्ने कुरा पत्ता लगाइसेकका अवस्थामा कमजोर भू–भाग नभएको ठाउँमा व्यवस्थित सहरको विकासको लागि प्राथमिकता र आवश्यकताको आधारमा योजना तर्जुमा गर्नुपर्छ।
feed news collection from etaja khabar http://ift.tt/1LUEKBR
भोजपुर जेठ १७ भोजपुरको भुल्केमा घुमाउने घर । भूकम्पको जोखिम कम गर्न चुलीगारो नराखी घुमाउने घर बनाइएको बुढापाका बताउँछन् ।
फोटो :श्यामकृष्ण दाहाल
श्रोत अन्नपूर्ण
feed news collection from etaja khabar http://ift.tt/1JgfO8E