काठमाडौं । भुकम्पको महापित्तिमा परेकाहरुले सरकारवाट उचित राहत नपाएको गुनासो गरिरहेका छन् । काठमाडौंको जनजिवन सामान्य बने पनि सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दोलखा लगायतका अन्य जिल्लामा बसोबास गर्नेहरुको दैनिकी झन झन कष्टकर हुँदैछ ।
भूकम्प पीडितलाई केही हदसम्म भएपनि राहत होस् भन्दै रेशम फिलिली निर्माताले ५ लाख रुपैंया राहत दिने घोषणा गरेको छ । ५ लाख रुपैंयाको राहत कोष स्थापना गरेको उक्त चलचित्रले आगामी दिनमा सहयोगी हात फराकिलो बनाउने निर्णय गरेको छ ।
कोषमा जम्मा भएको रकम भुकम्प प्रभावित सरकारी विद्यालयलाई दिईने निर्माता माधव वाग्लेले बताए ।
साथै निर्माता वाग्ले, निर्मात्री रोजिता घले, निर्देशक प्रणय जोशी, अभिनेता विनय श्रेष्ठले थैवका स्थानिय वासिन्दालाई भुजा, चाउ चाउ, बिस्कुट, चिउरा, दालमोठ वितरण गरेका छन् ।
from Taja News Online http://ift.tt/1OKUKvW
via IFTTT
काठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएका अभिनेता सरोज खनालले भुकम्पवाट पीडित भएकाहरुलाई दशलाख मुल्य बराबरको २० हजार वटा कुखुराको अण्डा बाँड्ने भएका छन् ।
उनको आफ्नै लगानी रहेको खनाल पोल्ट्री र्फम र नेपाल अण्डा उत्पादकसंघको संयुक्त पहलमा अण्डा वितरण सुरु हुन लागेको हो । अभिनेता खनालले जनाए अनुसार धादिङ, गोर्खा, सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्लामा भुकम्पवाट घाइते भएर अस्पताल भर्ना भएकाहरुलाई अण्डा वितरण गर्न लागिएको हो ।
शुक्रवारवाटै अण्डा वितरण सुरु गर्ने योजनामा रहेका खनाल भूकम्प जानु भन्दा एक महिना अघि नेपाल आएका थिए । भूकम्प आएकै कारण अमेरिका जानवाट रोकिएका खनाल अण्डा बोकेर सिन्धुपाल्चोक जाने तयारीमा छन् । चितवनको अस्पतालमा उपचार गराई रहेकाहरुलाई अण्डा बाँड्ने जिम्मा उनले चितवनकै साथीहरुलाई दिएका छन् । उनी टुंडीखेल र सिन्धुपाल्चोकमा पालमा उपचार गराईरहेकाहरुलाई भेट्ने योजनामा छन् ।
from Taja News Online http://ift.tt/1HWChqA
via IFTTT
बारा अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थका १ सय ५० भन्दा बढी ट्याङ्करहरु भोलि उपत्यका आइपुग्ने जानकारी ट्रक तथा ट्याङकर व्यवसायी महासंघका गोकर्ण पराजुलीले दिए।
अहिले उपत्यकामा पेट्रोलियम पदार्थका लागि घण्टौ लाइन बस्नुपर्ने र कतिपय स्थानमा त लाइन बसेर पनि नपाइने अवस्था छ। भोलि साँझदेखि यो समस्या नरहने पनि पराजुलीले बताए।
सोर्स-सेतो पाटी
from Taja News Online http://ift.tt/1ExW9y9
via IFTTT
१० वर्षसम्म एउटा घरमा ३ वटा सटर भाडामा लिई व्यापार गरेका उनी काठमाडौंको भूकम्पपछिको त्रास कम गर्न गृहजिल्लातिर लागेका हुन्। जुन घरमा उनको पसल थियो, त्यो घरको अधिकांश भाग चर्किएपछि उनलाई त्यहीं घरमा व्यापार गरिरहन मन छैन।
‘केही दिन घरतिर गएर फ्रेस भएर आउँछु अनि व्यापार कहाँ के गर्ने भनेर सोचौला’, चौलागाइँले भने।
उनी मात्र होइन, आफ्नो जीविकोपार्जनका लागि बाहिरबाट काठमाडौंमा आई पसलहरु सञ्चालन गरेका पसलेहरुले काठमाडौं छोडेपछि न्यून संख्यामा मात्र बजार पसलहरु खुलेका छन्। काठमाडौंबाट पसले व्यापारीहरु पनि बाहिरिएपछि काठमाडौंको बजार पसल सुनसानमुक्त हुन सकेको छैन। काठमाडौंकै स्थानीयले संचालन गरेका पसलहरु भने खुलेका छन्।
ललितपुरको कुसुन्तीस्थित आदर्शटोलमा खुलेका ५० प्रतिशत पसलहरू सबै स्थानीयका मात्रै छन्। त्यस्तै नयाँ नगरमा खुलेका पसलहरु पनि सबैजसो स्थानीयकै छन्।
उता बालाजू क्षेत्रका अधिकांश पसलेहरु बाहिरिएका छन्। उपत्यबाहिर घर भएका पसलेहरु बाहिरिँदा त्यस क्षेत्र सुनसानजस्तै बनेको छ। खुलेका केही स्थानीयका पसलहरुमा पनि ग्राहकले चाहे बमोजिमको खाद्य सामाग्रीहरु नपाएको गुनासो गर्छन्।
राजधानीको गोंगबु, बसपार्क, चाबहिल, बानेश्वर लगायत चोकमा पनि काठमाडौंबासीले संचालन गरेका बजार पसलहरु खुला भए पनि बाहिरी जिल्लाबाट आएका व्यापारीका अधिकांश पसल बन्द छन्।
उता व्यापारको केन्द्र मानिएको न्यूरोड र असन बजार भूकम्पको अत्याधिक मारमा परेकाले यस क्षेत्रको बजार पसल तत्काल खुल्ने र चहलपहल बढ्ने स्थिति छैन। यस क्षेत्रका अधिकांश घरहरुमा क्षति पुगेकाले ति घरहरुको मर्मत नहुञ्जेलसम्म यो क्षेत्र सुनसानमुक्त हुने स्थिति छैन।
यसले गर्दा केही खुला क्षेत्रमा स्थानीयका बजार पसलहरुहरु खुल्न थाले पनि भित्री एरियामा सामान्य रुपमा बजार पसलहरु संचालनमा आउन भने धेरै समय लाग्ने अनुमान गर्न सकिन्छ।
सोर्स-सेतो पाटी
from Taja News Online http://ift.tt/1QRvpPI
via IFTTT
फिफा बर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो लगायतका खेलाडीहरुले सो टिसर्ट लगाउँदै मौनधारण गर्दा ,घरेलु मैदानको ठुलो स्क्रिनमा ‘युनाईटेट विथ नेपालू भन्दै ऎक्यबद्दता जनाईएको थियो।
यसअघि पनि बार्सिलोना फुटबल क्लब लगायतका अन्य क्लबहरुले पनि खेल शुरु हुनु भन्दा केहि समय अगाडी मौनधारण गर्दै सम्झना गरेका थिए। ला लिगा अन्तर्गतका सबै जसो क्लबहरुले यस हप्ता भएका खेल अगावै मौनधारण गरी चिरशान्तीको कामना गरे।
यस्तै फिफा बर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो, लिओनल मेस्सी लगायतका फुटबलरहरुले भूकम्पबाट प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुक मार्फत उनीहरुले सेभ दी चिल्ड्रेनको अभियानमार्फत सहयोग गर्न अपिल गरेका हुन्।
सोर्स-अनलाईन खबर
from Taja News Online http://ift.tt/1ziFBee
via IFTTT
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता कमलसिंह बमले उपत्यकाबाट बाहिरिने क्रम अत्याधिक बढेको र यो क्रम केही दिन जारी रहने देखिएको बताए ।
बुधवार मात्रै दश हजार १२९ सवारी साधनबाट एक लाख ३१ हजार ३६४ नागरिक बाहिरिएकोमा बिहिबार साँझसम्म पनि एक लाख भन्दा बढी बाहिरिएको र बाहिरिने क्रम जारी रहेको प्रहरीले जनाएको छ । बढी भाडा असुल्ने ५८ सवारी साधनलाई कारवाही गरिएको तथा २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
४१ विदेशी बेपत्ता
भूकम्पमा परी ४३ विदेशीको मृत्यु भएको छ भने ४६ जना घाईते भएका छन् । सबैभन्दा बढी इजरायलका १५ जना नागरिकको मृत्यु भएको छ । मृत्यु भएका ४१ मध्ये ३६ जना पुरुष र पाँचजना महिला छन् ।
त्यस्तै सातजना भारतीय,पाँचजना क्यानाडेली, तीनजना चीनियाँ, तीनजना बङ्गलादेशी, तीनजना फ्रान्सेली, दुईजना रुसी र एकजना लेबनानी रहेका छन् ।
सिन्धुपाल्चोकको तातोपानी, सोलुखुम्बु र लाङ्टाङ राष्ट्रिय निकुञ्जमा अधिकांश विदेशीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै,हालसम्म ४१ विदेशी नागरिक बेपत्ता रहेका प्रहरीले जनाएको छ ।
भूकम्पमा पाँच हजार ८२५ को मृत्यु
भूकम्पमा परी मृत्यु हुनेको संख्या हालसम्म पाँच हजार ८२५ रहेको तथा घाइतेको संख्या दश हजारभन्दा बढी पुगेको प्रहरीले जनाएको छ । सबैभन्दा बढी सिन्धुपाल्चोकमा १८२०, काठमाडौँमा १०८९, नुवाकोटमा ७१७, धादिङमा ५७०, गोरखामा ४०७, काभ्रेमा २७७, भक्तपुरमा २६४, ललितपुरमा १७० र मकवानपुरमा ३३ जनाको मृत्यु भएको छ ।
त्यस्तै, हालसम्म १४८ जना नागरिक हालसम्म बेपत्ता छन् । जसमध्ये रसुवामा १००, मकवानपुरमा ३०, काठमाडौँमा १२, काभ्रे र ललितपुरमा एकएक जना रहेका छन् ।
भूकम्प पिडितको उद्धार राहतमा नेपाल प्रहरीका ३३ हजार ४९९ जना खटिएपनि २५० जना बिशेष तालिमप्राप्त जनशक्ति पाँच टोली बनाई उद्धारमा खटिएका प्रहरीले जनाएको छ ।
सोर्स-अनलाईन खबर
from Taja News Online http://ift.tt/1E0zLtN
via IFTTT
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सोही बमोजिमको रकम जाजरकोटमा स्वाइन फ्लूबाट मृत्युहुनेका परिवारलाई उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिए ।
भूकम्पमा परी घरबार विहीन भएका प्रत्येक परिवारलाई सरकारले तत्कालीन रुपमा अस्थाई आश्रयस्थलको बन्दोवस्त गर्ने काम तत्काल युद्धस्तरमा प्रारम्भ गरी सम्पन्न गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. रिजालले बताए ।
बैठकले भूकम्पग्रस्त जिल्लाका प्रत्येक परिवारलाई अस्थायी आश्रयका लागि त्रिपाल, टेन्ट, प्लास्टिक सिट वा अन्य स्थानीय निर्माण सामग्री तत्काल उपलब्ध गराउने तथा गाउँ जिल्लाको पुरानो घरमा फर्कन नसक्ने परिवारलाई गाउँ वा जिल्लामा सुरक्षित स्थानमा सरकारले शिविर स्थापना गरी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यस्तै आफ्नो भत्केको वा सामान्य किसिमले क्षति भएको घरलाई कसैले मर्मत गर्न चाहन्छ भने मर्मत खर्च २५ हजारसम्म दिएर आफ्ना घरमा फर्किने व्यवस्था मिलाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
भूकम्पबाट घाइते भएकाको स्वास्थ्यउपचार सम्बन्धमा इमप्लान्ट तथा शल्यक्रियाका लागि प्रतिव्यक्ति एकमुस्ट रु २५ हजारका दरले अस्पताललाई उपलब्ध गराउने भएको छ ।
सामान्य उपचारको खर्च सम्बन्धित संस्थाले आफै ब्योहर्ने, अस्पतालले आफूसँग भएको सेवाको लागि उपचारबाट बञ्चित गर्न नपाउने अस्पताललाई तिर्नुपर्ने रकम सरकारले एक मुस्ट तिर्ने बैठकले निर्णय गरेको छ । भूकम्पबाट गम्भीर प्रकृतिका बिरामीको शल्यक्रिया खर्च उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड बनाएर लागू गर्ने भएको छ ।
त्यस्तै सरकारले भूकम्पपछिको पुनः निर्माणको कामलाई प्राथमिकता दिन सो प्रयोजनका लागि दुई सय अर्ब रुपैँया बराबरको ‘राष्ट्रिय पुनः निर्माण कोष’ स्थापना गर्ने निर्णय गरेको प्रवक्ता डा. रिजालले जानकारी दिए ।
उक्त कोषमा सरकारले २० अर्ब रुपैँँया राखी बाँकी बाहिरी सहायताका लागि अपिल गर्ने निर्णय गर्दै त्यसका लागि सहायता उपलब्ध गराउने संस्थाहरुसँग समन्वय गर्ने यसैलाई मध्यनजर गरी तत्कालै सरकारले अर्थमन्त्रीलाई सो काम अघि बढाउन र परराष्ट्र र अन्य मन्त्रालयलाई जिम्मेबारी दिने बैठकले निर्णय गरेको छ ।
कोषमार्फत हुने कामलाई दिगो र प्रभावकारी बनाउन प्राकृतिक विपत्तिबाट भविष्यमा क्षति नहोस भन्ने उद्देश्यले सरकारले भूकम्पग्रस्त जिल्लामा स्वीकृत डिजाईन र उपयुक्त प्रविधिका घर र सुविधायुक्त घर निर्माण गराउने भएको छ ।
क्षतिग्रस्त भएका स्कुल, कलेज, स्वास्थ्य केन्द्र, खानेपानीलगायत भौतिक पूर्वाधार तथा धार्मिक, साँस्कृतिक एवम् पौराणिक सम्पदाको पुनः निर्माण गर्ने तथा आफ्नै घरबारीमा फर्केर घर निर्माण गर्न चाहनेलाई सोही कोषबाट अनुदान दिने निर्णय गरेको छ । कोषमार्फत निश्चित रकमको सिमा तोकेर बैंकबाट ऋण लिएर घर बनाउन चाहनेलाई केही रकम सरकारले अनुदान दिने भएको छ ।
यसरी कोषमा जम्मा हुने रकम र कार्यलाई पारदर्शी बनाउन सहयोग र अनुगमनको एक संयन्त्र केन्द्र र जिल्लामा बनाउने जसमा केन्द्रमा प्रधानमन्त्रीको संयोजकत्वमा सबै राजनीतिक दलहरु रहनेगरी र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दलीय प्रतिनिधि रहनेगरी बनाइने छ ।
सङ्कटग्रस्त थप दुई जिल्ला घोषणा
बैठकले भूकम्पबाट प्रभावित थप दुई जिल्ला मकवानपुर र ओखलढुङलाई सङ्कटग्रस्त घोषणा गरेको छ । यसअघि सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित आसपासका १२ जिल्लालाई सङ्कटग्रस्त घोषणा गरेको थियो ।
मध्यपश्चिमाञ्चलका बाढीग्रस्त जिल्लाहरु बाँके, बर्दिया, सुर्खेत र दाङ् तथा पहिलाको बाढीग्रस्त सिन्धुपाल्चोक यि जिल्लाहरुको पुनः निर्माणको कामलाई प्राथमिकतामा राखी चालु आवको बजेटको पुनःसंरचना गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
सोर्स-अनलाईन खबर
from Taja News Online http://ift.tt/1E0zNlq
via IFTTT
नेपालगन्जको वेष्र्टन हस्पिटल प्रालि, भेरी अञ्चल अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जले उपचार निःशुल्क गर्ने गरी व्यवस्था मिलाएको जनाएको छ । वेर्ष्टन हस्पिटल प्रालि अस्पतालका सञ्चालक डा. विनोद थापाले सो अस्पतालमा आउने महाभुकम्पका घाइते विरामीलाई अस्पतालले औषधिदेखि सम्पूर्ण उपचार निःशुल्क गरेको जानकारी दिए ।
उनले भने-‘भुकम्प जस्तो महाविपत्तिको सामना गर्दै घाइते भएका मध्य तथा सुदूरपश्चिमका विरामीहरुलाई लक्षित गर्दै अस्पतालले निशुल्क उपचारको व्यवस्था मिलाएको छ ।’
सो अस्पतालमा हाल ९ जना भुकम्प पीडित घाइतेको शल्यक्रिया गरिसकेको अस्पतालका प्रशाशन प्रमुख राजन थापाले जानकारी दिए ।
सोर्स-नागरीक
from Taja News Online http://ift.tt/1E0zNlm
via IFTTT
सानातिना भूकम्प आउन सक्ने तर यसले खासै असर नगर्नेउनीहरुको भनाइ छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित कार्यक्रममा ज्वालामुखी फुट्ने सम्भावनानरहेको विज्ञहरुले जानकारी दिए।
नास्टका सहप्राज्ञ रञ्जनकुमार दाहालले नास्टलेअन्तर्राष्ट्रिय भूगर्भविद्को समन्वयमा भूकम्पबारे अध्ययन गरिरहेको जानकारीदिए। राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय भूगर्भविद्का अध्ययनमा शनिबारअपराह्न गएको भूकम्पजतिको रेक्टर स्केलको भूकम्प जान नसक्ने अनुमान भएकोउनले बताए।
सहप्राज्ञ दाहालले ढुक्कसित घरभित्र नबस्न र सचेत रहनपनि आग्रह गरे। चर्केको घरमा नबस्न, सकेसम्म घरको तल्लो तलामा बस्न, राति सुत्दा निर्धक्क रुपमा ननिदाउन सहप्रध्यापक दाहालले सुझाव दिए।
भूकम्पपछि सानातिना पहिरा जानसक्ने हुँदा चर्किएकाठाउँमा नजानसुझाव दिँदै उनले भूकम्पपछि ज्वालामुखी फड्किने सम्भावनानरहेको स्पष्ट पारे।
अर्का विज्ञ प्राडा विशालनाथ उप्रेतीले साना भूकम्पकोसम्भावना जारी रहे पनि ठूला भूकम्पको सम्भावना नरहेको बताए। उनकाअनुसार भूकम्पपछि ज्वालामुखी आउने कुरा हल्ला मात्र हो।
चिकित्सक वासुदेव पाण्डेले भूकम्पपछि महामारीआउनसक्ने सम्भावना रहेको हुँदा खाना र पानीमा ध्यान दिन सुझाव दिए।उनले पानीका कारण पखाला, टाइफाइड, छालाका रोग आउनसक्ने हुँदा पानी उमालेरपिउन र खाना खानुअघि हात धुन सुझाव दिए।
चिकित्सक पाण्डेले चौपायालाई गहिरो खाडल बनाई पुर्न र पुरिसेकपछि स्प्रे छर्न सुझाव दिए।
सूक्ष्म जीवविज्ञान विज्ञ अञ्जना सिंहले सकेसम्मदिसापिसाब चर्पीभित्र गर्न यस्तो सम्भावना नरहे दिसापिसाब गरेपछि माटोलेपुर्न सुझाव दिए। उनले पानी र खानाका कारण रोग आउने हुँदा ती दुईवस्तुमा विशेष ध्यान दिनुपर्ने बताए।
सोर्स-नागरीक
from Taja News Online http://ift.tt/1OKCfru
via IFTTT
कास्की, वैशाख १७ – गोरखा जिल्लाबाट हालसम्म ३३२ जनाको भूकम्प पीडितको उद्धार गरिसकेको तथा राहतका लागि प्राय सबै ठाउँमा हेलिकप्टर पठाइसकेको क्षेत्रीय प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत राम्जी कोइरालाले बताएका छन् ।
उनले नेपाल अहिले विकराल भूकम्पको समस्याबाट शोकाकुल रहेको बताउँदै कोइरालाले भूकम्पबाट घाइतेहरुको उपचार प्रथम आवश्यकता रहेको बताएका छन् । त्यसपछि राहत र पून निर्माणका लागि मानवीय सहयोगको आवश्यकता रहेको समेत बताए ।
बिहीबार मात्रै ३ जना विदेशी नागरिक तथा २ जना नेपालीको गोर्खा जिल्लाबाट उद्धार गरिसकेको बताए । पोखरा विमानस्थलमा गोरखाबाट भूकम्पमा घाईते भएकाको उद्धारको लागि भारतीय सेनाका ६ वटा हेलिकप्टर संचालन गरिएको समेत बताएका छन् ।
तर, भूकम्पबाट घाईते भएका र घरबारविहीन भएका गोरखाको बासिन्दाले अहिलेसम्म राहत नपाएको बताएका छन् । उनीहरुले नुन र बस्ने पालसम्म भएपनि हुन्थ्यो । एक जना गोरखाका बासिन्दाले पोखरा विमानस्थलमा झरिसकेपछि रातोपाटीसित गुनासो गरे । गोरखाको लापु गाविसको खानी गाउँमा अहिलेसम्म राहत नपुगेको र धेरै मानवीय क्षति भएको ठाउँमा उद्धार टोली नपुगेको बताउँछन् सामाजिक कार्यकर्ता अर्जुन सिंह गिरी । उनले भने, ‘लापुका बासिन्दाले अहिलेसम्म उद्धार पाएका छैनन् । नुन र पाल त परै जाओस् ।
भारतबाट राहत ल्याउने काम भैरहेको छ । खाद्यान्न, तरकारी, चाउचाउ, बिस्कुट, पानीलगायतका साम्रगी गोरखा र लमजुङ जिल्ला वितरणका लागि पठाएको भएतापनि पालको समस्या रहेको बताए । गोरखामा राहतको वितरण लागि समन्यवको अभाव रहेकोले राहत वितरणमा समस्या रहेको बताए ।
त्यस्तै कास्की एमाले सभासद् चुडामणी जंगलीले अहिले देश भूकम्पको पीडाले रोइरहेको बेला कसैले पनि देशमा राजनैतिक भावना राख्न नहुने बताउँदै विशेष त गोरखा, सिन्धुपाल्चोक, लमजुङ जस्ता धेरै मानवीय क्षति भएका जिल्लामा जनताको उद्धारको लागि सामाजिक सेवा खाँचो रहेको बताएका छन् । उनले नेपालमा भूकम्पबाट ८० लाखले जनता पीडित रहेको बताए । करिब ६५ लाख मानिस घरबारविहीन रहेको बताउँदै उद्धारको खाँचो रहेको बताए ।
from Taja News Online http://ift.tt/1HVh4gI
via IFTTT
काठमाडौं, वैशाख १७ - भूकम्प गएको दिन शनिबारदेखि नेपाल टेलिकमले ब्यालेन्स नहुनेहरुलाई दिएको कल तथा डाटा सुविधा निशुल्क रहेको जनाएको छ । यो सुविधा बिहीबार राती १२ बजेसम्म कायम रहने टेलिकमले स्पष्ट पारेको छ । टेलिकमले भूकम्प गएको दिनदेखि नै निःशुल्क कल तथा डाटा सुविधा दिँदै आएको छ।
बिहीबार राती १२ बजेपछि पनि शुन्य ब्यालेन्समा कल गर्न सकिने तर गरेको कलको रकम पछि रिचार्ज गरेपछि काट्टा गरिने टेलिकमले स्पष्ट पारेको छ । यस्तै ल्यान्डलाइन फोनको हकमा भने वैशाख महिनाको न्युनतम महसुलमा थप १०० कल निशुल्क गरिएको टेलिकमले जनाएको छ।
from Taja News Online http://ift.tt/1bGYyMM
via IFTTT
१७ वैशाख, काठमाडौं । महाभुकम्पपछि विभिन्न देशी-विदेशी संस्थाहरुले करिब १० अर्ब रुपैयाँ आर्थिक सहायताको घोषणा गरिसक्दा पनि एकाध बाहेक अर्बौ नाफा कमाउने बैंकहरु चुपचाप बसेका छन् ।
भूकम्प आएको सात दिन वितिसक्दा पनि आधा दर्जन वाणिज्य बैंकले मात्रै आर्थिक सहायताको घोषणा गरेका छन् । मुलुकमा ३० वाणिज्य बैंक सञ्चालनमा छन् । जसमा सर्वसाधारणको अरबौं रुपैयाँ सेयर लगानी छ भने साढे १२ खर्ब रुपैयाँ निक्षेप छ ।
बैंक भनेको प्रवर्द्धक र सञ्चालकको पैसाले मात्र चल्ने नभई सर्वसाधारण निक्षेपकर्ताको पैसाले चल्ने संस्था हो । अधिकांस बैंकमा ४० देखि ४९ प्रतिशतसम्म सर्वसाधारणको र बाँकी लगानी प्रवर्द्धकहरुको छ ।
निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले १० करोड रुपैयाँ सहायताको घोषणा गर्यो । त्यस्तै, उद्योग परिसंघ, चेम्बर अफ कमर्शले पनि राहतका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
प्रहरीको फरार अभियुक्तिको सूचीमा रहेका उद्योगी राजेन्द्र खेतानले पनि १० करोड रुपैयाँ राहतको घोषणा गरिसकेका छन । तर, पब्लिक कम्पनी वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले अहिलेसम्म मुख खोलेको छैन ।
अन्य समय एउटा कम्यूटर र १० वटा टिसर्ट दिएर कर्पोरेट सोसियल सेस्पोन्सबिलीटी भन्दै प्रचार गर्ने बैंकहरुले चरम संकटमा राहतका ठोस कार्यक्रम ल्याएका छैनन् ।
गत आर्थिक वर्षमा १० वटा बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका थिए । बैंकहरुले चालू आर्थिक वर्षको पुस मसान्तमा गत वर्षको सोही अवधिकोभन्दा करिब १५ प्रतिशतले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेका छन् ।
क-कसले राहत दिए ?
हालसम्म राष्ट्रिय वाणिज्य बैंकले १ करोड, इन्भेष्टमेन्ट बैंकले १ करोड, प्रभू बैंक तथा समूहले १ करोड, ग्लोवल आइएमइ बैंक तथा आइएमइ समुहले २ करोड र लुम्विनी बैंकले १ करोड रुपैयाँ, कृषि विकास बैंकले ५० लाख रुपैयाँ राहतको घोषणा गरेका छन् । यस्तै सञ्चुरी बैंकले १० लाख रुपैयाँ प्रदान गर्दै राहत कोषका लागि आह्वान गरेको छ ।
गत आर्थिक वर्षमा नविल, इन्भेष्टमेन्ट, राष्ट्रिय वाणिज्य, एभरेष्ट, कृषि विकास, स्टान्डर्ड चार्टड, हिमालयन, ग्लोबल आइएमई बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका थिए ।
धेरै कमाउने बैंक नै चुपचाप
सबैभन्दा बढी नाफा कमाउने नविल बैंकले अहिलेसम्म राहतको घोषणा गरेको छैन् । नविल बैंकमा फोर्ब्सको सूचीमा परेका एकमात्र नेपाली अरबपति विनोद चौधरी र उनको घरानाको २० प्रतिशतभन्दा बढी लगानी छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको नविलले गत वर्ष २ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
भारतीयको संयुक्त लगानीमा रहेको
ले पनि ९२ करोड रुपैयाँ नाफा कमाएको थियो । तर, सो बैंकले अहिले भूकम्प पिडीतलाई राहत दिनुको सट्टा राहत खाता खोलिएको बक्तब्य प्रकाशित गरेको छ । त्यस्तै आधा दर्जन बैंकल राहत खाता खोलिएको भन्दै बक्तब्यमात्र जारी गरेका छन् ।
यी बैंकले राहत खातासम्म खोलेनन्
एनआइसी एसिया, जनता बैंक, एनएमबि बैंक, सानिमा, प्राइम, सिटिजन, एनबी, बैंक अफ काठमाडू, सिद्धार्थ, एनसीसी, कुमारी, सिभिल, सेञ्चुरी, सनराइज, लक्ष्मी, ग्राण्ड, नेपाल बैंकले राहत र राहत खाताको घोषणा गरेका छैनन् ।
३० वटा वाणिज्य बैंकसहित देशभर विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त विकास बैंक गरी अढाइ सय भन्दा बढीको संख्यामा सञ्चालनमा छन् ।
तर, सानै भए पनि सांगि्रला विकास बैंकले गत सोमबार १३ लाख रुपैयाँ राहतको घोषणा गरेको छ । संवभवत यो नै बैंक सबैभन्दा पहिलो राहत घोषणा गर्ने बैंक हो । त्यसयता आधा दर्जन जति विकास बैंकले राहतको घोषणा गरेका छन् ।
from Taja News Online http://ift.tt/1Jc1P1S
via IFTTT
१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले भूकम्प पीडितहरुका लागि एक बर्ष बराबरको तलब राहतमा खर्च गर्ने भएका छन् ।
आफू निर्वाचित काठमाडौं क्षेत्रनम्बर ४ मा ७ लाख ७ हजार ६१६ रुपैयाँ खर्च गर्ने निर्णय गरेको उनले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।
यसअघि सभामुख सुवास नेम्वाङको पहलमा बसेको सर्बदलीय बैठकले हरेक सभासदको एक महिना बराबरको तलब दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
‘निधन भएकाका परिवार र पूर्णरुपले विस्थापित भएकाका लागि तत्काल अत्यावश्यक पर्ने टेन्ट, खाद्यान्न, ब्ल्यांकेट लगायतका सामाग्री खरिद गर्नका लागि राहत स्वरुप मेरो तर्फवाट १ बर्षको तलव बरावरको रु ७ लाख ७ हजार ६१६ उपलव्ध गराउने निर्णय गरेको छु,’ गगन थापाको विज्ञप्तिमा उल्लेख छ ।
सहयोग, पुनःस्थापना र पुनर्निर्माणको काम ढिला भए पनि राहत ढिलो भयो भने त्यसको अर्थ नहुने भएकाले सरकारलाई नकुरी आफ्नै पहलमा राहत वितरण सुरु गरेको उनले बताएका छन् ।
from Taja News Online http://ift.tt/1HUKdc3
via IFTTT
१७ बैशाख, काठमाडौँ । बिहीबार बिहान ६ बजेर २२ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको एक सय सातवटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि बुधबार राति ११ बजे गोरखा केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ । तीनदिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गएपनि बुधबार छवटा मात्र गएको थियो । गत मङ्गलबार १३ वटा भूकम्प गएको थियो ।
भूकम्पको सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविद्हरूले बताएका छन् ।
ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया भएकाले यसबाट अतालिनुपर्ने अवस्था नरहेको भूकम्पविद् डिल्लीराम तिवारीले बताए ।
भूकम्पको कम्पन कम भएसँगै पानी परेपछि सर्वसाधारणमा थप आशङ्का बढिरहेका बेला उनले पानी र भूकम्पको कुनै सम्बन्ध नहुने भएकाले यसबाट नअतालिन सर्वसाधारणलाई आग्रह गरे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पको कम्पन क्रमशः कम हुँदै गएको र अब ६ रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने बताए ।
‘तुलनात्मकरुपमा भूकम्पको दुरी कम हुँदै गएको छ । एक हप्तासम्म दिनमा दुई/चार वटा जान सक्छ, अब यो हप्तामा एउटा, महिनामा एउटा तथा चार महिनामा एउटा हुँदै जान्छ, ठूलो कम्पन आउँदैन र छ रेक्टरमुनिकाले खासै असर पनि गर्दैन’ उनले भने । रासस
from Taja News Online http://ift.tt/1OGuJOt
via IFTTT
१७ बैशाख, कीर्तिपुर । कीर्तिपुरको इटागोल १८ मा टेन्टमा बसेकी एक बालिकाको मृत्यु भएको छ । अस्थायी रुपमा इटागोल वडा नम्बर १८ बस्ने हेटौडा चपुरका बिक्रम तामाङ र अगिंता तामाङकी चार वर्षकी छोरी प्रेमासा तामाङको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।
भूकम्प आएदेखि नै ज्वरो आएजस्तो भएर सामान्य विरामी परेकी उनको उपचारका लागि बुधबार कीर्तिपुरस्थित स्वास्थ्य संस्थामा लगिएको थियो । त्यसपछि थप उपचारका लागि पाटन अस्पताल पुर्याउँदा दिउँसो एक बजे उनको मृत्यु भएको हो ।
चिसोले निमोनियमा भएर मृत्युभएको आशंका गरिएपनि कारण खुल्न सकेको छैन् ।
इटागोलका स्थानीयले दुई तीन ठाउँमा टेन्ट बनाएर सामूहीक रुपमा बसिरहेका छन् । उक्त टेन्ट भित्र ५०/६० वटा बच्चा रहेको पत्रकार उपेश महर्जनले जानकारी दिए ।
इटागोल कीर्तिपुर क्षेत्रमा सबैभन्दा बढी घर क्षति भएको ठाउँ हो । उक्त क्षेत्रका ८५ प्रतिशतभन्दा बढी घरमा क्षति पुगेको छ । कुनै मानवीय क्षति भएको छैन् । पुरिएका १० जनालाई स्थानीयको पहलमा जीवितै उद्दार गरिएको थियो । भूकम्पमा परेर २२ जना घाइते भएका छन् ।
टेन्ट टाँगेर बसोबास गरिरहेको क्षेत्रमा फोहोर बढ्दै गएको छ । पीडितलाई केही सहयोग नभएको र बिरामीहरुले पनि औषधी नपाएको स्थानीयले गुनासो गरेका छन् । उत्त टेन्टहरुमा इटागोलको गलैचा फ्याक्ट्रीमा काम गर्ने मजदुरहरु रहेका छन् ।
from Taja News Online http://ift.tt/1ESXcfk
via IFTTT
वैशाख १६ – भूकम्पले घरको जग नै उखेलेपछि बुबा आमा सानो पालको भरमा रात दिन कटाईरहनु भएको छ । भूकम्पले घरको बास खोसेपछि पाखामा पाल टाँगेर बसिरहेका बुबा फोनमा रुँदै भन्नुहुन्छ ‘बाबु घर आइज, हामीलाई बस्ने बन्दोबस्त मिलाईदे ।’
उता भूकम्प आएकै दिन बल्खुमा रहेको मामा घरबाट चरीकोट जान पुरानो बसपार्कतिर लागेका दिदी भिनाजु र भान्जाको अत्तोपत्तो छैन । तर दोलखाको घ्याङ सुकाठोकर – २ देउरालीका विश्व भण्डारीलाई न बुबाको आग्रह सुन्ने फुर्सद छ, न त दिदी भिनाजुको खोजतलास गर्ने नै । सशस्त्र प्रहरी जवान विश्व भण्डारीलाई अरुको उध्दार गरि ज्यान बचाउने कामले नै सन्तोष दिएको छ । सशस्त्र प्रहरीको प्रहरी जवान पदमा कार्यरत भण्डारी भूकम्प पीडितलाई उद्धार गर्नु नै आफ्नो कर्तव्य ठान्नुहुन्छ । भण्डारीले भूकम्प गएको दिनदेखि अहिलेसम्म धेरैलाई अस्पताल पुर्याउनुभएको छ । कतिलाई जीवितै उद्धार गर्नुभएको छ, घरले थिचेका शबहरु उत्खनन गरी निकाल्नुभएको छ र काँध हाल्नुभएको छ । पारिवारिक दुखलाई लुकाएर दिनरात अरुकै उद्धार र राहतमा खटिरहेका भण्डारी भन्नुहुन्छ ‘संगठनले दिएको आदेश पालना गरेर उद्धारमा खटिन पाउँदा मेरो घर लडेको विर्सेको छु, राज्यको निर्देशन पालक हुँ, त्यही जिम्मेवारी पूरा गर्न पाउँदा बुबाआमाले बगाएको आँशु पनि विर्सदो रहेछु ।’
‘मैले राज्यसँग विपत्तिको बेला आफ्नो कौशल देखाउने कसम खाएपछि व्यक्तिगत मामिलालाई ध्यान दिनु भन्दा राष्ट्रिय अभिभारा पूरा गर्नु मेरो पहिलो दायित्व हो ।’ भक्तपुरमा भत्किएका घर उत्खनन गर्दैगर्दा भेटिएका भण्डारीले भन्नुभयो । ‘विपद व्यवस्थापन गर्न राज्यबाट कार्यदेश पाएको शसस्त्र प्रहरीको जवान भएर मैले कायरता देखाउनु हुदैन । त्यसैले भूकम्पका झट्काहरु आउँदा पनि वास्ता नगरी हामी उद्धारमै जुटिरह्यौं । बेला बेलामा भूकम्पका धक्काहरु आईरहे, त्यत्तिबेला पनि हामीले खतरा मोलेर उद्धारको काम गरिरह्यौं ।’ भण्डारी उद्धारको बेलिविस्तार सुनाउदै हुनुहुन्थ्यो । उद्धारको क्रममा सबैभन्दा आत्मिक सन्तुष्टि कतिबेला मिल्दोरहेछ ? ‘शनिबार दिउँसो २ बजेदेखि राती १० बजेको बीचमा विभिन्न धक्काहरु आईरहेका थिए । विपद व्यवस्थापनका टीमहरु हामी ड्रिल गरिरहेका हुन्थ्यौं, तर साना तिना धक्कामा हामी अतालिएनौं, हामीलाई एक प्रकारको नशा लागिसकेको थियो ।
भित्रबाट हात हल्लाईरहेको र बचाउ भन्ने सुन्ने वित्तिकै हामीले आफ्नो ज्यान पनि माया मार्यौं । जब जीवितै उद्धार गर्न सफल हुन्छौं त्यो बेलाको आत्मिक सन्तुष्टि बर्णन गरिसाध्य छैन ।’ भण्डारीले बताउनुभयो । दिनरात अरुकै उद्धारमा खटिरहेका भण्डारीको योजना छ, देशको अवस्था सामान्य भएपछि घर फर्कने । त्यतिन्जेलसम्म पनि दिदी भिनाजुको परिवार सम्पर्कमा आएनन् भने खोजी गर्ने ।
यसरी वेपत्ता भएका थिए दिदी भिनाजुको परिवार
छोरोको कानको उपचार गर्न एक हप्ता अघि विश्व भण्डारीका दिदी भिनाजु दोलखाको चरीकोटबाट काठमाडौं आएका थिए । मामाघर बल्खु बसेर छोराको उपचार गरेपछि भूकम्प गएकै दिन (शनिबार) साढे दश बजेतिर माइक्रो चढेर पुरानो बसपार्क गएका थिए । त्यही दिन पुरानो बसपार्कबाट बस चढेर चरीकोट जान हिडेका भण्डारीका दिदीभिनाजु अहिलेसम्म चरीकोट पुगेका छैनन् । भण्डारीले यसबीचमा घ्याङ सुकाठोकर दोलखामा पनि सम्पर्क गर्नुभएको छ ।
तर अहिलेसम्म अत्तोपत्तो छैन । भण्डारी भन्नुहुन्छ ‘दिदी भिनाजु दुवैको मोबाइल स्वीच अफ छ ।’ उहाँले दिदी भिनाजुको परिवारको खोजबिन गरिदिन समेत आग्रह गर्नुभएको छ ।
श्रोत:-उज्यालो
from Taja News Online http://ift.tt/1P86zY6
via IFTTT
दोलखा, वैशाख १६ - भूकम्प गएको पाँच दिन बित्दासमेत सरकारले राहत नदिएको भन्दै दोलखाका जिल्लाका बासिन्दाले जिल्ला प्रशाासन कार्यालय तोडफोड गरेका छन् ।
भूकम्पबाट जिल्लाभरमा अहिलेसम्म ६० जानको ज्यान जानुको साथै ९५ प्रतिशत घर ध्वस्त हुँदासमेत प्रशासन मौन रहेको भन्दै उनीहरुले तोडफोड गरेका हुन । दोलखामा ९ सय ५० जना वेपत्ता छन् । उनीहरुको खोजी तथा उद्धारका लागि प्रशासनले केहि नगरको स्थानीयबासिन्दाको आरोप छ ।
भूकम्पबाट सबैभन्दा बढी जफे गाविसमा ११ जनाको ज्यान गएको छ । भीमेश्वर नगरपालिकामा ९ जनाको ज्यान गएकोे छ । भूकम्पछि सञ्चार सम्पर्क विच्छेद भएका कारण दोलखाका दुर्गम क्षेत्रहरुमा सम्पर्क हुन सकेको छैन र ती क्षेत्रहरुमा भएको क्षतिको विस्तृत विवरण आउन सकेको छैन । दोलखाको उत्तरी क्षेत्रको लामाबगरमा ९ सय ५० जना अलपत्र परेका छन् । तर उनीहरुको उद्धार हुन सकेको छैन । यार्सागुम्बा टिप्न गएका १३ सय जना मध्ये ४ सय ६६ जना मात्र सम्पर्कमा आएको र बाँकीको बारेमा केहि जानकारी छैन । नेपाली सेनाको बर्द बहादुर गणले हालसम्म ३ सय ८७ जनाको उद्धार गरेको छ । हेलिकप्टरको साहायताले मात्र नभई सेनाले घटना स्थलमा पुगी तत्काल उद्धार समेत गरेका छन ।
भूकम्पमा परी घाइते भएकाहरुलाई सदरमुकाम ल्याउने क्रम अझै चलिरहेको छ । घाइतेहरुलाई सदरमुकामस्थित प्राथमिक स्वास्थ्य केन्द्र, गौरीशंकर जनरल अस्पताल र च्छोरोल्पा अस्पतालले उपचार गरिरहेका छन् । चरिकोटमा उपचार सम्भव नभएका १५ जना घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
शव निकाल्न सकिएन
गाउँगाउँमा भएका सबैजसो कच्ची घरहरु बस्नै नमिल्ने गरी भत्किएका वा चर्किएका छन् । सदरमुकाम चरिकोटका पक्की घरहरु पनि अधिकांशमा क्षति पुगेको छ । सदरमुकाम चरिकोटस्थित होटल संगमको पक्की भवनले ढलेर अर्को पक्की भवनलाई थिचेको छ ।यो भवन ढल्दा त्यसले किचेर मृत्यु भएका प्रशान्त कार्कीको शव बुधवारसम्म पनि निकाल्न सकिएको छैन । कार्कीको शव फ्रान्सेली उद्धार टोलीले समेत निकाल्न सकेन ।
त्यसैगरी लामाबगरको दुर्गम गाउँ लुम्नाङ क्षेत्रस्थित जुमखोला जलविद्युत आयोजनाको सर्भेक्षणका लागि गएको टोलीलाई पहिरोले किचेर चारजनाको ज्यान गएकोमा उनीहरुको शव पनि निकाल्न सकिएको छैन । उनीहरुसँगै गएका दुईजना विरामी परी लामाबगरमा अलपत्र परेकामा उनीहरुको पनि उद्धार हुन सकेको छैन ।
from Taja News Online http://ift.tt/1Eq9RDg
via IFTTT
महोत्तरी वैशाख १६ – महोत्तरीको बर्दिबास–४ गौरीडाँडाका कृष्णबहादुर कार्की वैदेशिक रोजगारीका लागि तीन वर्षअघि मलेसिया जाँदा धेरै सपना थिए । रहरहरुको चाङ थियो ।
धेरै रहर मध्ये एउटा अति नै उत्कट ईच्छा थियो उहाँसँग आमा हितमाया कार्कीको बुढेसकाललाई सजिलो बनाउने ! तर कृष्णबहादुर मलेसियामै रहेका बेला आमा हितमायाको गत वैशाख २ गते निधन भयो । आमाकै निधन भएपछि मातृसेवा गर्ने रहर पूरा नभए पनि परदेशबाट कमाएको धनले उहाँ आमाको काजकिरिया गर्न वैशाख ११ गने काठमाडौं आइपुग्नुभयो । नेपाल फर्कने सबै प्रक्रिया मिलाउँदा उहाँलाई समय लागेको थियो ।
आमाको निधन भएको ९ दिनपछि काठमाडौं आइपुगेपछि आमाको किरिया गर्ने उहाँको कर्तव्य पूरा हुन सकेन । उहाँ आफ्नो जन्मथलो बर्दिवास पनि पुग्न पाउनु भएन । कृष्णबहादुरको वैशाख १२ गते आएको भूकम्पमा परेर काठमाडौंमा ज्यान गयो । भुकम्पका कारण काठमाडौंमा ढलेको धरहरामा परेर मर्ने डेढसय जना (अनुमानित)मा उहाँ पनि पर्नुभयो । आमा मरेपछि आफू टुहुरो भएर नेपाल आईपुगेका कृष्णबहादुरलाई भुईचालाले लगेपछि उहाँका ११ वर्षका छोरा र ७ वर्षकी छोरी पनि टुहुरा भए । २८ वर्षको कलिलो उमेरमै कृष्णकी श्रीमती प्रमिला विधवा बन्नुभयो । कार्की परिवारमा एकपछि अर्को विपदको बज्र पर्यो ।
आमाको किरिया गर्न आएका कसरी पुगे त धरहरा ?
वैदेशिक रोजगारीको लागि तीन वर्षअघि मलेसिया गएका कृष्णबहादुर वैशाख ११ गते राति १० बजे काठमाडौं आइपुग्नु भएको थियो । उहाँको सालो विष्णु बस्नेत काठमाडौं पुग्नु भएको थियो । आमाको किरिया गर्न आएका कृष्णबहादुर १२ गते बिहानै घर जाने तयारीमा हुनुहुन्थ्यो । तर घरबाट फोन आयो ‘तुरुन्तै घर नआउनु, आमाको १२ औं दिनको काम सकिएपछि मात्र आउनु ।’ कृष्णबहादुरकी आमा हितमायाको किरिया काका नारायण कार्कीले गरिरहेको र काकाले किरिया गरेका बेला छोराले हेर्न नहुने भन्दै उहाँलाई घर नआउन भनिएको थियो । पण्डितले सुझाए अनुसार आमाको किरिया नसकिउन्जेल कृष्णबहादुरले काठमाडौंमै अलमलिनु पर्ने भयो ।
भिनाजुलाई लिन काठमाडौंसम्म गएका विष्णुले होटलमा बस्न अल्छी लागेपछि कृष्णबहादुरलाई धरहरा चढौं भन्ने प्रस्ताब गरे । सालोको आग्रह टार्न नसकेपछि कृष्णबहादुर पनि धरहरातिर लाग्नुभयो । कृष्णबहादुर र विष्णु धरहरामा रहेकै बेला भूकम्प जाँदा धरहरा ढल्यो । धरहरासँगै कृष्णबहादुर र विष्णु पनि ढले र दुवैको ज्यान गयो ।
लोग्ने र भाईको एक चिहानपछि बिचल्ली
कृष्णबहादुरसँगै भाई बिष्णुको पनि ज्यान गएपछि प्रमिलालाई सबैभन्दा ठूलो बज्र परेको छ । छोराछोरीसँगै प्रमिलाको पनि बिचल्ली भएको छ । ‘भूकम्पले श्रीमानलाई लग्यो, दाजुभाइको नाममा त्यही एउटा भाइ थियो, त्यसलाई पनि लग्यो’ श्रीमानकोे किरियामा बसेकी प्रमिलाले रुँदै भन्नुभयो ‘घर माइत सबैतिर शुन्य भयो ।’ सम्पत्तिको नाममा एक कठ्ठा जमिन र त्यसमा बनेको सानो घर मात्र भएकी प्रमिलालाई श्रीमानको मृत्युपछि अब दुई छोराछोरीलाई कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ ।
श्रोत :-उज्यालो
from Taja News Online http://ift.tt/1bVjekZ
via IFTTT
गोरखा (वारपाक), वैशाख १६ – बाह्र सय भन्दा बढी घरधुरीको झुरुप्प वस्ती, पर्यटकीय गाउँ अनि भूकम्पको केन्द्रविन्दू । गोरखा सदरमुकामबाट १८ कोष टाढाको वारपाक गाउँ भूकम्प गएको तेस्रो दिनसम्म पनि सुनसानप्राय थियो ।
सबैजसो वासिन्दा गाउँको अलि सुरक्षित र समथर ठाउँमा पाल टाँगेर बसेका थिए । केही भने भूकम्पले भत्काएको घरको भग्नावशेष उधिन्दै पुरिएका सामग्री खोज्दै थिए । वारपाक गाउँ पुग्ने एक मात्रै मोटरबाटो बन्द थियो भने पैदलयात्रा मार्गको पनि अधिकाँश भाग भुइँचालोका कारण भत्किएका थिए । बाटोमा ठूल्ठूला पहिरो खसेर त्यहाँसम्म पुग्ने पैदलबाटो बन्द भएपनि केही भने जोखिम उठाएरै भएपनि आफन्तको अवस्था बुझ्न गाउँ उक्लिरहेका थिए ।
वारपाक गाविस प्रवेश गरेपछिको पहिलो गाउँ मान्द्रे हो । त्यहाँको ६५ घरधुरीको पूरै वस्ती भूकम्पका कारण खण्डहर बनेको छ । त्यो गाउँका मात्रै ७ जनाको ज्यान गएको छ । १२ जना भन्दा धेरै घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । बाटामै आफ्नो भत्किएको घर नियाल्दै गरेका ६६ वर्षका गोठालाल गुरुङ भेटिनुभयो, जसले भुकम्पका कारण परिवारका ३ जना गुमाउनुभएको थियो । अघिल्लो दिनमात्रै नातिनी र छोरीलाई चिहानमा पुरेका गोठालालले चिहान नाजिकै उभिएर भन्नुभयो, “आफू मर्न पनि सकिएन, आउँदाजाँदा चिहान हेर्न पनि डर लाग्छ ।”
गोठालालकै छिमेकी ७५ वर्षका एक व्यक्तिको पनि भुकम्पका कारण घरभित्रै पुरिएर ज्यान गयो । खाडल खनेर पुर्ने जनशक्ति समेत नभएपछि केही छरछिमेकले भत्किएको घरको आँगन नजिकै दाहसंस्कार गरे । अरु मृतकहरुको पनि सामान्य विधि अपनाएर अन्तिम संस्कार गरिएको मान्दे्र गाउँका लोकबहादुर गुरुङले बताउनुभयो । मान्द्रेबाट डेढ घण्टाको उकालो हिँडेपछि पर्यटकीय वारपाक गाउँ सुरु हुन्छ । एकोहोरो कराउँदै बारीमा डुलिरहेका भेँडाको हूल हेर्दैमा थाहा हुन्थ्यो, वारपाक गाउँमा पहिलेको जस्तो उत्साह छैन । पाल टाँगेर बसेका स्थानीयबासिन्दाको अनुहारमा अझै त्रास बाँकी रहेको अनुमान गर्न सकिन्थ्यो ।
“६० वर्षमा पर्यटकीय गाउँको परिचय पाएको वारपाक १० सेकेण्डमा स्वाहा भयो” स्थानीय खेमराज घलेले भन्नुभयो, “अब पहिलेको वारपाक बनाउन यो पुस्ताबाट सम्भव छैन ।” हुन पनि हो, गाविसभरका १४ सय ७० मध्ये वारपाक गाउँ ११ शय बढी ७२ घरधुरीको वस्ती हो । प्राय एकैनासे घरधुरीको यो वस्तीका जम्मा ४ वटा घरमात्रै भुकम्पबाट सुरक्षित छन् । बाँकी केही पक्की घर ठाउँ ठाउँमा चिरिएका छन् भने ९५ प्रतिशत भन्दा बढी घरको जग कहाँ थियो भनेर थाहा पाउन सकिने अवस्थासम्म छैन ।
भूकम्पका कारण वारपाक गाविसभर ६७ जनाले ज्यान गुमाए, ६१ जनाको शव पहिचान गरि ओम्चेको चिहानडाँडामा गाडिएको छ भने हराएका ६ जनाको शव अझै फेला पर्न सकिएको छैन । वडा नम्वर ९ का सुम्दुर गुरुङले आमा, श्रीमती र छोरा गुमाउनुभयो । कस्तो बिडम्बना भने भूकम्पले घर लडाएपछि सल्किएको आगोका कारण जलेर उहाँका परिवारका ३ जनाको ज्यान गयो । “आमाको त डढेको टाउको र एउटा हात मात्रै भेटियो” संस्कार अनुसार टाउकोमा सेतो कपडा बाँधेर बसेका सुम्दुरले भन्नुभयो “बाँकी ज्यान त खरानी भैसकेको रहेछ ।”
भूकम्पका कारण ज्यान गुमाउनेमध्ये अधिकाँश बालबालिका र बृद्धबृद्धा छन् । “३ महिनाको बच्चादेखि ८८ वर्षका बृद्धसम्मको शव पहिचान गरेर चिहानाम गाडिएको छ” उद्धार र राहत वितरणका लागि वारपाक खटिएका सरकारी प्रतिनिधि कुलराज चालिसेले भन्नुभयो, “मृतकमध्ये अधिकाँश घरको कामकाजमा ब्यस्त भैरहेका बेला भुइँचालो गएको रहेछ ।” एउटै गाउँभित्र बिहे गर्ने चलनका कारण त्यहाँका हरेक घरबिच अत्यन्तै निकटको पारिवारिक साइनो छ, त्यसकारण पनि पूरै वारपाक गाउँ शोकमा छ ।
“बैशाख १३ गते दिउँसो हामी आइपुग्दासम्म कोही पनि गाउँभित्र छिरेका थिएनन् ” प्रहरी निरीक्षक दिपक श्रेष्ठले भन्नुभयो “हामी आइपुगेपछि गाउँलेहरुमा आँट आयो र बल्ल आफ्ना पुरिएका मालताल खोज्न थाले ।” वैशाख १६ गते बिहानैदेखि पनि उनीहरु भत्एिको घरको काठपात तह लगाउँदै पुरिएका मालसामान निकाल्ने कोशिस गर्दै थिए । घर बिदामा आएका भारतीय सेनामा कार्यरत रामबहादुर गुरुङ पुरिएको ग्याँस चुल्हो निकाल्ने कोशिसमा हुनुहुन्थ्यो । “आमा ९५ वर्षको हुनुहुन्छ, उहाँकै सजिलोका लागि यो ग्याँस किनेको थिएँ ।” आँसु झार्दै रामबहादुरले भन्नुभयो “बिदा सकिनै लागिसक्यो, आमा र भूराभुरीलाई छोडेर हिँड्न मन मानेकै छैन ।” रामबहादुर जस्तै वारपाकका अधिकाँशले घरमा पुरिएको गरगहना, लत्ता कपडा र भाँडावर्तन निकालिसकेका छन् ।
तर १२ गतेयता लगातार भुँइचालो गइरहेकाले उनीहरुको मनमा शान्ति छैन । आफन्तलाई गाउँको हालखबर बताउन टेलिफोन छैन । गाउँमा विजुली वत्ती नभएपछि गाउँ एकैपटक शोक र अन्धकारमा छ । घरबाट निकालिएको अन्नले धेरैदिन पुग्ने छाँटकाँट छैन । त्यसमाथि लगातार परेको झरीका कारण पाल टाँगेर बसेको जमिन हिलाम्मे छ । “सरकारले त धन्न गर्दिएको छ” मृतकको सनाखत र राहत वितरणमा दिनरात खटिएका जीतबहादुर घले भन्नुहुन्छ “तैपनि यति ठूलो गाउँमा सरकारी राहत त हात्तीको मुखमा जिरा जस्तै भएको छ ।”
हेलिकप्टरले दिनको ४ खेपसम्म राहत सामग्री ओसारिरहेको छ, तैपनि हरेकपल्ट आशावादी अनुहार लिएर हेलिप्याडसम्म पुगिरहेका छन्, वारपाकका बासिन्दा । केही भने अब राहत भन्दा भत्किएका संरचना बनाएर जनजीवन सामान्य बनाउनतिर लाग्नुपर्ने बताउँछन् । भूकम्पका कारण गाउँको गाविस कार्यालय, पशुसेवा र कृषि कार्यालयको सेवा केन्द्र, प्रहरी चौकीसहित हिमालय उच्च माविको भवन पूर्ण रुपमा क्षतिग्रस्त छ । स्थानीयबासिन्दालाई अरु भन्दा पनि सदरमुकामबाट वालुवावजारसम्म पुग्ने मोटरबाटो र त्यहाँबाट गाउँसम्म पुग्ने पैदलबाटो मर्मत भैदिएहुन्थ्यो भन्ने लागेको छ । “बाटो भयो भने यहाँका वासिन्दा आफैं सामान किनेर ल्याउन सक्षम छन् ।” सामाजिक परिचालक ओमबहादुर घलेले भन्नुभयो, “नभए यो गाउँ कुनै टापु भन्दा फरक हुन्न ।”
घरहरु लडेर बन्द भएको गाउँ प्रवेश गर्ने बाटो खुलाउन भने नेपाली सेना र भारतीय सेनाले काम थालेका छन्, त्यसमा नेपाल प्रहरीले समन्वयको काम गरिरहेको छ । “हामीले सकेसम्म जनजीवन सामान्य बनाएर फर्कने योजना बनाएका छौं” नेपाली सेनाका क्याप्टेन नारायणप्रसाद आचार्यले भन्नुभयो, “गाउँलेहरुले सहकार्य गरे भने जनजीवनलाई केही हदसम्म व्यवस्थित गर्न सकिन्छ ।”
श्रोत :-उज्यालो
from Taja News Online http://ift.tt/1DWIFbR
via IFTTT
बर्दिया, वैशाख १६ – बर्दियाको पदनाहा गाविसका बाढी पीडितले भुकम्प पीडितहरुका लागि राहत रकम प्रदान गरेका छन् । गएको वर्षामा बबई नदीको बाढीबाट प्रभावित पदनाहा गाविस वडा ८ रानीपुर बरबट्टाका बाढी पीडितहरुले आफुहरुलाई आएको सहयोग रकममध्ये १ लाख २ सय ८६ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरी भौचर प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुँवरलाई बुझाएका थिए ।
यस्तै बाढीबाट प्रभावित पदनाहा गाविस २ को प्रभावित गाउँबाट संकलन भएको २४ हजार रुपैयाँसमेत प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । यसैगरि जिल्ला प्रशासन कार्यालय बर्दियासहित विभिन्न संघसंस्थाको पहलमा बुधबार सम्म कुल ५ लाख ७७ हजार ६ सय ६३ रुपैयाँ राहत रकम संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो ।
from Taja News Online http://ift.tt/1DKRLsX
via IFTTT
काठमाडौं, वैशाख १६ - प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल १ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । बुधबार विभिन्न अस्पतालमा पुगेर घाइतेको अवस्था बुझ्दै उहाँले ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैयाँ राहत दिने घोषणा गर्नुभएको हो ।
उहाँले शिक्षण अस्पताल महाराजगंज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र ट्रमा सेन्टरमा पुगेर घाइतेलाई भेट्नुभएको हो । उहाँले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको निरीक्षण र उद्धार कार्यको बारेमा स्थलगत अवलोकन गरी जानकारी समेत लिनुभएको छ ।
उद्धारका लागि अझै केहि दिन लाग्ने
सरकारले भूकम्प पीडितको उद्धारका लागि अझै केही दिन लाग्ने जनाएको छ । सिंहदरबारमा उद्धार तथा राहत वितरणमा भइरहको कामबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल उद्धारका लागि अझै केही दिन लाग्ने बताउनुभएको हो ।
उद्धारमा नेपाली सेना ६५ हजार, प्रहरी ३१ हजार र सशस्त्र प्रहरी १७ हजार परिचालन गरिएको सरकारको भनाइ छ । त्यस्तै, विभिन्न देशका उद्धारकर्ताले काम गरिरहेको छ । धेरै पाल माग भएपनि त्यसलाई पुर्याउन नसकिएको सरकारका प्रवक्ता रिजालले जानकारी दिनुभयो । भूकम्प प्रभावित १८ जिल्लामा ६ हजार घाइतेले उपचार गराइरहेको सरकारको दाबी छ । अहिलेसम्म ४१ वटा शव पहिचान हुन सकेको छैन ।
from Taja News Online http://ift.tt/1Fybj8w
via IFTTT
१६ वैशाख, काठमाडौं । भूकम्पको महाविपत्तिबाट फाइदा उठाउँदै उपभोक्तालाई महंगोमा सामान बेच्ने ११ जनालाई प्रहरीले बल्खु, कलंकी र नयाँ बसपार्कबाट पक्राऊ गरेको छ ।
प्रक्राउ पर्नेहरुमा अधिकांश किराना पसले छन् । अपराध अनुसन्धान महाशाखाका डीएसपी वसन्त रजौरे र इन्स्पेक्टर गोविन्द पन्थीको नेतृत्वमा खटियो टोलीले ती व्यापारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महंगो पानी बेच्ने युगलकिशोर साह बल्खुबाट समातिएका छन् । त्यस्तै कलंकीका मिठाइ पसले रोहित साह पनि उपभोक्तालाई ठगेको आरोपमा समातिएका छन् ।
किराना पसलमा चौगुणा बढी मूल्यमा समान बेचिरहेको भेटेपछि प्रहरीले कलंकीबाट निरु पौडेल, सुशीला मानन्धर, दीपक वीसी र सुरेश पण्डित समातिएका छन् ।
त्यसैगरी नयाँ बसपार्क, बालाजु क्षेत्रबाट दीपा चालिसे, दीपा शर्मा, कन्हैयालाल चौधरी, लोकबहादुर सिंखडा र भागवत दाहाल पक्राउ परेको प्रहरी स्रोतले अनलाइनलाई जानकारी दिएको छ । उनीहरुलाई कालीमाटी र नयाँ बसपार्कस्थित प्रहरी हिरासतमा राखिएको छ ।
विपतका बेलामा उपभोक्तालाई ठग्नेलाई दुईलाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।
नेपाल प्रहरी स्रोतले विहीबार पनि कालाबजारियामाथिको अप्रेशन जारी रहने बतायो ।
from Taja News Online http://ift.tt/1AhaZVE
via IFTTT
१६ वैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले महाभुकम्पका पिडीतलाई एक करोड रुपैयाँ राहत दिएको छ ।
भुकम्प पिडीतहरुको उद्दार तथा उपचारका लागि बैंकले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड रुपैयाँ जम्मा गरेको प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी, बैंकले अति क्षतिग्रस्त जिल्लाहरुमा खाद्यान सहयोग समेत गर्ने जनाएको छ ।
सर्वसाधारणलाई बैकिङ सेवा सूचारु गराउने सन्दर्भमा बैंकल १५२ शामखा कार्यालय ५५ वटा एटीएममार्फत बैंकिङ सेवा सुचारु गरेको जनाएको छ । बैसाख १५ गते मात्रै बैंकल४८ हजार ग्राहकसँग कारोबार गरेको सीइओ शर्माले बताए ।
from Taja News Online http://ift.tt/1bDNQa0
via IFTTT
काठमाण्डौ । नेपालका भूकम्प पिडीतहरुलाई राहत रकम पठाउँदा निःशुल्क पठाउन पाइने भएको छ । निजी क्षेत्रका मनि ट्रान्सफरहरुको संस्था नेपाल विप्रेषक संघ र राष्ट्र बैंकवीच बुधबार भएको छलफलमा बिप्रेषक संघले यस्तो निर्णय गरेको हो ।
संघका अनुसार नेपाल सरकारको भूकम्प पिडीत राहत कोषमा जम्मा हुने गरी बिदेशमा बसेका नेपालीहरुले जम्मा गरेको रकम नेपाल पठाउँदा पठाउने र प्राप्त गर्ने दुवै शुल्क लाग्नेछैन् ।
संघले आफ्ना सवै सदस्यलाई अनुकुलता हेरी १५ दिनदेखि एक महिनासम्म यसरी भूकम्प पिडीतलाई पठाइएको रकममा कुनै पनि सेवा शुल्क नलिन आफ्ना सदस्यलाई आह्वान गरेको संघका सचिव राजगोपाल राजभण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालका मनी ट्रान्सफरहरुले आफ्ना बिदेशस्थित साझेदार कम्पनीहरुसँग सम्बाद गरी पठाउने शुल्कसमेत मिनाहा गरिदिने भएका छन् । जसले गर्दा बिदेशमा बस्ने नेपालीहरुले जति रकम पठाएको हो, त्यति नै रकम सरकारी राहत कोषमा जम्मा हुने छ ।
from Taja News Online http://ift.tt/1OEkWsj
via IFTTT
१६ वैशाख, काठमाडौं । प्यासिफिक एशिया ट्राभल एजेन्टस् (पाटा) नेपाल च्याप्टरले भुकम्प पीडितलाई राहत सामग्री प्रदान गरेको छ । पाटाले नुवाकोट, धादिङ, गोरखा, रामेछाप र ललितपुरका पीडितलाई १५ लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरेको हो ।
भुकम्प पीडितलाई आवश्यक पाल, म्याट्रेस, ब्लाङ्केट तथा खाद्य समाग्रीहरु प्रदान गरिएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । पाटाले राहत सामाग्री सम्बन्धीत ठाउँसम्म पुर्याउनका लागि खर्चसमेत उपलब्ध गराएको छ ।
पाटा भुकम्प पीडित सहयोग केन्द्र स्थापन गरी राहत वितरण सुरु गरेको अध्यक्ष पाण्डेको भनाई छ । उनका अनुसार पाटा नेपालले आगामी दिनमा सहयोग जुटाउँदै पीडितलाई हस्तान्तरण गर्नेछ ।
यसका लागि पाटाले ‘पाटा उद्धार कोष’ खडा गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसमक्ष पाटा राहत कोषमार्फत सहयोगका लागि आग्रह समेत गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।
त्यसो त पाटा इन्टरनेशनलले भुकम्प पीडितलाई १० हजार डलर रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । भुकम्प गएकै दिन शनिबार चीनमा भएको पाटाको वाषिर्क साधारणसभामा उक्त सहयोग घोषणा गरिएको हो ।
‘भुकम्प जाँदा पाटा इन्टरनेशनलको साधारणसभा चलिरहेको थियो’ पाण्डेले भने- ‘साधरणसभामै नेपालका भुकम्प पीडितलाई सहयोग घोषणा गरियो ।’ सोही समयमा पाटा इन्टरनेशनलका सम्पूर्ण सदस्यहरुले नेपालका भुकम्प पीडितलाई सहयोग गर्ने बचन दिएको पाण्डेले बताए ।
पाटा इन्टरनेशनलका सदस्यहरुले उपलब्ध गराउने राहत पाटा राहत कोषमार्फत पीडितसमक्ष पुर्याउने पाण्डे बताउँछन् । यसका लागि पाटा नेपाल च्याप्टरले सदस्यहरुलाई सहयोग उपलब्ध गराउन आहृवान समेत गर्ने भएको छ ।
‘पहिला पीडितलाई राहत उपलब्ध गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहयत माग्छौं’ पाण्डेले भने- ‘राहतको काम सकिएपछि भुकम्पबाट ध्वस्त भएका ऐतिहासिक सम्पदाहरु पुनरनिर्माणका लागि सहयोग जुटाउँछौं ।’
भुकप्पको कम्पनले ऐतिहासिक धरोहरहरु पाटन दरबार स्क्वायर, बसन्तपुर दरबार, धरहरा, भक्तपुर दरवार स्क्वाएर लगायत ध्वस्त भएका छन् । यी सम्पदा पुनरनिर्माणका लागि अर्बौं रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
श्रोत :-अनलाईन खबर
from Taja News Online http://ift.tt/1Gw5Jj9
via IFTTT
काठमाडौँ, वैशाख १६ – अफ्रिकी मुलुक मोरक्कोले नेपालका भूकम्प पीडितहरूको सहयोगार्थ रु दश करोड उपलब्ध गराउने घोषणा गरेको छ ।
मोरक्कोका नरेश मोहम्मद छैटौँको निर्देशनमा त्यहाँको विदेश मन्त्रालयले उक्त रकम अनुदानस्वरुप आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको नेपालका लागि मोरक्कोका अवैतनिक वाणिज्यदूत वसन्तकुमार चौधरीले राससलाई बताउनुभयो ।
आपत्कालीन सहायतास्वरुप प्रदान गरिएको उक्त रकम संयुक्त राष्ट्रसङ्घमार्फत परिचालन हुने जानकारी पनि उहाँले दिनुभयो । प्राकृतिक विपद्को वर्तमान विषम अवस्थामा मोरक्कोले सहायता रकम उपलब्ध गराउने घोषणा गरेर नेपाल र नेपालीप्रति सहानुभूति एवम् ऐक्यबद्धता प्रस्तुत गरेको उहाँले बताउनुभयो । रासस
from Taja News Online http://ift.tt/1HQwLG9
via IFTTT
डा. अम्बरिश पोख्रेल
डा. भगवती कुँवर पोख्रेल
विपतिको एउटा सामान्य नियम र अनुशासन के हो भने सुरुका दिनमा मृतक, घाइते र घरबार विहीनहरुको सहि व्यवस्थापन भौतिक र मानसिक रुपमा गर्नुपर्ने हुन्छ । ठिक त्यही समयमा यदि कसैले यो कुरालाई सामान्य सम्झने र त्यो अनुशासनको आचरण देखाउँ भने सिधा के बुझ्न सकिन् भने त्यो मान्छे वा संस्था वा समूह त्यो विपत्तिप्रति संवेदनशील छैन । अर्थात उसको भित्री मनमा त्यो समवेदना उत्पन्न भएको छैन । त्यो चाहेर आउने होइन, स्वभाविक रुपमा आउने कुरा हो । जसलाई बदल्न सकिन्छ तर झकझकाउने कुनै माध्यम वा संस्था चाहिन्छ । अहिलेको अवस्थामा मिडिया एउटा दह्रो संस्था हो । यहाँ हामी त्यही कुराको अपिल गर्ने छौँ । जसले हाम्रो सिंगो देश सधै र सवैको लागि जुरुक्क उठ्ने छ । के हामी त्यो नगर्ने ? यो राष्ट्रिय विपत्तिको समापन गौरवमय इतिहासको सुरुवात किन नगर्ने ? हामी लाखौँ लाख जनता यो राष्ट्रिय विपत्तिको समापन गौरवमय इतिहासको सुरुवातको रुपमा ग्रहण गर्न चाहन्छौँ । हामी जनतालाई साथ दिनुहोस महोदयहरु, तपाईहरु हाम्रो अभिभावक हो । हामीलाई तपाईहरु नै मान्य छ । त्यो मान्यतालाई अव अरु गौरवमय बनाउने आँट गर्नुहोस । आउनुहोस, इतिहास लेख्नुहोस महोदयहरु । नेपालमा आएको भुकम्प पीडितहरुको सहयोगार्थ विभिन्न देशबाट भुकम्प विज्ञ, प्राकृतिक तथा दैवी प्रकोप उद्दार विशेषज्ञ र डाक्टर नर्सहरुको टोली मात्र होइन, विभिन्न प्रकारका अरु विशेषज्ञहरु हतारहतार आउँदैहुनुहुन्छ । के सहयोग चाहियो भन्नुहोस सकेको दिने छौँ वा दिन्छौँ भन्ने हितैसीहरुको ओइरो लागेको छ । लाग्नु स्वभाविक नै हो । मानवजातिको यस्तो विपत्तिमा हातेमालो नगरे के मा गर्ने त ? यो समयमा आशु नबगे कहिले बग्छ होला त ? यो समय नेपालको समय हो । यो समय नेपाली जनता अस्पताल र चौरमा सुत्नेहरुको लागि हो । अबको केही दिन यहाँ मानवीय नोक्सान र घाइतेको उपचार अनि चौरमा सुत्केरी हुन विवस ति महान आमाहरुको लागि हो र हुनुपर्छ पनि । तिनीहरुको अहिलेको प्राथमिकता के हो ? त्यो हाम्रो चासो हुनु र देखाउनु जरुरी छ । यसमा दायाँबायाँ गर्ने कुनै ठाउँ छैन होला । हजारौँको संख्यामा भएको मानवीय नोक्सान र घाइतेहरुले बेहोरेको पीडा अनि खुल्ला आकाशमा बस्नु परेका ति हजारौँ बालबालिकाको पीडा र त्यसबाट हुन सक्ने सम्भावित संक्रमणहरुलाई छाडेर अरु कुरातिर मान्छेहरुको ध्यान मोड्नु किमार्थ राम्रो होइन । कम्तिमा पनि केही दिनको लागि नै त्यो प्रमुख हो । अरु तपशिलका कुरा हुन । अरु राष्ट्रको विपत्ति र त्यसको व्यवस्थापनले यहि कुरा मात्र देखाउँछ । के हामी पनि त्यही गर्दैछौँ कि छैनौँ होला । हामीले आफैँ विचार गर्नुपर्ने समय हो यो । जनताले के चाहन्छन, त्यो हाम्रो सरोकार हो र हुनुपर्छ । तर सम्झनुपर्ने कुरा के छ भने त्यो हुनका लागि हामीसँग केही कमनसेन्स चाहिने हुन्छ । त्यो कमनसेन्स विवेकशील मान्छेसँग मात्र हुन्छ । स्मरण गर्नुपर्ने कुरा के छ भने कसैले धेरै किताव पढेकोमा त्यो मान्छे विवेकशील हुन सकछ भन्ने हुँदैन । हामीले त्यो रुपमा बुझ्नु पनि हुँदैन । कुनै ठूलो पदमा छ भनेर विवेकशील हुने हैन । विवेक छ या छैन उसको बोली व्यवहार, चालचलन, काम गराई र उसको दैनिक आचरणले देखाउने गर्दछ ।
यो समयमा हामी जनताका नेताहरु, हाम्रा प्रशासकहरु, हाम्रा ठूलठूला देशका अभिभावकहरु के के गर्दै हुनुहुन्छ होला हामीलाई थाहा हुने कुरा भएन । तर हामी लाखौँ लाख जनताको भौतिक र मानसिक नोक्सान भएको अवस्थामा उहाँहरुको योगदान कता छ ? के गर्दै हुनुहुन्छ ? त्यो हामीलाई जान्ने अधिकार छैन भने पनि सही । तर हामीलाई त्यसको चासो छ । दुई हात जोडेर हामी सोध्न चाहन्छौँ कि मेरा देशका राष्ट्रप्रमुखदेखि भुपु प्रधानमन्त्रीहरु हामीलाई मलम लगाउन कहिले आउनुहुन्छ ? हाम्रो बारेमा कहिले आपतकालिन गोष्ठी गर्दै तपाईले भोग्नु भएको सुविधान कटौती नगरी हाम्रो सेवा गर्नुहुन्छ ? तपाईहरुको सेवा कटौती गर्दै नगर्नुहोस महोदय, हामी त्यो माग गर्दैगर्दैनौँ । बरु थपे पनि सही । तर हामी तपाईहरुलाई हाम्रो अस्पतालमा देख्न चाहन्छौँ । खुल्ला चौरमा हामी सुत्केरीहरुले र हाम्रा नाबालकले तपाईहरुको माया खोजिरहेका छन ।
हाम्रो पीडा सही नसक्नु छ । त्यो पीडा कहाँ बताउँने ? यस्तो बेलामा सिंगो राष्ट्रको बागडोर सम्हाल्नुभएका हाम्रो देशको नायक राष्ट्रपतिदेखि लिएर गतवर्ष मात्र निर्वाचित ६०१ जना सभासदहरु कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? हामीले तपाईहरुको रेखदेख गरेको हो । तर अहिले हाम्रो रेखदेख गर्नुहोस । छिटो गर्नुहोस । हामीले तपाईहरुको कुनै पनि सुविधा रोकेका थिएनौँ र रोक्ने छैनौँ । तर खोई त हाम्रो लागि ? तर हामी असन्तोषी पनि छैनौँ है । हाम्रो लागि तपाईको उपस्थिति काफी छ । अहिले विभिन्न देशबाट चिकित्सकहरु नेपालमा आइरहेका छन । तर हाम्रा चिकित्सकहरु के गर्दैछन ? दिनभरी हस्ताक्षर गर्दै फुर्सद छैन हो ? दिनभरी त्यस्तो के कागजमा हस्ताक्षर गर्दै हुनुहुन्छ ? कार्यकारी त प्रधानमन्त्री हुनुहुन्छ । उहाँ अलि उमेरको पनि हुनुहुन्छ । उहाँलाई हस्ताक्षरको जिम्मा दिने गरौँ । तर हाम्रा सम्माननीय राष्ट्रपति महोदय, दुई हात जोडेर बिन्ती गर्छौँ । अब हातमा स्टेथेस्कोप बोकेर खुल्ला चौर वा अस्पताल आउनुहोस । तपाई जनताको छोरो बनेर आउनुहोस या राष्ट्रपतिको रुपमा आउनुहोस । दुवै रुपमा स्वागत छ । तपाई जनताको छोरो नै हो नि हैन र ? त्यही भएर हामीलाई तपाईको जरुरी छ । हाम्रा चराइरहेका घाउहरुमा मलम लगाउनुहोस । श्रीमान दिनभरी हस्ताक्षर गर्दैमा फुर्सद छैन भने साँझ एक वा दुई घण्टा विरामीको उपचार गरेर जनताको मनोबल उकास्नुहोस । महोदय, यो समय हजारौँको होइन कि लाखौँको मनोवल उकास्ने समय हो । तपाईको आगमनले अरु हजारौँ डाक्टरहरुले दिनको १२ घण्टा समय छोडेर १८ घण्टा काम सुरु गर्नुहुनेछ । के त्यो नगर्ने महोदय ? किन नगर्ने ? कसले गर्ने ? कहिलेदेखि गर्ने ? सम्माननीय राष्ट्रपति महोदय , तपाई जुन जुन अस्पतालमा जानुहुनेछ, त्यहाँका विरामीको सय प्रतिशत मानसिक तनाव घट्ने छ । आउनुहोस महोदय, कृपया आउनुहोस । तपाई हाम्रो अभिभावक हो र मानेका पनि छौँ । किन नआउने ? सुरक्षाको चिन्ता छ भने हामी मृतक र घाइतेका परिवारले सुरक्षा दिने छौँ । त्यो धेरै सुन्दर हुनेछ । त्यो इतिहास हुनेछ । के त्यस्तो इतिहास नलेख्ने महोदय । जव तपाईले त्यो गर्नुहुनेछ । सिंगो हाम्रो देश जुरुक्क उठ्न थाल्ने छ । त्यो उठान हामीलाई चाहिएको छ । सहयोग रकम देखि लियर अरु कुराहरु हिनामिना हुन् सुरु भयो रे ! अव यही निहु झिकेर सुरु गर्नुहोस महोदय, भ्रष्टाचार नियन्त्रण अनि नयाँ नेपाल ।
from Taja News Online http://ift.tt/1P5DDQj
via IFTTT