काठमाण्डौं-राजधानीको धुम्बाराहीस्थित प्रगती टोलमा करिब ३२ वर्षकी एक महिला सडकमा मृत अवस्थामा फेला परेकी छिन्। हत्या गरेर फालिएको हुनसक्ने प्रहरी र स्थानीयले अनुमान गरेका छन्।
बुधबार बिहान करिब ५ बजे सडकमा मृत शव फेला परेको थियो। घरको छतबाट खसालेर मारिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ।
शव उनको कोठाको झ्यालबाट ठ्याक्कै तल सडकमा शव फेला परेको हो। शव अर्धनग्न अवस्थामा थियो। आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले संकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका मध्ये एक पुरूष र एक महिला छन्। उनीहरूलाई महाराजगञ्ज प्रहरी चौकीमा लगेको बताइएको छ। प्रहरी श्रोतका अनुसार नियन्त्रणमा लिइएका युवाले बिहान पखको घटनाबारे आफूलाई थाह नभएको तर बेलुका भने आफू पनि संगै रहेको जानकारी दिएका छन्।
मृतक महिलाको नाम ज्योतस्ना गुरूङ र घर दार्जिलिङ रहेको प्रहरीले जनाएको छ।
अघिल्लो साँझ एक युवक र अर्की महिला समेत तीनजनासँगै एउटै कोठामा सुतेका थिए। मृतक महिलाको ५ वर्षकी एक छोरी पनि छिन्। घरको तेस्रो तलामा चार कोठाको फ्ल्याट लिएर उनी छोरी सहित बस्दै अाएकी थिइन्।
सडकमा शव भेटिएपछि हल्लाखल्ला हुँदा समेत माथि कोठामा सुतेका मृतकका दुइ साथी र छोरी भने मस्त निद्रामा थिए। प्रहरी कोठामा पुग्दा उनीहरू सुतिरहेको अवस्थामा भेटिएका थिए।
प्रहरी नियन्त्रणमा लिदै गर्दा स्थानीयले केरकार गरेपछि ती युवाले अघिल्लो दिन सोही कोठामा मदिरा सेवन गरेर रमाइलो गरेर सुतेको तर मृत्युबारे आफूलाइ केही थाहा नभएको प्रतिकृया दिएका छन्। उनले मृत्यु भएकी युवती आफ्नो गर्लफ्रेण्ड रहेको प्रतिक्रिया दिएका छन्। मृतकका पति विदेश रहेका बताइएको छ।
भिडियो
from Bhadragol Sansar http://ift.tt/1xxBNoF
via IFTTT
युनिभर्सीटी अफ क्यामब्रिज कलेजको जमिन तल उत्खनन गर्दा करिब १३,०० अस्थिपञ्जरहरु फेला परेका छन्। यहाँ सन् ११९५ मा कुनै मध्यकालीन अस्पतालको (सेन्ट जोन द इभानजेलिस्ट) चिहान थियो। यो ठाँउ अहिले भने सेन्ट जोन्स कलेज (युनिभर्सीटी अफ क्यामब्रिज) को नाममा रहेको छ।
भेटिएको मानव कंकालहरुमा करिब ४०० वटा पुरै सग्लो अवस्थामा छन। अहिले सम्म भेटिएकोमा यो मध्यकालका अस्पतालहरुको चिहान मध्येको सबैभन्दा ठुलो रहेको छ।
धेरै जस्तो कंकालहरु २५ देखि ४५ बर्ष उमेरका मानिसहरुको छ। भिक्षुहरुले चलाएको अस्पताल भएकोले गर्भवती महिलाहरुको कंकाल भने सामिल छैन।
मिलाएर गाडिएको अवस्थमा भेटिएका छन्, अनि ग्राभेल गरिएको बाटो पनि भेटिएको जनाइएको छ। सायद मृतकका आफन्तहरु त्यो चिहानमा भेट्न आउथे आफ्ना मरेका प्रियजनहरुलाइ। अधिकाश कंकालहरुको अध्ययनबाट ती मानिसहरु कुनै ठुलो रोगको संकेत नभेटीएको अनुसन्धानकर्ताहरुले बताएका छन्।
from Bhadragol Sansar http://ift.tt/1C5JfCU
via IFTTT
गोंगबुको लक्कि गेष्ट हाउसको चार तलामाथिबाट खसेर फलामको सुलीमा परेकी जेनिशा एक महिनाभन्दा लामो उपचारपछि डिस्चार्ज भएकी हुन् । मंगलबार बालिकाकी आमा सरस्वती र अस्पतालले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी जेनिशाको सफल उपचार भएको बताएका थिए ।
गएको फागुन १२ गते त्यस्तो दर्दनाक दुर्घटनामा परेकी जेनिशाकी आमा सरस्वती घर सरसफाई र होटलको भाँडा माझेर जीविकोपार्जन गर्दै आएकी थिईन् । छोरी दुर्घटनामा परेपछि उपचार खर्च नभएर अस्पतालमा छट्पटाईरहेकी सरस्वती र जेनिशाको दर्दनाक स्वास्थ्य अवस्थाबारेको समाचार रातोपाटीले प्रकाशन गरेपछि उनको उपचारको लागि देश–विदेशबाट सहयोग जुटेको थियो ।
from Bhadragol Sansar http://ift.tt/1NF4Nih
via IFTTT
from Nepali Khabar Site ➭ http://ift.tt/19yiNv9
via IFTTT
कुनै पनि विवाहित महिलाले आफ्ना पुरुषहरूसँग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुँदो हो कि साथीको चित्त बुझाउन मात्र ?यो विषयमा तपाईलाई कौतुहल्ता लाग्छ होला ? जानौ यस बारेमा केही जानकारीहरु :
-वैवाहिक सम्बन्ध राम्रो बनाउन
एउटा अनुसन्धानले के देखाएको छ भने वैवाहिक जीवन शान्तिपूर्ण रहिरहोस्, बिनाकारणको टाउको दुखाइमा पर्नु नपरोस् भनेर उनीहरू पतिसँग सर्वाधिक एकान्त क्षण बिताउन चाहन्छन्। उनीहरूको सूचीमा रोमान्सको स्थान निकै पछि हुन्छ।
-ऐकान्तिक क्षण बिताउ
टेक्सस विश्वविद्यालयअन्तर्गत मनोविज्ञानका प्राध्यापक सीडी मेस्टन र डेभिड बसद्वारा लिखित ह्वाई विमेन ह्याभ सेक्समा महिला किन यौन सम्बन्ध राख्छन् ? पुस्तकमा पत्नीले पतिसँग यौन सम्बन्ध राख्नुका दुई सय कारण उल्लेख गरिएको छ। यो पुस्तकका लागि गरिएको अनुसन्धानमा एउटी महिलाले केसम्म भनेकी छन् भने पतिले शुक्रकीट बाहिर निकाल्न सकून् भनेर मात्रै ऐकान्तिक क्षण बिताउने गरेको बताएकी छन्।
-आध्यात्मिक अनुभूतिका लागि
अहिलेसम्मको मान्यताअनुसार पुरुषहरूलाई महिला यौन रूपमा आकर्षक सेक्सुअली अट्रयाक्टिभ लाग्छन्। तर महिलाले पुरुषमा यस्तो कुनै कुरा भेट्दैनन्। अनुसन्धानका समयमा प्रा मेस्टनले एक हजार महिलाको अन्तर्वार्ता लिएका थिए । त्यसमा महिलाले पुरुषसँग सुत्नुपर्नाका थुप्रै कारण उल्लेख गरेका थिए। एउटी महिलाले आध्यात्मिक अनुभूतिका लागि सेक्स गर्ने बताइन्। उनका अनुसार सेक्स ईश्वरलाई नजिकबाट अनुभव गर्ने राम्रो माध्यम हो।
-घरसंसारको आवश्यकता पूर्तिका लागि
अनुसन्धानका क्रममा धेरैजसो महिलाले यौन सम्बन्ध राख्नुको कारण घरेलु शान्ति रहेको बताएका छछन् । ८४ प्रतिशत महिलाले के स्वीकार गरे भने जीवनमा शान्ति कायम होस् वा घरसंसारको आवश्यकता पूर्ति हुँदै जाओस् भनी पतिसँग यौन सम्बन्ध राखिन्छ। जीवनमा उल्लास छाओस् भनेर म यौन सम्बन्ध राख्छु, एउटी महिलाले भनेकी छन्, किनभने सेक्स गर्नु झगडा गर्नभन्दा बढी सजिलो छ।
-अन्य कारण
अध्यनका क्रममा कतिपय महिलाका लागि यस्तो सम्बन्ध माइग्रेन र टाउको दुखाई भगाउने उपचार रहेको पाइएको छ। अनुसन्धानमा केही महिलाले जे भने त्यो प्रायलाई अनौठो लाग्न सक्छ। एउटी महिलाले भनेकी छन् -मैले पुरुषसँग किन सम्बन्ध राखेँ भने उसमाथि दया लागिरहेको थियो। करिब १० प्रतिशत महिलाले उपहार पाउने आसमा यौन सम्बन्ध राखेको उल्लेख गरे। केहीले चाहिँ आफ्ना लागि पुरुषले भव्य डिनर आयोजना गरेकाले त्यस्तो कर्म गर्नु परेको बताए।
विश्वविद्यालय छात्रामा गरिएको सर्वेक्षणमा १० मध्ये ६ जनाले सामान्यतया आफ्ना बाइफ्रेन बाहेकका पुरुषसँग पनि शारीरिक सम्बन्ध बनाइसकेको स्वीकार गरे। तीमध्ये कतिपयले आफ्नो सेक्सुअल परफर्मेन्स राम्रो बनाउन यौन सम्बन्ध राख्ने गरेको बताए। एउटी छात्राले भनिन्- मैले ब्वाइफ्रेनसँग किन यौन सम्पर्क गरेँ भने म आफै यौन क्षमता अझ राम्रो बनाउन चाहन्थेँ।
उक्त अनुसन्धानबाट के पनि पत्ता लाग्यो भने महिलाहरू बढी आकषिर्त, अग्ला, ओजनदार स्वर र सुगन्धित शरीर भएको पुरुषसँग मरिहत्ते गर्छन्।
कुनैपनि केटीलाई आक्रशित बनाउन चाहने व्यक्तिले यी कुराहरुमा ध्यान दिन सके मात्र प्रेम सम्बन्ध राम्रो र सुमधुर बन्छ।
from Bhadragol Sansar http://ift.tt/1ExrkvS
via IFTTT
हालै गरिएको एक अध्यनले ९६ प्रतिशत महिला कम्तिमा दिनको एक पटक पछुताउँछन् । यसरी पछुताउँदा उनीहरुको स्वास्थ्यमा भने नकारात्मक प्रभाव पर्ने विशेषज्ञहरु बताउँछन् ।
के हुन् त महिलाले पछुतो मान्ने ७ कुरा ?
१ छोरा-छोरीसँग प्रयाप्त समय नबिताएकोमा
पछिल्लो समयमा महिलाहरु पनि कामकाजी हुँदै गएका छन् । पहिले जस्तो बच्चा हुर्काएर घरमै समय विताउने महिलाको संख्या कम हुँदै गएको छ । र यस्ता कामकाजी महिला जसले घरमा समय विताउन पाउँदैनन् र छोरा छोरीलाई समय दिन भ्याउँदैनन् । उनीहरुलाई सँधै यो विषयमा पछुतो हुन्छ । महिलाहरुले यो पछुतो कम गर्नका लागि काममा हुँदा काममै र घरमा हुँदा छोरा छोरीलाई पुरै ध्यान दिए राम्रो हुने विशेषज्ञहरुको सुझाव छ ।
२ मोटाउँदै गएकोमा
हरेक महिलालाई आफू मोटाउँदै गएको र नराम्री देखिएकोमा चिन्ता हुन्छ । अधिकाँश महिला यसकै लागि डाइटिङमा समेत हुन्छन् । तर उनीहरुको तौल चाहे जसरी नघट्दा टेन्सन भने भैनैरहन्छ । महिलाहरुलाई सँधै चुक चुक लागिरहने विषय मोटाउँदै गएको र सौन्दर्य विग्रेको पनि हो ।
३ पैसा खर्च गरेकोमा
महिलाहरुलाई सपिङ गर्ने शोख हुन्छ । उनीहरु बजार जान मन पराउँछन् । तर जव बजार गएर पैसा खर्च गरेर घरमा आउँछन् । उनीहरुलाई यो विषयमा पछुतो लाग्छ । आफ्ना लागि बढी पैसा खर्च गर्न मन पराएपनि उनीहरुलाई यसो गरेकोमा भने पछुतो हुन्छ ।
४ पार्टनरलाई खुसी राख्न नसकेकोमा
अधिकाँश महिलामा आफ्नो पति वा प्रेमीलाई खुसी राख्न नसकेकोमा पनि पछुतो हुन्छ । प्रयाप्त समय र महत्व नदिएका कारण आफ्नो पार्टनर खुसी छैन भन्ने अनुभव हरेक महिलाले गर्छन् ।
५ सँधै ढिला भएकोमा
कतै जानु पर्यो भने जहिले पनि महिलालाई पुरुषले कुर्नै पर्ने हुन्छ । उनीहरुले जे गर्दा पनि समय लिन्छन् । ढिला गर्छन् । तर उनीहरुलाई आफूले गर्दा ढिला भएकोमा भने सँधै पछुतो हुन्छ । यसो नगरेको भए हुने उसो नगरेको भए हुने भन्ने कुरा महिलाको मनमा खेलिरहन्छ ।
६ जन्म दिन भुलेकोमा
महिलाहरुले सम्झिनै पर्नेहरुको जन्मदिन भुल्छन् र त्यसकै विषमा पछुतो मानिरहन्छन् । दिनभरी अनेक काममा ब्यस्त हुँदा साना तिना कुरा भुलिन्छ नै । तर यस्ता कुरामा पनि महिलाहद्ये पछुतो मानिरहन्छन् ।
७ बाबु आमालाई छोड्नु परेकोमा
हाम्रो सामाजिक परंपरा अनुसार नै महिलाहरु पुरुषको घरमा जान्छन् र त्यही जीवन विताउँछन् । तर उनीहरुलाई माइतीमा बाबु आमालाई छोडेर जानु परेको र बाबु आमाको स्याहार सुसार गर्न नपाएको विषयले जीवनभरी नै पोलिरहन्छ । सदियौं देखि चलिआएको रित नै भएपनि उनीहरु यो विषयमा सँधै भुटिन्छन् ।
from Bhadragol Sansar http://ift.tt/19wLtVq
via IFTTT
फेसबुकका मालिक मार्क जुकरबर्गले फेसबुकमा आफ्नो नयाँ अफिसको फोटो सेयर गरेर यस्तो स्टाटस राखेका थिए।
उनले नयाँ कार्यलयको तस्बिरहरु फेसबुकको साथै इंस्टाग्राममा (#mpk20) पनि सेयर गरेका छन्।
यो नयाँ कार्यालय ४३०,००० वर्ग फिटमा फैलिएको छ। करिब ४०० रुखहरु सहित शानदार बगैचा बनाइएको छ। पुरा टिमको साथ एक साथ काम गर्ने बताएका छन् मार्कले। उनले टीममा भएका हरेक व्यक्तिलाइ पर्याप्त ठाँउ चाहेको बताएका थिए। यो नयाँ कार्यलयमा करिब २,८०० कर्मचारी हुनेछन्। पार्किङको लागि मात्र ९ एकडको क्षेत्र बनाइएको छ।
हर्नुहोस् तस्बिरहरु, नयाँ कार्यालय फेसबुकको
from Bhadragol Sansar http://ift.tt/1bMws39
via IFTTT
गत फागुन १० गते नदीले बगाएर बेपत्ता भएका बेइजिङका २७ वर्षीय क्यू याङको शव जिल्लाको नारायणस्थान–९ नाउबगरका माझीले फागुन २७ गते माछा मार्न जाँदा नदीमा फेला पारेको थियो ।
मृतकका आफन्त र बेइजिङ समुदायका तर्फबाट ली हउले उक्त पुरस्कार सोमबार जिल्ला प्रहरी कार्यालयमा माझीलाई हस्तान्तरण गरे ।
कालीगण्डकी नदीको सहस्रधारा क्षेत्रमा -याफ्टिङ सकेपछि पौडी खेल्ने क्रममा याङलाई नदीले बगाएको थियो । याङसँगै पौडी खेल्नेक्रममा अर्का पर्यटक याङ जो यूलाई बगिरहेको अवस्थामा तत्काल उद्धार गरिएको थियो ।
from Bhadragol Sansar http://ift.tt/1I0cLC7
via IFTTT
from Nepali Khabar Site ➭ http://ift.tt/1NyFeNX
via IFTTT
लसुन विभिन्न गुणले भरिपुर्ण तरकारीको स्वाद बढाउने यस्तो पदार्थ हो जुन प्राय सबैको घरमा प्रयोग हुने गर्छ । धेरैजसो मानिसले यसलाई मसालाको रुपमा मात्र प्रयोग गर्ने गर्छन । तर धेरैलाई थाहा नहुन सक्छ यो औषधीको रुपमा पनि उत्तिकै गुणकारी छ ।
सबैलाई थाहा भएकै कुरा हो यसको गन्ध धेरै नै कडा हुन्छ र स्वाद पनि । लसुनमा एलियम नामक एन्टीबायोटिक हुन्छ जसको सेवनले धेरै रोगबाट बच्न मद्दत मिल्छ । लसुन नियमित खाँदा ब्लडप्रेशरका रोगीलाई फाइदा हुन्छ । अझ भनौं नियमित लसुन सेवनले ब्लडप्रेशरलाई नर्मल राख्न सहयोग गर्छ । यसको नियमित प्रयोगले ग्याष्ट्रिकको समस्या कम हुनुको साथै एसिडिटी पनि बढ्न दिदैन ।
नियमित रुपमा दैनिक लसुनको पाँच केस्रा खाने गरेमा हृदयसम्बन्धि रोग हुने सम्भावना कम हुन्छ । साथै लसुनलाई पिसेर स्किनमा लगाउँदा बिषालु किराले टोक्दा हुने दुखाई कम हुन्छ । चिसो र रुघाखोकी कम गर्न लसुनले रामबाणकै रुपमा काम गर्ने गर्छ ।
लसुनले दमको रोग तथा जोर्नीको दुखाई कम गर्न मद्दत गर्दछ । यो पनि मानिन्छ कि लसुन नियमित प्रयोग गर्ने मानिसको दाँत, मांसपेशी, नाक, कपाल, नङ आदिको रङ परिवर्तन हुँदैन । यसले पेटमा रहेका कीराहरुलाई पनि मार्ने गर्छ ।
लसुनको सेवनले कब्जियतलाई हटाउनुको साथै आँखाको रोगलाई पनि भगाउने गर्दछ । हरियो लसुनमा जिरा र नुन मिसाएर चुर्ण बनाइ बिहान खाली पेटमा मनतातो पानीसँग सेवन गर्दा पेटमा हुने सानातिना समस्या हराएर जान्छन । लसुनको अचार खाँदा पनि पेटलाई फाइदा गर्ने गर्छ ।
लसुनले खानामा स्वादको रुपमा मात्र नभई शरीरमा हुने विभिन्न समस्याहरुको लागि औषधीको रुपमा काम गर्ने गर्छ । लसुनमा प्रोटिन, भिटामिन, खनिज, लवण र फोस्फोरस, आइरनका साथै भिटामिन ए, बी र सी पनि पाइन्छ ।
from Bhadragol Sansar http://ift.tt/1NCW5AZ
via IFTTT
चीनले प्रस्ताव तथा नयाँ बन्न लागेको एक एसियाली बैंकमा जापानले नबस्ने सङ्केत दिएको छ ।
चीनले प्रस्ताव गरेको एक नयाँ बैंक, एसियाली पूर्वाधार विकास बैँकमा जापान नबस्ने सङ्केत दिएको समाचारमा जनाइएको छ । नयाँ बैंक निर्माणको सो प्रस्ताव चीनले गरेको छ ।
चीनले केही समयमात्र अघि एसियाको बैंकका रुपमा एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी) स्थापनाको प्रस्ताव गरेको थियो ।
यसअघि चीनका लागि जापानी राजदूतले भने सो बैंकमा जापान पनि सहभागी हुनसक्ने आसय व्यक्त गर्नुभएको थियो ।
तर आज सो आसयको विपरीत जापानी मन्त्रिपरिषदका मुख्य सचिवले सो कुराको खण्डन गरेका छन । उनले यस विषयमा जापानले केही नसोचेको पनि बताएका छन ।
यसअघि फाइनान्सियल टाइम्ससँगको कुराकानीमा चीनका लागि जापानी राजदूत मासातो कितेराले सो बैंकमा जापान बस्नसक्ने भनी अन्तरवार्ता दिएका थिए ।
यस विषयमा जापानी मन्त्रिपरिषदका मुख्यसचिव योसिहिदे सुगाले भने– सो बैंकका विषयमा जापानको अडानमा कुनै परिवर्तन आएको छैन, हामीले कुनै नयाँ निर्णय गरेका छैनौँ ।
जापानको राजधानी टोकियोमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा उहाँले भन्नुभयो– मैले पनि यस विषयमा सूचना पाएको छु कि राजदूतले पनि यस बारेमा कुनैपनि प्रतिक्रिया दिनुभएको छैन ।
मुख्य सचिव सुगाले यस विषयमा जापानी राजदूतले जापान सहभागी हुने भनेर कुनैपनि अन्तरवार्ता नदिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
चीनले जापानलाई पनि उक्त बैंकको संस्थापक सदस्यको रुपमा प्रवेशका लागि प्रस्ताव गरेको छ । चीनले संस्थापक सदस्यका लागि आवेदन गर्न यही मार्च महिनाको अन्तिम समय दिएको छ ।
सो समय पूराहुन केही दिनमात्र बाँकी रहँदा जापानको यो प्रतिक्रिया आएको छ ।
सो बैंकको संस्थापक सदस्यताका लागि अष्ट्रेलिया, जर्मन, फ्रान्स, बेलायत, इटाली र रसियाले भने समर्थन गरिसकेका छन् । ती देशले संस्थापक सदस्यताका रुपमा ५० अर्ब अमेरिकी डलर बराबरको पुँजी पनि जम्मा गर्ने जनाएका छन् ।
त्यस्तै चीनको अर्काे एक छिमेकी एवम् चीनसँगको लामो समयको सत्रुतापूर्ण सम्बन्ध रहेको देश ताइवानले पनि सो बैंकमा सहभागिताका लागि छिटै नै आवेदन गर्ने जनाएको छ ।
तर एसियाकै दोस्रो ठूलो अर्थतन्त्र जापानले भने यस विषयमा केही बताएको थिएन । जापानले मङ्गलबार भने स्पष्ट रुपमा सो बैंकमा नबस्ने सङ्केत गरेको हो ।
जापानले यस एसियाली पूर्वाधार विकास बैंकको काम स्पष्ट नभएको र यसको कार्यक्षेत्रका बारेमा पनि कयौँ दुविधा रहेको आरोप लगाएको छ ।
जापान एसियाको दोस्रो ठूलो अर्थतन्त्रमात्र होइन एसियाली विकास बैंकको पनि प्रमुख लगानीकर्ता पनि हो ।
भावी दिनहरुमा चीनले प्रस्ताव गरेको यस विकास बैंक पनि एसियाली विकास बैंककै एक प्रतिश्पर्धी बैंकका रुपमा रहनसक्ने बताइन्छ ।
नयाँ बन्न लागेको यस बैंक वल्र्ड बैंक र एसियन डेभलपमेन्ट बैंक (एडिबी) को एक प्रमुख चुनौतीका रुपमा रहनसक्ने पनि बताइन्छ ।
यी दुई बैंकमा अमेरिका र जापानको ठूलो प्रभाव रहेको छ । त्यसैकारण पनि अमेरिकाले यस बैंक स्थापनाका बारेमा आलोचना गर्ने गरेको छ । रासस, एएफपी
from Bhadragol Sansar http://ift.tt/1GbwTiw
via IFTTT
जोम्बी भनेको एक प्रकारको विभत्स रुप भएको राक्षस वा बोक्सी भन्ने विश्वास छ । यस्ता जोम्बी बन्नेहरुले सामाजिक कामका लागि सहयोग जुटाउने काम गर्छन् ।
यो मेलामा मानिसहरु जोम्बीकोरुपमा सडक र गल्लीमा एक अर्कालाई डराउन दिँने प्रयास गर्छन् ।
यस्तो मेला स्वीडेनमा मात्र होइन अन्य ठाउँमा यस्तो मेला लाग्छ ।
Zombie भन्ने शब्द १८१९ मा ब्राजिलका कवि रोबर्ट साउथले चलनमा ल्याएका थिए । यो काल्पनिक प्राणीले मानिसको रगत र मासु खान खोज्ने विश्वास रहेको छ ।
हलिउडका हरर चलचित्रहरुमा यस्ता जोम्बी देखाउने गरिएको छ ।
from Bhadragol Sansar http://ift.tt/1CrHrrp
via IFTTT
सलमान खानको सन २००२ को गाडी दुर्घटना मुद्दाको सुनुवाइमा सलमानका गाडी चालक अशोक कुमारले अदालतमा घटना घटेको समयमा सलमानले नभइ आफूले गाडी चलाएको बयान दिएका छन। आगामी अप्रिल एकबाट उक्त प्रकरणमा अन्तिम सुनुवाइ हुनेछ।
शुक्रबार अभिनेता खान पहिलो पटक अदालतको कठघरामा उभिएका थिए । उनले गाडी चलाउने आफू नभई आफ्नो ड्राइभर भएको बताएका थिए । सलमानलाई सन’ २००८, सेप्टेम्बर २८ तारिखमा मादक पदार्थ सेवन गरेर गाडी चलाएर दुर्घटना गराएको आरोप लागेको छ। सो समयमा उनी चढेको गाडीले फुटपाथमा सुतेका पाँच जनालाई किचेको थियो जसमध्ये एक व्यक्तिको मूत्यु भएको थियो।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1OTq1KS
via IFTTT
सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं। धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ। धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ। मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुखद छण हुन्।
तपाइको सपनाले कुनै सन्देश दिन खोजेको हुन सक्छ।
सपनालाइ न त विज्ञानले नै पुरै व्याख्या गर्न सकेको छ न त किन र कसरि देखिन्छ भन्ने कुरामा छर्लङग भएको छ। त्यसैले त सपना एक रहस्यमय भोगाइ रहदैआएको छ। परापुर्वककाल देखि सपनामा देखिने कुराहरु यो दुनियाको नभइ अर्कै संसारको घटना हुन जसमा हामी जान सक्दैनौ तर त्यो दुनियाको दृश्यहरु हाम्रो सपनामा आउछन्। त्यसैले सपनाको कुरालाइ वेवास्ता गर्न नहुने कुराहरु चलिआएको छ। सपनाको बारेमा सभ्यता अनि संस्कृति अनुसार फरक-फरक धारणा रहिआएको भएतापनि, आउनुस् चर्चा गरौं के सन्देश बोकेका हुन्छन् सपनाले,
रामायणमा पनि मृत्यु बताउने सपनाको बारेमा लेखिएको छ
वाल्मिकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ जसले भविष्यको मृत्युको घटनाको बारेमा संकेत गरेको हुन्छ।
दशरथको मृत्यु भएको दिनको एक दिन पुर्व, भरतले दशरथ गाइको गोबरमा पौडी खेलिरहेको सपना देखेका थिए। भरत भने तेल पिउदै थिए। उनले कालो कपडा लगाएका थिए अनि कालै कपडा पहिरिएका महिलाहरुले घेरेका थिए भरतलाइ। दशरथ भने रातो माला अनि निधारमा टिका लगाएर यमराज तर्फ बढ्दै थिए।
मृत्युको संकेत
कालो रंग
कालो रंगको अर्थ हुन्छ, थाह नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष। यो रंगले तपाइलाइ तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले। प्रेमको कमीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।
सर्प
अर्थ लागाउन गाह्रो संकेत हो सर्प। फरक- फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा। भयाकन डरको संकेत देखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।
कालो बिरालो
सदियौं देखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले।
दाँत झर्नु
सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।
कालो चरा
कालो चरालाइ ‘मृत्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन्।
बच्चाको स्याहार
सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ।
डुब्न लागेको मानिसलाइ बचाउदा
सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको सजाय दिने मान्यता चलिआएको छ।
यात्राको योजना
यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जाननै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाले मृत्युलाइ संकेत गर्ने मानिन्छ।
दोहोरिने सपना
कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।
नाच्नु अनि गाउनु
सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ।
कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृत्यु हुन्छ।
एक्लै पिउनु
सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ।
News Source from Taja Nepal http://ift.tt/1BYnDIu
via IFTTT
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|