संसारभरनै यति बेला आतंक मच्चिारहेको स्वाइन फ्लुले बलिउड अभिनेत्री सोनम कपुरलाई पनि छाडेन । उनलाई पनि स्वाइ फ्लुको संक्रमण देखिएको छ । शनिबार कपुरको रगतको नमुना परीक्षण गरेपछि उनमा स्वाइन फ्लुको संक्रमण भएको पुष्टी भएको इण्डीया टुडेले जनाएको छ ।
चलचित्र प्रेम रतन धन पायोको छायाँकनको क्रममा रहेकी उनको स्वास्थ्यमा समस्या देखिए पछि रगत परीक्षण गर्दा स्वाइन फ्लु पोजेटिभ भेटिएपछि उनलाई चाटर्ड विमानबाट मुम्बइ पुर्याइएको उक्त अनलाइनले उल्लेख गरेको छ । सोनम गुजरातको राजकोट नजिक अभिनेत्रा सलमान खानसँगै १० दिनदेखि चलचित्रको छायांकनका लागि व्यस्त थिइन् ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1LZq9UI
via IFTTT
हामीमध्ये धेरैजनाले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछौँ । तर के तपाईंलाई थाहा छ ? खानामा कम्तीमा दुईवटा हरियो खुर्सानी खाने गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउन सक्छ ।
हरियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ जसले क्यान्सर जस्तो रोगबाट बचाउने गर्दछ ।
मोटोपन कम गर्छः यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।
क्यान्सरः पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा हरियो
खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई क मगर्ने गर्दछ ।
जवान राख्छः हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुने भएका कारण यसमा प्राकृतिक तेल हुने गर्दछ जसले छालालाई नरम बनाइराख्न मद्दत गर्दछ । यसले तपाईंको छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न मद्दत गर्दछ ।
छालाको संक्रमणः यदि तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियोृ खुर्सानीको एन्टिब्याटरियल तत्वले तपाईंको छालालाई संक्रमणबाट बचाउनेछ ।
मधुमेहः हरियो खुर्सानीले रगतमा सुगर लेभललाई पनि कन्ट्रोल गर्ने गर्दछ जसले मधुमेहको खतरा लगभग शून्य हुने गर्दछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन मद्दत पनि गर्दछ ।
बलियो हड्डीः महिलाहरुका लागि हरियो खुर्सानी उनीहरुको हतियार हुन सक्छ । यसमा भरपूर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगतलाई पनि बढाउने गर्दछ ।
इम्युनिटी पावरः हरियो खुर्सानीमा भिटामिन सि हुने गर्दछ जसले शरिरमा भिटामिन सिको पूर्तिका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ । - एजेन्सीको सहयोगमा
News Source from Taja Nepal http://ift.tt/1wBgUmG
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1aEFnTB
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1AW69iN
via IFTTT
कति दिनका लागि काठमाडौँको पाहुना हो तपाईं?
सायद यो हप्ता रहन्छु। यो बीचमा धेरै दौडधुप भयो, अलि–अलि रेस्ट पनि त गर्नुपर्योस।
कहाँ–कहाँ पुगियो सिजनमा?
दुई महिनाअघि पोखराबाट यात्रा सुरु भएको हो। त्यहाँबाट पश्चिम लाग्दै अछाम र दार्चुलासम्म पुगियो।
दुई महिनामा एकैचोटि काठमाडौँ आउनुभएको हो र?
त्यस्तो त होइन। तर, काठमाडौँ पनि लुगा चेन्ज गर्न आएजस्तो मात्रै हुन्थ्यो। एकदिन, दुई दिन बसेर हप्तादिनका लागि हराउँथेँ। निस्किनुअघि तीनटा लगेज रेडी गर्छु। कुन कहाँको कार्यक्रमका लागि लैजाने भन्ने पहिल्यै सोचेर तयार पारेकी हुन्छु।
स्टेजमा मात्रै बोलेर पनि जिन्दगी चलाउन सकिँदो रहेछ!
सुरुका दिनमा मैले पनि कल्पना गरेकी थिइनँ। तर, राम्रो गर्ने कोसिस गर्योज भने सकिँदो रहेछ भन्ने महसुस बल्ल भएको छ। मेरा लागि पनि अपत्यारिलो सफलता हो यो।
पूर्ण रूपमा स्टेज कार्यक्रम सञ्चालकको करिअर बनाएको कति वर्ष भयो?
स्टेज कार्यक्रम गर्न थालेको त धेरै नै भयो। बढी व्यस्तचाहिँ २०६७ सालदेखि हुन थालेकी हुँ।
गायिका बन्ने रहरमा कार्यक्रम सञ्चालिकाका रूपमा स्थापित हुनुभएको हो कि?
होइन, सुरुवात त कार्यक्रम सञ्चालिकाका रूपमा गरेकी हुँ। बरु पछि गायनतिर पनि तानिएँ।
कार्यक्रम सञ्चालनतिर कसरी जोडिन पुग्नुभयो?
अरूका अघि बोल्ने रहर स्कुल पढ्दादेखि नै थियो। त्यसैले स्कुलमा हुँदा कार्यक्रम सञ्चालनमा अग्रसर भइयो। बुटवलमा रहँदाबस्दा आरजेका लागि ट्रेनिङ खुलेको जानकारी पाएँ। त्यो विज्ञापनमा उत्कृष्ट हुनेलाई बुटवल एफएममा कार्यक्रम चलाउन दिने पनि उल्लेख गरिएको थियो। आरजे सिकारुको त्यो समूहमा उत्कृष्ट मै भएँ। त्यसपछि रेडियोमा लोकदोहोरी गीतको कार्यक्रम मलाई चलाउन भनियो। पहिलोपल्ट बोल्दाको क्षण याद छ। स्त्रि्कप्ट हेरेर बोल्दा पनि हात कामेर स्टेसन म्यानेजरको हात समातेकी थिएँ।
लोकदोहोरी गीत त कार्यक्रम चलाउनुअघि अघि पनि सुन्नुभएको थियो होला?
त्यति सिरियसली सुनेकी रहिनछु। बरु आधुनिक र फिल्मका गीत बढी सुनेकी थिएँ। कार्यक्रम चलाउन थालेपछि नै गम्भीर भएर सुनेँ। जब त्यसभित्रका सवालजवाफ गम्भीर भएर सुनेँ, अनि बुझेँ। असाध्यै मन पर्न थाल्यो। कार्यक्रम चलाउँदै जाँदा आफैँलाई पनि गीतका टुक्का बुनेर भन्न मन लागिसकेको थियो। त्यसैले गीत बनाउने प्रयास गर्थें। एकदिन एकजना गायक दाइलाई दोहोरीको टुक्कामार्फत नै अभिवादन गर्दा उनले गीत गाउन हौसला दिए। त्यसको १५ दिनमा बुटवल महोत्सव हुँदै थियो। त्यहाँ दोहोरी गीत प्रतियोगिता पनि थियो। केटीका तर्फबाट मलाई नेतृत्व गर्न सुर्याबइयो। हामीले केही दिन प्य्राक्टिस गर्यौँत। मलाई थाहा छ, मैले ठाडो गाएँ, तर उत्कृष्ट गायिका मलाई नै बनाइयो। त्यसपछि हौसला बढ्दै गयो।
दोहोरी गीत प्रतियोगितामा कत्तिको सहभागी भइयो?
त्यतिबेला अग्रज गायक (जो निर्णायक हुन्थे) को चित्त बुझाउनसके मात्रै फर्स्ट भइन्छ भन्ने हल्ला सुनिन्थ्यो। त्यसैेले केही ठाउँमा मात्रै सहभागी भइयो। म हकी स्वभावकी थिएँ। केही ठाउँमा आयोजक र निर्णायकसँग झगडा पनि गरियो। त्यसकारण धेरै प्रतियोगितामा सहभागी भइएन।
कलाकारिता क्षेत्रमा नवआगन्तुक युवतीलाई चल्तीका कलाकारले आफू अनुकूल खूब प्रयोग गर्न खोज्छन् है!
अघिल्लो चरणमा अझ बढी थियो। लोकदोहोरी गाउन आउने युवती गाउँका र सोझा हुने भएकाले अझ धेरै त्यस्तो शोषणमा पर्थे। मलाई पनि 'ठूली गायिका बन्न'का लागि त्यतिबेला चलेका कुनै गायकसँग सरसंगत गर्न सुझाइएको थियो। म मिडिया (रेडियो)बाट आएकी भन्ने सुनेर पनि सीधै प्रस्ताव गर्न भने हच्किन्थे। हकी पनि थिएँ । एकपल्ट मैले दोहोरी साँझमै प्रहरी इन्स्पेक्टरलाई थर्काएपछि दाइहरू निकै डराउनुहुन्थ्यो र सायद त्यो कुरा हल्ला बनेर परसम्म पनि फैलियो। कुरा के भएको थियो भने हामी बुटवलमै दोहोरी साँझ पनि चलाउँथ्यौँ। म काउन्टरमा कसिरहेका बेला एक प्रहरी इन्स्पेक्टर (जो पोशाकमा थिएनन्) आएर भने, 'गीत गाउन छाडेर तिमी किन काउन्टरमा बसेको?' साथी भइनसकेको वा नजिकको नाता पर्नेले बाहेक तिमी भनेपछि हेपेको महसुस हुन्छ मलाई। त्यसैले मैले तुरुन्तै जवाफ फर्काएँ, 'मैले गाएको तिमीले कहिले सुन्या'थ्यौ ?' दाइले कानमा आएर 'एसपी साब् हुन्, मिलाएर बोल' भन्नुभयो। मैले 'एसपी हुन् कि अरू नचिनेर तिमी किन भनेको?' भनेँ। इन्स्पेक्टर समझदार रहेछन्। गल्ती स्विकारे।
एकदिन कति घण्टासम्म लगातार बोल्नुपरेको छ?
सात घण्टासम्म कार्यक्रम चलाएकी छु। तर, बीचमा अरू प्रस्तुति पनि हुन्छन्। कम कलाकार बोलाइएका ठाउँमा दुई घण्टासम्म लगातार आफैँले बोलेर वा गाएर दर्शकलाई 'होल्ड' गर्ने पनि गरेकी छु।
तपाईंका गीत पनि हिट हुन थालेपछि अहिले तपाईंको माग अझै बढेको होला?
धेरैले 'मञ्जु त पूर्ण प्याकेज' हो भन्छन्। किनभने, म कार्यक्रम चलाउँछु, जोक्स, सायरी भनेर रमाइलो गर्दै लामो समय दर्शक अड्याउँछु। पुरुष कलाकारसँग लाइभ दोहोरी पनि गाउँछु। र, आफ्ना गीत पनि सुनाउँछु।
तपाईं स्टेजमा पुगेपपछि पुरुषमाथि सायरी वा जोकबाट खूब छेडखानी गर्नुहुन्छ। यसका लागि पहिल्यै तयारी गरेर जानुहुन्छ वा मञ्चमै पुगेपछि फुर्छन्?
बोलेर चित्त बुझाउन सजिलो छैन। तयारी गर्नुपर्छ नि। दर्शक कस्ता खालका छन्? कस्तो ठाउँ हो र त्यहाँको वेशभूषा के हो? कस्तो लवजमा बोल्छन्? भन्ने पूरै जानकारी हासिल गर्छु। त्यही ठाउँको पहिरन खोजेर लगाउने प्रयास गर्छु र दुईचार शब्दमात्रै भए पनि स्थानीय भाषा प्रयोग गर्न खोज्छु। म महिला भएकाले पुरुषसँग जिस्किँदा दर्शकले इन्जोय गर्छन्। त्यसैले गुगलमा त्यस्ता छेडखानी वा जोक्सहरू खोजेर तिनमा आफ्नोपन मिसाउँछु। एकै ठाउँमा दोहोरिनुपर्छ। त्यसैले अघिल्लोपल्ट त्यो ठाउँका दर्शकलाई सुनाएको जोक्स वा सायरी फेरि दोहोर्याकउनु भएन। त्यसको हेक्का पनि राख्छु।
दर्शक आफूतिर आकर्षित गर्नका लागि तपाईंले धेरै प्रयोग गर्ने एउटा थिम छ, 'यो ठाउँ र यहाँका केटा खूब मन परे, कोही छ मसँग बिहे गर्न चाहने भन्ने' खालको। यसले अप्ठ्यारो पारेको छ कि छैन?
धेरैपल्ट पारेको छ। म स्टेजमा कलाकार भएर प्रस्तुत भएकी हुन्छु। मैले यति ख्याल गर्छु, मेरा प्रत्येक गतिविधिमा दर्शक रमाउन सकून्। मैले स्टेजमा गरेका यी नाटकलाई दर्शकले सिरियसली लिँदा सम्झाउन हम्मे भएका धेरै क्षण छन्। तीमध्ये डडेलधुरामा केही समयअघि ठूलै लफडा भयो। म स्टेजबाट झरेपछि आफू बिहेका लागि राजी भएको भन्दै एक युवा पछि लाग्न थाले। 'म पाल्न सक्छु, यति सम्पत्ति छ, दाइ जापानमा छ' भन्दै एकोहोरो नै भए। पछि 'म विवाहित मात्रै होइन, मेरी जवान छोरी पनि छ' भनेर सम्झाउनुपर्योक। हङकङमा स्टेजबाट भनेकी थिएँ, 'मसँग बिहे गर्न चाहने तन्नेरी हात उठाउनुहोस्।' एकजनाले हात उठाएका रहेछन्। त्यत्रो क्राउडमा मलाई कसले हात उठायो के थाहा? कार्यक्रम सकिएपछि त गेटमा एक युवा 'अघि हात उठाउने मै हुँ, बिहे गर्ने हो?' भनेर भन्न थाले। मैले दर्शकको रमाइलोका लागि उटपट्याङ कुरा गरेको भनेपछि 'के थाहा त?' भनेर बाटो लागे।
जवान छोरी भएर पनि ज्यानले त्यस्तो देखाउँदैन। खूब मेन्टेन गर्नुभएको छ है?
केको मेन्टेन हुनु? मेरा साथीहरू बल्ल बिहे गर्दैछन्। १७ वर्षको उमेरमा छोरी पाएकी थिएँ। छोरीको उमेर पनि १७ वर्ष भएपछि मेरो उमेर नै कति भयो र?
केही समयअघि तपाईंले गाउनुभएको 'तिमी लाइटर म भा'को चुरोट' भन्ने गीतमा छोरी मोडल भएर देखिएपछि धेरै छक्क परे होलान्!
भन्ने मौका नमिलीकन विवाहिता हुँ, छोरी पनि छ भन्नुभएन। त्यसैले धेरैले मलाई अविवाहित नै ठान्दा रहेछन्। त्यो गीतकी मोडल स्नेहा पौडेल मेरी छोरी भन्ने कुरा सार्वजनिक भयो। त्यसपछि पनि कतिले त 'दिदीको छोरी होला' भने।
बजार निस्कँदा पनि छोरीसँग 'दोस्ती' गरेर हिँड्नुहुन्छ। त्यसैले पत्याउँदैनन् होला?
म आमाको स्नेह दिन्छु र ऊ छोरीले दिने 'रेस्पेक्ट' मलाई दिन्छे। बाँकी समय साथीका रूपमा पनि हुन्छौँ। किनमेल गर्न जाँदा उसले मलाई र मैले उसलाई किनमेल गरिदिन्छाँै।
छोरीसँग दोस्ती गरेपछि तपाईंलाई बल्ल जवान भएको महसुस हुँदै छ कि क्या हो?
जवान नै छु नि। बरु सानैमा बिहे भएकाले छोरीको उमेरको बैँस कतिबेला आयो र गयो, पत्तै पाइएन।
कलेज पढ्दा विवाह गरिसक्नुभएको थियो?
भर्खरै भएको थियो। त्यतिबेला पनि केटाहरू पछि लागेर हैरान गर्थे। मसँग बोल्न सक्दैनथे। मेरा साथीसँग कुरा गर्न खोजेर हैरान गर्दा रहेछन्। साथी रिसाएर भन्थी, 'सिन्दूर लगाएर आइज, मलाई तनाव दिए।' कलेज नभएको समयमा म पुस्तकपसलमा बस्थेँ। मलाई लाइन मार्न केटाहरू केही न केही किन्ने बहाना बनाउँथे।
धेरै केटाहरूको चित्त दुखाउनुभएको रहेछ!
मैले चित्त दुखाएको होइन, उनीहरू नै भ्रममा परे।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1AW67rk
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1BNQ2aw
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1EXai6Y
via IFTTT
आजको राशिफल
वि.सं. २०७१ फाल्गुन १७ गते आइतबार तदनुसार ई. सं. २०१५ मार्च ०१ तारिख, फाल्गुन शुक्ल एकादशी, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, आयुष्मान् योग, विष्टि (भद्रा) करण
आजको व्रत/पर्व : आमलकी एकादशी व्रत, त्रिपुष्कर योग बेलुका ०४।१४ बजेदेखि मध्यरात्रीपछि ०१।४८ बजेसम्म,
आजको मूहुर्त : वास्तुमुहूर्त, ऋण लिनेदिने, दीक्षाग्रहण,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सानातिना कुरामा अल्मलिने समय छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कामबाट फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परिस्थिति प्रतिकूल छ । मनमा दोधारको अवस्था सिर्जना हुनेछ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पनेृ हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन । आर्थिक तनावलाई झेल्नुपर्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । इष्टमित्रहरूले सघाउ पुर्याउन सक्दैनन् । दूरदराज वा लामो दूरीको दिक्क लाग्दो यात्राको योग छ । विश्वासको वातावरण प्राप्त हुँदैन, मुखलाई नियन्त्रणमा राख्नुहोला । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । संघर्षपूर्ण समय छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा समेत सुधार आउने छ । नोकरी गर्नेहरूले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन, तर सुरु गर्नुअघि ठूलाबडाको सल्लाहा लिनु बेस होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिकूल परिस्थितिले छाडेको छैन । शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन् । चाहना र मनोकाङ्क्षा पूरा गर्न सकिने छैन । समाजका प्रतिष्ठित व्यक्तिले तपाईको काममा बेवास्ता गर्नेछन् । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
एकाबिहानै पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ । दिनभरि तनावले मन रुमल्लिने समय छ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । घरायसी समस्याका कारण बेलुकाको बास घरबाहिर हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भाइबहिनी वा सन्ततिका तर्फबाट दुःखित बन्नु पर्ने छ । मायाप्रेम, प्रणयप्रसंग र रतिरागका लागि आजको दिन प्रतिकूल देखिन्छ । विपरीतलिङ्गीको विश्वास गर्नु राम्रो हुँदैन, मन कुँडिने सम्भावना छ । पारीवारिक सहयोग र सद्भावमा समेत कमी आउने छ । आत्मबलमा कमी हुनेछ । ठूलाबडाले असहयोग गर्नेछन् । बन्दव्यापार मध्यम रहेको छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरपरिवारमा स्वास्थ्यसम्बन्ध समस्या देखिनसक्छन् । पैतृक सम्पत्तिका बारेमा कुनै विवाद छ भने त्यसले ठूलो रुप लिन सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ । वैदेशिक क्षेत्रबाट समेत लाभ मिल्ने छैन । दूरदराजमा रहेको स्थानको यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1ApnQn9
via IFTTT
लाखौं मानिस उतार्ने उद्घोषसहित देश दौडाहा गरेर जुटाइएका मानिसहरुले भरिएको खुलामञ्चको झाँकी भने रोचक नै देखियो । एक रिपोर्ट (भिडियोहेर्नुहोस्) ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1AHHnUF
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1AW0ppc
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1AW0mK7
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1E1QwZo
via IFTTT
स्याङजाको खिलुङ देउराली गाविस वडा नं. ५ घर भएका ससुरा तिलबहादुर गोदारले आफ्नै बुहारी शीतली भनिने पूर्णकुमारी गोदारलाई गर्भ बोकाएको बयानका आधारमा ससुरा बुहारीलाई वडा प्रहरी कार्यालय वालिङ्ले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । महिलाले शुक्रबार राती एकाएक बयान फेरेको र आफ्नै छोराको गर्भ रहेको थप बयान दिएको भन्दै प्रहरीले राती नै शितलीको १४ बर्षे छोरालाई नियन्त्रणमा लिएर ससुरालाई छाडेपछि स्थानीयबासिन्दाले शनिबार दिनभर वडाप्रहरी कार्यालय वालिङ घेरेका थिए । ससुराले बुहारीलाई गर्भ बोकाएको बयानलाई प्रहरीले रातारात फेरेको भन्दै चर्को आन्दोलनमा स्थानीय उत्रेपछि घट्नाले अर्को मोड लिन पुगेको थियो ।
पछि ससुरालाई नियन्त्रणमा लिने र बालकलाई छाडिदिने सहमति भएको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले यो घटना हेर्न नमिल्ने जनाउ दिएपछि दुवैथरी अदालत जाने गरी सोमबार ससुरा र बुहारीलाई प्रहरीले छाडिदिएको छ ।
किन फेरिन महिलाले बोली ?
प्रहरी चौकी वयरघारीको रोहवरमा बसेको भेलामा बुहारी शितलीले ससुरालाई आरोप लगाइन् । ससुराले त्यसलाई स्वीकार गरेका थिए । ससुराले अब म नयाँ दुलाहा भएँ भन्दै वडा प्रहरी कार्यालय वालिङको जिपमा बसेका थिए ।
तर त्यहीदिन महिलाले बोली फेरेको र छोरालाई आरोप लगाएको भन्दै प्रहरीले अनुसन्धानको धार नै बदल्यो । आइतवार महिला अधिकारवादीहरुले गर्भ बोकेकी शितलीलाई सोधपुछ गर्दा पछि आफू सुरक्षित हुने भए घट्नाको सत्य तथ्य बताउने जनाउ दिएकी थिइन् ।
उपस्थिति सबैलाई महिला सुरक्षित हुनेमा आश्वस्त पारेपछि शितललीले भनिन् ‘गर्भ ससुराको नै हो, यसमा ढुक्क हुनुहोस ।’
छोरालाई किन त्यस्तो गम्भीर आरोप लगाएको हो त भन्ने महिला अधिकारवादीहरुको प्रश्नमा शितली बोल्नै सकिनन् । उनी निरन्तर घोप्टो मुन्टो लगाएर रोइन् मात्र ।स्थानीयबासिन्दाका अनुसार ससुराका नजिकका मान्छेले ससुरालाई आरोप लगाए छोरालाई बाँकी नराख्ने भन्दै शितलीलाई धम्की दिएपछि उनले छोरालाई नै आरोप लगाएर आफूसँगै प्रहरीमा राख्न खोजेको देखिन्छ ।
उनीहरु भन्छन् ‘सोझी र सिधा खालकी महिलालाई छोरालाई दोष लगाएमा हामी केही गर्दैनौं भनेको हुनुपर्छ ।’ अर्कातर्फ बालकले पनि प्रहरीले कुटपिट गरेपछि डराएर आरोप स्वीकार गरेको पत्रकार समक्ष रुँदै बताएका थिए ।
शितलीका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा विदेशमा छन् । उनी समेत बुबा (शितलीको ससुरा)लाई बचाउने पक्षमा रहेको स्थानीयबासिन्दाको भनाई छ ।
विवश आमाका विवश छोरा
दार्सिङ दहथुम गाविसको वयरघारीमा रहेको भुपु सैनिक माविमा कक्षा ९ मा अध्ययनरत बालक २०५६ साल पुस २९ गते जन्मिएका हुन् । पढ्नमा अत्यन्तै तेज बालक केही दिनदेखि टोलाउने र रुने मात्र गरिरहेका छन् । उनी नियमित स्कूल जान सकिरहेका छैनन् भने राम्रोसँग खान खाएका छैनन् ।अझ अचम्म त उनले विदेशमा रहेको आफ्नो बाबुलाई समेत आमाको पेटमा रहेको बच्चा मेरै हो भनेका थिए । हजुरबाका नजिकका मान्छेले यातना दिएपछि बालक त्यस्तो भन्न बाध्य भएको स्थानीयबासिन्दा बताउँछन् ।
प्रहरीले बीचमै किन छाड्यो अनुसन्धान ?
प्रहरी अधिकृतको सक्रियतामा नै अनुसन्धान शुरु गरेको भए पनि प्रहरीले एकाएक अनुसन्धान रोक्यो र हिरासतमा रहेका ससुरा तथा बुहारीलाई जिम्मा लिन आउन आफ्न्तहरुलाई बारम्बार ताकेता गर्यो । म्याद थप्न अदालत लैजाने क्रममा प्रहरीले यो घटना हेर्न नमिल्ने सरकारी वकिलको कार्यालयवाट जानकारी पाएका थियो ।
प्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार फौजदारी अपराध अनुसुची १ अन्तर्गतका घटनामा प्रहरीले कारवाही गर्न मिल्छ । तर हाडनाता करणी जस्तो दुनियावादी अपराधमा छानवीन गर्न मिल्दैन । निरीक्षक केसीले यो घटना सिधै अदालत जाने बताउनुभयो । प्रहरीले हात हालिसकेपछि बीचमै छाडिदिँदा घटना झनै रहस्यपूर्ण बनेको बताईन्छ । उता नाबालकलाई नियन्त्रणमा लिएर वालअधिकार हनन् गरको भन्दै जिल्ला बालकल्याण समिति स्याङ्जाले ध्यानाकर्षण गरेको छ । बाल न्याय नियमावली २०६३ मा स्पष्ट कानुनमा व्यवस्था भए अनुसार प्रहरीले बालकले गरेको कसुरलाई प्रचलित कानुन बमोजिम योग्यता पुगेको प्रहरी कर्मचारीले मात्रै यो कार्य गर्न पाउने व्यवस्था हुँदाहुँदै प्रहरीले गल्ती गरेको बालकल्याण समितिले जनाएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wwLEe1
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wwLCTs
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wwLCDa
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wwLCD8
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wwLCD4
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wwLCCY
via IFTTT
यस अघि त्यहाँको एक अदालतले विवाहेत्तर सम्बन्धलाई आपराधिक मान्ने फैसला गरेको थियो । तर माथिल्लो अदालतले त्यो फेसला उल्टाउँदै पुरानो कानून हटाउने फैसला गरेपछि त्यहाँका कम्तिमा ५ हजार मानिस यसबाट प्रभावित हुनेछन् ।
अरुका श्रीमती वा श्रीमानसँग सम्बन्ध राखेको आधारमा मुद्धा चलेर सजाय भोगिरहेकाहरुले समेत अव अपिल गर्न पाउने फैसला अदालतले गरेको छ ।
बैबाहिक सम्बन्धमा रहेका पर पुरुष वा परस्त्रीसँग यौन सम्बन्ध राख्नु अवैध ठहर गर्दै आपराधिक मान्ने कानून बनेयता सन् १९८५ पछि ५३००० भन्दा बढी मानिसहरुमाथि मुद्धा चलेको छ ।
अनौठो कुरा त पछिल्लो पटकको अदालती फैसलापछि दक्षिण कोरियाको कण्डोम बनाउने युनिडस कोर्पको शेयर ह्वात्तै बढेपछि बन्द गर्नु परेको समाचारमा जनाइएको छ ।
कोरियामा ब्यक्तिको नीजी जिन्दगीमाथि हस्तक्षेप गर्न पाउने कि नपाउने भन्दै परस्त्री वा परपुरुषसँगको सम्बन्धबारे विवाद चल्दै आएको छ ।
कोरियामा यस्ता सम्बन्ध बढेर परिवार टुक्रिने समस्या बढेको भन्दै परंपराबादीहरु भने चिन्तित छन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1zoZycI
via IFTTT
म्यानपावरको लापरबाहीले पासपोर्टनुसार ५१ वर्ष
भएको र भिसा निकाल्दा कागजातामा ४० वर्ष मात्रै
बनाएर मलेसिया पुगेका डिल्लीबहादुर पुन
बिचल्लिमा परेका छन्। उनले रुँदै भने- ‘मैले
नेपालको मेनपावरलाई समस्या सुनाउँदा भागेर काम गर्न
भन्यो। म भाग्न सकिन र यहिँको एजेन्टको कुकुर/
बिरालो हेर्ने काम गरेँ।
मलेसियामा बिचल्ली परेका डिल्लीबहादुरको वेदना- ‘म
त भोकै मर्ने भएँ'
क्वालालाम्पुर (मलेसिया)-दाङको पुन्धारा-७
रामपुरका भूमिहीन डिल्लीबहादुर पुनलाई
बुढेसकालमा जग्गाको मालिक बन्न रहर जाग्यो।
गाउँमा जमिनदारको खेतबारी अधिया कमाएर आठ
जनाको पेट पाल्दै आएका उनी थोरै भए
तापनि जग्गाको मालिक बन्ने र बाँकी जीवन सुखमय
तरिकाले बिताउने अभिलाषा बोकेर ५१ वर्षमा २० वर्षीय
तन्नेरी उल्लासमा मलेसिया आए। धन कमाएर तुलसीपुर
बजारमा घरघडेरी जोड्ने र छ जना छोराछारीलाई
राम्रो बोर्डिङ स्कूलमा पढाउने उनको सपना थियो।
त्यही सपना पूरा गर्न उनले सुनगाभा मेनपावरलाई एक लाख
रुपैयाँ खनखनी गनेर दिए भने बाँकी ६० हजार रुपैयाँ तलबबाट
काट्ने सम्झौता गरी मलेसिया आइपुगे। सात
महिनाअघि मलेसिया आएका डिल्लीबहादुरलाई
मलेसिया सोचेजस्तो भएन। पहिलो गाँसमै ढुङ्गा लाग्यो।
तीन महिनासम्म उनले कुखुराको अन्डा मेशिनमा हाल्ने
काम गरे। महिना पुग्दा सबै कामदारले तलब बुझ्थे। उनले भने
तलब नपाई बुझेँ भनेर सही छाप मात्रै गरे। डिल्लीबहादुरले
आफ्नो पीडादायी कथा सुनाउँदै नागरिकन्युजसँग भने, ‘मैले
तीन महिना कम्पनीमा काम गरें। हरेक महिना १५ सय
रिङ्गेट बुझेको भनेर सहीछाप गरेँ। तर, एक रिङ्गेट पाइन।'
पैसा किन नदिएको? भनेर कम्पनीको मालिकलाई
सोध्दा मालिकले नेपालको मेनपावरले लग्यो भन्ने जवाफ
दिएको उनले बताए। उनकाअनुसार ६० हजार रुपैयाँ मात्रै
तलबबाट काट्ने सम्झौता सुनगाभा मेनपावरसँग
भएको थियो। एक लाख रुपैयाँ त नेपालमै बुझाई
सकेका थिए। तर, यहाँबाट सुनगाभा मेनपावरले ४५ सय
रिङ्गेट (१ लाख ३५ हजार रुपैयाँ) असुल्यो।
त्यतिबेला मलेसियाको एक रिङ्गेटको नेपाली ३०
रुपैयाँ हुन्थ्यो।
तैपनि उनले चित्त बुझाए।
किनकी सुकुम्वासी उनी जसरी पनि धन कमाएर
जग्गाको मालिक बन्न चहान्थे। अनि ५ छोरी र एक
छोरालाई पढाएर सरकारी जागिर खुवाउने
अभिलाषा बोकेका थिए। केही बोलेमा नेपाल
फर्काइदिन्छ की भन्ने त्रासका कारण त्यति धेरै
पैसा मेनपावरले लैजाँदासमेत आफू चुप बसे।
तेस्रो महिनाको तलब बुझेको भोलिपल्टको दिन
उनका लागि कालो दिन बनेर आयो। कम्पनीले उनलाई
इम्रेगेनिले वर्क परमिट (काम गर्ने अनुमती) नदिएको भन्दै काम
गर्न रोकिदियो। उनकाअनुसार उनको पासपोर्ट र
मेनपावरले भिसामा उल्लेख गरेको जन्ममिति फरक परेकाले
इम्रेगेनिले वर्क प्रमिट नदिएको हो।
पासपोर्टको जन्ममितिअनुसार आफु ५१ वर्ष भएको र
भिसा निकाल्दा बनाइएका कागजातामा ४० वर्ष मात्रै
भएको उनले जानकारी दिए। मलेसियामा ४०
वर्षसम्मकालाई मात्रै काम गर्ने अनुमती छ। मेनपावरले
पैसाको लोभमा भिसाको कागजातमा उमेर घटाएर
आफूलाई फसाएको डिल्लीबहादुरको गुनासो छ।
वर्क परमिट नपाएपछि कम्पनीले आफूलाई
मलेसियाको एजेन्टको जिम्मा लगायो र एजेन्टले अन्यत्र
काममा लगायो। त्यसबेला उनले नेपालको एजेन्ट गोपाल
लम्साललाई आफू समस्यामा परेकाले नेपाल फर्काउन आग्रह
गरे। तर, फर्काउन नसक्ने भन्दै भागेर काम गर्न नेपाली एजेन्ट
लम्सालले सुझाए। नागरिकन्युजसँत उनी भन्छन्, ‘मैले
नेपालको मेनपावरलाई समस्या सुनाउँदा भागेर काम गर्न
भन्यो। म भाग्न सकिन र यहींको एजेन्टले कुकुर/बिरालो हेर्ने
काममा लगायो।'
कुकुर/बिरालो हेर्ने काम गर्दाको तीतो अनुभव
सुनाउँदासुनाउँदै उनले आँसु थाम्न सकेनन्। गला अवरुद्ध भयो।
डाँकै छोडेर रोए। उनले रुँदै भने, ‘एक महिनासम्म कुकुर/
बिरालोसँगै बसें, खाँए र सुतेँ। तैपनि मैले सुख पाइन सर। मलाई
मालिकले कुट्थ्यो। मलाई पिटेर अपाङ्ग बनायो। पछि तलब
नै नदिई लखेट्यो।'
उनको शरीरमा त्यतिबेला कुटीएका नीलडाम अझै छन्।
उनी आजभोली खोच्याँउदै हिड्छन्।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन आउने
नेपालीको साथ लागेर
दूतावासको शरणमा पुगेका डिल्लीबहादुर धन कमाउन
मलेसिया आए तापनि भोकभोकै बसेको सुनाउँछन्। ‘म
कति दिन भोकै बसेको छु। कयौं रात
सडकमा बिताएको छु।' गहभरी आँसु पार्दै उनी भन्छन्,
‘पैसा कमाउन आएको म भीखारी बनेको छु।'
हाल उनी नेपाली बस्ने होस्टेल खोज्दै गएर बास र
गाँसको भीख माग्दै दिन बिताइरहेका छन्। कतिपय
नेपालीले छीःछी र दुरदुरको व्यवहार गर्ने
गरेको नमीठो अनुभव छ उनीसँग। उनी भन्छन्, ‘कति नेपालीले
दया मानेर खान बस्न दिन्छन् भने कतिले कुकुर जस्तो व्यवहार
गर्छन्।'
धन कमाउन मलेसिया आएर
बिचल्लीमा परेका डिल्लीबहादुरको यता गाँस
बासको टुङ्गो छैन भने उता नेपालस्थित घरमा पनि उत्तिकै
बज्रपात छ।
एक टुक्रा जमिन नभएको उनको परिवार पाल्ने उनै एक्ला हुन्।
उनी यता बिचल्ली परेपछि घरमा छाक टार्नै मुस्किल छ।
उनकी श्रीमतीले स टेलिफोनमा रुँदै भनिन्, ‘बाबु
मेरो लोग्नेलाई चाँडै घर पठाइदिनुस् है। हामी यहाँ भोकै
छौं। उहाँ फर्किनु भएन भने हामी खान नपाएरै मर्छौं। साहुले
पत्याउन छोडे।' उनले कलेजमा मासिक शुल्क बुझाउन
नसक्दा १२ कक्षामा पढ्ने छोरीले पढाई छोडेको बताइन्।
जेठी छोरीबाहेक अरु ४ छोरी र एक छोरा नाबालक
भएकाले आफूले उनीहरुलाई छोडेर काम गर्न जान
नसकेको बताइन्।
डिल्लीबहादुर आफ्नो आयु अब लामो छैन भन्छन्।
दूतावासका कर्मचारीलाई घर पठाइदिन आग्रह गरेको र घर
नपठाए आफू यतै मर्ने उनी गुनासो गर्छन्। ‘यहाँका सरलाई घर
पठाइदिन भनेको छु। प्रयास गर्छौं भन्नुभएको छ,' उनले भने।
नेपाल जान पाए मजदुरी गरेर भए पनि पैसा अभावका कारण
पढाई छोडेकी छोरीलाई फेरि पढाउने
उनको इच्छा जिवितै छ। उनी भन्छन्, ‘म नेपाल गएर
छोराछोरी पढाउन पाइन र यतै मरे भने मेरो आँसुले मेनपावर
सञ्चालकलाई पोल्ने छ।' उनले भक्कानिदै भने, ‘यति दुःख
पाइन्छ भन्ने थाहा पाएको भए
यो बुढेसकालमा मलेसिया आउने नै थिइन। बरु नेपालमै
गिट्टी कुटेर परिवार पाल्ने थिएँ।' मलेसिया आएर दुःख
पाउनुभन्दा आफ्नै देशमा काम गरि खान अरु नेपालीलाई
उनी सुझाव दिन्छन्।
दूतावासका श्रम–सहचारी बुद्दीनाथ भट्टराईले
डिल्लीबहादुरलाई क्षतीपूर्तीसहित नेपाल फर्काउन
सुनगाभा मेनपावरका सञ्चालकलाई भनेको तर सञ्चालकले
अटेर गरेको बताए। भट्टराईका अनुसार डिल्लीबहादुरलाई
मलेसिया पठाउन काठमाडौंका सुनगाभा, त्रिवेणी र
पश्चिम नेपाल मेनपावर जिम्मेवार छन्। त्रिवेणीले
मलेसियाबाट कामदार मागपत्र लगेको, पश्चिम नेपालले
पासपोर्ट लिएको र सुनगाभाले श्रम
स्वीकृती निकालेको प्रारम्भीक अनुसन्धानबाट
खुलेको उनले नागरिकन्युजलाई बताए। यी तीनवटै मेनपावर
कम्पनीका सञ्चालकहरु एकले अर्कालाई दोषी देखाउँदै
डिल्लीबहादुरलाई घर फर्काउने कामबाट पन्छिन
खोजिरहेका छन्। तर, पीडीतलाई क्षतीपूर्तीसहित
तत्काल नेपाल नफर्काए ती तीन वटै मेनपावरलाई
कालो सूचीमा राखी कारबाही प्रक्रिया अगाडि बढाउने
भट्टराईले प्रतिबद्धता जनाएका छन्।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1vIIMdx
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wuZOH7
via IFTTT
Title : HTV Fatafat News 28 February 2015
Description: Nepal Tv News 17 Feb 2015
News,NepalNews,Nepal,Daily Nepali News,Daily News Nepal,Nepal Samachar,News of Nepal,News Nepal,NewsNepal,Online News Nepal,News Online Nepal,News Of Nepal,Daily Nepal news,
We Cover The Whole News Of Nepal :
Image News | Kantipur News | News 30 News | Himalaya Tv News | Ntv News | Nepal 1 News | Mountain Tv News | Nepal Television News | Ntv 2 News | Avenues Tv News | Abc Tv News | Image News | Image Channel News | Ttv News | Terai Tv News | Tv Filmy News नेपाली दैनिक समाचार | नेपाली समाचार | Nepal Samachar | Nepali Samachar
News 30 News | Himalaya Tv News | Ntv News | Nepal 1 News | Mountain Tv News | Nepal Television News | Ntv 2 News | Avenues Tv News | Abc Tv News | Image News | Image Channel News | Ttv News | Terai Tv News | Tv Filmy News नेपाली दैनिक समाचार | नेपाली समाचार | Nepal Samachar | Nepali Samachar
Nepali Channels:
Nepal Television (Ntv),Nepal Television 2 (Ntv 2),Kantipur Tv,Image Channel,Avenues Tv,Tv Filmy,Mountain Tv,Abc Tv,Terai Tv (Ttv)
News,NepalNews,Nepal,Daily Nepali News,Daily News Nepal,Nepal Samachar,News of Nepal,News Nepal,NewsNepal,Online News Nepal,News Online Nepal,News Of Nepal,Daily Nepal news
Nepal Tv News 17 Feb 2015.
Nepal Tv News 17-Feb-2015
Nepal Tv News 17 Feb.2015 . Night.
Nepal Tv News 17 Feb 2015. Night . Nepal Tv News. 17.02.2015
Nepal News Today 17 Feb 2015-- Nepal Tv News 17 Feb 2015
Nepal Tv News 17 Feb 2015
Nepal Morning News 17 Feb 2015
Nepal Night News 17 Feb 2015
Nepal Late Night News 17 Feb 2015.
Nepal Talkshow 17 Feb 2015.------ Nepal Talkshow 17 Feb 2015
Nepal Khabor 17 Feb 2015
Nepaldesher News 17 Feb 2015
Nepalr News 17 Feb 2015
Nepal Talkshow 17-02-2015
Nepal News - 17 Feb 2015.
Nepal 17 Feb 2015.
Nepal Tv News 17 Feb 2015
Keywords:
Video Length: 43
from Nepali Khabar Site ➭ http://ift.tt/1FGkQre
via IFTTT
Title : Crime Story 28 February 2015
Description: Nepal Tv News 17 Feb 2015
News,NepalNews,Nepal,Daily Nepali News,Daily News Nepal,Nepal Samachar,News of Nepal,News Nepal,NewsNepal,Online News Nepal,News Online Nepal,News Of Nepal,Daily Nepal news,
We Cover The Whole News Of Nepal :
Image News | Kantipur News | News 30 News | Himalaya Tv News | Ntv News | Nepal 1 News | Mountain Tv News | Nepal Television News | Ntv 2 News | Avenues Tv News | Abc Tv News | Image News | Image Channel News | Ttv News | Terai Tv News | Tv Filmy News नेपाली दैनिक समाचार | नेपाली समाचार | Nepal Samachar | Nepali Samachar
News 30 News | Himalaya Tv News | Ntv News | Nepal 1 News | Mountain Tv News | Nepal Television News | Ntv 2 News | Avenues Tv News | Abc Tv News | Image News | Image Channel News | Ttv News | Terai Tv News | Tv Filmy News नेपाली दैनिक समाचार | नेपाली समाचार | Nepal Samachar | Nepali Samachar
Nepali Channels:
Nepal Television (Ntv),Nepal Television 2 (Ntv 2),Kantipur Tv,Image Channel,Avenues Tv,Tv Filmy,Mountain Tv,Abc Tv,Terai Tv (Ttv)
News,NepalNews,Nepal,Daily Nepali News,Daily News Nepal,Nepal Samachar,News of Nepal,News Nepal,NewsNepal,Online News Nepal,News Online Nepal,News Of Nepal,Daily Nepal news
Nepal Tv News 17 Feb 2015.
Nepal Tv News 17-Feb-2015
Nepal Tv News 17 Feb.2015 . Night.
Nepal Tv News 17 Feb 2015. Night . Nepal Tv News. 17.02.2015
Nepal News Today 17 Feb 2015-- Nepal Tv News 17 Feb 2015
Nepal Tv News 17 Feb 2015
Nepal Morning News 17 Feb 2015
Nepal Night News 17 Feb 2015
Nepal Late Night News 17 Feb 2015.
Nepal Talkshow 17 Feb 2015.------ Nepal Talkshow 17 Feb 2015
Nepal Khabor 17 Feb 2015
Nepaldesher News 17 Feb 2015
Nepalr News 17 Feb 2015
Nepal Talkshow 17-02-2015
Nepal News - 17 Feb 2015.
Nepal 17 Feb 2015.
Nepal Tv News 17 Feb 2015
Keywords:
Video Length: 531
Title : Health Station with Dr Kundan Kumar Shrestha 28 February 2015
Description: Nepal Tv News 17 Feb 2015
News,NepalNews,Nepal,Daily Nepali News,Daily News Nepal,Nepal Samachar,News of Nepal,News Nepal,NewsNepal,Online News Nepal,News Online Nepal,News Of Nepal,Daily Nepal news,
We Cover The Whole News Of Nepal :
Image News | Kantipur News | News 30 News | Himalaya Tv News | Ntv News | Nepal 1 News | Mountain Tv News | Nepal Television News | Ntv 2 News | Avenues Tv News | Abc Tv News | Image News | Image Channel News | Ttv News | Terai Tv News | Tv Filmy News नेपाली दैनिक समाचार | नेपाली समाचार | Nepal Samachar | Nepali Samachar
News 30 News | Himalaya Tv News | Ntv News | Nepal 1 News | Mountain Tv News | Nepal Television News | Ntv 2 News | Avenues Tv News | Abc Tv News | Image News | Image Channel News | Ttv News | Terai Tv News | Tv Filmy News नेपाली दैनिक समाचार | नेपाली समाचार | Nepal Samachar | Nepali Samachar
Nepali Channels:
Nepal Television (Ntv),Nepal Television 2 (Ntv 2),Kantipur Tv,Image Channel,Avenues Tv,Tv Filmy,Mountain Tv,Abc Tv,Terai Tv (Ttv)
News,NepalNews,Nepal,Daily Nepali News,Daily News Nepal,Nepal Samachar,News of Nepal,News Nepal,NewsNepal,Online News Nepal,News Online Nepal,News Of Nepal,Daily Nepal news
Nepal Tv News 17 Feb 2015.
Nepal Tv News 17-Feb-2015
Nepal Tv News 17 Feb.2015 . Night.
Nepal Tv News 17 Feb 2015. Night . Nepal Tv News. 17.02.2015
Nepal News Today 17 Feb 2015-- Nepal Tv News 17 Feb 2015
Nepal Tv News 17 Feb 2015
Nepal Morning News 17 Feb 2015
Nepal Night News 17 Feb 2015
Nepal Late Night News 17 Feb 2015.
Nepal Talkshow 17 Feb 2015.------ Nepal Talkshow 17 Feb 2015
Nepal Khabor 17 Feb 2015
Nepaldesher News 17 Feb 2015
Nepalr News 17 Feb 2015
Nepal Talkshow 17-02-2015
Nepal News - 17 Feb 2015.
Nepal 17 Feb 2015.
Nepal Tv News 17 Feb 2015
Keywords:
Video Length: 686
- साना कानः जसको कान साना आकारका हुन्छन् त्यस्ता ब्यक्ति बलिया र शक्तिशाली हुन्छन् । यस्तालाई विश्वास पनि गर्न सकिन्छ । साथै यस्ता ब्यक्तिले कला क्षेत्रमा रुची राख्छन् । यिनीसँग केही माग्दा दिन कन्जुस्याइँ गर्दैनन् ।
- ठूला कानः ठूला आकारका कान हुने ब्यक्ति विचारशील र कर्मठ स्वभावका हुन्छन् । ब्यवहारिक र समयको ख्याल गर्ने स्वभावका हुने भएका कारण यिनीहरुले कार्यस्थलमा सँधै प्रसंसा पाउने हुन्छ । यस्ता ब्यक्ति ब्यवस्थित हुन्छन् ।
- चौडा कानः कुनै पनि ब्यक्तिको कान चौडा आकारको छ भने यस्ता ब्यक्ति सुखी र सुविधाभोगी हुन्छन् । यिनीहरुले जीवनमा सुख काट्छन् कुनै कमी हुँदैन । तर स्वभाव भने अवसरबादी हुन्छन् ।
- एकदम साना कानः यदि कुनै ब्यक्तिका कान सामान्य भन्दा पनि एकदम साना छन् भने यस्ता ब्यक्तिको स्वभाव चन्चल हुन्छ । यस्ता ब्यक्ति अध्यात्मिक र भगवानमा विश्वास गर्ने खालका हुन्छन् । यिनीहरु धोकेवाज हुने स्वभाव पनि हुन्छ ।
- दविएका कानः कुनै पनि ब्यक्तिको कानकोबीचमा केही भाग दविएको छ भने त्यस्ता ब्यक्ति अपराधी हुने समुन्द्र शास्त्रको भनाइ छ ।
from Nepali Khabar Site ➭ http://ift.tt/17DwdoE
via IFTTT
from Nepali Khabar Site ➭ http://ift.tt/1DhAW87
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/185BfKA
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1ExaxYs
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/18udflB
via IFTTT