मिडिया एनपी, काठमाडौं, १७ पुष । पछिल्लो समय मुलुकको राष्ट्रियतामा आँच आउन थालेको भन्दै चिन्ता जनाइएका बेला युवाहरु यसको संरक्षणमा लागेका छन् विश्वभर जनवरी १ मा नयाँ वर्ष मनाईरहँदा यसै दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि काठमाडौं उपत्यका सहित मुलुकभर मनाउने गरिएको छ । यस वर्ष पनि ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्दै तेश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ ।
काठमाडौंमा ढाका टोपी लगाएर भेला भएका युवाहरुले पोशाक लगाउँदै राष्ट्रियता नजोगिएपनि यसले राष्ट्रियता सम्बन्धि चेतना जागृत गर्ने र सबैलाई राष्ट्रियता प्रति जिम्मेवार बन्न प्रेरणा दिने बताए । जागरुक युवा अभियान नेपालले आयोजना गरेको कार्यक्रममा ढाका टोपी लगाएर सहभागी भएका युवाहरुले वर्ष दिनभर राष्ट्रिय पोशाक नलगाए पनि यस दिन लगाउन आग्रह गरे ।
The post राष्ट्रियता जोगाउन भन्दै युवा सडकमा ओर्लिए (भिडिया सहित) appeared first on Medianp.com.
- feed news from समाचार – Medianp.com http://bit.ly/1YV89Bm
via IFTTT
बलिउड अभिनेत्री विद्या बालन अस्पताल भर्ना भएकी छन् । किड्नीमा पत्थरी भएको आशंकामा विद्यालाई अस्पताल भर्ना गरिएको हो ।
विद्या अहिले मुम्बइको हिन्दुजा अस्पतालमा रहेको उनका प्रवक्ताले बताएका छन् । प्रवक्ताको भनाई अनुसार विद्यालाई उनका श्रीमान सिद्धार्थ राय कपुरले मंगलवार अस्पताल भर्ना गरेका थिए । नयाँ वर्षको अवसरमा उनीहरु कुनै गोप्य ठाउँमा गएर नयाँ वर्ष मनाउने योजनामा थिए ।
अबुधाबीबाट नयाँ वर्ष तथा विद्याको जन्मदिन मनाउन अर्को कुनै ठाउँ जाने क्रममा रहेकी विद्यालाई अचानक कम्परमा पीडा भएपछि अस्पताल भर्ना गरिएको थियो ।
## News source from Zoomnp
via IFTTT
ताजाखबर। किड्नीमा पत्थरी भएको आशंकामा अभिनेत्री विद्या वालान अस्पताल भर्ना भएकी छिन् । विद्या अहिले मुम्बइको हिन्दुजा अस्पतालमा रहेको उनका प्रवक्ताले बताएका छन् ।
विशेषज्ञ डाक्टरले उनको उपचार गरिरहेकोले विद्या चाँडै नै स्वस्थ हुने आशा गरिएको प्रवक्ताले जानकारी दिए । कम्मरमा पीडा भएपछि विद्यालाई उनका श्रीमान सिद्धार्थ राय कपुरले मंगलबार अस्पताल भर्ना गराएका थिए । प्रवक्ताको भनाइ अनुसार प्लेनमा यात्राको क्रममा विद्यालाई आकस्मिक पेट दुखेको थियो ।
उनको दुखाई कम नभएपछि उनीहरुले एअरपोर्टमै रहेको क्लीनिकमा सामान्य चेकजाँच गरेका थिए । अबुधाबीबाट नयाँ वर्ष तथा विद्याको जन्मदिन मनाउन अर्को कुनै ठाउँ जाने क्रममा रहेकी विद्यालाई विमानमार्फत अबुधाबीबाट मुम्बइ ल्याइएको थियो ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1JiRIgt
ताजाखबर। नायक राजेश हमालले सिन्धुपाल्चोकको कर्णाली गाउँ गोल्चेमा भूकम्पले अति प्रभावित बनाएको सबै विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
जिल्लाको शैक्षिक विकासमा झण्डै ५ वर्षदेखि क्रियाशील हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप (हेल्प) ले राजेशलाई उक्त ठाँउमा लगेर शैक्षित सामाग्री वितरण गरेको हो । गुम्बा ७ स्थित क्यालिङथाङ विद्यालयबाट झोला र शैक्षिक सामग्री वितरण सुरु गरिएको थियो । कार्यक्रममा झोला वितरण गर्दै हमालले सबै विद्यार्थीलाई राम्ररी पढेर ठूलो मान्छे हुनुपर्छ भन्दै सुझाब दिएका थिए । गाउँमा रहेका विद्यार्थी तथा अभिभावकलाई हमालले भने, ‘तपाईंहरुको गाउँमा आउन पाउँदा सार्है खुसी छु।’
उनले गुम्बा गाउँ आफूले सोचेभन्दा धेरै सुन्दर भएको बताए । जिल्लाका विकट गाउँका विद्यालयमा ९० प्रतिशत जनजाति बालबालिकाहरु विद्यालय नियमित उपस्थित नहुने गरेको पाइएपछि जिल्ला शिक्षा कार्यालयको समन्वयमा विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थिति नियमित गराउन झोला र शैक्षिक सामग्री बितरण सुरु गरिएको हो ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1JiRK89
ताजाखबर, काठमाण्डौ।
यस पटकको फ्राईडे रिलिजमा चलचित्र ‘धौली’ राजधानी भित्र प्रदर्शनमा आएको छ । यो चलचित्र गएको शुक्रबार राजधानी बाहिर प्रदर्शनमा आएको थिए । पोखराको ‘स्पाइनी ब्याब्लर क्रिएसन’ले निर्माण गरेको ‘धौली’ सामाजिक कथानक चलचित्र हो ।
चलचित्र ‘धौली’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा लोपोन्मुख कटवाल प्रथा, झाँक्री प्रथा, झारा बोलाउनेजस्ता गाउँघरका क्रियाकलाप समेटिएको छ । चलचित्रको निर्मातामा सन्तोष आत्रेय र नरवहादुर गोदार, छायंकन दिव्यराज सुवेदी, द्धन्द रोशन श्रेष्ठ, संगीत वसन्त सापकोटा र केवल घर्ती, नृत्य निर्देशक कविराज गहतराजको रहेको छ ।
चलचित्रमा गीता अधिकारी, विष्णु गौतम, प्रकाश घिमिरे, विद्या कार्की, शम्भु थापा, अनु शाह, गजित विष्ट र बाल कलाकार गोपाल भट्टराईलगायतले अभिनय गरेका छन् ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1JiRK87
काठमाण्डौ। बलीउडस्टार सलमान खानले अभिनय गरेको चलचित्र ‘बजरंगी भाइजान’ सफल भएपछि नेपालमा पनि ‘बजरंगी’ नामक चलचित्र निर्माण हुने भएको छ ।
दयाराम दाहालले निर्देशन गर्न लागेको चलचित्र बजरंगीमा मुख्य भुमिकामा भने को हुनेछन् अहिलेसम्म टुंगो लागेको छैन । प्रशान्त गिरीले बनाउन लागेको यो चलचित्रको छायांकन फागुन २० बाट हुनेछ । चलचित्रको लेखन मौनता श्रेष्ठले गरेका छन् भने राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन रहनेछ ।
स्रोतले बताए अनुसार चलचित्रको मुख्य भुमिका अर्थात बजरंगीको भुमिकामा राजेश हमाल, धिरेन शाक्य लगायतका कलाकार हुन सक्ने बताइएको छ ।
चलचित्रको शिर्ष भूमिकामा निर्माता समेत रहेका कलाकार प्रशान्त गिरी देखिने भएका छन् । प्रशान्तले यस अगाडि बाउन्सर नामक चलचित्र निर्माण गरेर आफै अभिनय गरेका थिए ।
## News source from Zoomnp
via IFTTT
घरको बरण्डामा उभिएर आपसमा चुम्बन गर्ने यो जोडी रणवीर कपूर र क्याट्रिना कैफ भएको दाबी गरिएको छ। भारतीय मिडियाको अनुसार यो तस्बिर त्यो अपार्टमेन्टमा खिचिएको हो जहाँ रणवीर र क्याट्रिना भाडामा बस्दै आएका छन्। यी दुइ आधी घण्टा जस्तो कुरा गरेपछि बरण्डामा आइ चुम्बन गरेको बताइन्छ। तस्बिर मुम्बइ मिररले खिचेको थियो।
केही दिन पहिले रणवीर र क्याट्रिनाको ब्रेकअप भएको खबर आएको थियो। यो खबर पश्चात रणवीर र क्याट्रिनालाई संगै देखिएको यो दोस्रो पटक हो। क्रिस्मसको दिन क्याट्रिना कपूर परिवारको पार्टीमा रणवीरसंगै पुगेकी थिइन। एक वर्ष अघि देखी रणवीर र क्याट्रिना बान्द्रामा एउटै फ्याल्टमा बस्दै आएका छन्।
यो पनि पढ्नुस।
१२ दिनको कमाइ: बाजीरावले उछिन्यो दिलवालेलाई
पूर्वप्रेमिकाको कारण रणवीर कपुरको सम्बन्ध धरापमा
सलमान भन्छन्- क्याट्रिनालाई मेरो दिलमा विशेष स्थान छ
The post रणवीर र क्याट्रिनाको एउटै तस्बिरले हंगामा appeared first on Nepali Headlines.
from मनोरञ्जन – Nepali Headlines http://bit.ly/1OwbsJq
via IFTTT
आदित्य कपुर र श्रद्धा कपुर फेरि एकपटक सँगै देखिने भएका छन् । दुवैले यस अघि ‘आशिकी २’मा पहिलोपल्टसँगै अभिनय गरेका थिए । उनीहरु दुवैलाई फेरी एकसाथ निर्माता करन जौहरले आफ्नो नयाँ चलचित्रमा देखाउन खोज्दै छन् ।
दुवैलाई जौहरले मणिरत्नमको तमिल चलचित्र ‘ओके कानमनि’को रिमेकका लागि साइन गरेका हुन् । चलचित्रलाई मणिरत्नमकै पूर्ण सहायक निर्देशक शाद अलिले निर्देशन गर्नेछन् ।
‘साथिया’बाट निर्देशनमा डेब्यु गरेका शाद अली ‘बन्टि र बब्लि’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन् । जौहरले ट्वीट गर्दै चलचित्रको बारेमा जानकारी दिएका हुन् । चलचित्रमा एआर रहमानले संगीत दिनेछन् भने शब्द गुलजारको हुनेछ ।
## News source from Zoomnp
via IFTTT
तेस्रो विकल्पका रुपमा एमाले र कांग्रेसले संविधान संशोधन गर्ने, सहमति हुन नसकेका विषयमा मधेसी मोर्चाले आलोचनात्मक समर्थन गर्दै राजनीतिक मुद्दा बनाएर समाधान दिने। ‘नयाँ संविधानमा मधेसी मोर्चाको पनि स्वामित्वका लागि दोस्रो विकल्प अघि सारिएको हो,’ सरकारका एक उच्च अधिकारीले नागरिकसँग भने। त्यसो त दुइटै प्रस्ताव स्विकार्य नभए मधेसी मोर्चा कांग्रेस–एमालेकै संशोधनलाई ‘आलोचनात्मक समर्थन गरेर’ अघि बढ्न सक्ने सरकारी पक्षको बुझाइ छ। ‘मधेसी मोर्चा कांग्रेस–एमालेकै संशोधनलाई आलोचनात्मक समर्थन गरेर यसलाई राजनीतिक मुद्दाका रुपमा अघि लिएर जान सक्छन्,’ ती अधिकारीले भने, ‘२०४७ सालको संविधानलाई तत्कालीन नेकपा मालेले गरेजस्तो आलोचनात्मक समर्थन गरेर मधेसी मोर्चाले निकास दिन सक्छ।’
ती अधिकारीका अनुसार यी तीनवटै विकल्प मधेस आन्दोलनको ‘फेस सेभिङ’ का लागि हो।पहिलो विकल्पलाई मधेसी मोर्चाले अस्वीकार गरिसकेको छ। मोर्चाले अघि सारेका मागबारे साझा धारणा बनाएर अघि बढेका दलकै सहमतिमा सरकारले संशोधन प्रस्ताव अघि बढाएको छ। संविधान जारी हुनेबित्तिकै दर्ता गरिएको संविधान संशोधन प्रस्तावले आफ्ना माग सम्बोधन गर्न नसक्ने भन्दै मोर्चाले विरोध गर्दै आएको छ।भारतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गरे अघोषित नाकाबन्दी अन्त्य गर्ने संकेत गरेपछि सरकारले मोर्चाको अवरोधबीच यो प्रस्ताव अघि बढाएको हो।यद्यपि, मोर्चाका प्रमुख माग सम्बोधन गर्ने पक्षमा सरकार पछिल्लो समय निकै लचिलो देखिन्छ।
मधेसी मोर्चाले उठाएका प्रमुख माग समावेशी समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रदेशको सीमांकन हेरफेरजस्ता मुद्दा सम्बोधन गरेर अघि बढ्ने सरकारको तयारी छ। ‘सीमांकनमा केही विषय मात्रै मिल्न बाँकी छ,’ पछिल्लो राजनीतिक घटनाक्रमसँग जानकार ती नेताले भने, ‘मोर्चाले सीमांकन टुंग्याउने भनेर सरकारले निर्धारण गरेको तीन महिनाको समय लामो भयो भन्दै बढीमा एक महिना भनेका छन्।’उनीहरुले कैलाली, कञ्चनपुर, सुनसरी, मोरङ र झापा जिल्लालाई सीमांकन हेरफेरको विषयमा राख्नुपर्ने र उनीहरुका मागलाई बाध्यकारी रुपमा लिनुपर्ने बताउँदै आएका छन्। तर सरकारले सीमांकन सम्बन्धमा उठेका मागबारे ध्यान दिने शब्द मात्रै राख्ने अडान लिएको छ।मधेसी मोर्चाले अन्तरिम संविधानमा रहेका अधिकार पनि अहिलेको संविधानमा नभएको असन्तोष राख्दै आएको छ। मोर्चाले अहिले संविधानमा समावेशी सहभागितामा धेरैवटा क्लस्टर बनाएर गरेको विभाजनको विरोध गर्दै आएको छ।
कांग्रेस, एमाले र माओवादीबीच भएको छलफलमा मधेसी मोर्चाको मागअनुसार अन्तरिम संविधानमा भएझैं क्लस्टर बनाउने साझा धारणा बनेको छ। जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न दलहरु तयार छन्। मधेसी मोर्चाले जनसंख्याको आधारमा हुनुपर्ने माग उठाउँदै आएको छ। दलहरु हाल कायम रहेको जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने र बाँकी जनसंख्याका आधारमा गर्ने समझदारी बनाएका छन्। जसअनुसार निर्वाचन क्षेत्र निर्धारण गर्दा तराईमा ७९ र पहाड र हिमालमा ८६ निर्वाचन क्षेत्र पर्छ।मधेसी मोर्चाले तराई क्षेत्रमा रहेको ५१ प्रतिशत जनसंख्याका आधारमा ८४ र पहाडमा ८३ निर्वाचन क्षेत्र माग गरेको छ। छलफल सहमतिनजिक पुगे पनि मधेसी मोर्चाभित्रकै दुई ध्रुवका कारण समस्या समाधान गर्न कठिन भएको बुझाइ सरकारी पक्षको छ।एउटा ध्रुवमा तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र अर्को धु्रवका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो छन्।ठाकुर मागमा लचिलो हुँदै वार्ताबाट समाधान खोज्नुपर्ने पक्षमा छन् भने महतो मागमा सम्झौता नगर्ने, आन्दोलन जारी राख्ने पक्षमा।बाँकी दुई नेता महेन्द्र राय र उपेन्द्र यादव बीचमा छन्। राय ठाकुरको नजिक र त्यसपछि यादव रहेको बुझाइछ।
‘ठाकुर, राय र यादवलाई अहिलेको समस्या भनेको सरकारसँग सम्झौता गरौंला, महतोले आन्दोलनलाई निरन्तरता दिने र आफ्नो धार गुम्ने हो कि भन्ने डर हो,’ ती नेताले भने, ‘त्यसैले समस्या समाधान अड्काइरहेको छ।’
सरकारले अन्तिम विकल्पका रुपमा शक्ति प्रयोग देखेको छ। ‘हामीले अघि सारेका तीन शान्तिपूर्ण विकल्पबाहेकको अन्तिम विकल्प भनेको आन्दोलन पक्षले ढाड थाप्ने र सरकारले हिर्काउने हो, अर्को छैन,’ ती अधिकारीले भने।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1JNwbYb
पोखरा, १७ पुस-
नवगायिका माया पुनको पहिलो गीत ‘म संग नेपाली मन छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सदाबहार लोकप्रिय गायक कर्णदासले म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै कर्णदासले भारतीय नाकाबन्दीले देशमा निम्तिएको असहज परिस्थितीमा पनि राम्रो क्वालिटीको म्युजिक भिडियो निकाल्नु आफैमा सह्रानिय काम भएको बताए । म्युजिक भिडियोेमा एउटा बच्चामा पनि नेपालीपन भएको देखाइनुले गीतलाई अझै उचाईमा पु¥याउनुका साथै गीतले सांगीतिक क्षेत्रमा एउटा इट्टा थप्ने काम भएको बताए ।
कार्यक्रममा बोल्दै शव्द संकलन मन क्षेत्रीले आफुले गीतको शव्द संकलन गरे पनि समग्र गीत राम्रो हुनुमा सबैको हात रहेको बताए । गायिका माया पुनले गीत राष्ट्रप्रेमी भएकोले सबैको माया पाउने विश्वास व्यक्त गरिन् ।
अपिल त्रिपाठीले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा केकी अधिकारी, मन्दिप क्षेत्री र मिलन थापाले अभिनय गरेका छन् ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1P4scrR
१७ पुस, एजेन्सी।
बलिउड बक्स अफिसको रिपोर्ट अनुसार दिलवालेको कमाइलाई बाजीराव मस्तानीले पछारेको छ। १२ दिनमा बाजीरावले करिब १३२ करोड भारु कमायो भने दिलवालेले १३० करोड भारु मात्र कमायो।
दिलवालेको कलेक्सन पहिलो हप्ता बाटै धरमराउन थालेको थियो। दिलवाले कमजोर हुँदै जाँदा बाजीरावको कमाइ भने बढ्दै थियो। दोस्रो शुक्रबार बाजीराब मस्तानीको कमाइ दिलवाले भन्दा ४ करोड भारुले बढी थियो। त्यस्तै दोस्रो हप्ता बाजीराब मस्तानीले घरेलु बक्स अफिसमा ३४.३ करोड भारु कमायो भने दिलवाले २१ करोड भारु मा नै समेटियो।
हेर्नुस् १२ दिनको कमाइ:
पहिलो दिन, १८ डिसेम्बर:
दिलवाले: २१ करोड भारु
बाजीराव मस्तानी: १२.८ करोड भारु
१९ दिसेम्बर:
दिलवाले: २० करोड भारु
बाजीराव मस्तानी: १५.५ करोड भारु
२० दिसेम्बर:
दिलवाले: २४ करोड भारु
बाजीराव मस्तानी: १८.५ करोड भारु
२१ दिसेम्बर:
दिलवाले: १० करोड भारु
बाजीराव मस्तानी: १०.३ करोड भारु
२२ दिसेम्बर:
दिलवाले: ९.४ करोड भारु
बाजीराव मस्तानी: ९.४ करोड भारु
२३ दिसेम्बर:
दिलवाले: ८.८ करोड भारु
बाजीराव मस्तानी: ९.२ करोड भारु
२४ दिसेम्बर:
दिलवाले: ९.३ करोड भारु
बाजीराव मस्तानी: १०.५ करोड भारु
२५ दिसेम्बर:
दिलवाले: ८ करोड भारु
बाजीराव मस्तानी: १२.३ करोड भारु
२६ दिसेम्बर:
दिलवाले: ६ करोड भारु
बाजीराव मस्तानी: १०.३ करोड भारु
२७ दिसेम्बर:
दिलवाले: ७ करोड भारु
बाजीराव मस्तानी: ११.८ करोड भारु
२८ दिसेम्बर:
दिलवाले: ३ करोड भारु
बाजीराव मस्तानी: ५.६ करोड भारु
२९ दिसेम्बर:
दिलवाले: ३ करोड भारु
बाजीराव मस्तानी: ५.५ करोड भारु
यो पनि पढ्नुस्।
बक्स अफिसको दौडमा दिलवाले अगाडी, बाजीरावको कमाइ दिनदिनै बढ्दै
विवादित बयानको सिकार बन्यो ‘दिलवाले’, दुखी भए शाहरुख
बुझो लाग्ने गरि प्रियंकाले बुझाइन: देशको अवस्था बिग्रदैछ
The post १२ दिनको कमाइ: बाजीरावले उछिन्यो दिलवालेलाई appeared first on Nepali Headlines.
from मनोरञ्जन – Nepali Headlines http://bit.ly/1OAaQsx
via IFTTT
मिडिया एनपी, काठमाडौं, १७ पुस । गएरातिदेखि ताप्लेजुङमा भारी हिमपात सुरु भएको छ । बिहिबार दिउँसो पानी परेसँगै चिसोका कारण ताप्लेजुङका हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो । ताप्लेजुङमा हिजो १ दशमलव २ मिलिमिटर वर्षा भएको थियो ।
३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथिभरामा एक फिटसम्म हिमपात भएको छ । माथिल्लो फेदिसम्म हिउँ झर्दा होटल व्यवसायीसमेत प्रभावित बनेका छन् ।
हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फलेलगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ भने प्रशिद्ध तीर्थस्थल पाथिभरामा पनि हिमपात भएको छ ।
माथिल्लो क्षेत्रका बस्तीमा बाक्लो हिमपात भएसँगै सदरमुकाममा पनि चिसो ह्वात्तै बढेको छ । चिसोको असर बृद्धबृद्धा, बालबालिका तथा पशुपंक्षीमा बढी परेको छ ।
The post ताप्लेजुङमा भारी हिमपात, जनजीवन प्रभावित appeared first on Medianp.com.
- feed news from समाचार – Medianp.com http://bit.ly/1PAyRNb
via IFTTT
पुस, काठमाडौं । केपी ओली नेतृत्वको सरकारको कामकारवाही प्रभावकारी नभएको भन्दै सत्तारुढ एकीकृत नेकपा माओवादीमा असन्तुष्टि बढेको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सार्वजनिकरुपमा नै ओली सरकारको आलोचना गर्न थालेका छन् । ‘सरकार सञ्चालनमा असफल भइसक्यौं भन्ने निष्कर्षमा त पुगिसकेका छैनौं’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरसँग भने- तर, समग्र सरकार सञ्चालन र हाम्रै पार्टीले सम्हालेका मन्त्रालयको काममा हामी असन्तुष्ट छौं ।’
एमाओवादीले ओली सरकारमाथि तीनवटा चार्ज लगाएको छ ।
आरोप नम्बर १– सरकारले नाकाबन्दीले उत्पन्न गरेको संकट समाधान गर्न जुन प्रकारको योजनावद्ध पहल गर्नुपर्ने हो त्यो ठीक ढंगले गर्न सकेको देखिएन ।
आरोप नम्बर २– आन्दोलनकारी मधेसी शक्तिहरुसँग गर्ने सरकारकै मुख्य भूमिका हुन्छ, त्यो पनि अहिले टुंग्याउन सकेको छैन । र, त्यसमा सरकार र सरकारमा रहेका शक्तिहरुले मात्र चाहेर कहाँ सकिन्छ भन्ने त सही हो । तर, सरकारको नेतृत्वको तर्फबाट आवश्यक लचकता र पहलकदमी हुनुपर्ने हो । त्यसमा पनि गम्भीरता देखापरेको छैन ।
र, आरोप नम्बर ३– पछिल्लो जुन प्रकारको निर्णय मन्त्रालयहरु टुटाउने, फुटाउने र नयाँ मन्त्रालय थप्ने निर्णय भयो । यो त सहनीय छैन । यसको कुनै औचित्य कसैले पुष्टि गर्न सक्दैन ।
मन्त्रालय फुटाउने प्रस्ताव आउँदा आफ्नो पार्टीमा छलफल भएको भन्दै एमाओवादी उपाध्यक्ष श्रेष्ठले भने, हामीले कुनै पनि हालतमा मन्त्रालय फुटाउने वा थप्ने हुन सक्दैन, कुनै आधार पनि छैन र सन्दर्भले पनि दिँदैन भनेका थियौं । मन्त्रालय फुटाउने वस्तुगत आधार पनि देखिँदैन ।’
श्रेष्ठले अघि भने, भूकम्पपीडित जनता खान नपाएर र जाडोले मरिरहेको अवस्थामा मन्त्रालय विभाजन गर्ने कुरा ठीक हुँदैन भन्यौं । बरु हामीले के भन्यौं भने प्रशासन सुधार आयोगको सिफारिसअनुसार मन्त्रालय घटाऔं र त्यसो गर्दा आनुपातिक रुपमा कति मन्त्री घटाउनु पर्ने हो, त्यसका लागि हामी तयार छौं भनेर भन्यौं । तर, पनि मन्त्रालय फुटाइयो र नयाँ बनाइयो ।’
एमाओवादीले यसलाई सच्याउने र सरकारको काम कारबाही प्रभावकारी बनाउने प्रयास गर्ने बताएको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र एमालेसँग कुराकानी भइरहेको भन्दै श्रेष्ठले भने, हामी त्यो दिशामा सकारात्मक र परिणाम देखिने बनाउन चाहन्छौं । त्यो भएन भने हामी सधैं यो स्थितिमा रहिरहन सक्दैनौं ।’
एमाओवादीले सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउन सक्ने भन्दै मानसिकरुपमा तयार रहन भनेको छ । तर, सरकार ढाल्ने योजना भने नरहको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
श्रेष्ठले भने, हामी हेरेर बसिरहने पक्षमा छैनौं । अहिले नै यो सरकार ढाल्ने र अर्को सरकार बनाउने पहल भने हाम्रो छैन । तर, सरकारको अहिलेको कामलाई यहि रुपमा रहन दिएर हामी तमासे बन्न सक्दैनौं ।’
## News source from Zoomnp
via IFTTT
पुस १७, पर्सा शंकर सरैया गाविस ५ सखुवनियाका एक व्यक्तिको मलेसियामा उपचारका क्रममा मृत्यु भएको छ ।रोजगारिको सिलसिलामा चार वर्ष पहिले मलेसिया गएका सखुवानियाका वैद्यनाथ महतो थारुको ३५ वर्षीय छोरा लक्ष्मी महतोको मलेसियामा मृत्यु भएको हो । मलेसियाको चिरान मिलमा चार वर्षदेखि मजदुरको रुपमा काम गर्दै आएका उनि मिलमा काठ चिर्न पेटले काठ ठेल्ने क्रममा घाइते भइका थिए ।
घाइते भएका महतोको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको उनका आफन्तले बताएका छन् । मृतक महतोको शव अहिले मलेसियामै राखिएको छ ।
## News source from Zoomnp
via IFTTT
पुस १७ गते-
बलिउड अभिनेता सलमान खानले केही दिनअघि आफ्नो पचासौँ जन्मदिन मनाए । मिडियामा समाचारको विषय बनेको अविवाहित सलमानको जन्मदिन पार्टीको चर्चा अझै सेलाएको छैन ।
सवाल उठ्यो, उनले जन्मदिनमा काटेको ‘केक’को मूल्य कति परेको थियो त ? यसको जवाफ खोज्दै भारतको एक सञ्चारमाध्यमले खबर लेखेको छ– सलमानको ‘बर्थडे केक’को मूल्य एक लाख भारु परेको थियो ।
रिपोर्टअनुसार सलमानले बर्थडेमा काटेको केक तीन ‘लेयर’को चकलेटी थियो । उनकी बहिनी अर्पिताको निगरानीमा केक तयार पारिएको थियो । ५० किलोको केकको डिजाइनर अर्पिता नै थिइन् । नयाँ पत्रिका दैनिकबाट ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1Ow0xzo
काठमाण्डौ। २०६० सालदेखी भारतको दार्जिलिङ्गबाट गायन यात्रा सुरुवात गरेका गायक दिनेश आँशुले २०६७ सालमा आफ्नो पहिलो गीत रेकर्ड गरे ।
हाल नेपाली संगितको क्षेत्रमा उदयमान गायकको रुपमा परिचय बनाइरहेका उनले आफ्नै शब्द, स्वर र संगीतमा २०७० सालमा लोकगित संग्रह “यसपालिको दशैँ र तिहारमा” र “तिम्रो काले” नामक भिडियो एल्बम बजारमा ल्याएका थिए । आफुले श्रृजनामा बजारमा आएका एल्बमवाट राम्रो प्रतिक्रिया पाएपछि उनले केहि आधुनिक गित र गजलहरु पनि गाएका छन् ।
देशको अवस्थालाई मध्यनजर गर्दै हालै उनले “बचाउ है हाम्रो माटोलाई” बोलको देशभक्ती गीत र उक्त गीतको भिडियो सार्वजनिक गरेका छन् । दिनेश आँशुको शब्द स्वर र लयमा रहेको गितको संगीत संयोजन राम कार्कीले गरेका छन् र शिवन पोखरेलको निर्देशन रहेको छ । गीतको भिडियोलाई दिपेश जिरेल “टेलोवा” ले छायाँकन गरेका हुन् भने सम्पादन अधिनायकमान शेरचनको रहेको छ ।
भिडियो:
## News source from Zoomnp
via IFTTT
ताजाखबर, काठमाण्डौ। नेपाली सांगीतिक आकाशका उदयमान गायक हुन् दिनेश आँशु । २०६० सालदेखी भारतको दार्जिलिङ्गबाट गायन यात्रा सुरुवात गरेका गायक दिनेशले २०६७ सालमा आफ्नो पहिलो गीत रेकर्ड गराएपछि उनी गायकको रुपमा स्थापित भए ।
आधुनिक गित र गजलहरु पनि गाएका उनले आफ्नै शब्द, स्वर र संगितमा २०७० सालमा लोकगित संग्रह “यसपालिको दशैँ र तिहारमा” र “तिम्रो काले” नामक भिडियो एल्बम पनि बजारमा ल्याएका थिए । दर्शक स्रोताहरुको अपार माया पाएका दिनेशले देशको अवस्थालाई मध्यनजर गर्दै हालै “बचाउ है हाम्रो माटोलाई” बोलको देशभक्ती गीतको भिडियो सार्वजनिक गरेका छन् ।
दिनेश आँशुको शब्द स्वर र लयमा रहेको गितको संगित संयोजन राम कार्कीले गरेका छन् र शिवन पोखरेलको निर्देशन रहेको छ । भिडियोलाई दिपेश जिरेल “टेलोवा”ले छायांकन गरेका हुन् भने अधिनायकमान शेरचनले सम्पादन गरेका हुन् ।
भिडियो:
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1mndcPb
काठमाडौँ , १७ पुस ।
जंगलको शितल हावा चल्छ राप्ती वरी परी
वालापनका यादहरुले सताउँछन् घरीघरी
कसरी पो भुल्न सक्छु म, आफु जन्मिएको ठाउँलाई
जो जहाँ रहे पनि याद रहोस् अजम्बरी
यि शब्दहरु हुन् गायक तथा संगीतकार तुला पर्वतका । कामको शिलशिलाका परदेशीएका चितवनका तुलाले हरेक मानिसको बालापनलाई एक पटक झजल्क्याउने गरी माथिका यि हरफहरु गुन्ज्याइरहँदा कस्लाई पो आफ्नो बालपनको यादले नसताउला रु
हरेक मानिसलाई आफ्नो जन्मभूमि प्राणभन्दा प्यारो लाग्छ नै । त्यही प्राण सरी जुनी जुनीसम्म आफ्नो जन्मभूमीलाई माया गरीरहने प्रण गरेका छन् तुलाले आफ्नो १० औँ भिडियो हाम्रो चितवन मार्फत । जुन भिडियोलाई नयाँ वर्षको उपलक्षमा आज मात्रै यूट्यूव मार्फत सार्वजनिक गरिएको छ । चितवनको सेरोफेरोमा डुबेर तुलाले तयार गरेको ५ मिनेट लामो भिडियोमा उनले समग्र नेपाललाई आफुले भिडियोमा अटाएको बताउँछन् । भन्छन् ‘चितवन मेरो मात्रै नभई ३ करोड नेपालीको अन्नको भण्डार हो । जहाँ आजसम्म बाँचेका छौँ यही माटोको भरमा, माना पाथी फलाउँदै पुर्याउँछौँ सबको घरमा ।’
पछिल्लो समय मुलुकमा देखिएको विषम परिस्थितिमा उनले आफ्नो जन्मस्थल तथा मातृभुमीको स्मरण र महत्वका लागी पनि आफुले मातृभुमीसँ सम्बन्धित गीत बनाउन लागीपरेको बताउँछन् । चितवन आफ्नो जन्मस्थल मात्रै नभएर यसमा कैयौँ उनका जिवनका र समग्र नेपालकै आयामहरु जोडीएकाले पनि यसको महत्वलाई जिवन्त राख्न र विश्वसामु पुर्याउन पनि भिडियोमा यहाँका दृश्यहरु देखाउन खोजेको उनको तर्क छ । उनले आफ्ना दर्शक श्रोतालाई हाम्रो चितवन बोलको गीतलाई कुनै स्थान विशेषको तरिकाले नहेरीकन विशुद्ध मातृभुमीका रुपमा यसलाई ग्रहण गरिदिनुहुन समेत अनुरोध गरेका छन् ।
यसअघि पनि राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु बजारमा ल्याईसकेका पर्वतले नै यस गीतमा शब्द, संगीत, आवाज र अभिनय समेत गरेका छन् । अभिनयमा उनलाई प्रशंसा पौडेलले साथ दिएकी छिन् । संजय घिमिरेले निर्देशन गरेको भिडियोको निर्देशन कन्सेप्ट स्वयम गायककै हो । जसको छायांकन उमंग शाही टूकेले गरेका छन् भने सम्पादन भरत रेग्मीको रहेको छ । भिडियोलाई वाइड स्क्रिन मिडिया प्रालीले बजारमा ल्याएको हो ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1R2nD7Q
एमाओवादी अध्यक्ष प्रचण्ड र तमलोपाका अध्यक्ष महन्थ ठाकुरबीच आज साँझ काठमाडौंको बानेश्वरमा भेटवार्ता भएको छ। साँझ ५ बजेबाट १ घन्टासम्म भएको भेटमा सहमति कायम गरी संविधान संशोधन गर्ने र मधेशी मोर्चाका आन्दोलनका कार्यक्रम फिर्ता गर्ने विषयमा छलफल भएको छ।
‘छलफल गम्भीर र सकारात्मक भएको थियो। अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्रीसँग थप छलफल गरी पुनः तमलोपा अध्यक्षसँग छलफल गर्ने हुनुभएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो।
## News source from Zoomnp
via IFTTT
१६ पुस, काठमाडौं । सेवाग्रहीसँग घुस लिँदा-लिँदै मीनभवनस्थित यातायात व्यवस्था विभागका निर्देशक नवीनकुमार पोखरेल पक्राउ परेका छन् । घुस लिनासाथ अख्तियारको फन्दामा परेपछि पोखरेलले घुस लिएको १ लाख ८० हजार रुपैयाँ तत्कालै मिल्काएका थिए ।
अख्तियार दुरुपयउोग अनुसन्धान आयोगको टोलीले विहीबार निर्देशक पोखरेललाई १ लाख ८० हजार रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको छ ।
विद्युतीय मोटरसाकइकल भित्राउने एभन साइकल कम्पनीलाई भन्सार छुटका लागि सिफारिस मागेबापत पोखरेलले घुस मागेका थिए ।
इलेक्ट्रिक सवारी भित्राउँदा दिइने छुटका लागि यातायात व्यवस्था विभागले सम्बन्धित भन्सार कार्यालयलाई सिफारिससहित अनुमति दिनुपर्ने व्यवस्था छ । आयातकर्ता कम्पनीले सहजै पाउनुपर्ने सुविधा दिन नमान्दै पाखरेलले घुस मागेका थिए ।
नेपालगञ्ज भन्सार हुँदै आयात गर्न लागिएको विद्युतीय मोटरसाकइकलका लागि छुटको सिफारिस गरेबापत पोखरेलले घुस लिएका हुन् ।
कुल ३६ वटा विद्युतीय मोटरसाइकल भित्राउनका लागि अनुमति दिन पोखरेलले प्रतिमोटरसाइकल ५ हजार रुपैयाँका दरले घुस लिएका थिए । अख्तियारले घुस मागेको पूर्वसूचनाका आधारमा पोखरेललाई पक्राउ गरेको हो ।
अख्तियारको टोली पुगेको थाहा पाउनासाथ निर्देशक पोखरेलले आफूले लिएको घुस रकम कार्यालयको बाहिरपटि्ट राखिएको सोफामा फ्याँकेका थिए ।
पोखरेलले त्यो रकम कसरी सोफामा आयो भन्नेबारे अनभिज्ञता जनाए । उनले आफूले घुस नलिएको भन्दै पटक-पटक आरोप इन्कार गरेका थिए ।
अख्तियारको टोलीले आयोगलाई असहयोग गरेमा थप कारवाही भोग्नुपर्ने चेतावनी दिएपछि उनले बल्ल घुस लिएको स्वीकारेका हुन् ।
दिउँसो २ बजे यातायात व्यवस्था विभाग पुगेको टोलीसमक्ष उनले झण्डै एक घण्टासम्म घुस नलिएको दाबी गरेका थिए । तर, अन्तिममा स्वीकार गर्न बाध्य भए ।
साभार अनलाइन खबर बाट
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी ,काठमाडौँ १६ पुष । लामो समयको अन्तरालपछि पूर्व युवराज पारस शाह सार्वजनिक कार्यक्रममा देखिएका छन् । आज पशुपतिनाथको बनकाली क्षेत्रमा हिन्दुवादी संगठनले आयोजना गरेको कार्यक्रममा छोरी पूर्णिका सहित प्रमुख अतिथिको रुपमा उनी उपस्थित भएका थिए । पानसमा बक्ति बालेर शिव सेना नेपालले सञ्चालन गर्न लागेको निःशुल्क भोजनालयको उद्घाटन गरेका हुन् । बनकाली क्षेत्रमा हरेक दिन निःशुल्क भोजन गराउने संगठनले जनाएको छ ।
The post पूर्व युवराज पारस शाह छोरी पूर्णिका सहित पशुपतिनाथ पुगेपछि (भिडियो सहित ) appeared first on Medianp.com.
- feed news from समाचार – Medianp.com http://bit.ly/1PyOC9t
via IFTTT
यस राशिलाईशनिको अढैयाले अनिष्ठताको प्रवलता भए पनि वृहस्पतिको अनुकुलताले सुखद फल प्रदायक mesh नबन्ला भन्ने छैन । वाणीको प्रभाबकारीताले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आमाबाबुको सद्भाव प्रशस्तै रहला । सनातनतर्फ सुख पाइएला । दाम्पत्य जीवन मधुर बन्दै जाला । दाजुभाई/दिदिबहिनीबाट सदासयता प्राप्त होला । इष्टमित्र पनि सहयोगी होलान् । खेतीपाती पशुपंक्षीपालन व्यवसाय, जग्गाजमिनले फाइदा नै गराउला । बौद्धिकताको सुधारलेपरीक्षा प्रतियोगिता हरु सफल बन्ला । राजनीतिबाट पाइने उच्च सम्मानको हवसरले मन गद्गद बलाउला । व्यापार व्यवसायबाट उन्नतीमार्ग बिस्तार होला । भाग्यशक्ति मजबुत होला ।रोगव्याध प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको क्षेत्रमा हुने प्रगतिले सकारात्मक असर पुर्याउन नसक्ला । इमान्दारीताको अभावले गर्दा शत्रु बृद्धि रोक्न मुश्किलै पर्ला ।
अनेकखाले दुर्घटना लगायतका दैवी विपत्तीमा पनि सामान्य बढोत्तरीकै योग छ । खर्च असिमनतालाई धान्न मुश्किल पर्ला । वैदेशिक रोजगारले जीवन संचालनमा धेरै ठूलो मद्दत गर्न नसक्ला । पूर्वार्द बढी सफल रहला ।
स्वामी: मंगल, रत्न: मुगा, शुभरंग: रातो
वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यस राशिलाई ग्रहस्थिति अनुसार सुख दु:ख बराबर भोग्नुपर्ने सामान्य अबस्था रहन सक्छ । बौद्धिक स्थिति brishसामान्य रहला । पठनपाठन लगायतका कार्यहरुमा अवरोध आईपर्ला । मनमा निराशाले डेरा जमाउला । दाम्पत्य सम्बन्धमा खटपट आउला । सन्तानबाट सुख पाउन कठिन नै होला । वैदेशिक कामबाट खासै सन्तुष्टि नपाइएला । व्यापार व्यवसाय पनि सफल हुन नसक्ला । वाणीको नम्रताले समाजमा प्रतिष्ठित र सभ्य व्यक्तित्व बनाउला । धर्मकर्मको भावना जागृत भईरहने हुनाले अनेकौं तिर्थाटनको समय आउला । भाग्यशक्ति सन्तुलित किसिमको रहनाले आमाबाबु एवम् दाजुभाई दिदीबहिनीको सामिप्यता घटिहाल्ने दखिदैन । राजनीतिबाट समाजमा प्रभुत्व अनुभुति होला । नोकरीमा ख्याति योग्य कार्यको प्रशंसाले कर्तव्यनिष्ट व्यक्तित्वमा परिचित बनाउला ।
रोगव्याधको प्रकोप नियन्त्रणमा आउनाले मन स्वच्छ बनाउला । दैवीय दुर्घटना लगायतका विपत्तिहरुमा कमी आएको महसुस होला । खेती किसानीको कामले र पशुपंक्षीको व्यवसायले जीवन संचालन मद्दत पुर्याउला ।
स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो
मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो राशिलाई ग्रहस्थितिले घाम छायाँको दृष्टान्तानुसार शुभाशुभ सबै प्रकारले युक्त रहला । वाणीमा आउने विनम्रता र शिष्टताले केही सजिलो महसुस गराउला । भाग्यशक्ति बलियो होला । बौद्धिक स्थिति उच्चतहमा आसिन हुनाले परीक्षा, प्रतियोगिताहरु सफल बन्लान । पतिपत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सुखमय बन्ला । दाजुभाई/दिदिबहिनीहरुबाट सहयोग नै होला । दुर्घटना लगायत दैविय विपत्तिमा पनि कमीकै आभाष होला । व्यापार व्यवसाय सप्रदै जानाले आम्दानी पनि बढी रहला । वैदेशिक रोजगारको माध्यमबाट धेरै थोरै सामान्य आर्जन भईरहला । मौसमी रोगव्याधको प्रकोपले स्वास्थ्य बिग्रदा शरीर आलश्य बन्दै जाला । ईष्टमित्र नजिक पर्न नचाहने होलान् । आमा बाबुको सामिप्यता घट्दै गएको अनुभूति होला । सन्तानबाट पनि सुखसन्तोष नपाइएला ।
शत्रुहरुको सक्रियता बढ्दै जाला । पशुपंक्षीपालनमा अवरोध आउला । राजनीतिमा कदर पाउन मिश्किलै होला । नोकरीमा अपहेलनाको शिकार हुनुपर्ला । जग्गा जमिनको कारोबार खासै हितकारी हुन नसक्ला ।
स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो
कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिलाई विशेषत सामान्य भन्दा केही सुधारात्मक वातावरण परिस्थिति देखिएला । दैविय विपत्ति karkatलगायतका दुर्घटनामा न्यूनता छाउला । बौद्धिक परिस्थितिमा आउने सुधारले पढाई लेखाई लगायत अन्य जटिलता पनि निष्कर्षमा पुग्ला । व्यापारिक गतिविधि चरमोत्कर्षमा पुग्दाको आनन्द होला । खेती किसानी र पशुपंक्षीपालन व्यवसाय जीवन संचालनमा मद्दतगार सावित होला । वाणीको प्रभावकारीमा महत्वपूर्ण कामले प्रगतिमार्ग बिस्तार गर्ला । आमा बाबुको आशिर्वाद कायमै र दाजुभाई/दिदिबहिनीको सदासयताले गर्दा राम्रै स्थितिको सिर्जना होला । इष्टमित्रहरुको सहानुभुति
नहोला भन्ने छैन । सामाजिक क्रियाकलापको रुचीले राजनीतिमा विशेष झुकाव रहला । नोकरीबाट सम्मानित हुने अवसर आउला। भाग्यशक्ति त्यति उर्वर नबन्नाले आँटेको कामले पूर्णता पाउन नसक्ला ।
मनमा पाप पलाउनाले धर्मकर्म प्रतिको लगाव क्रमश: घट्दै गएको अनुभूति होला ।
सन्तानहरु आज्ञाकारी बन्न नसक्दा खासै सुख नपाइएला । वृहस्पतिले प्रतिकुल वातावरण देखाउनाले खासै सन्तोषपूर्ण नरहला।
स्वामी: चन्द्रमा, रत्न: मोती, शुभरंग: सेतो
सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यस राशिलाई यो वर्ष शनिको अढैया दशाले खासै उपलब्धीमुलक होला भन्न सकिदैन । आमाबाबुको आशिर्वाद घट्ला । इष्टमित्रहरुको सदासयतामा कमीकै आभास पाइएला । बोलीमा आकर्षण घट्दै गएको महसुस होला । दुर्घटना लगायत दैवीविपत्तिमा कमी आउला । स्वास्थ्यमा बेला बेलामा समस्या देखिएला । कृषिजन्य कार्य र पशुपक्षीपालन व्यवसाय त्यति प्रत्युदपादक नहोला । असिमित ढंगबाट खर्च बढ्दा मनमाव्याकुलता छाउला ।
भाग्यशक्ति सामान्य अवस्थाको होला । पतिपत्नीबीच राम्रो समझदारीले दाम्पत्य जीवन सुखमय रहला । सन्तानबाट सुखै पाइएला । दाजुभाई तथा दिदिबहिनीको सम्बन्धले सन्तोष बढाउला । जग्गाजमिन सम्बन्धि कारोबारले सम्पन्न बनाउला । धार्मिक गतिबिधिमा मन उघृत भइरहनाले देश विदेशका अनेकौ तिर्थाटनको अबसर मिल्ला । शत्रुको झन्झटिलो व्यवहारले निकास पाउला । सेवा क्षेत्रमा ठुलो उपलब्धी हुन नसक्ला । राजनैतिक परिस्थितिले समाजमा रवाफिलो बनाउला । बौद्धिकताको वृद्धिले पठनपाठन सफल बन्ला ।
स्वामी: सूर्य, रत्न: माणिक्य, शुभरंग: रातो
कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यस राशिलाई सामान्य लाभ तथा हानिको योगले भरिएको छ । सामान्य रोगव्याधको प्रकोपले शारीरिक kanya अबस्था आलश्य बन्ला । गर्दै आएको कामाबाट त्यति सन्तोष हुने लक्षण देखिदैन् । दाजुभाई, दिदिबहिनीको वास्ता घट्न सक्छ । पति पत्नीबीचको तनाबले जीवनमा निराशा छाउला । व्यपार व्यवसाय मध्यम रहला । आम्दानीलाई खर्चले धान्न मुश्किलै होला । पशुपक्षींपालन व्यवसायबाट पनि आर्जन मार्गमा सुधार नआउला । समग्रमा भन्नुपर्दा आर्थिक सन्तुलन नबिग्रेला । वाणीको प्रभावमा पनि महत्वपूर्ण कामले निकास पाउला । भाग्यशक्तो मजबुत रहदा मनोवान्छित कार्यले पूर्णता पाउला । बौद्धिक स्थितिको सुधारले परीक्षा, प्रतियोगिताहरुमा सफलता दिलाउला । आमाबाबुको सउ्भाव अटुट रुपमा पाइएला । इष्टमित्रहरु पनि सहयोगी भावका होलान् ।
सन्तानबाट सुख शान्तिमा बढोत्तरी होला । दैविय दुर्घटनामा न्युनता आउला । पापका क्रियाकलापले मनमा दिग्भ्रमित बनाउला । धार्मिक गतिविधिले समाजलाई सद्मार्गमा डिर्याउदै लगेको अनुभव गराउला ।
स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो
तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यस राशिलाई साढे सातको दशाले गर्दा उल्लेखनिय समय ल्याउला जस्तो देखिदैन । वाणीको असावधानीले tula अनावश्यक झण्झटको सामना गराउला । शत्रु खुलेरै प्रतिष्ठा गिराउनमा अग्रसर होलान् । रोगव्यधको प्रकोपले शारीरिक समस्याहरु नहोलान भन्न सकिदैन । व्ययभार अत्यधिक हुनाले मनमा निराशा छाउला । जग्गा जमिन व्यवसायले आर्थिक संकट हटाउन नसक्ला । चौपायाबाट पनि आम्दानीको क्षेत्र सन्तोषजनक नबन्ला ।
बौद्धिकताको बृद्धिले पढाई लेखाई सफल बन्दै जाला । भाग्यशक्ति मजबुत रहनाले मनले आँटेको काम सफल होला । आमाबाबुको आशिर्बाद कायमै रहला । पतिपत्नीको सम्बन्ध प्रेमयुक्त होला । इष्टमित्रको सदासयता घट्ने अबस्था नआउला । अशक्त प्रतिको भावना सकारात्मक ढंगको होला ।
धार्मिक यात्राको अवसर आइरहनाले धर्म प्रति स्नेह रहला । दैविय दुर्घटना लगायतका विपत्तिहरुमा न्यूनता छाउला। राजनैतिक गतिविधिले प्रतिष्ठित स्थानमा पुर्याउला । नोकरीमा उचित मूल्याङकनले मानसिक शान्ति उचित तबरको होला।
स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो
वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यस राशिलाई मध्यम देखिन्छ । साँढे सातको दशाले राम्रो अवस्था नआए पनि सामान्य अवस्था आइरहला ।
brishchikभाग्यशक्ति उचित स्थानमा रहनाले सोचविचार लाई विकसित गराउला । दाजुभाई, दिदिबहिनीको सहयोगले निरन्तरता पाउला । पतिपत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सफल बन्ला । थुप्रै तिर्थयात्राको अवसर आउला । धार्मिक कार्यक्रमहरुको महत्वले समाज सुशोभित होला । व्यापार व्यवसाय उच्चता देखिनाले आर्थिक समृद्धि बढ्ला । दैविय दुर्घटनामा न्यूनताको महसुस हुनेछ । शत्रु परास्त हुँदै जालान् । नोकरीमा गरिने आफ्नो कार्यले प्रगति गराउला । राजनीतिमा पनि बर्चश्व आफ्नै रहनाले समाजमा धाक रबाफ बढ्दै जाला ।
बौद्धिक परिस्थिति ह्रासोन्मुख बन्ला । पढाईलेखाईमा बितृष्णा जाग्ला । वैदेशिक रोजगारीबाट पनि प्रगति हुन नसक्ला।
पशुपक्षीपालन र खरतीपाती लगायतबाट उन्नती हुने छाँट छैन । जग्गाजमिनले खासै फाइदा नगर्ला । स्वास्थ्यमा सबलताको अभावले अनेकौं प्रकारका दुख झण्झट आदिको सामना गर्नुपर्ला।
स्वामी:मंगल, रत्न: मुंगा, शुभरंग: रातो
धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशिलाई यो वर्ष अद्यसाँढे सातको दशाले अशुभ भए पनि गुरु(वृहस्पति) ले अनुकूलता ल्याउला । बोलीको मधुरताले dhanuआवश्यक उपलब्धि हाँसिल गराउनमा मद्दत गर्ला । भाग्यशक्ति राम्रै अवस्थाको होला । कृषिजन्य र पशुपक्षी पालनबाट आम्दानी फराकिएला । व्यापार व्यवसायले उन्नति पथ विस्तार गर्ला । जग्गाजमिनको कारोबारले पनि राम्रै आर्जन गराउला । दाजुभाई तथा दिदिबहिनीबाट बेला बेलामा उचित प्रोत्साहन पाइएला । पतिपत्नी बीचको मधुरताले दाम्पत्य जीवन सफल बन्ला । अनेकौं तिर्थाटनको अबसरले धर्म कर्म प्रतिको रुचिले झनै तिब्रताले लेला । दैवीय दुर्घटनामा पनि कमी आउला । आफ्नै सीप र कौशलले सम्पन्न कार्यक्रमहरुले सफल बन्दै जालान् ।
आमाबाबुको सद्भावमा कमी आउला । इष्टमत्रहरु सहयोगी बन्न हिच्किचाउन थाल्लान् ।
नोकरीमा अपजस आउनाले मनमा खिन्नता छाउला । राजनीतिबाट त्यति फाइदा होला जस्तो लाग्दैन् । मौसमी लगायतका रोगव्याधको प्रकोपले शारीरिक संरचनामा आघात पुर्याउला । खर्च असिमित रुपमा बढ्दै जाला ।
स्वामी: बृहस्पति, रत्न: पुष्पराज, शुभरंग पहेंलो
मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो सालमा मकर राशिलाई शुभ अशुभ मिश्रित प्रकारको फलप्रदायक बन्ला। भाग्यशक्ति खस्किदै गएको अनुभुति होला। makarआँटेको कामले पूर्णता नपाउँदा मन ब्यग्र होला । शत्रुहरु प्रतिष्ठा गिराउन लागि पर्लान् । रोगव्याधको प्रकोपलाई नियन्त्रणमा असक्षम बढ्ला। पापीय मनोवृतिको उन्मादमा धर्मकर्म प्रतिको अरुचिले मनमा चञ्चलता ल्याउला ।
भोलीको प्रभावमा महत्वपूर्ण कार्य सफल बन्ला । आमाबाबुको सामिप्यता नघट्ला । दाम्पत्य जीवन पतिपत्नी बीचको प्रगाढताले सफल बन्ला । दाजुभाई, दिदिबहिनीको सद्भाव पाइएला । सन्तानबाट पनि सुख णै होला । व्यापार व्यबसायमा राम्रो उन्नती होला । खेतीपातीको कामले प्रगति गर्ला । पशुपक्षीपालनबाट जीवरस्तरमा बढोत्तरी ल्याउला । जग्गाजमिन सम्बन्धि कार्यले पनि समुन्ति नै गराउला ।
नोकरीमा ख्याति बढ्ने योग पनि नभएको होइन । राजनीतिमा आफ्नो वर्चश्वको वृद्धिले सर्वत्र रवाफ रहला । बौद्दिक परिस्थिति अब्बल दर्जाको रहनाले पठनपाठन लगायतका परीक्षा प्रतियोगिताहरु सफल बन्दै जालान्।
स्वामी: शनि, र्तन: नीलम, शुभरंग: कालो
कुम्भ राशि – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो राशिलाई शुभ अशुभ दुबै किसिमको फलादेशले युक्त मिश्रित अवस्थाको होला । वाणिको प्रभावमा मनोkumbhaवाञ्छित कार्यहरु सफल होलान् । आमाबाबुको शुभेच्छा अटल रहला । दाजुभाई दिदिबहिनीको सद्भाव नघट्ला । सन्तानबाट सुख होला । इष्टमित्रबाट शान्ति होला । दुर्घटना लगायत दैविय विपत्तीमा न्यूनता आउला । रोगव्याधको प्रकोप नियन्त्रित अबस्थाको होला । शत्रु निस्तेज बन्दै जालान् । बौद्धिक विकासले अध्ययन अध्यापनमा सफलता झल्केला । कृषि कार्य र पशुपक्षींपालन ले जीवनस्तरमा सुधार ल्याउला । वैदेशिक रोजगारले अर्थतन्त्रमा ठुलै बदलाभको संभावना देखाउला । व्यर्थको व्ययभारमा नियन्त्रण क्षमता बढ्ला । शत्रु परास्त होलान। रोगव्याध प्रकोप नियन्त्रणमा क्षमता बढ्ला ।
भाग्यशक्ति कमजोर प्रवृत्तिको देखिएला ।
पति पत्नीबीचको सम्बन्ध सफल बन्न नसक्नाले दाम्पत्य जीवन कष्टकर होला । धर्नप्रति वितृष्णा जाग्ला । राजनैतिक गतिविधिले उच्चतहमा पुर्याउन नसक्ला । नोकरीमा खुट्टा तान्ने प्रवृत्तिको शिकार भइएला । भूमिबाट उन्नति हुन नसक्ला ।
स्वामी: शनि, रत्न: नीलम, शुभरंग: कालो
मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो राशिलाई यो वर्ष कतै सफल त कतै बाधाले सन्तोषजनक अबस्था णै होला जस्तो लाग्छ । भाग्यशक्तिको प्रवलताले minआँटेको कामले पूर्णता पाउला। आमाबाबुको स्नेह नघट्ला। दाजुभाइ, दिदिबहिनीबाट सदाशयता प्राप्त भईरहला । पतिपत्नी बीचको सुमधुर सम्बन्धले दाम्पत्य जीवन बन्ला। इष्टमित्रहरु पनि सहयोगी भावमा देखिएलान् । व्यापार व्यवसायले ठूलो उपलब्धि दिन नसक्ला । धार्मिक गतिविधिले अनेकौं तिर्थस्थलहरुको भ्रमण गराउला । रोगव्याध प्रकोप नियन्त्रणमा दक्षताको विकासले उचित प्रोत्साहन पाउला । बौद्धिकताको बृद्धिले परीक्षा प्रतियोगिताहरु लगायत अन्य क्षेत्रमा समेत सफलता मिल्ला । दैवीय दुर्घटना लगायत विपत्तिहरुमा कमी आउला । बोल्दा निकै होस पुर्याउनुपर्ला । अन्यथा संकटको अबस्था निम्तेला । नोकरीमा खिचातानीको शिकार हुनुपर्दा निराशाको बादलले ढाक्ला ।
जग्गा जमिनको कारोबारले पनि अर्थतन्त्र सुधार्नमा त्यति मद्दत नगर्ला । राजनैतिक गतिविधि आफू अनुकुल नदेखिनाले राजनीतिबाट लाभ हुन नसक्ला । व्ययभार अधिक बढ्नाले पनि आर्थिक सन्तुलन नबिग्रेला ।
स्वामी: वृहस्पति, रत्न: पुष्पराज, शुभरंग: पहेंलो
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १६ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१६ को पूर्वसन्ध्यामा स्थानीय प्रमुख पर्यटकीय केन्द्र ठमेलमा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्ले हरेक वर्ष झँै यस वर्ष पनि आज ठमेलमा आयोजना गरेको विशेष सडक महोत्सवको उद्घाटन गर्दै नेपाली काँग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले अघिल्लो वर्ष मुुलुकले विभिन्न प्रतिकूलता व्यहोर्नुपरेको भए पनि सन् २०१६ उज्जवल रहोस् भनी कामना गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सन् २०१५ जे जस्तो भए पनि नयाँ वर्ष पर्यटन क्षेत्रका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । परिषद्का अध्यक्ष रामशरण थपलियाले मुलुकको पर्यटन क्षेत्रका लागि आकर्षकको केन्द्र मानिने ठमेललाई सेवा सुविधाका दृष्टिमा थप प्रभावकारी बनाउने दृढता व्यक्त गर्नुभयो ।
साङ्गीतिक कायक्रममा सयौँ युवा, विभिन्न पेसाका नागरिकलगायतले मनोरञ्जन लिए । ठमेलका साथै दरबारमार्गलगायत क्षेत्रमा नयाँ वर्षको स्वागतका लागि झिलिमिली बत्तीका साथै विभिन्न कार्यक्रम गरिएको छ । नयाँ वर्ष मनाउने सर्वसाधारणको उत्साहपूर्ण भिड देखिएको छ ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1VrX4aV
काठमाडौँ, १६ पुस । राष्ट्रिय मानवअधिकार आयोगले हिमाली क्षेत्रमा हवाई मार्गबाट न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा समेतका सामग्री तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगको अनुगमन प्रतिवेदनले भूकम्प प्रभावित जिल्लामा जाडोबाट धेरै भूकम्पपीडितको मृत्यु भएको र यो क्रम बढ्दै जाने अवस्थामा रहेको जनाएको छ ।
हालै काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, मकवानपुर, काठमाडौँ, भक्तपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा र ललितपुरका भूकम्पपीडितको अवस्थाको अनुगमन प्रतिवेदनमा भूकम्पपीडित बढी चिसोबाट प्रभावित भएको उल्लेख छ । भूकम्प प्रभावित व्यक्ति न्यानो लत्ताकपडा लिनका लागि बजारसम्म जान नसक्ने अवस्थामा रहेको आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आयोगका अनुगमनका क्रममा अधिकांश गाविसका भूकम्पपीडितले सरकारद्वारा वितरित १५ हजार रुपैयाँ प्राप्त गरिसकेको पाइए तापनि पछिल्ला पाँच जिल्लाका केही गाविसमा अझै पनि उक्त रकम वितरण हुन नसकेको पाइएको बताइएको छ । सरकारद्वारा भूकम्पपीडितलाई न्यानो कपडा किन्नका लागि १० हजार रुपैयाँ गाविसमार्फत वितरण प्रक्रिया अगाडि बढाइएको भनिए पनि कतिपय गाविसमा सचिवको अभाव र कार्यबोझ आदिका कारण तथ्याङ्क सत्यतामा शङ्का एवम् स्थानीय विवाद समेतका कारणबाट अधिकांश पीडितले उक्त रकम अझै प्राप्त गर्न नसकेको आयोगको अनुगमनबाट पाइएको छ ।
अनुगमनका क्रममा काठमाडौँको चुच्चेपाटी, रसुवाको नौबिसे–लहरेपौवा, नुवाकोटको इन्द्रायणीचौर, भक्तपुरको सानोठिमी, चाँगु, भेलुखेल, सानो ब्याँसी, भक्तपुर नगरपालिकालगायत शिविर व्यवस्थित हुन नसक्दा पानी, शौचालय तथा महिलाको सुरक्षालगायत लैङ्कि समस्या रहेको पाइएको छ ।
क्षतिग्रस्त भवनको पुनःनिर्माणसम्बन्धी मापदण्डका सम्बन्धमा स्थानीयस्तरमा जानकारी हुन नसक्दा भूकम्पपीडित व्यवस्थित आवासको अधिकारबाट वञ्चित छन् भने चिसोका कारण अस्थायी सिकाइ केन्द्रमा पढिरहेका बालबालिकाको अवस्था अत्यन्तै नाजुक रहेको पाइएको छ । स्वास्थ्य केन्द्रमा औषधि र स्वास्थकर्मीको अभावले भूकम्पपीडित आधारभूत स्वास्थ्य सेवाको हकबाट वञ्चित छन् ।
भूकम्पपीडितलाई वितरण गरिने राहत र सहयोगका कार्यक्रममा आवश्यक सहयोग पु¥याउन आयोगले नागरिक समाज, राजनीतिक दल तथा सम्बद्ध सबै निकायलाई आग्रह गरेको छ ।
## News source from Zoomnp
via IFTTT
काभ्रे, १६ पुस । तराईमा भइरहेको आन्दोलनलाई तत्काल निष्कर्षमा पुग्नका लागी स्वायत्त प्रदेश अनिवार्य रहेको भन्दै नेकपा माओवादी विप्लव समुहले काभ्रेमा एक कार्यक्रम गर्दै काभ्रेलाई ताम्सालिङ घोषण गरेका छन् ।
केन्द्रीय स्थायी कमिटीको सदस्य समेत रहेका धर्मेन्द्र बास्तोलाको प्रमुख अतिथ्यतामा समापन भएको कार्यक्रमलाई काभ्रे जिल्ला अध्यक्ष मणिक तामाङ रहेका थिए करिब दश जिल्लाका सयौँ कार्यकर्ताको भेलाबाट ६८ सदस्यीय कार्यसमिति पनि चयन गरिएको बताएको छ ।
घोषण सभालाई सम्बोधन गर्दै बास्तोलाले जनतालाई दमन गर्नै सरकारले नाकाबन्दीको प्रतिकार सम्म पनि गर्ने नसकेको र आगामी दिनमा ताम्सालिङ क्षेत्रमा सबै जात र धर्म मान्नेहरुको हक अधिकार पुर्ण सुनिश्चित गरिने पनि बताएका छन् । कार्यक्रममा नेपाल प्रहरीले हस्तक्षेप गर्ने खोजे पनि कार्यकर्ताले मञ्चलाई साङलो लगाएर कार्यक्रम गरेका थिए
## News source from Zoomnp
via IFTTT
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1OmJ2pJ
ताजा खबर , नेपालगञ्ज १६ पुस
साझको पाँच बजिसकेको थियो चिसो बढेर आछु आछु हुने बेला लोक तथा दोहोरी गायक टंक तिमिल्सीना गित गाउन आतुर थिए । दर्शकको भिड कम थिएन । सनसनी सनसनी यो मुटु खाईरनी त्यैभएर म नेपालगञ्ज आइरहनी भन्दै स्टेज चढ्दै गर्दा लोक गाएक टंक तिमिल्सीनालाई हुटिङ्ग र तालीले दर्शकले स्वागत गरे । उमेरले २१ वर्ष ननाघेका टंकले भर्खरै बजारमा ल्याएका केटि मेरै पछि पर्छन , स्याउ खानलाई जुम्ला सगै देउडा गित समेत गाएर उपस्थीत दर्शकलाई छमछमी नचाए । डेड वर्ष अगाडी नेपालगञ्जमा बसेर अध्ययन सगै स्थानीय रेडियोमा कार्यक्रम समेत चलाएका टंकले आफ्नै ठाँउमा आएर गित गाउन पाउदा निकै हर्सित भएको बताए ।
नेपालगञ्जमा रहेको रेडियो हिमाल एफ एमको सातौ बार्षिक उत्सव कार्यक्रममा आएका लोक गाएक टंक सगै गोपाल नेपाल जिएम र गायिका सपना शाहिलेले पनि उपस्थित दर्शकलाई साङ्गगेतिक तिस्रना मेटाए । स्थानीय कलाकारले विभिन्न प्रस्तुति दिएका थिए ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1mkY1pU
काठमाडौँ, १६ पुस । यातायात व्यवस्था विभागका निर्देशक नविन कुमार पोख्रेल एक लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नयाँबानेश्वरस्थित विभागको कार्यालयबाट पोख्रेललाई घुससहित पक्राउ गरेको हो ।
एभन साइकल प्रालिले ईलेक्ट्रिक स्कुटर ल्याउन नेपालगन्ज भन्सार कार्यालयले बिभागको सिफारिस माग गरेको थियो । सिफारिस बनाउन आएका सेवाग्राहीसँग प्राविधिक निर्देशक पोख्रेलले प्रति स्कुटर पाँच हजार रुपैयाँका दरले घुस लिएको सूचनाको आधारमा आयोगबाट खटीको टोलिले पक्राउ गरेको हो ।
पोख्रेललाई ३६ वटा स्कुटरको सिफारिस बापत एक लाख ८० हजार रुपैयाँ सहित रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १६ पुस । सगरमाथा संरक्षक अभियन्ता वाङछु शेर्पालाई राष्ट्रिय सलामी सहित अन्त्यष्टी गर्न परिवारले माग गरेको छ । राष्ट्रिय महत्वको विषयमा गरेको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय सलामी दिनुपर्ने माग परिवारले गरेको हो । ४८ वर्षको उमेरमा पुस १५ मा निधन भएका शेर्पाको पार्थिव शरीर परम्परागत पूजापाठ र अन्तिम श्रद्धाञ्जलीको लागि शेर्पा सेवा केन्द्र बौद्धमा राखिएको छ । राजधानीमा वौद्धमा पत्रकारसम्मेलन आयोजना गरि शेर्पालाई यसअघि नै राष्ट्रिय सलामी दिनुपर्ने आफूहरुले माग गरेको आङफूला शेर्पाले जानकारी दिए ।
दुई छोरी र एक श्रीमाति रहेका शेर्पालाई बिहीबार नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र सभासद यज्ञराज सुनुवारले श्रद्धान्जली दिएका थिए ।
को हुन वाङछु ?
वाङछु शेर्पालाई चिन्ने प्रशस्तै पहिचान भएतापनि अहिलेसम्म धेरैले वरिष्ठ पर्यटन व्यवसायी, पर्वतारोही तथा समाजसेवी भनेर चिन्दै आएका थिए । केहीदिन अघि नेपाल सरकारले सगरमाथा संरक्षक अभियन्ता २०७२ ले सम्मान गरेपछि वाङछुलाई चिन्ने अर्को पहिचान थपिएकोे थियो, सगरमाथा संरक्षक अभियन्ता ।
४८ वर्षीय वाङछुले सगरमाथाको संरक्षणको निम्तीलामो समय बिताएका थिए । सगरमाथा आरोहण गर्न जानेहरुले फालेको फोहोर सगरमाथामा प्रदुषण बढ्दै जाँदा नेपाल सरकारको समेत ध्यान नगएको त्यो बेला उनै वाङछु सगरमाथा संरक्षण अभियान सञ्चालन गरेर १५ सय टन फोहोर संकलन गर्न सफल भएका थिए । सगरमाथामा कुनै फोहोरहरु हालसम्म पनि थुप्रिएका छैनन् । उनले आफुले गर्न सक्ने काम कसैलाई हारगुहार नगरी आफैं एक्लै पनि गरिरहन्थे । उनी एक्लैले गर्न नसक्ने काम सम्बन्धित निकाएकमा ध्यानआकर्षण गराएर भएपनि सफल बनाउँथे । बढ्दो जलवायु परिवर्तनमा सरकारको ध्यानआकर्षण गराउनको निम्ती उनैको सक्रियता र आयोजनामा सगरमाथाको आधार शिविर कालापत्थारमा मन्त्रिपरिषद्को बैठक समेत राख्न भूमिका खेले । यस्ता दर्जनौ विशिष्ट काम गरेका व्यक्ति क्यान्सरबाट ग्रसित भएपछि सरकारले उनीप्रति चासो देखाएको छ । अस्पतालमै एक कार्यक्रमको आयोजना गरेर नेपाल सरकार तथा पर्यटन मन्त्रालयले उनले जीवनकालमा गरेका कार्यहरुको उच्च मूल्याङकन कदर गर्दै सम्मान समेत गरेको थियो ।
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १६ पुस । नेकपा (एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अब राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने आवश्यकता औल्याए ।
मुलुकको समस्या समाधानका लागि दवाव दिने अभियान अन्र्तगत रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापन पत्र बुझ्दैन उनले भने,‘अब काग्रेंस, एमाले, एमाओवादी र अरु दलसहितको राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ । सबैलाई मिलाएर लिएर जानु पर्छ । प्रधानमन्त्री केपी शर्मा ओली सबैलाई मिलाउन सिपालु हुनुहुन्छ । मिलाउनु होला ।’
बरिष्ठ नेता नेपालले सरकारको काम कारवाही प्रभावकारी भएन भन्ने गुनासो सबै तिरबाट आईरहेकोले सरकारलाई अझै प्रभावकारी बनाउनु पर्ने भन्दै अब आश्वासन मात्रै होईन परिणाममा आउने गरीकाम बढी कुरा कम गर्नु पर्ने भनि प्रधानमन्त्रीको कार्यशैलीप्रति ब्यङग्य गरे ।
उनले कालाबजारी र मुल्यबृद्धि नियन्त्रणमा केही काम भएको भए पनि यो अपुग भएको भन्दै यसमा सरकार दह्रो ढंगले उभिनु पर्ने सुझाव दिए ।
नेता नेपालले मधेसी मोर्चाले सुरु गरेको आन्दोलनले मुलुकको विकास र आर्थिक प्रगतिलाई असहर पारेको र मधेसी जनताले झनै पीडा भोग्नु परिरहेकोले जनताको हित विपरितको आन्दोलनको स्वरुप बदल्न मोर्चासँग आग्रह गर्दै संविधानमा केही कुरा अप्रष्ट भए त्यसलाई प्रष्ट बनाई राष्ट्रिय सहमतिका साथ अघि बढ्नु पर्ने बताए ।
उनले भने,‘ आन्दोलन जनताको हितमा हुनु पर्नेमा जनताको हित विपरित बनेको छ । यसले जनतालाई झनै पीडा थप्ने काम गरेको छ । आन्दोलनको स्वरुप बदलेर जनतालाई पीडामुक्त गर्न म मोर्चाको नेताहरुलाई आब्हान गर्दछु । मधेसी मोर्चा पनि एउटा दलमात्रै हो । एमाले, काग्रेस र एमाओवादीले पनि मधेसको भावना बोक्छन भन्ने कुरा भुल्नु हुँदैन ।’
नेपालले संविधान संसोधन विद्येयक पारित गर्न ढिलाई भएको भन्दै काग्रेसको नेतृत्वमै सरकार रहँदा पारित गरेको भए अहिलेसम्म मुलुकले निकास पाईसक्ने दावी गरे ।
उनले महन्थ ठाकुर र उपेन्द्र यादव जस्तो समझदार मान्छेहरु मोर्चामा रहेको उल्लेख गर्दै भने,‘उहाँहरु बातावरण बनाई दिनुस भन्नु हुन्छ । मृतकलाई क्षतिपूर्ति दिने, घाईतेको उपचार गर्ने र सुरक्षाको प्रत्याभुतिमा राज्यले अलि बढी ध्यान दिनु पर्ने तर सरकारले कमजोरी गर्यो ।हिजो आन्दोलनमा गिरिजाबाबु पनि राजाले एक पटक बोलाई दिए हुन्थ्यो भन्नु हुन्थ्यो । नबोलाउँदा भावनामा चोट पर्छ भन्ने कुरा भुल्नु हुँदैन ।’
कम जनसंख्या भएको भुगोललाई ध्यान दिएर जनसख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउने विषयमा विद्येयक नै पेश भईसकेको अवस्थामा त्यसलाई प्रष्ट पार्न तयार रहेको स्पष्ट पार्दै नेता नेपालले सीमांकनमा केही समय लिनु पर्नेमा जोड दिए ।
उनले भने,‘ सुनसरी, मोरङ, झापा, कैलाली र कञ्चनपुरका जनताको भावना बुझेर सीमांकन टुङगो लगाउनु पर्छ । त्यसकोलागि केही समय लिनु पर्छ । तीन महिनामा राजनीतिक समिति बनाएर टुङग्याए पनि हुन्छ, संघीयतालाई थाति राखे पनि हुन्छ ।’
नेपालले मधेसी मोर्चा, मधेसी जनता र भारतको समर्थनलाई फरक फरक ढंगले बुझ्नु पर्ने भन्दै भारत विराधी भावना घटानउ भारतले नाकाबन्दी हटाउन बहानाबाजी नगर्ने, मधेसी मोर्चाले कहि नहुने सीमामा धर्ना छाड्नु पर्छ । संसारमा आफ्ना जनतालाई मार्ने काम कसैले गर्दैनन । संसदमा आउनु पर्यो त्यहाँबाट सहमति गर्नु पर्यो ।’
उनले थपे,‘ सहमतिको क्रम तत्काल सुरु गर्नु पर्छ । अब ढिला गर्नु हुँदैन । भारतीय नाकाबन्दी र मोर्चाको धर्नाले समस्या खडा गरेको छ । त्यसलाई छिटो टङग्याउनु हितकर हुन्छ । नाकाबन्दीले भारत विरोधी भावना बढेको छ । यो ख्याल गर्नु पर्छ । नेपाल र भारतको सम्बन्ध राम्रो हुनु पर्छ । ’
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १६ पुस । व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि आ–आफ्नो धारणा राखेका छन् ।
छलफलमा भाग लिँदै सांसद आनन्दप्रसाद ढुङ्गानाले अन्तरिम संविधान, २०६३ मा समावेश भएका विषयलाई नयाँ संविधानले समेट्न नसकेका कारण तराई–मधेसमा असन्तुष्टि उब्जिएको बताए ।
शीर्ष नेताहरुले दिएको आश्वासन पूरा नभएको, नेपाली जनताको भावनालाई नयाँ संविधानले समेट्न नसकेको उल्लेख गर्दै उनले असन्तुष्ट समुदायको भावनालाई समेट्न आग्रह गरे । भूकम्पपीडित जनताले राहत नपाएको, चार महिनाभन्दा लामो समयदेखि तराईमा आन्दोलन भए पनि त्यसलाई सम्बोधन गर्न नसकेको, सरकारले कालोबजारी र अनियमितता रोक्न नसकेको भन्दै सांसद् ढुङ्गानाले जनताको समस्या समाधान गर्न छाडेर सरकार मन्त्रालयको भागबन्डामा लागेको आरोप लगाए ।
समावेशी, समानुपातिक विषयलाई संविधानमा समावेश गरौँ भन्दा संविधान लेखन गर्दै गरेको समयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका कारण नेपाली काँग्रेसले प्रधानमन्त्री पदमा उम्मेदवारी दिएको धारणा राखे ।
सांसद् राजेन्द्रप्रसाद पाण्डेले संविधान कुनै धर्मग्रन्थ नभएकाले प्रयोगका क्रममा क्रमशः संशोधन गर्दै जान सकिने भएकाले कोही कसैले आपत्ति जनाउनुको अर्थ नभएको बताए ।
सदनमा रहेको संविधान संशोधन विधेयकलाई पारित गरेर अगाडि बढ्दा समस्या समाधान हुने भन्दै उनले वार्ता र संवादको माध्यमबाट सबै समस्याको समाधान गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
सांसद अमनलाल मोदीले संविधान लेखनको प्रक्रियामा नै समावेशी, समानुपातिक तथा अल्पसङ्ख्यक वर्ग तथा क्षेत्रका विषय राख्नै नचाहने प्रवृत्ति ठूला दलमा देखिएका कारण जटिलता पैदा भएको बताए ।
उनले संविधान संशोधनका क्रममा नै तराई–मधेस, थारू तथा आदिवासी र अल्पसङ्ख्यक समुदायले उठाएका विषयलाई समेट्नुपर्नेमा जोड दिए ।
सांसद बुद्धिराज भण्डारीले घोषणा भएको संविधान नै कार्यान्वयन हुन नसकेकाले कुन विषय अपुग भयो, कुन विषय छोडिए भन्ने थाहा हुन नसकेकाले पहिला राम्रोसँग अध्ययन गर्न आग्रह गरे ।
सांसद रामहरि सुवेदीले नयाँ संविधानले समावेशी, समानुपातिक प्रणालीको व्यवस्था नयाँ संविधानमा व्यवस्था भए पनि त्यसलाई अस्वीकार गरेर बाह्य शक्तिको आडमा आन्दोलन गरिएको बताए ।
तराई–मधेसमा तीन–चार प्रदेश बनाउनुपर्नेमा जोड दिँदै उनले गलत मनसायका आधारमा चलाइएको आन्दोलनले कुनै पनि निकास नदिने र त्यसले अन्ततः मुलुकलाई नै कमजोर बनाउने तर्क गरे ।
सांसद मिलनकुमारी राजवंशीले आन्दोलनरत दलको सहमतिमा नै संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने र सबैको भावनालाई समेट्नुपर्नेमा जोड दिए ।
सांसद नागेन्द्रकुमार कुमालले भने ‘आफूले विगतमा पछाडि पारिएका जाति तथा वर्गको पक्षमा संशोधन प्रस्ताव राखेको उल्लेख गर्दै त्यतिखेर नै ती विषय समावेश गरिएको भए मुलुकले अप्ठ्यारो बेर्होर्नु पर्दैनथ्यो ।’
विभेदमा पारिएका समुदायलाई अधिकारसम्पन्न बनाउन पनि संविधान संशोधनको दायरालाई फराकिलो बनाउनुपर्ने र आन्दोलनरत पक्षको भावनालाई समेत समेट्नुपर्ने उनको भनाइ थियो ।
सांसद अमरबहादुर थापाले तराई मधेसको तुलनामा पहाडी तथा हिमाली क्षेत्रका जनता बढी पीडामा रहेको र तराईको आन्दोलन गलत प्रवृत्तिको उपज भएको बताए ।
अन्तर्राष्ट्रिय सीमामा बसेर आन्दोलन गर्न नपाइने भए पनि जबर्जस्ती आन्दोलन गरेर मुलुकलाई सङ्कटमा धकेलिएको उनको भनाइ । सांसद दिलमान पाख्रिन र तुलाराज विष्टले असन्तुष्ट पक्षको भावनालाई समावेश गरेर संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए ।
सांसद् यज्ञराज सुनारले विगतमा आफूहरुले राखेको संशोधन प्रस्तावलाई काँग्रेसले अस्वीकार गरेकै कारण असन्तुष्ट पक्षका माग सम्बोधन गर्न नसकिएको उल्लेख गरे ।
सांसद योगेन्द्र तामाङ घिसिङले विगतमा गरिएका गल्ती तथा कमजोरीका कारण मुलुक समस्यामा फसेको भन्दै तत्काल बुद्धिमत्तापूर्ण ढङ्गले काम गर्न आग्रह गरे ।
## News source from Zoomnp
via IFTTT
उदयपुर, १६ पुस । चार दिन अघि उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस ८ बस्ने बर्ष ३८ की कृष्ण कुमारी कटुवालको हत्या भएको छ । उनको हत्या स्थानीय मजदुर सरोज मगरले गरेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार झापा जिल्ला तोपगाछी गाबिस बस्ने ३९ वर्षीय मगरले कृष्ण कुमारीलाई केही समय यतादेखि शारिरीक सम्पर्क राख्दै आएका थिए ।
कृष्ण कुमारीले आफूलाई विवाह गर्न भनेपछि विवाद बढेर मगरले पुस १२ गते हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बताएको छ ।
जङ्गलमा दाउरा काट्न गएकी कृष्ण कुमारीसँग शारिरीक सम्पर्क भएको र विवाद बढेपछि पाँच किलो जतिको ढुङ्गा टाउकामा प्रहार गरी हत्या गरेको मगरको बयानलाई उद्धृत गर्दै प्रहरी निरीक्षक अमतलाल माझीले बताए ।
सरोज मगरलाई प्रहरीले १३ गते साँझ स्थानीय एक घरमा लुकी बसेको अबस्थामा पक्राउ गरेको हो । कृष्ण कुमारीको परिवारजनबाट मौखिक जाहेरी परेपछि प्रहरीले बेपत्ताको खोजी कार्य थालेको थियो । उनको मृत शरीरलाई निर्वस्त्र अवस्थामा फेला पारिएको थियो ।
## News source from Zoomnp
via IFTTT
पोखरा, १६ पुस-
सातौँ सँस्करणको मिस पोखराको ताज सबिना राना भुजेलले जितेकी छन् । बुधबार राती पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा अन्य १९ जना प्रतियोगीहरुलाई पछाडि पार्दै उनले उपाधी आफ्नो पोल्टामा पारेकी हुन् ।
उपाधी पाएसँगै सबिनाले आफुलाई निकै ठुलो खुशि मिलेको प्रतिक्रिया दिइन् । साथै उनले मिस पोखराको विजेता बनेपछि आफु अझै जिम्मेबार भएको बताईन् । ‘मेरो लक्ष्य आज आएर पुरा भएको छ । यसलाई मैले शुरुवात मानेकी छु । आगामी दिनमा यो ताजको गरिमालाई अझै बढाउनेछु ।’ सबिनाले भनिन् ।
मिस पोखराको टाईटल जितेसँगै सबिनाले मिस पोखराको अबको सँस्करणमा सोझै सहभागिता जनाउन पाउनेछिन् । त्यो सँगै उनले नगद ५० हजार रुपैँया, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गरिन् । मिस पोखराको विजेताले गोल्डेन क्राउन पहिरिएको यो पहिलो पटक हो ।
प्रतियोगितामा मञ्जिता खनाल फस्ट रनरअप भईन् भने लोचन बसेल सेकेन्ड रनरअप भईन् । फस्ट रनर अप खनालले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअप बसेलले २० हजार रुपैयाँ प्राप्त गरे । सेकेन्ड रनरअप बसेलले सँगसँगै बेस्ट फोटोजेनिक टाईटल पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरि बेस्ट पर्सनालिटिको उपाधी सलिफा गुरुङको पोल्टामा प¥यो ।
मोस्ट ट्यालेन्ट टाईटल आरजु घोताने गुरुङ, बेस्ट क्याटवाक र भ्यूअर्स च्वाईस टाईटल सलिना राज्यलक्ष्मी राणाले जिते । त्यस्तै मिस पपुलारिटि टाईटल अनु रेग्मी र बेस्ट स्माईल तथा बेस्ट ड्रेस टाईटल सिर्जना विश्वकर्माको हातमा प¥यो । बुधबार भएको मिस पोखराको ग्राण्ड फिनालेमा गोपाल कक्षपती, संचारकर्मी महेश भण्डारी, ब्यूटिसियन चिनु गुरुङ, अप्सरा बस्नेत लगाएत निर्णायकको रुपमा रहेका थिए ।
ग्राण्ड फिनालेकै क्रममा गायन तथा नृत्य प्रस्तुतीहरु पनि भएको थियो । गायिका देविका बन्दना, विग आईकन मुस्कान रानाभाट, गायक कालिप्रसाद बाँस्कोटा, विजेश पौडेलले सहभागीलाई आफ्नो प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै सारेगम कला केन्द्रका कलाकारहरुले नृत्यको प्रस्तुती पनि राखेका थिए ।
पोखरा जेसिजको आयोजनामा भएको सातौँ सँस्करणको मिस पोखरालाई ईभेन्ट कम्पनी ‘ईभेन्ट्स फर यू’ले व्यवस्थापन गरेको थियो । कोलगेट ह्वाईट भिजिबलको मुख्य प्रायोजनमा भएको मिस पोखरा २०१५ को को–स्पोन्सरमा एब्सिका ईन्टरनेशनल एजुकेशन, सब स्पोन्सरमा ग्लोबल रिच एजुकेशन सर्भिसेज प्रा लि, स्पोन्सरमा कान्तिपुर डेन्टल हस्पिटल, चेरिष्मा ईम्पोरियम एण्ड बुटिक र प्रथम पुरस्कार स्पोन्सरमा ग्लोबल मोटर्स प्रालि रहेका थिए ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1Raxc2E
काठमाडौँ, १६ पुस । पूर्व युवराज पारस शाह लामो समयपछि सार्वजनिक भएका छन् । उनी थाइल्याण्डबाट नेपाल फर्किएको निकै लामो समय भईसकेको छ । सामान्यतया धार्मिक कृयाकलामा भाग लिने गरेको शाह बिहीबार सार्वजनिक कार्यक्रममा देखिए । शिव सेना नेपालले बिहीबार आयोजना गरेको निःशुल्क भोजनशालाको उद्घाटन कार्यक्रममा छोरी पूर्णिका सहित सहभागि भएका हुन् ।
शिव सेना नेपालले जनता भाव र मंहगीमा बाच्नु परेको भन्दै निःशुल्क भोजनशाला सञ्चालनमा ल्याएको छ । पशुपतिनाथको बनकाली क्षेत्रमा हरेक दिन निःशुल्क खाना खुवाइने संगठनले जनाएको छ ।
तस्बिर साभार – रातो पाटि
## News source from Zoomnp
via IFTTT
काठमाडौं, १६ पुस-
नेपाली खेलकुदमा ‘डाक्टरसाब’को नामले परिचित डा. अजय राणाले चिकित्सक टोलीमा रहेर नेपाली खेलाडीको उपचारमा लामो समय खर्चिए । उनको अनवरत २५ वर्षे योगदानलाई कदर गर्दै एसियन फुटबल महासंघ (एएफसी)ले ‘गोल्डेन सर्भिस अवार्ड’बाट पनि सम्मान गर्यो । तर, राणाको काम यतिमै भने सीमित छैन । उनले लामो समय तत्कालीन युवराज दीपेन्द्र शाहसँग पनि काम गरे, दीपेन्द्रको स्वास्थ्यको हेरचाह पनि गरे ।
नमा तय भएअनुसार ‘डाक्टरसाब’लाई भेट्न पुग्दा मेट्रो अस्पतालमा उनी व्यस्त थिए । केही मिनेटमै उनी तयार भए । पहिले नै तय भएअनुसार हामी लाग्यौँ, अमेरिकन दूतावासअगाडिको कफी सपतिर । ‘पहिले कफी अर्डर गरौँ अनि कुरा सुरु गरौँला,’ टेबलमा बस्दानबस्दै राणाको ‘अफर’ थियो यो । तर, उनीसँग अफर गर्न बाँकी नै थियो, ‘दीपेन्द्रबारे पनि कुरा गरौँ ल ।’ त्यतिवेला युवराज दीपेन्द्र शाहले बूढानीलकण्ठ स्कुलबाट अध्ययन सकेका थिए । सानोमा शिक्षाबारे चिन्ता लिएको दरबारको सोचमा परिवर्तन आइसकेको थियो– दीपेन्द्रको ‘फिटनेस’बारे । सायद, राणाले मैले सोचेको दीपेन्द्रबारे ‘गेस’ गरे, उनले भने, ‘त्यतिवेला राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा इन्जिनियर इन्दुबहादुर शाही हुनुहुन्थ्यो ।
म चिकित्सकका रूपमा त्यहाँँ काम गर्थेँ । संयोग, सदस्यसचिवज्यूलाई दरबारबाट बोलावट आएछ, दीपेन्द्रको फिटनेसबारे हेर्ने मान्छेको खोजी गर्न ।’ दरबारनिकट शाहीलाई यो विषयमा छलफल गर्न सबैभन्दा उपयुक्त पात्र लागे डा. अजय राणा । ‘दरबारको काम गर्न सक्दिनँ भन्ने को हुन्थ्यो र ? फेरि मैले गर्न नसक्ने काम पनि त थिएन,’ राणाले शाहीलाई दिएको जवाफ सम्झिए, ‘एकपटक दरबारमा दीपेन्द्र सरकारसँग भेटौँ अनि फाइनल गरौँला ।’ राणा केही समयअघि मात्र जर्मनी र बेलायतबाट यही विषयमा अध्ययन गरेर फर्किएका थिए ।
विगतको यो अनुभवले पनि उनको कन्फिडेन्स बढायो, सायद शाहीको छनोटको ‘कन्फिडेन्स’ पनि यसैले निर्धारण गर्यो । राणा केही भन्न खोज्दै थिए, २२/२४ वर्षअघिको घटना सम्झिँदै थिए । त्यही वेला उनको ‘च्वाइस’को कफी टेबलमा आइपुग्यो । कफी कपबाट एक ‘सिप’ लिएपछि दरबार पुगेको घटना सम्झिए राणाले, ‘राजा वीरेन्द्रले मलाई के पढेको भनेर सोध्नुभयो । मैले एमबिबिएसपछि अध्ययन गरेको विषय मात्र भनिनँ, हक्कीको राष्ट्रिय च्याम्पियन भएकोसमेत बताए ।’ नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायले दीपेन्द्रबारेको फिचर लेखेका छन् ।
## News source from Zoomnp
via IFTTT
गौशाला, १६ पुस । महोत्तरीको पूर्वी सीमा नाका मटिहानीमा सीमापारिबाट ल्याइँदै गरेका आधा दर्जन ग्यास भरिएका सिलिन्डर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।
जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याइँदै गरिएका ती सिलिन्डर एसएसबीले नियन्त्रणमा लिएको उपभोक्ताले बताएका छन् । हिजोसम्म बिनारोकटोक ल्याउन दिइएको ग्यास सिलिन्डर एक्कासी एसएसबीले नियन्त्रणमा लिएपछि नेपालबाट ग्यास लिन भारत गएका दर्जनौँ व्यक्ति खाली सिलिन्डर लिएर फर्केका छन् ।
नेपाली सिलिन्डरमा भारतीय ग्यास पल्टी गरेर चर्को मूल्यमै भएर पनि हिजोसम्म नेपाली ग्राहकले पाउने गरेकामा बिहानदेखि एसएसबीले भारतबाट ग्यास लैजान नमिल्ने भन्दै ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेका छन् । महोत्तरीको सीमापारिका भारतीय सहर मधवापुर, सुरसण्ड, भिट्ठामोडमा हिजोसम्म नेपाली ग्राहकले नेपाली सिलिन्डर लगी भारतीय ग्यास भरेर ल्याउने गरेका थिए ।
भारतमा नेपालीसँग एउटा सिलिन्डर रिफिल गरेबापत दुई हजार आठ सय रुपैयाँ देखि तीन हजार नेपाली रुपैयाँ सम्म लिने गरेका थिए । तर बिहानदेखि सीमानाकामा एसएसबीले ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेपछि नेपालबाट ग्यास ल्याउन भारतीय बजारमा पुगेका ग्राहक बिचल्लीमा परेका छन् । साथै, एसएसबीले सो सीमा भएर अन्य दैनिक उपभोगका सरसामान पनि ल्याउनमा कडाइ गरेका छन् । नेपाली उपभोक्ताले झोला र पोकामा पनि ल्याउने गरेका सरसामान एसएसबीले चेकजाँच गरेर मात्रै ल्याउन दिएको सर्वसाधारणको गुनासो रहेको छ ।
## News source from Zoomnp
via IFTTT
धरान, १६ पुस । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अब विरामीको उपचार गर्ने ठाँउ मात्र रहेन यो विरामीको उपचारका साथै मधेसी आन्दोलनको डिजाइन गर्ने ठाँउ बनेको छ ।
विराटनगरको जोगवनी नाकामा प्रहरीसँगको झडपका क्रममा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपचारको बाहनामा प्रतिष्ठानमा निर्वाद रुपमा बसेर आन्दोलनको डिजाइन गरि रहेको खुलासा भएको छ ।
विराटनगरको गोल्डेन अस्पतालबाट डिस्चार्ज भएका पूर्व स्वास्थ्य मन्त्री महतोलाई प्रतिष्ठानकै पदाधिकारीहरुले अस्पतालमा भर्ना गरी मधेस आन्दोलन थप सशक्त बनाउने योजना बनाईरहेको प्रतिष्ठान श्रोतको दावी छ ।
राजेन्द्रलाई मधेस आन्दोलन सशक्त पार्न र आन्दोलनको स्वरुप परिवर्तन गर्न प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दास र निर्देशक अरविन्द सिन्हाले सल्लाह दिने गरेको प्रतिष्ठान स्रोतको भनाई छ ।
गोल्डेन अस्पतालमा छँदा उपकुलपति दासले फो गरी धरान आउन आग्रह गरेपछि महतो मध्यरातमा प्रतिष्ठानको आईसीयू वार्डमा भर्ना भएका छन् । अस्पताल प्रोतका अनुसार महतोको स्वास्थ्यमा निकै सुधार भईरहेको छ ।
तर महतोलाई उपकुलपति दास र निर्देशक सिन्हाको निर्देशनमा सिधै अस्पतालको आइसियू वार्डमा भर्ना गरी हाल पेइङ वार्डमा सारिएको छ ।
त्यसो त अस्पतालमा विरामीकुरुवा एकजना भन्दा बढी बस्न नपाइने अर्को प्रावधान छ । महतोसँग करिव २ दर्जन केन्द्रिय सदस्यसहित कार्यकर्ता अस्पतालको बेडमै बसेर मधेस आन्दोलनको डिजाइन गरिरहेका छन् ।
राजेन्द्र महतो गोल्डेन अस्पतालबाट डिस्चार्ज लिएर बीपी प्रतिष्ठानमामा उपचार गर्न आउनुमा प्रतिष्ठानका पदाधिकारीसँग उनको निकटता प्रमुख कारण बनेको छ ।
प्रतिष्ठानका मुख्य चार पदाधिकारीमध्ये उपकुलपति डाक्टर बलभद्रप्रसाद दास, अस्पतालका निर्देशक डाक्टर अरविन्दकुमार सिन्हा र शिक्षाध्यक्ष डाक्टर बिक्रम श्रेष्ठ महतो स्वास्थ्य मन्त्री हुँदा उनले नै नियुक्त गरेका थिए ।
## News source from Zoomnp
via IFTTT
तनहुँ : पृथ्वी राजमार्ग अन्तरगत तनहुँको घाँसीकुवा गाविसस्थित मुसेखोला नजिकै भएको सडक दुर्घटनाम भारतीय सेनामा कार्यरत एक युवाको ज्यान गएको छ ।टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार भारतीय सेनामा कार्यरत घाँसीकुवाकै स्थानीयबासी सन्दीप कुवँरको ज्यान गएको हो ।मुसेखोलास्थित पृथ्वी राजमार्गमा ना५ख ७५२३ नम्बरको टिपरले ग१०प७४६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भारतीय सेनामा कार्यरत कुवँरको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा कुवँरसँगै मोटरसाइकलमा सवार स्थानीयबास सुरज थापा गम्भीर घाइते भएका छन् । दुर्घटनापछि मृतकका परिवारले दोषीमाथि कारबाही माग गर्दै पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका छन् ।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, पर्सा, १६ पुस । पर्सा प्रहरीले २५ किलो चरेस सहित १ जना युवकलाई पक्राउ गरेको छ । पर्साको ग्रामीण भेगबाट बिहिबार बिहान विशेष सुचनाका आधारमा प्रहरीले सो परिणामको चरेस सहित युवक पक्राउ गरेको हो । पर्साको वीरचिबर्वा–९ सिमरा टोलबाट पर्साकै हरिहरपुर गाविस निवासी सोनालाल पटेललाई पक्राउ गरेको हो ।
मकवानपुरबाट भित्राइएको चरेस भारततर्फ लैजान लागेको पूर्वसूचनाका आधारमा कारबाही गर्दा पटेललाई उक्त परिमाणको चरेससहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी सहायक निरीक्षक विश्वनाथप्रसाद त्रिपाठीले बताएका छन् ।
उनले प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका पटेललाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
The post २५ किलो चरेस सहित पटेल पक्राउ appeared first on Medianp.com.
- feed news from समाचार – Medianp.com http://bit.ly/1P1vpIS
via IFTTT
काठमाडौं— स्थलमार्गबाट अमेरिका हिँडेका २६ नेपाली कोस्टारिकामा पक्राउ परेका छन्। ट्रक चढेर निकारागुवा, ग्वाँटेमाला, मेक्सिको हुँदै अमेरिकातर्फ हिँडेका उनीहरुलाई त्यहाँको राष्ट्रिय प्रहरीले पक्राउ गरेको हो। उनीहरुसँग यात्राका लागि आवश्यक कानुनी कागजात नभएको अध्यागमन अधिकारीहरुले उल्लेख गरेका छन्। ट्रकबाट निकारागुवातर्फ गइरहेका ५१ जनालाई आप्रवासन अभियोगमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ९ बंगलादेशी, ९ समोलियन, ४ इरिट्रियन, दुई इराकी र एक पाकिस्तानी रहेको द टिको टाइम्स न्युजले उल्लेख गरेको छ। अध्यागमन अधिकारीहरुले पक्राउ परेकाहरु कसैसँग पनि यात्राको वैधानिक कागजात नभएको जनाएका छन्।
पक्राउ पर्नेमा ट्रक चालक र अरु तीन कोस्टारिकाका नागरिक पनि छन्। ती सबैलाई मानव बेचविखनको अभियोग लगाइएको छ। कोस्टारिका नागरिकले ट्रकलाई एस्कर्ट गरेर गन्तव्यतर्फ लगिरहेको अवस्थामा पक्राउ गरेको अध्यागमन अधिकारीले उल्लेख गरेका छन्।त्यहाँको कानुनअनुसार पक्राउ परेकाहरुलाई २ देखि ६ वर्षसम्म जेल सजाउ हुनसक्छ। कोस्टारिका प्रहरीले यसअघि पनि अमेरिका हिँडेका नेपालीलाई पक्राउ गरेको थियो।
मानव दलालहरुले मोटो रकम लिएर प्लेन, डुंगा, रेल र ट्रकमार्फत् जोखिमपूर्ण तरिकाले विश्वका विभिन्न देशका मान्छे अमेरिका पुर्याउँदै अाएका छन्। पछिल्लो समय दलालहरुले नेपालीहरुलाई समेत यस्तो जोखिम मोलेर अमेरिका पुर्याउँदै अाएका छन्।
दलालहरुले दक्षिण अमेरिकी मुलुकहरु ब्राजिल, कोलम्बिया पुर्याएर कामदारहरुलाई कोस्टारिका छिराउने गर्छन्। त्यसपछि निकारागुवा, ग्वाँटेमाला र मेक्सिको पुगेपछि अमेरिकासँगको सीमा पुर्याउँछन्। स्थलमार्गको यात्रामा दलालहरुले कामदारलाई ट्रक जस्तो तल्लोस्तरको यातायात साधनमा राखेर मान्छे ओसार पसार गरेको देखिएको छ। कोस्टारिकादेखि अमेरिकाको सबैभन्दा नजिकको सहर टेक्सासको लारेडियो हो। त्यसको दूरी कोस्टारिकाबाट ४ किलोमिटर छ। दलालहरुले यति लामो दूरीमा कामदारलाई ट्रकमा राखेर भेडाबाख्रा जसरी यात्रा गराउँछन्।
## News source from Zoomnp
via IFTTT
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि टेलिफोन वार्ता भएको छ। बिहिबार बिहान १०.३५ बजे करिब २० मिनेट लामो टेलिफोनमा संवादमा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँ बर्ष २०१६ को शुभकामना आदानप्रदान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले बताए।
प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद दिएका थिए।
‘नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उहाँहरुबीच कुराकानी भयो। प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताउनुभयो,’ दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यबस्था सहज बनाउन आग्रह गरेका छन्। जवाफमा प्रधानमन्त्री मोदीले आफू सदैब आपूर्ति व्यबस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताएका थिए।
भारतका प्रधानमन्त्री मोदीले रक्सौल बीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असजह भएको बताए।
प्रधानमन्त्री मोदीले औषधिको अभाव भएका बेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधी आपूर्ति गर्न भनेको स्मरण गरेका छन्।
‘प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच द्धिपक्षीय हितका बिषयमा समेत कुराकानी भयो। प्रधानमन्त्री मोदीले छिटै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्विकार गर्नुभयो। छिटै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो,’ विज्ञप्तिमा भनिएको छ।
मोदीले तीन महिनायता ओलीसँग बार्ता गरेको यो तेस्रो पटक हो। प्रधानमन्त्री दुई दिने कार्यक्रमका लागि झापामा छन् ।
## News source from Zoomnp
via IFTTT
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रमुखको रुपमा पहिलो विदेश भ्रमण दुई ठूला छिमेकी ‘भारत’ वा ‘चीन’ मध्ये कस्को गर्ने भन्ने अड्कलवाजी चलिरहेका बेला भारतीय राजदूत रणजित रायले उनको भारत भ्रमण तत्काल नहुने संकेत गरेका छन्। परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि मात्र चीन जाने बताएको भोलिपल्टै उनले भ्रमणको धेरै तयारी गर्न बाँकी रहेको बताएका हुन्।
‘प्रधानमन्त्री ओली ज्युको भ्रमणको सधै स्वागत गर्छौं। हाम्रा प्रधानमन्त्री (नरेन्द्र मोदी)ले पनि बधाई र भ्रमणको निमन्त्रणा दिनु भएको हो,’ बुधबार काठमाडौंस्थित भारतीय दूतावासभित्रै आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओली ज्यू तत्काल भारत भ्रमणमा जान लाग्नु भएको हो? भनि सोधिएको प्रश्नमा राजदूत रायले भने, ‘यस्तो उच्चस्तरीय भ्रमणका बेला धेरै विषयमा कुराकानी गर्नुपर्ने हुन्छ। भ्रमण अघि त्यस्ता महत्वपूर्ण विषयहरुमा तयारी गर्न आवश्यक छ।’
प्रधानमन्त्री ओलीले आइतबार २०७२ साल भित्रै भारत र चीन दुवै देशको प्रधानमन्त्रीका रुपमा भ्रमण गर्ने दाबी गरेका थिए। त्यति मात्र होइन उनले दुवै ठूला छिमेकीसँग नेपालले मित्रता चाहेको बताउँदै चीन र भारत मध्ये कुनको पहिलो भ्रमण गर्ने भन्ने कुनै नियम नभएको स्पष्ट पारेका थिए। पहिला भारत भ्रमण हुन नसके चीन जान आफू नरोकिने उनले प्रष्ट बताएका थिए।
ओलीले आफू छिट्टै चीन जाने संकेत गरेको तीन दिन बित्न नपाउँदै चीनबाटै फर्कदै गर्दा मंगलबार परराष्ट्रमन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनले प्रधानमन्त्रीलाई भ्रमणको निम्तो पठाएको बताए। थापाले आफ्नो भ्रमणको बेला हुन नसकेका सम्झौता छिट्टै हुने प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला हुने विश्वास समेत व्यक्त गरे।
चीनबाट स्वदेश फर्केकै साँझ मंगलबार परराष्ट्रमन्त्री थापाले बिबिसी नेपाली सेवालाई अर्न्तवार्ता दिने क्रममा अर्को दाबी गरे, ‘भारतको पहिले नै निमन्त्रणा आइसकेको थियो। अहिले चीनले पनि निमन्त्रणा गरेको छ। भारत भ्रमणको गृहकार्य सुरु भइसकेको छ। पहिला भारत जानुहुन्छ, त्यसपछि चीनको भ्रमण गर्ने सम्भावना देख्छु।’
नेपालको प्रधानमन्त्रीलाई स्वागत गर्न र आफ्नो राष्ट्रपति वा प्रधानमन्त्री मध्ये एकलाई नेपाल पठाउन तयारी अवस्थामा रहेको चीनले जनाउँ दिईसकेको छ। परराष्ट्रमन्त्री थापा र चिनियाँ विदेशमन्त्री वाङ वी बीच भएको द्विपक्षिय बैठकमा चीनले मौखिक रुपमा प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो दिएको थियो। प्रधानमन्त्री ओलीको चीन भ्रमणका आधार भनेको यही हो।
‘चीनले पहिला नेपालको प्रधानमन्त्रीलाई स्वागत गर्न र त्यसपछि सम्भवतः आफ्नो राष्ट्रपतिलाई नेपाल पठाउन चाहेको छ,’ चीन भ्रमणबाट मंगलबार स्वदेश फर्केको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले भने। ती सदस्यका अनुसार चीनले प्रधानमन्त्री ओलीलाई २०१६ को मार्च २२ देखि २५ सम्म (चैत ९ देखि १२ गते) चीनमा आयोजना हुने वोआओ फोरमको बैठकमा निम्तो दिन खोजेको छ। योभन्दा अघि प्रधानमन्त्री ओली चीन जाने सम्भावना न्यून छ।
‘प्रधानमन्त्रीको भ्रमणका बेला देखिने गरी केही सम्झौता हुन जरुरी छ। अहिले परराष्ट्रमन्त्रीको भ्रमणमा सम्झौता हुन नसकेको मुद्दामा आजैबाट गृहकार्य थालियो भने मार्चसम्म टुङगाउन सकिन्छ। खासगरी इन्धन आपूर्ति र व्यापार तथा पारवहन सम्झौताको लागि धेरै कुरा गर्न बाँकी छ, जुन अहिले बाहिर भनिएजस्तो सजिलो र सहज छैन। त्यसैले पनि ती मुद्दामा सहमति जुटाउन कम्तिमा पनि तीन महिनाको समय आवश्यक पर्छ,’ चीन भ्रमणबाट फर्केका उच्च सरकारी स्रोतले भन्यो।
प्रधानमन्त्री ओलीका वरिष्ठ वैदेशिक सम्बन्ध विज्ञ गोपाल खनालले भारतबाट प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नआएको बताए। तर चीन भ्रमणको गृहकार्य पनि सुरु नभएको उनले जनाए। उनले थप स्पष्ट पारे, ‘सन् २०१६ को सुरुमै चीन भ्रमण गर्ने भन्ने हो, गृहकार्य केही भएको छैन। चीनबाट निमन्त्रणा आएकोले मार्चसम्म चीन भ्रमण गर्नेकी भन्ने छ।’
परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेल पनि प्रधानमन्त्री ओलीको चीन भ्रमण मार्च भित्र हुनसक्ने बताउँछन्। दुई देशका परराष्ट्रमन्त्री स्तरीय बैठकमा दुवै देशबाट एकअर्कामा उच्च स्तरको भ्रमण गर्ने सहमति भएकोले सम्भावनालाई नकार्न नसकिने तर्क उनको थियो। ‘दुवै देशबीच उच्चस्तरको भ्रमण गर्ने सहमति भएको छ। सम्भवत २०१६ को मार्च भित्र प्रधानमन्त्री ज्यूको चीन भ्रमण हुनसक्छ।’
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले पनि लिखित रुपमा प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो पठाइसकेको छ। मन्त्रिपरिषदले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न तीन बुँदे प्रस्ताव पारित गरेकै दिन यही पुस ६ गते त्यसको भारतले स्वागत गरेको थियो। नयाँ संविधान जारी हुँदा स्वागत नगरेको भारतले तीन बुँदे प्रस्तावको स्वागत गरे लगत्तै प्रधानमन्त्री ओलीलाई पनि भारत भ्रमणको निम्तो पठाएको स्रोत बताउँछ।
यसअघि ओली प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिंदै उनलाई भारत भ्रमणको निम्तो दिएका थिए। तीन महिनादेखि नाकाबन्दी लगाउँदै आएको भारतले तीन बुँदे प्रस्तावको स्वागत गरेपछि भने भ्रमणलाई औपचारिक रुपमै अघि बढाउने प्रक्रिया सुरु भएको स्रोत बताउँछ। यही गृहकार्य अघि बढेकै कारण परराष्ट्रमन्त्री थापाले चीनबाट फर्केकै दिन प्रधानमन्त्रीले ओलिले पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने उद्घोष गरेको भनाई स्रोतको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गराउन भारतीय पक्ष पनि उत्तिकै हतारिएका छन्। प्रधानमन्त्री ओलीले नाकाबन्दी खुलेपछि मात्र वा आफू भारत भ्रमण गएकै दिन नाकाबन्दी खुल्ने आश्वासन पाए मात्र भारत भ्रमणमा निस्कने अडान लिएपछि प्रक्रिया केही सुस्ताएको हो। आफ्नो भारत भ्रमण छिटो होस भनेर नै अहिले प्रधानमन्त्री आँफैले चीन भ्रमणको कुरा उठाइरहेको बुझाई स्रोतको छ। ‘प्रभानमन्त्री ज्यूले सकेसम्म पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्नुहुनेछ। भारत जान सम्भव भएन भने मात्र उहाँले विदेश भ्रमण चीनबाट थाल्नुहुने छ,’ स्रोतले भन्यो।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1Trcif1
मुस्लिम देश साउदी अरबमा हालै महिलालाई मताधिकारका साथै चुनावमा उमेद्धार बन्ने अधिकार दिइयो र त्यहाँको स्थानीय चुनावमा केही महिला उमेद्धारले जित समेत हासिल गरे । इतिहासमा पहिलो पटक साउदीमा महिला नेता बने । न्युजिल्याण्डले १८९३ मै प्रदान गरेको यो महिला अधिकार साउदी महिलाले बल्लतल्ल सिमित रुपमै भएपनि प्राप्त गरे ।
तर अहिलेपनि साउदी अरबमा महिलामाथि ठूलो विभेद छ र कडा मुस्लिम कानून अनुसार महिलालाई विभिन्न विषयहरुमा बन्देज लगाइएको हुन्छ । लोकतान्त्रिक मुलुक वा अन्य धर्म मान्ने देशका महिलाहरुले सदियौँदेखि उपभोग गर्दै आएका अधिकार साउदी महिलाले अहिलेसम्म पनि उपयोग गर्न पाएका छैनन् । साउदी महिलाले अहिलेसम्म पनि गर्न नपाएका ५ काम यस्ता छन्ः
· साउदी अरबमा महिलाहरुले आफ्नो नाममा बैंक अकाउण्ट खोल्न पाउँदैनन् ।
· महिलाहरुलाई आफ्नो पुरुष अभिभावकको अनुमति विना घुम्न, आधिकारिक व्यवसाय संचालन गर्न तथा आफ्नो सरीरको स्वास्थ्य चेकजाँच गर्न समेत निषेध छ ।
· साउदी महिलाले बुर्का नलगाइकन बाहिर हिड्न पाउँदैनन् । महिलाले बाहिर हिँड्दा सरीरको आँखा र हात मात्र देखाउन पाउँछन् अरु सबै अंग छोप्नैपर्छ ।
· सार्वजनिक स्थानमा परिवार वा आफन्त बाहेकको पुरुषलाई भेट्न महिलाले पाउँदैनन् । यसलाई सख्त रुपमा कार्यान्वयन गर्नका लागि सार्वजनिक संस्थाहरुमा समेत महिला र पुरुषका लागि छुट्टाछुट्टै स्थान बनाइएका छन् । कतिपय ठाउँमा कार्यालय, विद्यालय तथा विश्वविद्यालय समेत महिला र पुरुषका लागि अलग अलग हुने गर्छन् ।
· साउदी महिलाहरुले गाडी चलाउन पाउँदैनन् । महिलाले गाडी चलाउनुलाई हराम भनिन्छ । महिलाले गाडी चलाएर बाहिर निस्किँदा परपुरुषसँग आँखा जुध्नसँग वा भेटघाट हुनसक्छ भन्ने डरका कारण यसो गरिएको हो । तर महिला अधिकारवादीहरुले भने सन् १९९० को दशकदेखि नै साउदीमा महिलाले गाडी चलाउने अभियान नै संचालन गरिरहेका छन् र बेलाबेलामा गाडी चलाएर विरोध प्रदर्शन समेत गर्दछन् । – एजेन्सीको सहयोगमा
## News source from Zoomnp
via IFTTT
फिदिम, पुस १६ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङ्लेका ७३ वर्षीय काजीमान लिम्बूले आफ्नै घरमा आगो लगाएका छन् ।
श्रीमती ६२ वर्षीया सोममायासँग भएको सामान्य घरायसी विवादलाई लिएर काजीमानले आफ्नै दुई वटा घर र ग्वालीमा आगो लगाउँदा अन्दाजी रु १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय वसन्तपुरकाप्रमुख मोहन खतिवडाले जानकारी दिए ।
केही समययता नियमित रुपमा घरायसी झगडा हुने गरेको र बुधबार बिहान पनि सदाझैँ सामान्य विवादपछि घर बाहिर निस्किएका उनले सलाई कोरेर घर र ग्वालीमा आगो लगाएको प्रहरीले जनाएको छ ।
आगलागीबाट लिम्बूको दुईवटा घरमा रहेको लत्ताकपडा, काठ, सामान र अन्नपातसमेत जलेर नष्ट भएको छ । घटनापछि काजीमानलाई इलाका प्रहरी कार्यालय वसन्तपुरले पक्राउ गरी अनुसन्धान थालेको छ । (रासस
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1IFs8lF
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि टेलिफोन वार्ता भएको छ। बिहिबार बिहान १०.३५ बजे करिब २० मिनेट लामो टेलिफोनमा संवादमा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँ बर्ष २०१६ को शुभकामना आदानप्रदान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले बताए।
प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद दिएका थिए।
‘नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उहाँहरुबीच कुराकानी भयो। प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताउनुभयो,’ दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यबस्था सहज बनाउन आग्रह गरेका छन्। जवाफमा प्रधानमन्त्री मोदीले आफू सदैब आपूर्ति व्यबस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताएका थिए।
भारतका प्रधानमन्त्री मोदीले रक्सौल बीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असजह भएको बताए।
प्रधानमन्त्री मोदीले औषधिको अभाव भएका बेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधी आपूर्ति गर्न भनेको स्मरण गरेका छन्।
‘प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच द्धिपक्षीय हितका बिषयमा समेत कुराकानी भयो। प्रधानमन्त्री मोदीले छिटै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्विकार गर्नुभयो। छिटै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो,’ विज्ञप्तिमा भनिएको छ।
मोदीले तीन महिनायता ओलीसँग बार्ता गरेको यो तेस्रो पटक हो। प्रधानमन्त्री दुई दिने कार्यक्रमका लागि झापामा छन् ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1P1rziF
मिडिया एनपी, काठमाडौं, १६ पुष । मुलुकमा रोजगारको अभाव हुँदा मानव तस्कार मार्फत युरोप अमेरिका छिनै खोज्ने नेपालीहरु पछिल्लो पटक निकै पक्राउ पर्न थालेका छन् ।
दलाललाई मोटो रकम बुझाएर स्थल मार्ग हुँदै अमेरिका छिर्न खोज्ने नेपालीहरु पछिल्लो समय कोष्टारिकामा पक्राउ परेका घटनाहरु आइरहेका छन् । यसरी मानव तस्कर मार्फत जोखिम मोलेर अमेरिका छिर्ने खोज्ने प्रवृत्तिलाई सरकारलाई रोक्न नसक्दा धेरै नेपालीले अकालमा मृत्यु र जेल जीवन भोग्नु परेको छ ।
केही दिन अघि मात्रै १६ जना नेपाली पक्राउ परेको खबर सेलाउन नपाउँदै बुधबार फेरि २६ जना नेपालीहरु कोस्टारिकामा पक्राउ परेका खबर त्यहाँको अनलाइन पत्रिका इनसाइडकोस्टारिका डटकमले उल्लेख गरेको छ ।
सो पत्रिकाका अनुसार बुधबार सुरक्षाकर्मीले स्थानीय काना ब्लान्सा पुल नजिकबाट एउटा ट्रकमा यात्रा गरिरहेका ५१ जना आप्रवासीलाई पक्राउ गर्दा २६ जना नेपालीहरु अवैध आप्रवासनको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्यमा बंगलादेशका ९ जना, सोमालियाका ९ जना, इरिट्रियाका ४ जना, इराकका २ जना र पाकिस्तानका एकजना रहेको छन् । उनीहरु कसैसित पनि यात्राका लागि वैध कागजात नरहेको अधिकारीहरुको भनाइ छ ।
The post कोस्टारिकामा फेरि समातिए अमेरिका छिर्न खोज्ने २६ नेपाली appeared first on Medianp.com.
- feed news from समाचार – Medianp.com http://bit.ly/1Tr8jiy
via IFTTT
काठमाण्डौ। एक्सपोज नेपालको आयोजनामा हुने पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल २०१६’ का लागि २१ युवा छानिएका छन् ।
राजधानी र मोफसलका सहरमा आयोजित विभिन्न चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिएका हुन् । छानिएका प्रतियोगीले आगामी फागुनमा आयोजना हुने अन्तिम स्पर्धामा शीर्ष उपाधिका लागि भिड्ने छन् ।
छनौट हुनेमा १६ देखि ३५ वर्ष उमेरका छन् । अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि रक क्लाइमिङ, स्वीमिङ, फुटबल, सर्ट हाइकिङग, समाज सेवा, पब्लिक स्पिकिङ, क्याटवाक, ब्यक्तित्व विकासलगायतका विधामा विशेष प्रशिक्षण दिइनेछ ।
मिष्टर नेपालको यो १४ औं संस्करण हो । यो संस्करणमा बिजेता छानिएका एक युवाले मिस्टर वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गर्न पाउने आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी दिए ।
## News source from Zoomnp
via IFTTT
काठमाण्डौ। ‘हामी उठ्ने छौं’ फाउन्डेसनको सहयोगमा बुधबारदेखि सामूहिक कला प्रदर्शनी सुरु भएको छ । अभिनेता राजेश हमालले केक काटेर सुरु गरेको प्रदर्शनी पुस १९ सम्म चल्नेछ ।
प्रदर्शनीमा १९ जना कलाकारका ७० भन्दा बढी चित्रकला छन् । उद्घाटन कार्यक्रममा बोल्दै हमालले ललित कला अध्ययनरत विद्यार्थीहरुले नेपालको चित्रकलालाई उठाउने प्रयास गरेमा खुशी ब्यक्त गर्दै हामी सबै आ–आफ्नो स्थानवाट उठ्नु पर्छ भने । उक्त कार्यक्रममा फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
प्रदर्शनी सुरुवात गर्दा अभिनेता हमाल, अभिनेत्री शिल्पा पोखरेललगायत थिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तरको दोस्रो सेमेस्टर अध्ययनरत कलाकार विद्यार्थीहरूले गरेको ‘हामी उठ्ने छौं’ सामूहिक कला प्रदर्शनीमा भुफान लिम्बू, विकास श्रेष्ठ, विकुकुमार थापा, जया शर्मा, दीपक मेहता, दीपाञ्जली राजभण्डारी, ध्रुवराज शर्मा, जेनी घले, जुजुकाजी श्रेष्ठ, लक्ष्मी मगर, मन गुरुङ, ओम गुरुङ, प्रमिला लामा, प्रमोदकुमार तण्डुकार, ऋतु थापा, शोभा तिवारी, सुदेशा श्रेष्ठ, उमा खड्का तथा उपकार घमालले बनाएका ७० वटाभन्दा बढी चित्र राखिएका छन् ।
## News source from Zoomnp
via IFTTT