Loading...
Loading...
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौ । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीमा ३१ करोड ७८ लाख ७४ हजार रुपैयाँ ठगीको उजुरी परेको छ। दलालले आकर्षक मुलुकमा काम गर्न पठाउने भन्दै रकम उठाएर फरार हुने क्रम बढी देखिएको हो।



यसबाहेक जाने व्यक्तिसँग अग्रिम रकम लिएर तोकिएको देश र काममा पठाउन नसकेको उजुरी पनि वैदेशिक रोजगार विभागमा परेको छ। पछिल्ला महिनामा संस्थागत र व्यक्तिगत दुवै किसिमका ठगीको उजुरी बढेको सरकारी तथ्यांकले देखाएको छ।



गत साउनदेखि मंसिरसम्ममा वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरिएका एक हजार दुई सय २४ वटा उजुरी परेका छन्। बिदेसिने कामदारको चेतना वृद्धि गर्न भनेर प्रचारप्रसारका नाममा करोडौं रुपैयाँ खर्च गरिए पनि प्रभावकारी नभएको ठगी रकम र उजुरी संख्याले पुष्टि गरेको छ।



यस अवधिमा ठगी उजुरीमा वैदेशिक रोजगार विभागले ६ करोड ३८ लाख ३४ हजार रुपैयाँ बिगो पीडितलाई दिलाएको छ। पाँच महिना अवधिमा ३१ करोड रुपैयाँभन्दा बढीको ठगी उजुरी परे पनि मुद्दा अदालतसम्म पुर्‍याउने क्रम भने अझै पनि न्यून देखिएको छ। एक हजार दुई सय २४ वटा ठगी मुद्दामध्ये जम्मा ६० वटामात्र अदालतमा दायर गरिएका छन्। पाँच महिना अवधिमा ३१ करोड रुपैयाँभन्दा बढी ठगी गरिएको उजुरी परे पनि मुद्दा अदालतसम्म पुर्‍याउने क्रम भने अझै न्यून देखिएको छ।



यी पनि सबै व्यक्तिगत ठगीका मात्र हुन्। बाँकी उजुरी अदालतसम्म पुर्‍याइएको छैन। मुद्दा नै कम दायर हुने भएकाले अदालतमा बिगो दाबी गरिने रकम पनि तुलनात्मक रूपमा थोरै छ। पाँच महिनामा जम्मा सात करोड ७४ लाख ८९ हजार रुपैयाँको मात्र बिगो दाबी गरिएको छ। कामदार पठाउने क्रममा ठगी गर्ने तथा तोकिएका नियम पालना नगर्ने २० वटा म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको छ। मंसिर महिनामा मात्र ठगीका व्यक्तिगततर्फ ६६ वटा र संस्थागततर्फ एक सय ६० वटा उजुरी परेका छन्। व्यक्तिगत ठगीमा सात करोड २६ लाख ८४ हजार रुपैयाँ र संस्थागतमा दुई करोड २३ लाख ४१ हजार रुपैयाँ ठगेको दाबी गरिएको छ।



व्यक्तिगतको तुलनामा संस्थागतमा ठगीका धेरै उजुरी पर्ने गरेको भए पनि अदालतमा भने संस्थागतको मुद्दा अत्यन्त न्यूनमात्र दायर हुने गरेको छ। मंसिरसम्ममा व्यक्तिगत ठगीका जम्मा ६० वटा मुद्दा दायर भएकामा संस्थागतको भने एउटा पनि छैन। संस्थागतमा म्यानपावर कम्पनीले गर्ने ठगी पर्ने भएकाले धेरैजसो मुद्दा अदालतसम्म नपुर्‍याई वैदेशिक रोजगार विभागमै मिलाउने गरिएको छ। विभागले म्यानपावर सञ्चालकलाई बोलएर पीडितलाई क्षतिपूर्ति दिलाउने तथा मेलमिलाप गराउने गर्छ।



वैदेशिक रोजगार व्यवसाय मर्यादित बन्न नसक्दा बिदेसिने कामदारको संख्यासँगै ठगीका घटना पनि बढ्दो क्रममा छ। ठगी गर्नेमाथि कडा कारबाही हुन नसक्दा पनि यस्ता घटनामा कमी आउन नसकेको हो।





from Nepali Khabar Site ➭ http://nepali-khabarsite.blogspot.com/2014/12/blog-post_461.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.