Loading...
Loading...
पूर्वमन्त्रीलाई फाँसीको सजाय
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी , ढाका- बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ। सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो।




बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ।


सो मुद्दामा यहाँका पूर्वमन्त्री सइद मोहम्मद केसरलाई दोषी पाइएकोले फाँसीको सजाय सुनाइएको बङ्गलादेशको राजधानी ढाकाबाट प्राप्त समाचारमा आज जनाइएको छ।


सो समाचारअनुसार यसरी बङ्गलादेशमा मृत्युदण्ड पाउने उनी १५ औं व्यक्ति हुन्। उनलाई मङ्गलबार नै अदालतले सो सजाय सुनाएको बताइएको छ।


उनीमाथि हत्या र बलात्कारको आरोप लागेको थियो। सो आरोप पुष्टि भएपछि मङ्गलबार अदालतले सो सजाय सुनाएको हो। उनीमाथि कम्तीमा पनि १५० व्यक्तिको हत्याको आरोप लगाइएको थियो।


सो सजाय सुनाउने बेलामा उनीपनि अदालतमा उपस्थित रहेका थिए। ७३ वर्षीय उनी ह्वील चियरमा अदालत पुगेका थिए।


समाचारमा भनिएको छ- अदालतले सजाय सुनाउने बेला उनको कुनैपनि प्रतिक्रिया आएन र उनले कुनै सङ्कत पनि गरेनन्।


तर उनका वकिलले भने सो सजायप्रति पुनरावेदन दिने बताएका छन्। उनले भने– यो न्यायपूर्ण छैन, हामी पुनरावेदनमा जानेछौँ।


वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदको सरकारले सन् २०११ मा सो अदालतको स्थापना गरेको थियो। युद्धका समयमा भएको अपराधको अनुसन्धानका लागि भन्दै सो अदालतको स्थापना गरिएको हो।


हाल सो अदालतले सो समयमा युद्धअपराध गर्ने १०० भन्दा बढी व्यक्तिको मद्दा हेरिरहेको छ। यसअघि नै १४ जना राजनीति नेतालाई फाँसीको सजाय सुनाइ सकिएको छ।


केसरले सो समयमा जातीय पार्टीं खोलेर पार्टीमा सशस्त्र दस्ता पनि खडा गरेका थिए। उनले सो समयमा खडा गरेको सो दस्तामा सम्लग्न मिलिसियाले नै हत्या गरेको पाइएको छ। उनको नेतृत्वका मिलिसियाले सन् १९७१ को नोभेम्बर १५ मा भारतको सीमा नजिकै पर्ने ब्रम्हाबारिया भन्ने गाउँमा हमला गरी ती व्यक्तिको हत्या गरेका थिए।







Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wE2WUD

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.