९ यस्ता सहरहरु जहाँ कर तिर्नुपर्दैन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१) युएई
यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको सबै पैसा लान पाउँछन् । सरकारी कर्मचारी र युएईका नागरिकलाई भने सुविधायुक्त समाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न लगाइएको छ ।
२) कतार
यहाँका नागरिक वा कर्मचारीलाई सरकारले कुनै प्रकारको कर, सम्पत्ति आर्जन बापत बुझाउने पर्ने लाभांश, पँुजी आर्जन गरेबापत तिर्नुपर्ने शुल्क वा सम्पत्ति एक स्थानबाट अर्को स्थानमा सार्दा लाग्ने दस्तुर लगायतका कुनै पनि कर सरकारलाई बुझाउनु पर्दैन । कर्मचारी र स्थानिय नागरिकका लागि सुविधाजन्य अन्य कर भने लगाईएका छन् ।
३) ओमान
यो देशलाई विश्वले तेल उत्पादकको रुपमा चिन्छ । यहाँका कुनै नागरिकले कर तिर्नुपदैन । कर तिर्न नपर्ने देशका नागरिकको रुपमा यहाँका जनताले परिचय बनाएका छन् ।
४) कुवेत
यो देशको कानूनले नागरिकलाई कर तिर्नुपर्ने बाध्यताबाट मुक्त गरिदिएको छ । तर सरकारी कर्मचारी, निजी कम्पनीका कर्मचारी र सार्वसाधरण नागरिकलाई सामाजिक सुरक्षा कोषमा योगदान गर्न भने बाध्य बनाएको छ ।
५) कोमेन आइल्याण्ड
यो देशका नागरिकलाई सबैभन्दा धेरै सुविधा छ । जति सुकै पैसा आर्जन गर्ने नागरिक भएपनि यहाँ आयकर र सामाजिक सुरक्षा कोष दुवैका लागि सरकारलाई रकम बुझाउनु पर्दैन ।
६) बहराईन
यहाँका नागरिकले पनि कुनै किसिमको आयकर बुझाउनुपर्दैन । तर सामाजिक सुरक्षा कोषमा भने योगदान गर्नुपर्छ ।
७) साउदी अरब
कानून विनै चलेको यो देशमा नागरिकले कर बझाउन पर्दैन । तर, विदेशी नागरिकले आफ्नै व्यवसाय साउदी अरबमा गर्न चाहन्छन् भने निश्चित दरले कर बुझाउनुपर्छ । विदेशी र स्वदेशी नागरिकलाई अन्य कुनै पनि आम्दानीमा कर लाग्दैन ।
८) ब्रुनाई
यो देशमा पनि नागरिकको व्यक्तिगत आम्दानीमा कुनै कर लाग्दैन । सरकारले नागरिककै सुरक्षाका लागि रोजगार कोष र पेन्सन स्किम राखेको छ । यी दुईमा निश्चित दरले पैसा जम्मा गर्ने बाहेक ब्रुनाईका नागरिकले कर बुझाउनु पर्दैन ।
९) बरमुडा
यो सानो देशका कोही नागरिकले कर बुझाउँदैनन् । बहमासमा पनि उस्तै छ ।
-एजेन्सीहरु
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1zlkcuE
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

