भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
११ पुस, काठमाडौं । कृषि प्रधान मुलुक भनेर चिनिएको नेपालमा हरेक वर्ष विदेशबाट चामलको आयात भइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ४ महिनाको तथ्यांकले चामलको आयात घट्नुको साटो बढिरहेको देखाएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि कार्तिक महिनासम्म ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ बराबरको चामल भारतबाट आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३४.९ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको यसै अवधिमा २ अर्ब ३१ लाख रुपैयाँको चामल आयात भएको थियो । त्यतिबेला चामलको आयात १.३ प्रतिशतले मात्र बढेको थियो ।
मुलुकमा खाने मुखको संख्या बढ्दै गइरहको, तर खेतबारी भने बाँझै हुन थालेपछि चामलमा भारतसँग निर्भर रहनुपरेको हो ।
पछिल्लो समय नेपाली युवाको आकर्षण वैदेशिक रोजगारीमा देखिन थालेपछि खेतबारी बाँझै रहन थालेका छन् । त्यसमाथि अधिकांश उब्जनी हुने खेतहरुमा अव्यवस्थित शहरीकरणको विस्तार हुन थालेपछि धान उत्पादन वृद्धिदर घट्दै जान थालेको छ ।
कृषि विकास मन्त्रालयले मौसम अनुकूल भएको भन्दै धानको उत्पादन बढ्ने प्रक्षेपण गरे पनि परनिर्भरता भने बढ्न थालेको छ ।
यस वर्ष ५ लाख टन आयात हुने अनुमान
चालु आर्थिक वर्षमा नेपालमा चामलको आयात ११ प्रतिशतले बढेर ५ लाख टन पुग्ने संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ)ले प्रारम्भिक अनुमान गरेको छ ।
राष्ट्र संघका अनुसार गत आर्थिक वर्षमा नेपालमा ४ लाख ५० हजार ४ सय ५० टन चामल आयात गरिएको थियो । यसले पनि नेपालमा खाद्यन्नको विकराल समस्या पैदा हुन थालेको संकेत गरेको छ ।
यस आर्थिक वर्षमा साउथ एशियन मुलुकबाट चामलसहित खाद्यन्नको आयात १० प्रतिशत बढ्ने एफएओको प्रक्षेपण छ । एफएओको प्रक्षेपण अनुसार आयात बढेमा नेपालमा यस वर्ष ५ लाख ७१ हजार ८ सय टन खाद्यन्न आयात हुनेछ । जबकि अघिल्लो वर्ष खाद्यन्नको आयात ५ लाख १९ हजार ८ सय १८ टन रहेको थियो ।
कृषि विज्ञहरु उत्पादनमा आधुनिक प्रणाली अपनाउन नसक्दासम्म चामल तथा अन्य खाद्यान्नमा विदेशी मुलुकको भर पर्नुपर्ने बताउँछन् । विश्वमा कृषि क्षेत्रमा चमत्कारिक प्रविधिको विकास भइसक्दा समेत नेपालमा अझै पनि परम्परागत प्रणालीबाट उत्पादन गरिँदै आएको छ ।
नेपालीहरु धानभन्दा पनि नगदे बालीतर्फ आकषिर्त भइदिँदा पनि धानको उत्पादन घट्न थालेको हो । पैसा आउने हुँदा अहिले कृषकहरु तरकारी तथा अन्य बालीतर्फ केन्दि्रत देखिन्छन् ।
केही समय अगाडि अनलाइनखबरसँगको कुराकानीमा पूर्व अर्थसचिव रामेश्वर खनालले धान उत्पादन घट्दै जाने, तरकारी उत्पादन बढ्दै जाने हो भने एकदिन एक कप चामलमा एक किलो तरकारी पकाउनुपर्ने अवस्था आउन सक्छ भन्ने प्रतिक्रिया दिएका थिए ।
from Online Khabar » समाचार http://ift.tt/1wM9osN
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement