Loading...
Loading...
दाह्री पालेर फोटो खिच्नेले भेटे प्रहरीको रामधुलाई
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
mislim एजेन्सी– भारतको हैदरावाद विश्वविद्यालयका एक छात्रलाई त्यहाँको प्रहरीले दाह्री पालेको आरोपमा मुस्लिम भन्दैै कुटपिट गरेको छ ।



विश्वविद्यालयका अनुसन्धानदाता विद्युत सागर र दिवाकार उपाध्याय नामका विद्यार्थीलाई सादा पोसाकका प्रहरीले फोटो खिचिरहेको अवस्थामा संदिग्ध गतिविधि गरेको भन्दै कुटपिट गरेका हुन् । प्रहरीले नियन्त्रणमा लिएर मुस्लिम हो ? भन्दै सोधपुछ गरेको र कार्ड हेरेर गैरमुस्लिमले किन दाह्री पालेको भन्दै कुटपिट गरेको उनीहरुले बताएका छन् ।



घटनाको विरोधमा विश्वविद्यालयका विद्यार्थीले हैदरावादको आरसी पुरम प्रहरी चौकी अगागि धर्ना दिएका छन् ।



सागर र उपाध्याय आसाम र बिहारबाट हैदरावाद अध्ययनका लागि गएका विद्यार्थी हुन् । विद्यार्थीको धर्नापछि त्यस क्षेत्रका प्रहरी अधिकारीले उनीहरुले संदिग्ध गतिविधि गरेको भन्दै घटनामा संलग्न प्रहरीको बचाउ गरेका थिए ।



तर विद्यार्थीहरुले प्रहरी अधिकारको दुरुपयोग गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।



विद्यार्थीहरुले प्रहरी धार्मिक पूर्वाग्रहबाट ग्रसित भएको भन्दै यो लोकतन्त्र र संविधानको मजाक भएको टिप्पणी गरेका छन् ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1Hots5z

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.