Loading...
Loading...
रिल लाइफकै सम्बन्ध रियलमा पनि
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...


RealandReeel

काठमाडौ, पुस ७ - फिल्मले काल्पनिक संसारको सिर्जना गरी दर्शकलाई त्यसमा सयर गराउँछ । त्यसका लागि निर्देशकले आफ्ना कलाकारलाई पात्रका रूपमा उक्त संसारको प्रतिनिधित्व गराउँछ । पात्र र कलाकारले छुट्टाछुट्टै संसारको प्रतिनिधित्व गरिरहेका हुन्छन् । तर, कहिलेकाहीँ दुवै संसारका पात्र/कलाकार एउटै हुँदा के फरक पर्ला ? अथवा, रियल लाइफकै सम्बन्ध रिल लाइफमा पनि दोहोरिँदा कस्तो होला ?




फिल्म 'फूलै फूलको मौसम तिमीलाई' मा जोडीका रूपमा देखिएका नीता ढुंगाना र आमेश भण्डारी वास्तविकतामा पनि प्रेमी-प्रेमिका हुन् । आफ्नै प्रेमीको बाहुपासमा सेटमा पनि अँगालिँदा नीतालाई कस्तो अनुभव हुँदो हो ? उनी भन्छिन्, 'अरूसँग गर्दा काम हो भनेर स्टोरीअनुसार र क्यारेक्टरअनुसार गर्नु त पथ्र्यो नै । तर, आफ्नोसँग गर्दा भिन्न हुँदो रहेछ । फरक-फरक नायकसँग धेरै फिल्ममा देखिएकी नीता आमेशसँग भने यसअघि पनि 'तँ म र ऊ' मा पनि सँगै खेलेकी छन् । अन्य पुरुषसँग को-स्टारका रूपमा काम गर्नुभन्दा आफ्नै हिरोसँग काम गर्दा सजिलो हुनुका साथै कुनै दायरामा पनि बस्नु नपर्ने नीताको अनुभव रहेछ । 'त्यसबाहेक सुटिङमा पनि एक-अर्काको केयर हुने भएकोले काम गर्न मुड पनि आउने रहेछ । अनि एक-अर्काको कमजोरी पनि पत्ता लगाएर सल्लाह दिन सकिन्छ ।' अभिनयमा नयाँ भए पनि आमेशले भने नीताको साथले सहजता महसुस गरेको बताए ।



'आफ्नै रियल जोडी भएपछि एक्टिङमा पनि कम्र्फट जोन बढ्ने रहेछ । फेरि केमेस्ट्री मिलाइरहनु नपर्ने, तत्काल महसुस आउने र खुल्न असहज नहुने भएकाले पनि गर्लप|mेन्डसँग रिलमा काम गर्दा बढी रोमान्टिक हुने रहेछ । रियल लाइफको सम्बन्धले रिल लाइफमा फाइदा हुने केवल गर्लप|mेन्ड-ब्वायप|mेन्डमा मात्रै होइन रहेछ । यस्तै अनुभव छ, गजित विष्टको पनि । गजितले हालै मात्रै फिल्म 'लभ यु बाबा' मा आफ्नै छोरी संगमसँग फिल्ममा पनि बाबुकै भूमिकामा खेले । दर्शकबाट बाबुछोरीले राम्रो प्रशंसा पनि बटुले । 'रियल लाइफ नै रिलमा पनि दोहोरिँदा मैले त बेफाइदा त्यस्तो केही देखिनँ,' फिल्म मायाज बारबाट नायकमा डेब्यु गरेका गजितले भने, 'कलाकार नै भएपछि त जोसँग पनि सहज अभिनय त गर्नैपर्छ । तर, पनि वास्तविक सम्बन्धमा जुन माया हुन्छ, वास्तविकता हुन्छ त्यसैलाई रिलमा पनि प्रयोग गर्दा नेचुरल लाग्ने रहेछ ।' उनलाई 'लभ यु बाबा' गर्दा एक्टिङ गरे जस्तै लागेन रे । बरु एक्टिङ गर्दागर्दै कुनै सिनमा त बाबुछोरी साँच्चिकै भावुक पनि बनेका थिए रे । गजित सम्झन्छन्, 'छोरीलाई मेरो स्ट्रगल राम्रोसँग थाहा छ । हामी थुप्रै स्ट्रगल हुँदै गुजि्रएका छौं । फिल्ममा पनि त्यस्तै सिन आउँदा एकले अर्कालाई हेरेर भावुक भएका थियौं ।' त्यसो त संगम पनि फिल्म 'श्रीमान्' बाटै अभिनयमा छिरेकी अब्बल कलाकार हुन् ।



फिल्ममा अभिनय गर्दा कलाकारले आफूमा सक्दो फिल ल्याउनुपर्छ । महिनादिनसम्म चरित्रमा डुबेर अभिनय गर्दा कहिलेकाहीँ रिल जोडी वास्तविकतामै बदलिएका थुप्रै उदाहरण छन् । हलिउडदेखि बलिउडसम्म को-स्टारसँग लभ रिलेसन राख्नु वा विवाह गर्ने घटना कुनै नौलो होइन । नेपालका हकमा भने रिल लाइफका कलाकारहरू रियल लाइफमा बदलिएका घटना सार्वजनिक गर्न अझै हिच्किचाउँछन् । नीताले पनि आमेशसँगको रियल लाइफ धेरैपछि मात्रै फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । जबकि 'फूलै फूलको मौसम तिमीलाई' फिल्मको घोषणा समारोहमै आमेशले नीतालाई गुलाफको फूल दिएर स्टेजबाटै प्रेम प्रस्ताव राखेका थिए । त्यसबेलासम्म दुईको सम्बन्ध थाहा नपाएकाका लागि उक्त दृश्य फिल्मको मुहूर्त सटबाहेक अरू थिएन । 'त्यो बेला मलाई रिल लाइफमा नभई रियल लाइफमै नीतालाई गुलाफ दिएर प्रस्ताव गरेको महसुस भइरहेको थियो,' आमेशले सम्भिmए । उनी थप्छन्, 'हामी रियल लाइफमा पनि त कुनै स्टोरीमा लभ गरिरहेका हुन्छौं । फिल्ममा पनि कुनै त्यस्तै स्टोरीमा एक्टिङ गर्ने न हो । रियल रिलेसनले एक्टिङमा पनि एकदमै नजिकपना ल्याउने मात्रै नभई नेचुरल पनि देखिन्छ ।' तर, गजितलाई छोरीसँगै अभिनय गर्दा कम्पिटिसनको भाव भने पलायो रे । भन्छन्, 'म पनि कलाकार नै हुँ । छोरी वा अरू भन्ने हुँदैन । त्यसैले पनि कम्पिटिसनको भावना आउने रहेछ ।' त्यसो त फिल्म सेटमै पनि गजितका निर्देशक आफ्नै ८ वषर्ीय छोरा सौगातले बाबुको भन्दा दिदीको अभिनयको तारिफ गरिदिने रहेछन् । यसले गर्दा कता-कता छोरीले आफूलाई हेपेको हो कि भन्ने भावना पनि गजितलाई आउने रहेछ । यही एक चिजले मन चस्कनुबाहेक गजितले रियल लाइफ नै रिलमा दोहोरिँदा अन्य समस्या भने केही देखेनन् रे ।



रियल लाइफले मात्रै रिल लाइफ जन्माउँदैन । यो विपरीत पनि चल्न सक्छ । प्रायः त रिलबाटै रियल रिलेसन बनेका उदाहरण छन् । रियलबाट रिलमा छिर्ने सम्बन्धमा भुवन केसी र अनमोल तथा टीका पहारी र गौरवका बाबुछोराको जोडी फिल्म 'होस्टेल' पनि यहीँ सोही सम्बन्धमा देखिएका थिए भने सुवास थापा र विनिता खडकाको रियल जोडी फिल्म 'बिर्खेलाई चिन्छस्' मा पनि जोडीकै रूपमा दोहोरिएको थियो । त्यसबाहेक निर्देशक तुलसी घिमिरे र भारतीको जोडी पनि 'दक्षिणा' र 'देश' मा सँगै देखिएको छ । तर, केही जोडीलाई भने रिलले नजिकाएको पनि छ । भलै उनीहरूले उक्त सम्बन्धलाई असल साथीको रूपमा मात्रै व्याख्या गरेका किन नहुन् ? यस वर्षको बक्सअफिस हिट फिल्म 'जेरी' जोडी अनमोल केसी र अन्ना शर्मा सुटिङकै दौरान मिल्ने साथी बने । त्यसैगरी फिल्म 'अझै पनि' मा सँगै देखिएको सुदर्शन थापा र पूजा शर्माको जोडी पनि केवल रिलमा मात्रै सीमित रहेन । अहिले पनि अर्को फिल्म 'चंखे पंखे शंखे' मा फेरि दोहोरिएको उक्त जोडी वास्तविकतामा नजिकका साथी हुन् । त्यसैगरी रिलिजको क्रममा रहेको फिल्म 'आभाष' को जोडी संयम पुरी र आश्मा दाहाल पनि रिलमा मात्रै सीमित छैनन् । रियलमा पनि उनिहरू साथीभन्दा माथिको सम्बन्धमा छन् । निखिल उप्रेतीले त नायिका सञ्चिता लुइँटेलसँग 'माया त माया हो' र 'दाग' खेल्दा नखेल्दै आफ्नो रिलेसनलाई रिलमै टुंगाउन चाहेनन् र बिहे नै गरे । एउटै फिल्डको सँग सम्बन्ध गाँस्दा फाइदा हुने ठान्छिन्, नीता । भन्छिन्, 'फिल्ड एउटै भएपछि यसका बाध्यता पनि बुझ्ने रहेछ । त्यसले एक-अर्कामा असमझदारी नहुने । बाहिरको भए त्यसैले झगडा पर्न सक्थ्यो होला ।'







from Bichitra Khabar http://ift.tt/1JHHIKQ

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.