Loading...
Loading...
अचम्मः ट्याटुले भरिएको मोटरसाइकल (फोटो र भिडियोसहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
मानिसहरुमा ट्याटुको मोह बढिरहेका बेला उनीहरुले आफ्नो छालालाई मात्र नभई बाइकमा समेत ट्याटु बनाएका छन् । सुन्दा अचम्म लाग्ला तर यो वजास्तविकता हो ।



tattooed-motorcycle2-550x366रिसिडिभिष्ट नामक बाइकको पाङ्ग्रा, ट्याङ्की, सिट र रियर फेन्डरलाई ट्याटुले पूरै ढाकेको छ । पुलिस ट्याटु आर्टिस्ट टोमास्ज लेच र किर्जिस्टोभ क्रोलाकले विश्वप्रसिद्ध आपूर्तिकर्ता ‘चेयेन्ने प्रोफेसनल ट्याटु इक्युपमेन्ट’ को सामाग्रीहरुको प्रयोग गरि उक्त बाइकलाई २५० घण्टा लगाएर ट्याटुले भरेका हुन् । उक्त कार्य ‘गेम ओभर साइकल’ द्वारा बनाइएको हो ।

tattooed-motorcycle3-550x366‘कम्पनीद्वारा निर्मित यो अहिलेसम्मको सबैभन्दा जटिल मोटरसाइकल हो,’ पुलिस कम्पनीले आफ्नो फेसबुक पेजमा लेखेको छ । ‘मोटरसाइकलमा ट्याटु बनाउनु एउटा कुरा हो तर ट्याटु गरिएको मेसिनलाई बाइकमा जडान गरेर त्यसलाई चलाउनु एउटा चुनौती हो । ’ मोटरसाइकल र ट्याटुको परम्परागत सम्बन्धलाई दर्साउनका लागि चेयेन्ने बाइकको निर्माण गरिएको पुलिस कम्पनीले जनाएको छ ।

tattooed-motorcycle5-550x367‘अमेरिकामा बाइकर्सहरुले आफ्नो व्यक्तिगत कारणले ट्याटु बनाउने गर्दछन् – कसैले आफ्नो चरित्र र जीवनशैली दर्साउनका लागि ट्याटु बनाउने गर्दछन् भने कसैले सामाजिक मनोवृत्ति दर्साउनका लागि, ’ उक्त कम्पनीले बतायो । ‘चेयेन्ने बाइकले पूराना मूल्य मान्यताहरुको सन्दर्भ जोड्दै त्यस्ता मानिसहरुको चरित्रको वर्णन गर्दछ जो आफ्नो व्यक्तित्व, व्यक्तिगत अभिव्यक्ति र स्वतन्त्रतालाई ध्यानमा राख्छन् ।’

tattooed-motorcycle6-550x412यो अचम्मको बाइकलाई गत महिना जर्मनीको कस्टमबाइक सोमा डिस्प्ले गरिएको थियो । यो सो मोडिफाइड मोटरसाइकलमा संसारको सबैभन्दा ठूलो एक्जिबिसन मानिएको छ । रेसिडिभिष्टले निकै ठूलो सम्मानका साथै ‘बेष्ट पेन्ट / एयसब्रस’ बिधामा अवार्ड पनि जितेको छ । (एजेन्सी)





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1xJOJqt

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.