Loading...
Loading...
प्रचण्डले भने, ‘के केपी ओली राजा महाराजा हो ?’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
prachanda पुस–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरेका छन् ।



१९ दलीय गठबन्धनका तर्फबाट सहमतिमै संविधान जारी गर्न संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको ध्यानाकर्षण गराएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले ओलीका कारण दलीय सहमतिको सम्भावना समाप्त भएको आरोप लगाए ।



उनले शनिबार बालुवाटारमा बसेको प्रमुख तीन दल बैठकमा ओलीले सहमति भाँड्ने गरी उत्तेजित अभिव्यक्ति दिएको टिप्पणी गरे ।



‘शनिबारको बैठकमा सहमति हुने विश्वासमा हामी थियौं’, प्रचण्डले भने, ‘ ओलीजीले पहिचानको कुरा गर्न पाइँदैन भनेपछि उहाँकै कारण सहमतिको वातावरण भाँडियो ।

प्रचण्डले ओली राजामहाराजाको शैलीमा प्रस्तुत भएको भन्दै उनको तरिक ठीक नभएको टिप्पणी गरे । आफूलाई देशको ठेकेदार नसम्झन पनि उनले ओलीलाई चेतावनी दिए । राजा महाराजाले जसरी अरुलाई उल्याउने र निर्दशन गर्ने ओलीजीको तरिका ठीक भएन’, प्रचण्डले भने, ‘ओली देशको ठेकेदार होइन ।’

उनले अरुको सम्मान गर्न पनि आग्रह गरे । आफूहरुमाथि हेपाहा व्यवहार भए प्रतिकार गर्ने चेतावनी दिए ।



उनले गणितीय आधारमा संविधान ल्याए मुलुक मुठभेडमा जाने दोहोर्‍याए । प्रचण्डले आफूहरु अझै पनि सहमतिका लागि वार्ता र संवादकै प्रक्रियामा रहेको भन्दै सोमबार बस्ने १९ दलीय मोर्चाको बैठकबाट आन्दोलनको टुंगो लगाइने बताए ।



प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालाप्रति पनि आक्रोश पोखे । प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहार फरक भएको टिप्पणी उनको थियो ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1JFUglV

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.