भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
गत वर्षको मार्च ८ देखि आकाशमै
वेपत्ता भएको मलेसियाली विमान
सेवाको विमान MH370 लाई अमेरिकी सेनाले
गोली हानेर
खसालेको दावी फ्रान्सेली विमान
कम्पनी प्रोटेअस एयरलाइन्सका पूर्व प्रमुख मार्क
डुगियनले गरेका छन् ।
गत अक्टोबरमा फ्लाइ एमेरिटेसका अध्यक्ष एवं
प्रमुख कार्यकारी सर टिम क्लार्कले
पनि विमानलाई अमेरकी सेनाले गोली हानेर
खसालेको दावी गरेका थिए । विमान
कम्पनीकै अर्का बरिष्ठ अधिकारीबाट पनि यसै
प्रकारको भनाइ सार्वजनिक भएपछि यसले
विश्वमा पुनः एक पटक हंगामा गर्ने देखिएको छ
।
मार्क डुगियनले अमेरिकामा सेप्टेम्बर ११
शैलीमा आक्रमण हुने
आशंकामा अमेरिकी सेनाको डिएगो
गार्सियामा रहेको सैनिक अखडाबाट
विमानलाई
गोली हानिएको दावी गरेका छन् ।
पेरिसबाट प्रकाशित हुने पेरिस
म्याचको पछिल्लो आलेखमा उनले
यस्तो दावी गरेका हुन् । उक्त
विमानका कम्प्युटरहरुमा समेत ह्याकिङ गरेर
त्यसको बाटो बदलिएको हुन सक्ने
उनको आशंका छ ।
डिएगो गार्सिया बेलायती भूमि हो जहाँ
अमेरिकी नौसेनाको अखडा रहँदै आएको छ ।
डुगियनले भने
आफनो आलेखमा विमानमा गोली हानिनुको
कारण आतंकवादी आक्रमण हुने अमेरिकी त्रास
रहेको बताएका छन् ।
माल्दिब्सका केही मानिसले मार्च ८ मा एक
विमान डिएगो गार्सिया तर्फ जाँदै
गरेको बताएका थिए भन्ने कुरालाई उनले प्रमुख
आधार मानेका छन् ।
गत वर्ष हराएको २३९ जना यात्रु
सहितको विमान अहिले सम्म कुनै
पत्तो नलागेपछि यस विषयमा विभिन्न
अफवाह र नयाँ नयाँ कथाहरु बनिरहेका छन् ।
मलेसियाको क्वालालम्पुर जाँदै गरेको विमान
आकाशबाटै वेपत्ता भएको थियो ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1HumR9Z
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement