भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
११ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चिनियाँ नेता माओत्सेतुङ विश्वकै महान पुरुषमध्ये एक भएको बताएका छन् ।
माओ दिवसका अवसरमा शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्-‘उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका अग्रज स्रोत हुनुहुन्छ । माओ विश्वकै महान पुरुष मध्येकै एक बन्न पुग्नुभएको छ ।’
माओले दीर्घकालीन जनयुद्धको रणनीति, नयाँ जनवादी राज्य व्यवस्थाको मोडेल र सर्वहारा अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्त अघि सारेर मार्क्सवाद लेनिनवादमा योगदान पुर्याएको प्रचण्डले बताएका छन् ।
आज माओ जयन्तीका अवसरमा संसारभरिका क्रान्तिकारीहरुले वित्तीय पुँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनासको प्रभाव र अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्ने प्रचण्डले बताएका ।
माओको सम्झनामा जारी गरेको विज्ञप्तिमा प्रचण्डले मालेमाको विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आग्रहसमेत गरेका छन् ।
from Online Khabar » समाचार http://ift.tt/1APnevl
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement