Loading...
Loading...
पूजा बोहरा भन्छिन्– मलाई बलात्कार गर्ने एमालेका कार्यकर्ता हुन्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ पुस ७– पुजा बोहरा बलात्कार गर्ने सागर भट्ट र अमर अवस्थी दुबै एमालेका स्थानिय कार्यकर्ता भएको पुजा स्वंयमले बताएकी छिन् । टिभि कार्यक्रम ‘यक्ष प्रश्न’ मा पत्रकार नारायण पौडेललाई उत्तर दिदैं पुजाले भनेकी छिन् –‘त्यतिखर मैलें सुनेको थिएँ एमालेको (उसले चाहीं ) नेताहरुले उसलाई संरक्षण गरेको र सहयोग गरेको भनेकोचाहीं सुनेको थिए, रियालिटिचाहीं के हो मलाई थाहा छैन ’ ।



साथै पुनराबेदन अदालतले उजुरीकर्ताले आफ्नो दावी पुष्टी गर्न पाउने अधिकार समेत फैसलाकर्ता पुनराबेदन अदालतका न्यायधिशद्धय रमेशप्रसाद राजभण्डारी र नर बहादुर शाहीले नदिएको पुजाको भनाई छ । अर्को एक प्रश्नको उत्तर दिदैं उनले भनेकी छिन् –न मेरो बुबालाई नै थाहा छ, न मलाई संरक्षण दिनुभएकालाई नै थाहा छ, न मलाई नै थाहा छ –एकैचोटी फैसला भयो रे र उनिहरु निदोर्ष साबित भए चै भनेर हामीले पत्रिका पढेर थाहा पायौं।’



बलात्कारीहरु स्थानिय तहमा एमालेका कार्यकर्ता हुनु र मुद्धाका फैसलावहाक न्यायधिशद्धयमध्य एक रमेशप्रसाद राजभण्डारी एमालेका सम्बिधानसभा (प्यूठान ) उम्मेदवार हुनुले फैशलामा यसअघि रातोपाटीले समाचारमा उल्लेख गरेजस्तै मिलेमतो भएको पुष्टी हुन्छ ।



रातोपाटीले पुजा बोहराले कानुन मन्त्रिलाई पत्र लेखेको भोलिपल्टै न्यायधिशद्धयको राजनितिक संलग्नताको बिषयलाई लिएर समाचार दिएको थियो । पुनराबेदन अदालत महेन्द्रनगरका तात्कालिन न्यायधिश रमेशप्रसाद राजभण्डारी न्ययधिश हुनुपुर्व एमाले प्यूठान जिल्लाका अध्यक्ष थिए भने अर्का न्यायधिश नर बहादुर शाही काग्रेसका सकृय कार्यकर्ता थिए । दुबै न्यायधिश खिलाराज रेग्मीको पालामा राजनितिक भागबण्डाका आधारमा नियूक्क्त भएका हुन् ।



एसएलसी परिक्षाका पुस्तक खरिदका लागि एक पुस्तक पसलमा पुगेकी १४ वर्षीए छात्रा पूजा बोहरामाथि जवर्जस्ती करणीको अभियोग लागेका सागर भट्ट र अमर अवस्थीलाई बैतडी जिल्ला अदालतले ०६९ फागुन २२ गते १३ वर्ष कैद र ५० हजार जरिवानासहितको फैसला गरेको थियो । उक्त फैसला उल्ट्याउँदै न्यायधिशद्वयले गत आसार २ गते दुवै अभियुक्तलाई सफाइ दिएका थिए ।





from Nepali Khabar Site ➭ http://ift.tt/1zp5U1b

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.