Loading...
Loading...
चीनले कस्तो बनाउँदैछ नयाँ विमानस्थल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

चीनको बेइजिङमा बृहत् नयाँ अन्तर्राष्ट्रिय यात्रुवाहक विमानस्थलको निर्माण कार्य शुक्रबार आरम्भ भएको सरकारी समाचार संस्था सिन्ह्वाले जानकारी दिएको छ । चीनतर्फ तथा त्यहाँबाट हुने यात्राका माग बढ्न थालेपछि यस नगरको विद्यमान विमानस्थलको क्षमताले नभ्याउने देखिएको छ ।

बेइजिङको वर्तमान अन्तर्राष्ट्रिय विमानस्थल विश्वको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल बनेको छ । यो विमानस्थल हाल सबैभन्दा ढिला विमानस्थलमध्ये एक बनेको छ र यहाँ २० प्रतिशतभन्दा कम व्यापारिक यात्रुवाहक उडान तोकिएको समयमा हुने गरेको सन् २०१३ मा प्रकाशित एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नयाँ विमानस्थल बेइजिङको दक्षिणी भागमा रहने र यसले सन् २०२५ सम्म वार्षिक रूपमा सात करोड २० लाख यात्रु व्यवस्थापन गर्नेगरी ढाँचा तयार गरिएको जानकारी सिन्ह्वाले दिएको छ ।

यस विमानस्थलको लागत ८० अर्ब युआन अर्थात १३ अर्ब अमेरिकी डलर हुने र यसको निर्माण पाँच वर्षको अवधिमा सम्पन्न हुने सिन्ह्वाले उल्लेख गरेको छ । यस विमानस्थलले प्रतिवर्ष छ लाख २० हजार उडान व्यवस्थापन गर्नेछ ।

चीन विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बनेको र बेइजिङको उत्तरपूर्वी भागमा रहेको वर्तमान विमानस्थलले आफ्नो क्षमताको अधिकतम सुविधा प्रदान गरिरहेको अवस्थामा पनि चीनमा यात्राको माग अझै बढिरहेको देखिएको छ ।

सन् २०१३ मा यात्रुसङ्ख्याका आधारमा बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल विश्वको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल बनेको सिन्ह्वाले उल्लेख गरेको छ । अमेरिकाको हार्ट्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा व्यस्त विमानस्थल बनेको छ ।

उक्त विमानस्थल विश्वको सबैभन्दा ढिलो विमान स्थल भएको र त्यहाँका केबल १८ प्रतिशत विमान मात्र समयमा पुग्ने गरेको अमेरिकामा केन्द्रीय कार्यालय रहेको हवाई यात्रा सूचना सेवा फ्लाइट्सस्ट्याट्सले उल्लेख गरेको छ ।

बेइजिङबाट हुने ४२ प्रतिशत प्रस्थान उडान ४५ मिनेट वा सोभन्दा बढी ढिलो हुने गरेको उक्त सर्वेक्षणमा देखिएको छ । सिन्ह्वाले कमीका कारण वर्तमान विमानस्थलले दैनिक रूपमा ३०० उडान तथा वार्षिक रूपमा एक करोड यात्रुलाई थप पुविधा पु¥याउन नसक्ने जानकारी उड्डयन अधिकारीले दिए भनि उद्धरण गरेको छ ।

आर्थिक विकासले हवाई यात्राको माग बढ्ने अवस्थामा जेट उत्पादक एयरबसले यसै महिना चीन यात्रुसङ्ख्याका दृष्टिकोणबाट सन् २०२३ मा विश्वमा सबैभन्दा ठूलो घरेलु हवाई यातायातको बजार हुने अनुमान गरेको छ । बेइजिङको दक्षिण भागमा अर्को एक सानो व्यापारिक विमानस्थल पनि रहेको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरपी) अर्थात उच्च आर्थिक योजना संस्थाले यसै महिना उक्त विमानस्थल निर्माणको योजनालाई स्वीकृति प्रदान गरेको सिन्ह्वाले उल्लेख गरेको छ ।






from News Portal Of Global Nepali » अन्तराष्ट्रिय http://ift.tt/1HOdqCl

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.