प्रधानमन्त्रीका सुरक्षा प्रमुख नै खुट्टा घिसार्दै हिँड्छन्
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
काठमाडौं, पुस १० –प्रधानमन्त्रीत्र सुशील कोइरालाका सुरक्षा उपप्रमुख नेपाली सेनाका मेजर दिवाकर कार्कीको खेल खेल्दा खुट्टामा दख्खल आउँदा समेत प्रधानमन्त्रीको सुरक्षा दलले बेवास्ता गरिरहेको बुझिएको छ । स्रोतका अनुसार करिब महिनाअघि देखि प्रधानमन्त्रीको कारगेड प्रमुख मेजर कार्की खेलका क्रममा घाइते छन् । उनको दायाँ खुट्टा साबिक अनुसार चल्दैन र उनी द्रुत गतिमा कुनैपनी काम गर्न सक्दैनन् । उपचारका लागि न उनलाई समय छ न छुट्टी नै पाएका छन् । केही दिनअघि सिंहदरवारमा भएको संसदीय समितिको बेठकमा पनि उनी त्यही हालतमा उपस्थित भएका थिए । सम्भवत प्रधानमन्त्री यसबारे बेखबर छन् । तर स्रोत भन्छ –‘प्रधानमन्त्रीको सूरक्षा जस्तो संवेदनशील बिषयमा यो खेलाँची भयो, विशेष सुरक्षा दललाई जानकारी गराउँदा समेत थाहा पाएको नपाएकै गरिएको छ ।’ मेजर कार्की खुट्टा घिसार्दै प्रधानमन्त्रीको कारगेडमा सकिनसकि दौडिरहेका छन् । प्रधानमन्त्रीको निजि सचिवालय समेत यसबारेमा जानकार छ । तर सचिवालयले यस घटनालाई गम्भिर रुपमा लिएको छैन । रातोपाटीले प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश अधिकारीलाई प्रधानमन्त्रीको सुरक्षा प्रमुख नै घाइते हुनुहुन्छ यसले प्रधानमन्त्रीको सुरक्षामा केही असर गर्दैन भनेर प्रश्न गर्दा अधिकारीले –‘मैले पनि देखेको छु, यो निजि कुरा हो समाचारको बिषय नभएको’ बताए ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1vdxpDw
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1vdxpDw
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement