जसले तपाईको सोच बदलिदिन सक्दछ।स्वास्थ्यको हिसावले युवा अवस्थामा सेक्स गर्नु राम्रो र निरन्तर सेक्स गर्नु झनै राम्रो मानिन्छ।
नियमित सेक्सका अनगिन्ति फाइदाहरु छन,यहाँ नियमित सेक्स गर्न पर्ने कारणहरु प्रस्तुत गरिएको छ...
१. सेक्सले पार्छ हृदय रोग चट्
भर्खरै गरिएको एक अध्ययनमा हप्तामा २ पटक सेक्स गर्ने पुरुषमाथी हृद्यरोगको खतरा महिनामा मात्र एक पटक सेक्स गर्ने भन्दा कम देखिएको छ।
२. रोगप्रतिरोग क्षमता बढाउँछ
सेक्सले इम्युन बुस्टिङ एन्टिबडी इम्युनोग्लोविन (IgA)को मात्रा बढाउँछ जसले शरिरलाई बलियो र रोगसंग लड्ने क्षमता बढाउँ।
३.तनाव गर्दछ कम
नियमति सेक्सले तनाव कम गर्नमा महत्वपुर्ण भुमिकाले खेल्ने कुरा नयाँ खोजमा पत्ता लागेको छ।
४.आयु बढ्दछ
सेक्समा सन्तुष्टी प्राप्त गरेपछि डिहाइड्रोइपियनड्रोस्टेरोन नाम तत्व पदार्थ निक्लन्छ जसले मानिसको प्रतिरोधी क्षमताका साथै टिस्युलाई मर्मत गर्दछ र छाला स्वस्थ राख्न सहयोग गर्दछ।
५. रक्त सञ्चार राम्रो बनाउँदछ
सेक्सको क्रममा शरिरका प्रत्येक अंगमा ताजा रगतको सञ्चार हुन्छ जसले शिरिरमा स्फूर्ती ल्याउँछ।.
र
६. निद्रा लाग्दछ
७.शारिरिक स्वस्थ पनि राम्रो बनाउँछ
८.ओस्ट्रोजेन र टेस्टोसट्रेनको मात्रा बढाउँछ
९.दुखाइ पनि कम गर्दछ source nayakhabarpana
from Bichitra Khabar http://ift.tt/1tDG4Fx
via IFTTT
१७ पुस काठमाडौं । सरकारले संविधान वनेको अर्को साललाई बैदेशिक लगानी आहृवान वर्षको घोषणा गर्ने तयारी गरेको छ ।
बैदेशिक लगानी आकषिर्त गर्ने उद्देश्यले लगानी आहृवान वर्षको घोषणा गर्ने योजना बनाएको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए ।
‘संविधान नबनेसम्म लगानीमैत्री वातावरण बन्दैन, लगातीकर्ताले शान्ति र राजनीतक स्थिरता खोजेका छन’ बुधबार आयोजित पत्रकार भेटघाटमा उनले भने -त्यसैले संविधान वनेको अर्को वर्ष लगानी आकषिर्त गर्ने प्रभावकारी वर्ष हुनेछ ।’
लगानी आकषिर्त गर्न सरकारले नयाँ औद्योगिक ऐन, विदेशी प्रत्यक्ष लगानी नीति र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र बैदेशिक लगानी ऐन लगायत संसोधनका लागि मन्त्री परिषदमा पठाएको मन्त्री बस्नेतले जानकारी दिए ।
राजनीतिक स्थायीत्व भएपछि र कानूनी जटिलतालाई सहज बनाएपछि लगानीका लागि गरिएको आहृवान प्रभावकारी हुने उनले बताए ।
अर्थमन्त्रीले दोस्रो चरणको आर्थिक सुधारका योजना अघि सारेका छन् । यो सुधारको चरणमा सबैभन्दा पहिला नीतिगत सुधार गर्नुपर्नेमा उनको जोड छ । नीतिगत सुधार भएसँगै लगानीको वातावरअण बन्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, केही समय अघि भारतसँग भएको विद्युत व्यापार सम्झौता (पीटीए) र परियोजना विकास सम्झौता -पीडीए) भइसकेकाले लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बस्नेतले बताए ।
from Online Khabar » समाचार http://ift.tt/13VKJGx
via IFTTT
१७ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड संविधान बन्न नदिने खेलमा लागेको आरोप लगाएका छन् ।
कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकपछि ओलीले प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार देश जहाँसुकै जाओस्, संविधान आउनुहुँदैन भन्नेमा लागेको बताए ।
‘बैठकमा पुष्पकमल दाहालजीको कुरा सुनेर म आश्चर्यमा परेँ’ सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने-उहाँले सहमति नभई हुँदैन । तर, सहमति नगर्ने भन्नुभो ।’
मधेसी मोर्चाका नेता गच्छदारले प्रचण्डलाई पछ्याएको ओलीले बताए । माओवादी र मधेसी मोर्चा उत्ताउला कुरा गर्ने, अनेकखालका मान्छेहरुलाई उचाल्ने र संविधान बन्न नदिने खेलमा लागेको ओलीको आरोप थियो ।
माघ ८ मै संविधान आउने भन्दै ओलीले त्यसका लागि आफूहरुसँग आवश्यक मत रहेको र त्यसलाई अत्यधीक बनाउने प्रयास जारी रहेको बताए । ‘आवश्यक संख्या छदैछ, सबैको सहमति नभए पनि अत्यधिक संख्याले संविधान जारी हुन्छ’ ओलीले भने, ‘संविधान माघ ८ मै आउछ ।’
कार्यव्यवस्था परामर्श समितिको विहीबार बसेको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले चार दिनभित्र सहमति गर्न वा संविधानको पहिलो मस्यौदा बनाउने अधिकार आफूलाई दिन प्रस्ताव गरेका थिए । नेम्वाङको प्रस्तावमा कांग्रेस र एमालेको सहमति रहेको ओलीले बताए ।
एमाओवादी र मधेशी मोर्चाले भने नेम्वाङको प्रस्ताव अस्वीकार गरेका छन् ।
ओलीको कुरामा टिप्पणी गर्दिन : प्रचण्ड
यसैबीच एमाओवादी अध्यक्ष प्रचण्डले सन्चारकर्मीसँग कुरा गर्दै बैठकमा आ-आफ्ना धारणा राख्ने काम मात्रै भएको बताए । सहमति गर्न प्रचण्ड तयार नभएको भनेर ओलीले दिएको अभिव्यक्तिबारे सन्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने-‘अरुले बोलेको कुरामा म टिप्पणी गर्दिन ।’
संविधानसभा भवनमा विहान ९ बजेदेखि बसेको कार्य व्यवस्था समिति बैठकमा सभाध्यक्ष सहित कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र मधेशी मोर्चाको तर्फबाट गच्छदारले धारणा राखेका थिए ।
from Online Khabar » समाचार http://ift.tt/1x7odGk
via IFTTT
१७ पुस, काठमाडौं । नयाँ बर्ष २०१५ को रमझम सुरु नहुँदै राजधानी लगायत देशभरको मौसम खराब देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन मौसममा सुधार आउने छैन ।
पश्चिमी वायू र अरब सागरको न्यून चापीय प्रभावले देशभरको मौसममा बदली भएको छ । मौसम बदली हुँदा चिसो बढेको छ । राजधानीमा विहानैदेखि धुम्म बादल लागेको छ । काठमाडौं उपत्यकामा मध्यान्हदेखि हल्का पानी परेको छ ।
नयाँ बर्षको अवसरमा नगरकोटलगायत राजधानी आसपासका डाँडाकाँडामा मानिसहरु घुम्न जाने गर्दछन् । घुमघामका लागि जानेहरुलाई मौसममा आएको परिवर्तनले असर पुर्याएको छ ।
मौसमविद सुवास रिमालका अनुसार काठमाडौं उपत्यकासहित देशभर धुम्म बादल लागेकोले चिसो बढेको छ । सबैभन्दा बढि प्रभाव पश्चिम नेपालमा परेको छ ।
पश्चिम नेपाल र काठमाडौं उपत्यकामा छिटफुट पानी पर्ने र हिमाली भेगमा हिउँ पर्ने रिमालले बताए । यस्तो अवस्था शनिबारसम्म जारी रहने उनले जानकारी दिए ।
मध्यपश्चिमका नेपालगन्ज र दाङमा घाम लागेको छैन । विहानैदेखि बादल लागेर चिसो बढेको छ । यस्तै रुपन्देही र नवलपरासीमा पनि घाम लागेको छैन ।
पश्चिमको तुलनामा सुदूरपूर्वमा मौसम बदलीको प्रभाव कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विराटनगरमा भने मध्यान्ह मधुरो घाम लागेको छ ।
बढ्दो चिसोले तराई मधेसका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । निम्न आर्थिक अवस्था भएका ‘दलीत’ समुदायहरु न्यानो कपडाको अभावमा बढि प्रभावित भएका छन् ।
बालबालिका, जेष्ठ नागरिक र दैनिक ज्यालादारीमा काम गरेर पेट पाल्नेहरु चिसोले प्रभावित भएका छन् ।
from Online Khabar » समाचार http://ift.tt/13VKHyv
via IFTTT
यदी यस्तो जाडोमा संगिनि साथमै छिन् भने चिसो मौसम पनि रोमान्समा बदलिन सकिन्छ ।
पार्टनर संग टासिएर, अंगालिएर चुम्दै चिसोलाई परास्त गर्न सकिन्छ । जसलाई सहिरुपमा संयोजन गर्न समियो भने सेक्स लाइफ लामो समय चल्न सक्छ ।
जसकालागि केहि उपायः
१. सेक्सको मतलव शरिरमा कपडा नहुनु हो तर जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसकालागि तपाइले आफ्नो सेक्स पार्टनरलाई तयार पार्नु पर्दछ ।
२. बेडमा योन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक एक गिलास तयार गर्नुहोस् । रेड वाइन कामउत्तेजनाकोलागि महत्वपूर्ण मानिन्छ । जसले तपाईलाई गर्मि पैदा गर्दछ र दुई जनाबिचको मायालाई थप उत्साहित पार्दछ ।
३. दिनभर अफिसको कामको थकानका कारण तपाई सेक्सबाट टाढा नहुनुहोस । वरु यसलाइृ प्रभावकारी बनाउन घर गए पछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सकनुहुने छ ।
४. योन जीवन सुखद् वनाउन बिच्याउनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कायृको लागी उत्प्रेरित गर्न सक्दछ । फोहर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ ।
यी र यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ । source:nepalsandesh
from Bichitra Khabar http://ift.tt/1zTc4H8
via IFTTT
जिल्लाको पश्चिमी गाबिसका एक जना युवाले सात बर्षकी बहिनी ( आफ्नी काकाकी छोरी) लाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । ती बलात्कारका अारोपीको पहिचान भने गोप्य राखिएको छ ।
प्रहरीका अनुसार उनले गत पुस ५ गते राती बहिनीलाई बलात्कार गरेका थिए । ती पिडित बालिकाका अभिभावकको प्रहरीमा मौखिक उजुरी दिएपछि त्यसकै आधारमा प्रहरीको एक टोलीले मंगलबार ती युवकलाई पक्राउ गरेको जनाएको छ ।
ती पक्राउ परेका तामाङ्गलाई बुधबार इलाका प्रहरी कार्यालय कटारी ल्याईपुर्याइएको बताइएको छ । प्रहरीले यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । ती पिडित बालिकाले बिद्यालय जानेक्रममा साथीलाई बलात्कारको बारेमा बताएकी थिइन, त्यसपछि उनकी साथीले बालिकाकी आमालाई यस बारेमा बताएपछि घटनाको खुलासा भएको हो ।source butwalonline
from Bichitra Khabar http://ift.tt/1ENiA5l
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1y9LeK9
via IFTTT
१७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल एकेडेमी फर मेडिकल इजुकेशन नेमका सञ्चालक डा. नविनकुमार शर्मालाई फेरि पक्राउ गरेको छ ।
एमबीबीएस छात्रवृत्ति कोटाको प्रश्नपत्र किनबेच प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा लिएकाहरुलाई बुधबार म्याद थपका लागि विशेष अदालतमा लैजाँदा शर्माले अनुसन्धानमा बाधा पुर्याउनुका साथै कर्मचारीहरुलाई गाली गलौज गरेको अख्तियारले जनाएको छ ।
शर्माले अख्तियार ऐनको दफा २४ विपरित काम गरेकाले अनुसन्धानका लागि पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
from Online Khabar » समाचार http://ift.tt/1tqob7b
via IFTTT
सन् २०१४ मा विश्वभर ११८ पत्रकारको हत्या भएको र पाकिस्तान तथा सिरिया सबैभन्दा घातक मुलुक भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले बुधबार जानकारी दिएको छ ।
आईएफजेले सन् २०१३ मा भन्दा यस वर्ष १३ बढी पत्रकारको हत्या भएको जानकारी दिएको छ । यस संस्थाले पत्रकारलाई उनीहरूको कामका लागि आक्रमणको लक्ष्य बनाइएको वा उनीहरू दोहोरो भिडन्तमा परेको उल्लेख गरेको छ । यस वर्ष १७ पत्रकारलाई काममा खटाउँदा प्रकृतिक प्रकोपका कारण उनीहरूको मृत्युभएको बताइएको छ ।
यस संस्थाले सरकारहरूलाई पत्रकारको रक्षा गर्ने कार्य आफ्नो प्राथमिकता बनाउन आग्रह गरेको छ । आईएफजेका अध्यक्ष जिम बुमेलाले एक विज्ञप्ति प्रकाशन गरी पत्रकारलाई सूचनाको निर्बाध प्रवाहका लागि मात्र नभएर उनीहरूका लागि ठूलो रकम तथा हिंसाबाट राजनीतिक छुट प्राप्त गर्न पनि आक्रमणको लक्ष्य बनाउने गरेको उल्लेख गर्नुभएको छ ।
उहाँले केही आमसञ्चार संस्थाहरू हाल युद्धक्षेत्रमा पत्रकार पठाउन तथा त्यहाँका स्वतन्त्र पत्रकारका सामग्री प्रयोग गर्न डराउन थालेको बताउनुभएको छ । उहाँले आमसञ्चारको सुरक्षामा सुधार नभए युद्धको समाचार बनाउँदा स्वतन्त्र साक्षीको अभाव हुने चेतावनी दिनुभएको छ ।
यस वर्ष पाकिस्तानमा १४ पत्रकारको हत्या भएको छ र यो मुलुक पत्रकारका लागि सबैभन्दा घातक मुलुक बनेको छ । यसपछिको स्थान सिरियाको छ र त्यहाँ १२ पत्रकारको हत्या भएको छ । यसपछिको स्थान अफगानिस्तान तथा प्यालेस्टाइन क्षेत्रको छ र त्यहाँ नौ÷नौ पत्रकारको हत्या भएको छ ।
यस वर्ष मारिने पत्रकारमा एएफपीका पत्रकार ४० वर्षीय सरदार महमद पनि परेका छन् । उनको मार्च महिनामा तालिवानले अफगान राजधानीमा एक होटेलमा आक्रमण गर्दा मृत्युभएको थियो । उनको साथमा उनकी पत्नी तथा दुई बालबालिकाको पनि हत्या भएको थियो ।
इराक तथा युक्रेनमा आठ÷आठ पत्रकारको हत्याभएको छ भने होन्डुरसमा छ तथा मेक्सिकोमा पाँच पत्रकारको हत्याभएको छ । अमेरिकी स्वतन्त्र पत्रकार जेम्स फोली तथा स्टिभन सटलफलाई इस्लामी स्टेट लडाकू समूहले सार्वजनिक रूपमा घाँटी काटी हत्या गरेको छ । आईएफजेले यसलाई आमसञ्चारको सुरक्षामा सरकारको प्रवृत्तिको स्वरूपमा परिवर्तन गरिदिएको उल्लेख गरेको छ ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्टले एक साता अगाडि यस वर्ष ६० पत्रकारको हत्या भएको जानकारी दिएको थियो भने आईएफजेको तथ्याङ्कमा प्रस्तुतकर्ता तथा चालकजस्ता आमसञ्चारका लागि काम गर्ने अन्य कर्मचारी पनि समावेश गरेको छ । यसैले आईएफजेको सङ्ख्या बढी छ ।
अर्का संस्था रिपोर्टर्स विथआउट बोर्डर्सले डिसेम्बर १६ मा सन् २०१४ मा ६६ पत्रकारको हत्या भएको जानकारी दिएको थियो ।
from News Portal Of Global Nepali » अन्तराष्ट्रिय http://ift.tt/1vw2Skp
via IFTTT
१७ पुस काठमाडौं । बिहीबार पनि अमेरिकी डलरको भाउ घटेको छ । बुधबार प्रतिडलर ४५ पैसाले घटेको डलरको मुल्य बिहीबार ५६ पैसाले घटेको छ ।
बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर सय रुपैयाँ ५६ पैसामा किन्ने र १ सय १ रुपैयाँ १६ पैसामा बिक्री गर्ने जनाएको छ ।
बुधबार राष्ट्र बैंकले प्रतिडलर १ सय १ रुपैयाँ १२ पैसामा किनेर १ सय १ रुपैयाँ ७२ पैसामा बिक्री गरेको थियो ।
पुस १ गतेदेखि लगातार बढेको अमेरिकी डलरको मुल्य पुस १६ र १७ गते घटेको हो । दुई दिनमा डलरको मुल्य १ रुपैयाँ १ पैसाले घटेको छ ।
अमेरिकी अर्थतन्त्र बलियो हुने अपेक्षामा संसारभरका लगानीकर्ताहरु डलर खरिद गर्न थालेपछि डलरको मुल्य बढेको थियो ।
from Online Khabar » समाचार http://ift.tt/1zT50tX
via IFTTT
१७ पुस, काठमाडौं । पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले ‘अकुपाइ बानेश्वर’ (बानेश्वर कब्जा गरौं) सहितका आन्दोलन गर्ने भएको छ ।
पहिचानसहितको संविधान माग गर्दै तुलाधर मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । ‘दोस्रो चरणको आन्दोलन घोषणा गर्न लागिएको हो’ आन्दोलनका प्रवक्ता ओम गुरुङले अनलाइनखबरसँग भने ।
मोर्चाले पुस २० गतेेदेखि २५ गतेसम्म ‘अकुपाइ बानेश्वर’आन्दोलन गर्ने भएको छ ।
पहिचान विरोधीहरु हावी भएको भन्दै तुलाधर मोर्चाले २७ गते विरोध सभा राखेको छ भने २ गते काठमाडौंमा आमसभा गर्दैछ ।
माघ ६ गतेदेखि ९ गतेसम्म संविधानसभा घेराउ गर्ने आन्दोलनका कार्यक्रम तय गरेको छ ।
आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले घोषणा गरेको आमहड्तालसहितको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।
from Online Khabar » समाचार http://ift.tt/1zT50dF
via IFTTT
आरपी सुवेदी
१७ पुस, बाँके । छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीसमक्ष उजुरी गरेवापत बाँकेको हिलमिनियाँ निवासी एक वृद्ध गोलीको शिकार भएका छन् ।
हिलमिनियाँ-५ का ६५ वर्षका गोबरे कोरीमाथि गोली प्रहार भएको हो । नेपाल मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
बुधबार राति १२ बजेको समयमा आएका तीन बन्दुकधारीले आफूलाई गोली प्रहार गरेको कोरीले बताएका छन् । उनको पेटमा गोली लागेको छ । पेटमा लागेको गोली वारपार भएकाले अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
पहिले छोरीलाई बलात्कार, पछि बाबुलाई गोली प्रहार
कोरीले आफूलाई सुशील बर्मा नेतृत्वमा आएको टोलीले गोली हानेको बताएका छन् । उनले भने- ‘राति सुतिरहेको समयमा उनीहरुले मलाई बोलाए, बाहिर ल्याएर गोली हाने । पहिलो गोली लागेन दोस्रो गोली मेरो पेटमा लागेको हो ।’
गोली प्रहार गर्ने बर्मा बलात्कारको अभियोग लागेपछि फरार थिए । कोरीकी छोरीलाई गत साउन २७ गते बलात्कार गरेको अभियोगमा प्रहरीले बर्मालाई खोजिरहेको थियो । बर्मा हिलमिनियाँकै बासिन्दा हुन् ।
घटनामा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए ।
from Online Khabar » समाचार http://ift.tt/1tqo77u
via IFTTT
सिन्ह्वाका अनुसार घटना शांघाईको हुआङ्ग्पु जिल्लाको चेन्यी स्क्वायरमा भएको हो । घटनाका कारण पत्ता नलागेको बताइएको छ ।
समाजिक सञ्जाल सिना वीबोमा एक व्यक्तिले लेखे अनुसार स्क्वायर क्षेत्रमा मानिसहरुको यति ठूलो उपस्थिति थियो कि यताउता हिडडुल गर्ने समेत सकिन्नथ्यो, भिड जताजान्छ त्यतै जानुपर्ने अवस्था आयो ।
के तपाई एनसेलबाट इन्टरनेट चलाउनुहुन्छ ? अब अनलाइनखबर खोल्दा पैसा लाग्दैन । एक्टिभेट गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
from Bichitra Khabar http://ift.tt/1BjqL3x
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1HhuJ0c
via IFTTT
तर विपरितलिंगीको आकर्षणको केन्द्र बन्नका लागि वंशाणुगत सुन्दरताको चिट्ठा पर्नैपर्छ भन्ने छैन । वैज्ञानिकहरुले यौन तथा आकर्षणका विषयमा एउटा रोचक अनुसन्धान गरेका छन् । त्यसक्रममा महिला तथा पुरुषहरुका लागि विपरित लिंगीप्रति आकर्षक बन्ने टिप्सहरु पत्ता लगाएका छन् । विपरित लिंगीलाई आकषिर्त गर्ने झण्डै एक दर्जन टिप्स यस्ता छन्-
दाँत सेतो सफा राख्नुस्- अध्ययनले के देखाएको छ भने सफा सेता तथा मिलेका दन्तलहरले मानिसलाई बढि आकर्षक देखाउँछ । बेलायतके लिड्स तथा सेन्टर ल्यांकेशायर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मयुरलाई उसको रंगीन प्वाँखले सुन्दर देखाए झैँ मानिसलाई दाँतले सुन्दर देखाउँछ । सुन्दर र स्वस्थ दाँत मानिसको समग्र स्वास्थ्य तथा असल वंशाणुको सूचक भएको शोधकर्ताहरुको दाबी छ ।
चम्किलो छालाका लागि फलफूल् तथा सागपातको पर्याप्त सेवन गर्नुस्- अध्ययन अनुसार फलफूल् तथा सागपातको प्रसस्त सेवनले मानिसको छालालाई स्वस्थ तथा आकर्षक बनाउन सहयोग गर्छ । फलफूल तथा सागपातमा एन्टीअक्सिडेन्टका साथै छालालाई स्वस्थ र चम्किलो राख्न सहयोग पूराउन वनस्पतीजन्य पिगमेन्टहरु समेत पाइन्छ ।
मुस्कुराउनुहोस्- खुसी तथा मुस्कान खासगरी महिलाहरुको हकमा आकर्षणको सबैभन्दा ठूलो केन्द्र नै हो । तर पुरुषको हकमा भने मुस्कानले खासै आकर्षणको अर्थ राख्दैन । अर्थात् मन्द मुस्कान भएका महिलाहरु जसरी पुरुषको पहिलो रोजाइमा पर्छन् त्यसैगरी मुस्कान छर्ने पुरुषहरु महिलाको रोजाइमा पर्ने सम्भावना भने हुँदैन । एक अध्ययनले खासगरी युवा तथा किशोरहरु मुस्कुराएको भन्दा हल्का लजाएको कुरा युवतीहरुले मन पराउँछन् ।
गम्भीर मुद्रा र भद्र स्वभाव- मुस्कुराइरहने पुरुष भन्दा अलि भद्र तथा गम्भीर स्वभावका पुरुषहरु महिलाको रोजाइमा पर्छन् । युनिभर्सिटी अफ बि्रटिस कोलम्बियाका शोधकर्ताहरुका अनुसार खुसी तथा मुस्कान पुरुषहरुको सबैभन्दा कम आकर्षक गुण हो ।
क्षणिक सम्बन्ध चाहनुभएको हो ? त्यसोभए हल्का भइदिनुस्- यो भन्दा अप्ठेरो लाग्छ । तर यदि कुनै महिला छोटो समय वा एक रातको सम्बन्ध चाहन्छन् भने उनीहरु हल्का तथा एक प्रकारले मूर्ख बनिदिनुपर्छ, तबमात्र उनीहरुलाई पुरुषहरुले झ्वाट्टै आँखा लगाइहाल्छन् । अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताका अनुसार पुरुषहरु एक रातको क्षणिक सम्बन्धका अपरिपक्व, लापरवाह, हुस्सु तथा मदहोस महिला रोज्दछन् । तत्कालै प्रतिक्रिया दिइहाल्ने, बाचाल तथा प्रष्ट महिलाहरु क्षणिक सम्बन्धका लागि पुरुषहरुको रोजाइमा पर्दैनन् । तर दीर्घकालीन सम्बन्धका लागि भने प्रष्ट, बुद्धिमान तथा बाचाल महिलाहरु पुरुषको आकर्षणमा पर्दछन् ।
दाह्री खौरिनुहोस्- महिलाका लागि आकर्षक बन्न चाहनुहुन्छ ? यदि त्यसो हो भने दाह्री खौरिनुहोस् । अक्सफोर्ड जर्नलमा छापिएको शोध अनुसार महिलाहरु झुस्स दाह्री भएको अनुहारवाला पुरुषलाई कम आकर्षक ठान्छन् । दाह्रीवाल मानिस बढि रिसाहा हुने, सामाजिक अवस्था उच्चस्तरको भएपनि आकर्षक भने नदेखिने ठम्याइ महिलाहरुको हुन्छ ।
रातो लिपस्टिक लगाउनुहोस्- अध्ययन अनुसार महिलाको सरीरको सबैभन्दा आकर्षक अंग उनको ओठ नै हो र ओठमा रातो रंगको लाली लगाएका महिलाहरु पुरुषलाई कामोत्तेजक लाग्छन् । अध्ययन अनुसार रातो लिपस्टिक लगाएकी महिलाको ओठमा एकजना पुरुषले एक पटकको हेराइमा पूरै ७ सेकेण्ड हेर्छ, जबकी आँखामा ०.९५ सेकेण्ड तथा कपालमा ०.८५ सेकेण्ड मात्रै आँखा डुलाउँछ ।
सरप्राइज दिनुहोस्- एक अध्ययन अनुसार आफुलाई कुनै पुरुषले कति धेरै मन पराउँछ वा आफुप्रति कति धेरै आशक्त छ भन्ने कुराको थाहा नहुन्जेल कुनै पनि महिलाले उक्त पुरुषलाई बढि आकर्षक ठान्छिन्, जति त्यस्तो कुरा थाहा पाएपछि ठान्नेछिन् । आफुलाई उक्त पुरुषले मन पराउने कुरामा समेत एकिन नहुँदैबाट महिलाले कुनै पुरुषको बारेमा सोँच्न थालिसकेकी हुन्छिन् । त्यसैले सुरुवातमै केही सरप्राइज मार्फत आफुले मन पराउने महिलाको भावनालाई सम्बोधन गर्न सक्ने पुरुष महिलाको आकर्षणमा पर्दछन् ।
टी लेखेको टिसर्ट लगाउनुहोस्- वास्तवमा यो कुनै मनगढन्ते कुरा होइन । बेलायतको नटिंघम ट्रेन्ट विश्वविद्यालयका शोधकर्ताहरुले अगाडि पट्टि ठूलो आकारको टी अक्षर पि्रन्ट भएको टिसर्ट लगाउने पुरुषहरु महिलाका लागि बढि आकर्षक बन्दछन् । यस्तो टिसर्टले महिलामा केही भ्रम सिर्जना गर्छ, जस्तै छाति चौडा देखाउँछ, कम्मर सानो देखाउँछ तथा भी सेपको सेक्सी फिगर देखाइदिन्छ । यस्तो विशेषतायुक्त पुरुष महिलाको रोजाइमा पर्छन् । उल्टो टी लेखेको टिसर्ट लगाएका पुरुषहरु त्यसको विपरित भने महिलाको आकर्षणमा नपर्ने अध्ययनले देखाएको छ ।
अलि तिखो बोली बोल्नुस्- यो कुरा महिलाको हकमा लागु हुन्छ । आफुले मन पराएको युवकलाई आफुतर्फ आकषिर्त गर्नका लागि महिलाहरुले आफ्नो आवाजको तिखोपना केही बढाउनुपर्ने हुन्छ । बढि तिखो बोली हुने महिलाको जिउ कम भद्दा हुने विश्वास पुरुषहरुमा हुने भएकाले महिलाहरुको आकर्षणमा वृद्धि हुने युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले बताएका छन् ।
गहिरो स्वास लिनुहोस् र रिल्याक्स गर्नुहोस्- कम तनाव लिने पुरुषहरुलाई महिलाले बढि मन पराउने एक अध्ययनले देखाएको छ । तनाव कम लिने र सधै रिल्याक्समा रहने पुरुषले तनावयुक्त वातावरणको व्यवस्थापन गर्न सक्ने र उसको वंशाणुगत सक्षमण भावी बच्चामा पनि स्थानान्तरण हुने विश्वास महिलाहरुमा हुन्छन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1Adwic8
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/14ebd6L
via IFTTT
१७ पुस, काठमाडौं । संविधान निर्माणमा दलहरुबीच हालसम्म भएका सहमति र असहमति तथा अब के गर्ने भन्ने बारे खुलस्त हुनका लागि आज संविधानसभा कार्य व्यवस्था समिति बैठक बसिरहेको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आह्वानमा बसेको बैठकमा पाँच दलका शीर्ष नेता सहित संविधानसभा संवाद समिति र मस्यौदा समितिका सभापतिद्वय बाबुराम भट्टराई तथा कृष्णप्रसाद सिटौला पनि सहभागी छन् ।
बुधबार बोलाइएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुन नसक्ने भएपछि स्थगित भएका थियो । एमाओवादी अध्यक्ष प्रचण्डले ओली नभई बैठकमा सहभागी नहुने भनेकाले बैठक बस्न सकेको थिएन ।
एमाले अध्यक्ष ओली झापाबाट फर्किएपछि आज विहान ९ बजेदेखि नेम्वाङको अध्यक्षतामा संविधानसभा भवनमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, मधेसी मोर्चाका बिजय गच्छदारलगायतका नेता सहभागी छन् ।
बैठक दिनभरि लगाएर भने पनि एउटा टुंगोमा पुर्याउने अध्यक्ष नेम्वाङले बताए । ‘सहमति किन हुन सकेन, अब सहमति गर्ने हो भने कति दिनमा गर्ने, नत्र कुन प्रक्रियामा जाने भन्ने टुंगो लगाउनुपर्ने छ’ उनले भने ।
कांग्रेस एमालेले सहमति नभए मतदानको प्रक्रियामा गएर भने पनि माघ ८ मा संविधान जारी गर्नुपर्ने बताइरहेका छन् भने एमाओवादी र मधेसी मोर्चाले मतदानमा गए बहिस्कार गर्ने चेतावनी दिइरहेका छन् ।
from Online Khabar » समाचार http://ift.tt/1BjluJn
via IFTTT
हालैका हप्ताहरुमा खास गरी बहुप्रतिक्षित व्यंग्यात्मक चलचित्र ‘दि इन्टरभ्यु’ रिलिज भएसँगै वासिंटन र प्योङयाङबीच अभूतपूर्व ‘जस्तालाई तस्तै’ व्यवहार देखापरेको छ, जसमा उत्तर कोरियाली नेता किम जोङ अनको हत्या योजनाको विषयलाई समेटिएको छ ।
सतहमा यो सबै मामिलाले वैचारिक युद्धलाई प्रतिबिम्बित गर्दछ : एकातर्फ पुँजीवादी शक्ति र अर्कोतर्फ संकटग्रस्त उत्तर-स्टालिनवादी शासनका बीचमा एउटा शीतयुद्धको अवशेष ।
वाक स्वतन्त्रताको समर्थन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले चलचित्रको यसअघि तय भएको सार्वजनिकीकरण रद्द भएको विषयप्रति आफ्नो असन्तुष्टि व्यक्त गरे र साइबर जोखिमविरुद्ध धरातल सशक्त बनाउनका लागि मनोरञ्जन उद्योगलाई उक्साए ।
लगत्तै, उत्तर कोरियाको सर्वोच्च निर्णायक अंग राष्ट्रिय प्रतिरक्षा आयोगले उक्त चलचित्र प्रतिक्रियावादी प्रोपोगान्डा रहेको भन्दै भत्र्सना गर्यो ।
उदीयमान चीन अमेरिकाको सबैभन्दा ठूलो खतरा हो, तथापि हलिउडले बेइजिङको राजनीतिक संवेदनशीलतालाई मिलाउन सफल भएको छ । वास्तवमा हलिउड फिल्मका लागि चीन सबैभन्दा ठूलो विदेशी बजार हो ।
आफ्नो पुरानैखाले विशेषताको अपमानजनक गालीलाई दोहोर्याउँदै प्योङयाङले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई उष्ण प्रदेशीय जंगलमा बस्ने बाँदरको आरोप लगायो र ओबामाले कथनी र करणीमा सधैं लापरवाही गर्ने गरेको भन्दै आलोचना गर्यो ।
अन्ततः डिसेम्बरको अन्त्यमा एउटा सम्झौता भयो र सोनीले फिल्म ‘दि इन्टरभ्यू’लाई सीमित वितरण गर्न सहमति जनायो । यसअघि आफ्नो संरचनामा थप साइबर हमला हुने डरले सोनीले यो फिल्मको रिलिज गर्ने मिति नै सारेको थियो ।
रोमान्सको लडाइँ
संकटग्रस्त कम्पनी सोनीले वषौँदेखि विनाशकारी ह्याकिङ आक्रमणको सामना गर्नु परिरहेको छ, जसका कारण सोनीको प्रतिष्ठामा आँच आएको मात्र छैन, यसको नाफा समेत घटिरहेको छ । बेनामी ह्याकरहरुको समूहले चेतावनी दिएसँगै अमेरिकाका मुख्य सिनेमा हलहरुले समेत यो चलचित्र प्रदर्शन नगर्ने निधो गरे ।
हालैका दिनहरुमा सोनी विरुद्धका ह्याकिङ आक्रमण तथा साइबर धम्कीहरुमा प्योङयाङको हात रहेको वाशिङटनको आरोप छ र त्यस विरुद्ध प्रत्याक्रमणमा उत्रिने चेतावनी पनि दिएको छ । त्यसलगत्तै उत्तर कोरियामा दुईपटक इन्टरनेट ब्लाकआउट भयो ।
साथै अमेरिकाले उत्तर कोरियालाई ‘घटिया शासन’ भन्दै त्यसमाथि लगाम लगाउनका लागि चीनको सहयोगसमेत मागेको छ । ‘दि इन्टरभ्यु’ फिल्मको बढ्दो विवादका कारण धन्य साइबर युद्ध अहिले मूलधारका मिडियाहरुमा मुख्य विषय बन्न पाएको छ र यसले कूटनीतिको प्रकृति तथा अन्तर-राज्य सम्बन्धमा समेत फरकपना ल्याउँदैछ ।
पछिल्लो चलचित्र यसअघिका उत्तर कोरियाविरोधी फिल्महरु जस्तै रेड डन तथा ओलम्पस ह्याज फलनकै औचित्यपूर्ण विस्तारकै रुपमा रहेको छ, धेरै हदसम्म ।
धेरै मानिसका लागि यो फिल्ममा हानीरहित व्यंग्य छ, विश्वको एकलकाँटे देशका बारेमा आम जनताले बनाएको धारणा जस्तै । तर, नाटकको मध्यभागमा जसरी सरकारहरु तानिएका छन् त्यसले अवस्था त्यस्तो छैन भन्ने बुझाउँछ ।
अन्ततः ओबामाले यो कुरा स्पष्टरुपमा व्यक्त गरेका छन् कि हलिउड भनेको अमेरिकी ‘सफ्ट पावर डिप्लोम्यासी’को अभिव्यक्ति हो, जसले अन्य देशको रोजाइ तथा धारणा निर्माण गर्ने क्षमता राख्छ ।
सन् २०१३ मा ओबामाले गर्बिलो गरी भनेका थिए कि मनोरञ्जन क्षेत्र अमेरिकाको कुटनीतिको एउटा भाग हो । अमेरिकी मनोरञ्जन उद्योगले विश्वको संस्कृति निर्माणमा सहयोग गरेको र अमेरिकालाई विशेष बनाएको भन्दै उनले तारिफ गरेका थिए ।
उत्तर कोरियाली शासन, जो आत्मनिर्भरता तथा राष्ट्रिय शुद्धिको मिथकमा बाँचेको छ, उसको राजनीतिक वैधतालाई एउटा व्यंग्यात्मक चलचित्रले समेत चुनौती दिने हैसियत राख्छ । हलिउड फिल्महरुले राजनीतिक कल्पनामा सिधै हमला गर्ने तागत राख्छन्, जसले निरंकुश शासन तथा त्यसका शासकहरुलाई सहारा दिएको हुन्छ ।
असम्भव सहकार्य
अमेरिकी संघीय जाँच ब्यूरोले हालैको साइबर आक्रमण तथा धम्कीमा उत्तर कोरियाको हात रहेको ठहर गरेको छ । तर, उत्तर कोरियाले त्यस्तो आरोप अस्वीकार गरेको छ । अधिकांश साइबर विज्ञहरुले समेत उत्तर कोरियासँग यस्तोखाले साइबर आक्रमणको लागि चाहिने अत्याधुनिक सीप र प्रविधि रहेकोमा शंका गर्छन् । वास्तवमा हालैका साइबर आक्रमणमा राज्य वा गैरराज्य पक्ष कसको हात छ भन्ने कुरा अझै स्पष्ट भैसकेको छैन ।
चीन हलिउडको राम्रो बजार
अहिले सबै मार्गहरु बेइजिङतर्फ अघि बढ्छन् । हलिउड र ओबामा प्रशासन दुबैले चीनसँग सचेततापूर्ण सहकार्य अँगालेका छन् । यद्यपि उदीयमान चीन अमेरिकाको सबैभन्दा ठूलो खतरा हो, तथापि हलिउडले बेइजिङको राजनीतिक संवेदनशीलतालाई मिलाउन सफल भएको छ । वास्तवमा हलिउड फिल्मका लागि चीन सबैभन्दा ठूलो विदेशी बजार हो ।
चीनको कौशल तथा महत्वको पहिचान गर्दै ओमाबा प्रशासन चीन पुगेको छ, उत्तर कोरियाको कथित अपराधमाथि बिर्को लगाइदिने सहकार्यको खोजी गर्दै । विडम्बनाको कुरा के छ भने वर्षको सुरुतिर पाँच जना चिनियाँ सैन्य ह्याकरविरुद्ध अमेरिकाले आर्थिक जासुसीको आरोपमा मुद्दा चलाएको थियो ।
अमेरिकाको परम्परागत सैन्य सर्वोच्चता अन्य प्रतिस्पर्धी देशहरुको भन्दा निकै माथि भए पनि साइबर युद्धको यो युगमा चीन तथा रसियाजस्ता शक्तिहरुले तिब्ररुपमा आफ्नो असामान्य क्षमता विस्तार गरिरहेका छन् ।
त्यसैले अहिलेको वास्तविक मुद्दा भनेको अमेरिका र चीनबीचको बढ्दो साइबर प्रतिस्पर्धा हो र त्यसलाई व्यवस्थापन गर्न साइबर आचारसंहिता निर्माण अत्यावश्यक छ ।
सन् २०१० मा एक साइबर वर्म स्टक्सनेटले ह्याकरहरुसँग विश्वका मुख्य निशानाहरु जस्तै औद्योगिक उपकरण र आणविक उर्जा भट्टीहरु ध्वस्त पार्न सक्ने क्षमता रहेको खुलासा गरिदिएको थियो । तसर्थ शत्रुराष्ट्रहरु तथा गैरराज्य पक्षबाट हुने ठूलो परिमाणका आक्रमणहरुका कारण विश्वको अर्थतन्त्र निकै जोखिममा छ ।
समग्रमा, ‘दि इन्टरभ्यु’ फिल्म सार्वजनिकीकरणको विषयमा भएको विवादले साइबर चोरी तथा आक्रमणको विनाशकारी स्थितिलाई कसरी पन्छाउने भन्ने विषयमा वाशिंटन र बेइजिङबीच संस्थागत वार्तालाई आधार प्रदान गर्ने र साइबर युद्धको युगमा विश्व प्रतिस्पर्धालाई व्यवस्थापन गर्न सहयोग गर्नेछ ।
(एसियाको भूराजनीतिक तथा आर्थिक मामिलाका विज्ञ रिचार्ड ‘अरब विश्वमा पुँजीवादको असफलता’ शीर्षकको पुस्तकका लेखक हुन् । रिचार्डको यो लेख अलजजिराबाट भावानुवाद गरिएको हो- सं)
from Online Khabar » समाचार http://ift.tt/1Bjlxom
via IFTTT
ध्रुव भट्टराई
१७ पुस, बिराटनगर । नेपाली कांग्रेसका नेताहरु वीपीको ‘राष्ट्रिय मेलमिलाप’को व्याख्या गरेर थाक्दैनन् । तर, देशमा मेलमिलाप गर्नु त परैजाओस्, यतिबेला कोइराला परिवारभित्रै बोलचाल नहुने स्थिति छ ।
कोइराला परिवारमा नीति र सिद्धान्तको भन्दा पनि वीपी र गिरिजाको पैत्रिक सम्पत्तिका नाममा ‘मेलमिलाप’ हुन सकेको छैन । कांग्रेसले मुलुकभर ३९ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइरहँदा बिराटनगरस्थित कोइराला निवासले वीपीको मेलमिलापको धज्जी उडाएको छ ।
कांग्रेसका ‘महामानव’ वीपी कोइरालाको वाल्यकाल बितेको कोइराला निवास पछिल्लो समयमा पारिवारिक किचलोको शिकार बनेको छ । नेपाली राजनीतिको अगुवाइ गरेका वीपी, गिरिजाप्रसाददेखि वर्तमान राजनीतिको केन्द्रभागमा रहेका सभासद डा.शेखर कोइराला र नेतृ सुजता कोइरालाको वाल्यकाल बिराटनगरकै कोइराला निवासमा बितेको हो ।
तर, यतिबेला बिराटनगरको कोइराला निवास आन्तरिक कलहका कारण ओझेलमा परेको छ । परिवारका सदस्यले आ-आफनो भागका जग्गा टुक्रा पार्दै नयाँ घर बनाएका छन् । केही भाग जग्गा बिक्री भएसँगै नेपाली राजनीतिको घरोहरका रुपमा चिनिने कोइराला निवास प्रायः सुनसान देखिन थालेको छ ।
वीपीको अंशमा रहेको ८ कठ्ठा ६ धुर जग्गा छोराहरु प्रकाश कोइराला, श्रीहर्ष कोइराला र शशांक कोइराला तथा छोरी चेतनाले चार वर्षअघि पाँच करोडमा विराटआवास सेवालाई बिक्री गरेका थिए । आवास कम्पनीले सो जग्गामा अहिले भव्य महल ठ्याइसकेको छ ।
वीपीका सन्तानले आफ्नो अंशमा परेको कोइराला निवासको जग्गा बिक्री गर्न लाग्दा मोरङ्ग काङ्ग्रेसले सो कार्यको बिरोध समेत गरेको थियो । नेपाली राजनीतिको घरोहरका रुपमा रहेको कोइराला निवासको ऐतिहासिकता बचाउन पार्टी तथा सरकारले जग्गामा संग्रहालय बनाउनुपर्ने सभासद अमृत अर्याल बताउँछन् ।
कृष्णप्रसाद कोइराला सिन्धुलीको दुम्जाबाट एक सय बीस वर्ष अघिदेखि बिराटनगरको सो स्थानमा बस्न थालेका थिए । ०२५ सालमै कृष्णप्रसाद कोइरालाका छोराहरु वीपी, तारिणीप्रसाद, केशव र गिरिजाप्रसादबीच मौखिक अंशबण्डा भए पनि जग्गा टुक्रिएको थिएन । ६ वर्षअघि तारिणीप्रसादका छोरा ज्योति कोइरालाले दुई कठ्ठा जग्गा बिक्री गरेका थिए ।
अहिले कोइराला निवास वरिपरिको क्षेत्रमा नयाँ पक्की घर थपिएकाले निवाससमेत ओझेलमा पर्दै गएको छ । घर रहेको कोइराला निवास र जमीन भने केशवप्रसाद/ नोनाका छोराहरु निरञ्जन र डा. शेखरका नाममा छ ।
बिराटनगर उपमहानगरपालिका वडा नम्बर-९ स्थित कोशी अञ्चल अस्पतालकै अगाडि रहेको यो जग्गा बहुमुल्य एरियामा पर्छ । कोइराला निवासको जग्गालाई बिक्री गर्नबाट रोकेर ऐतिहासिक संग्रहालय बनाउनुपर्ने माग अहिले पनि काङ्ग्रेस नेता तथा कार्यकर्ताले गर्न छाडेका छैनन् ।
कांग्रेस कार्यकर्ताले संग्रहालय बनाउनुपर्ने माग अघि सार्दै आए पनि यही जग्गाका कारण कोइराला परिवारका दुई सदस्य डा. शेखर कोइराला र गिरिजापुत्री सुजातावीच बोलचाल समेत बन्दको स्थिति रहेको कांग्रेस नेताहरु बताउँछन् ।
नेतृ सुजाताले अहिले कोइराला निवास अगाडि परेको आफ्नो अंशमा नयाँ तीनतले घर निर्माण गरिसकेकी छिन् । उनले सोही घरमा आफ्ना दिवगत पिता गिरिजाप्रसाद कोइरालाका नाममा जीपी फाउण्डेशन नामक संस्थाको कार्यालय राखेकी छिन् ।
‘वीपीका नाममा रहेको जग्गा जमीन बेचेर खाने अनि त्यही सम्पत्तिका नाममा परिवारभित्रै बाझाबाझ गर्ने यस्ता नेताहरुले कसरी राष्ट्रिय मेलमिलाप गर्लान् र वीपीको इज्जत बचाउलान् ?’ बिराटनगरबासीहरु प्रश्न गर्छन् ।
from Online Khabar » समाचार http://ift.tt/1tpH22i
via IFTTT
१७ पुस, भोजपुर । नेपाल सरकार र भारतको सतलज कम्पनी विच अरुण तेस्रो पिडिए अनुसार भोजपुरका प्रभावित क्षेत्रका वासिन्दाले पनि सुविधा पाउनु पर्ने माग सहित जिल्लाका ९ दलले ज्ञापन पत्र वुझाएका छन ।
जिल्ला प्रशासन कार्यलय भोजपुर मार्फत दलहरुले प्रधानमन्त्री र उर्जा मन्त्री समक्ष ज्ञापन पत्र पठाएका हुन् । जिल्लाका कृयाशिल ९ दलको हस्ताक्षरमा पठाईएको ज्ञापनपत्रमा संखुवासभा जिल्लाका प्रभावित क्षेत्रले पाउने सुविधा भोजपुर जिल्लाका प्रभावित क्षेत्रका वासिन्दाले पनि पाउनु पर्ने भन्ने माग राखिएको छ ।
ज्ञापन पत्रमा अरुण नदी भोजपुर र सङखुवासभाको साझा प्रकृतिक सम्पदा भएकोले दुबै जिल्लामा बराबर प्रभाव पर्ने तर क्षतिको भागेदार भोजपुरबासी मात्र बन्न पुगेको बताइएको छ ।
प्ा्रकृतिक स्रोत साधन माथि स्थानीयबासीको अग्राधिकार भन्ने संयुक्त राष्ट्रसंघको घोषण पत्र आइ एल ओ १६९ बिपरित भएको भन्दै यसले भोजपुरले जनतालाई अपमान गरेको बताएको छ ।
ज्ञापनपत्रमा मागलाई न्याय संगत ढंगले नेपाल सरकार ले नलिएमा कडा संघर्षमा उत्रन सक्ने समेत भनिएको छ ।
उमेश अधिकारीबाट
from Online Khabar » समाचार http://ift.tt/1tpH0Yd
via IFTTT
१७ पुस, पाँचथर । पाँचथरमा खेलकुद पत्रकारिता पुरस्कार कोष स्थानपना भएको छ । फिदिममा जारी छैटौ फाल्गुनन्द गोल्डकपको अवसरमा अगुवा व्यवसायी तथा समाजसेवी हरिप्रसाद नेपालले आफ्ना दिवंगत पिताका नाममा पत्रकारीता पुरस्कार कोष स्थापना गरेका हुन् ।
फिदिम निवासी नेपालले पत्रकार महासंघ पाँचथर शाखाको संयोजनमा एक लाख रुपैयाँ बरावरको ‘स्वर्गीय प्रजापति नेपाल खेलकुद पत्रकारीता पुरस्कार कोष’ को स्थापना गरेका हुन् ।
पत्रकार महासंघको संयोजनमा फिदिम स्पोर्टिङ क्बलले सञ्चालन गर्ने गरी कोषको स्थापना गरिएको हो । पिताका नाममा एकजना श्रमजिबिलाई पुरस्कृत गर्ने लक्ष्य राखेको नेपालले बताए ।
मेची र कोशी अञ्चलका जिल्लामा रहेर खेलकुद क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गरिने क्लवले जानकारी दिएको छ ।
पुरस्कार आगामी वर्षबाट वितरण सुरु हुनेछ ।
सरोज शर्माबाट
from Online Khabar » समाचार http://ift.tt/1tpH0aL
via IFTTT
१७ पुस, काठमाडौं । नयाँ वर्ष २०१५ आजदेखि सुरु भएको छ । नयाँ वर्षको अवसरमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरु नयाँ वर्षको शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइँदैछ । विदेशी पर्यटकहरु आएका स्थानमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
यसैबीच क्रिस्चियन धर्मावलम्बीले आज ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०१५ मनाउँदै छन् ।
प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी संवत् सुरु हुन्छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्ट -प्रभु यशु)को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
विश्वका सम्पूर्ण मानव समुदायको कल्याण तथा मुक्तिका लागि क्राइस्टले मारियमको कोखबाट जन्म लिई पृथ्वीमा आएको विश्वास सो धर्मावलम्बीको रहेको छ ।
सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा इसाइ तथा गैरइसाइले पनि विभिन्न परिकारका मीठा मीठा खाना खाने तथा साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँछन् ।
नेपालका विभिन्न पर्यटकीय सङ्घसंस्थाले पर्यटकीयस्थल तथा सो आसपास क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गरी पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरूलाई आकर्षण गर्ने गर्छन्
from Online Khabar » समाचार http://ift.tt/1tpGYj9
via IFTTT
१७ पुस, इलाम । शान्ति सञ्चार सहकारी संस्था तथा इलाम सामुदायिक विकास केन्द्र इलामले बिपीको मेलमिलाप नीतिलाई पहिलोपटक नेपाल प्रवेश गराउने तीन जनालाई सम्मान गरेको छ ।
शान्ति सहकारी संस्था तथा इलाम सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको रेडियो नेपालवाणीको सातौ वाषिर्क साधारणसभा कार्यक्रममा सभासद् तथा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ, नागरिक अगुवा धर्म गौतम तथा सर्लाही नेत्रगन्जका बासुदेवशरण कोइरालालाई सम्मान गरिएको हो ।
बिपी कोइराला पञ्चायती कालमा निर्वासनको समयमा भारतमा रहेका बेला उनीसँग भेटेर पहिलोपटक बिपीले अङ्गिकार गरेको मेलमिलापको नीति लिएर स्वदेश र्फकने तीन व्यक्तिलाई सम्मान गरिएको हो । उनीहरुलाई रेडियोका सञ्चालक समिति अध्यक्ष केदार थापा लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
from Online Khabar » समाचार http://ift.tt/1y9lGNp
via IFTTT
दुवै जना केही न केही कारणले सँधै चर्चामा आइरहेका हुन्छन् ।
पछिल्लो समय अस्ट्रेलियाका पूर्व क्रिकेटर माइकल स्लेटरले अनुस्कालाई कोहलीकी पत्नी भनेर सम्बोधन गरेपछि दुवै जना पुनः चर्चामा आएका छन् ।
अस्ट्रेलिया र भारतबीच भएको तेस्रो टेस्टको अन्तिम दिन खेलको कमेन्ट्री गरिरहेका स्लेटरले अनुस्कालाई विराटकी पत्नी भनेर सम्बोधन गरेका थिए । अनुस्का यतिबेला आफ्नो प्रेमी विराटलाई समर्थन गर्न अस्ट्रेलिया पुगेकी छिन् ।
स्लेटरलाई आफूलाई तुरुन्तै सच्याउन खोजेपनि उनले फेरि अनुस्कालाई विराटको ‘मंगेतर’ भनेर सम्बोधन गर्न पुगेका थिए ।
यसअघि सोही टेस्टमा शतक बनाएपछि कोहलीले ब्याट उठाउँदै स्ट्याण्डमा रहेकी अनुस्कालाई ‘फ्लाइङ किस’ दिएका थिए । केही महिनाअघि पनि उनले यसै गरेका थिए । यसले समाजिक सञ्जालमा निकै चर्चा पाएको थियो ।source tajaakhabar
from Bichitra Khabar http://ift.tt/1EMuiNE
via IFTTT
१७ पुस, काठमाडौं । चीनको शंघाइ शहरमा नयाँ बर्षको खुसी मनाउन जम्मा भएको भिडमा चेपिएर ३५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।
सिन्ह्वाका अनुसार घटना शांघाईको हुआङ्ग्पु जिल्लाको चेज्यी स्क्वायरमा भएको हो । घटनाका कारण पत्ता नलागेको बताइएको छ ।
समाजिक सञ्जाल सिना वीबोमा एक व्यक्तिले लेखे अनुसार स्क्वायर क्षेत्रमा मानिसहरुको यति ठूलो उपस्थिति थियो कि यताउता हिडडुल गर्ने समेत सकिन्नथ्यो, भिड जताजान्छ त्यतै जानुपर्ने अवस्था आयो ।
from Online Khabar » समाचार http://ift.tt/1wCVSmd
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_127.html
via IFTTT
- विराटनगर विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह
१६ पुस, बिराटनगर । मन्त्री बनेपछि आफ्ना प्रत्येक भाषणमा स्थानीय निर्वाचनको तयारी भइरहेको बताउने उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संविधान बनेपछि स्थानीय चुनाव हुने बताएका छन् ।
वीपी मेलमिलाप दिवसका अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रममा सहभागी हुन बिराटनगर आएका मन्त्री सिंहले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै संविधान बनेपछि राजनीतिक सहमतिका आधारमा चुनाव हुने बताएका छन् ।
पार्टीको कार्यक्रममा भाग लिन सरकारी स्रोत खर्च गरेर बिराटनगर पुगेका सिंहले सहमति नभए प्रक्रियामा गएर भए पनि माघ ८ भित्रै संविधान जारी हुने बताए ।
सहमतिका लागि शीर्ष नेताहरुले छलफल गरिरहेको उनले बताए । ‘दलका शीर्ष नेताहरुवीच छलफल चलिरहेको छ, सिंहले भने, ‘यदि सहमति भएर समय लम्बिए पनि विधि र प्रकृयावाटै संविधान जारी हुनेछ ।’
संविधान निर्माणपछि राष्ट्रपति, प्रधानमन्त्री लगायतको पावर सेयरिङका विषयमा पनि संविधानसभाले टुंगो लगाउने मन्त्री सिंहले बताए ।
मन्त्री सिंहले राजनीतिक अस्थिरताका कारण मुलुक आर्थिक गतिमा अग्रसर वन्न नसकेको उल्लेख गर्दै अब कुनै पनि हालतमा संविधान जारी हुनुपर्नेमा जोड दिए ।
from Online Khabar » समाचार http://www.onlinekhabar.com/2014/12/224048/
via IFTTT
१६ पुस, काठमाडौं । सत्तारुढ दल आवद्ध युवा सभासदहरुले माघ ८ मा संविधानको मस्यौदा मात्रै भए पनि जारी गराउनका लागि धर्ना, अनसन एवं शीर्ष नेताहरुलाई घेराउ गर्नेसम्मका दबाव अभियान सञ्चालन गर्ने भएका छन् ।
पचास वर्षभन्दा कम उमेर समूहका सभासदहरुको बुधवारको भेलाले पुस २५ गते सभासदको वृहत भेला गरेर संविधानसभामै सुत्ने र संविधान नबनाई बाहिर ननिस्कनेसम्मका कडा कार्यक्रम ल्याउने योजना बनाएको एक सहभागीले बताए ।
युवा सभासद अभियानका अगुवा एमाले सभासद तथा अर्थ समितिका सभापति प्रकाश ज्वालाले दोस्रो संविधानसभा पनि संविधान दिन नसकी असफल हुने खतरा बढेकाले सबै सभासद एकजुट भएर कडा कदम चाल्न लागिएको बताए ।
‘अघिल्लोपटक शीर्ष नेताको भर पर्दा संविधानसभा नै विघटन भयो, यसपालि पनि त्यस्तै संकेत देखिएकाले कलंकको टीका बोक्नुपर्छ भनेर हामी संगठित भएका हौं’ ज्वालाले भने ‘अब संविधानसभाभित्रै हामी आन्दोलन गर्छौं’ ।
सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बुधबार सम्पन्न ‘संविधान निर्माण दबाव अभियान’मा आवद्ध सभासदहरुको भेलाले सभाध्यक्षसहित शीर्षनेताहरुलाई भेटेर संविधान निर्माणको अगुवाइ र पहलकदमी लिन आग्रह गर्ने निर्णय गरेको छ ।
अभियानमा कोको ?
दबाव अभियानमा सत्तारुढ कांग्रेसका चन्द्र भण्डारी, गगन थापा, मदन अमात्य, इन्द्र बानियाँ, बहादुरसिंह लामा, सरिता प्रसाई, राजु खनाल लगायतका सभासद सहभागी छन् ।
त्यस्तै एमालेका प्रकाश ज्वाला, कर्णबहादुर थापा, राजन भट्टराई, आनन्द पोखरेल, शेरबहादुर तामाङ, जनार्दन ढकाल, गरिमा शाहलगायतका सभासद सहभागी छन् । अभियानमा राप्रपा, मालेलगायतका पार्टीका सभासद पनि सहभागी भएका छन् ।
यस्तो छ अभियान
सभासदहरुले आफूहरु संविधान निर्माणको काममा इमान्दार रहेको कुरा जनतालाई प्रष्ट पार्न सार्वजनिक रुपमा अपिल समेत गर्ने निर्णय गरेका छन् ।
‘संविधानसभाभित्र हामी लड्छौं, बाहिर तपाईहरु जाग्नुहोस्’ भन्ने सन्देशसहित सबै वर्ग, तह, समुदाय र पेशाका जनतालाई दबाव सिर्जना गर्न अपिल गरिने ज्वालाले बताए ।
माघ ८ मा संविधान नबन्ने अवस्था आएकाले त्यसको दोष सभासदको थाप्लोमा पनि आउने भन्दै उनीहरुले माघ ८ अघि जिल्ला तथा निर्वाचन क्षेत्रमा नजाने निर्णयसमेत गरेका छन् ।
माघ ८ सम्म संविधान निर्माणको काममा केन्द्रित हुनुपर्ने भएकाले निर्वाचन क्षेत्र विशेष पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत योजना छनौटको समय केही समयपछि सार्न सभामुख मार्फत आग्रह गर्ने निर्णय समेत भेलाले गरेको हो ।
निर्वाचन क्षेत्रको १ करोड र सांसद विकास कोषको १५ लाख रुपैया खर्च गर्नका लागि पुस मसान्तभित्र योजना छनौट गर्नुपर्ने भनिएको छ ।
from Online Khabar » समाचार http://www.onlinekhabar.com/2014/12/224032/
via IFTTT
संविधान जारी हुने दिन भगवानलाई समेत थाहा नभएको उल्लेख गर्दै काग्रेस नेतृ कोइरालाले माघ ८ मा संविधान जारी हुने सम्भावना टर्दै गएकाले संविधान आउने टुंगो समेत हुन छाडेको बताइन् ।
नेपाल प्रेस युनियन धनकुटाले आज विहान धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलन बोल्नु हुदै नेतृ कोइरालाले सम्वाद समिति भित्र मधेसवादी दल र एमाओवादीले भागबण्डा खोजिरहेकाले सहमति जुट्न नसकेको पनि दाबी गरिन् ।
संविधान आए माओवादी र मधेसवादी दलको अस्तित्व संकटमा पर्ने भएकाले अस्थिरता सिर्जना गरेर मुलुकमा राजनीति गर्न खोजिरहेकाले आन्दोलनकारी दलहरु राष्ट्रपति र प्रधानमन्त्री पाए पनि संविधानका लागि सहमति नगर्ने पक्षमा रहेको नेतृ कोइरालाले आरोप लगाए ।
संविधानको लागि सहमतिको सरकार आवश्यक भएकाले एमाओवादी र मधेसवादीलाई सरकारमा ल्याउन प्रयास भइरहेपनि आन्दोलनको भुत चढेकाले सडकमा जान खोजिरहेको बताइन् । हिमाल, पहाड र मधेस सहितको थोरै प्रदेशको संघियता निर्माण गर्नुपर्ने भएकाले कांग्रेसले कुनै हालतमा कम्प्रमाईज नगर्ने र बहुमतबाट भएपनि निर्णय गराई छाड्ने नेतृ कोईरालाले बताइन् ।
कांग्रेस भित्रको गुटको राजनीतिले असल कार्यकर्ताहरु बाहिरिने क्रम सुरु भएकोले गुट निरुत्साहित गर्न आफुले सक्दो प्रयास गरिरहेको बताउँनुभयो । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता छानविनको क्रममा तेह्रथुमबाट फर्कदै गरेकी नेतृ कोइरालाले सहमति नै सफलताको कडी भएकोमा जोड दिइन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_3221.html
via IFTTT
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_101.html
via IFTTT
राजकुमार श्रेष्ठ
१६ पुस, काठमाडौं । सन् २०१५ को पहिलो दिनसँगै नेपाली क्रिकेट टीमले नयाँ यात्रा सुरु गर्दैछ, जसले नेपाली क्रिकेटको भविश्य निर्धारण गर्नेछ ।
सन् २०१४ नेपाली क्रिकेटका लागि समग्रमा राम्रो रहृयो । नेपालले पहिलो टी-२० विश्वकपमा तारिफ योग्य प्रदर्शनदेखि डिभिजन थ्रीको जित हात पर्यो । यद्यपि गत वर्षको सुरुमा नै भएको एकदिवसीय विश्वकप छनोट भने बिर्सनलायक रहृयो ।
नेपाललाई कम्तिमा उपाधिसँगै वन डे स्टाटस दिलाउने लक्ष्यसहित नेपाली टोली विश्व क्रिकेट लिग डिभिजन-२ को यात्रा थाल्दैछ । तर, यो लक्ष्य त्यही सजिलो छैन ।
दक्षिण अफ्रिकामा केही दिन अभ्यास गरेर नामिबिया पुग्ने नेपाली टोलीसामू ठूला चुनौतीहरु हुनेछ । यसअर्थमा नामिबियामा नेपाली क्रिकेटको वास्तविक परीक्षा हुनेछ ।
नेपाली टोलीका कप्तान पारस खड्कासहितका टोलीका सदस्यहरु भने उपाधि जित्नेमा निकै आशावादी देखिएका छन् । ‘हामी सबैलाई यो प्रतियोगिता कत्तिको महत्वपूर्ण छ भनेर थाहा छ र हामीले हाम्रा विपक्षीहरुलाई पनि राम्ररी बुझेका छौं ‘ खड्काले अनलाइनखबरसँग भने-‘खेलाडीहरुले आफ्नो क्षमता अनुसार चाहेको बेला खेल्ने हो भने हामी जित्न सक्छौं ।’
जनवरी १७ देखि २४ सम्म नामिबियामा हुने प्रतियोगितामा नेपाल र नामिबियासँगै नेदरल्याण्ड, केन्या, क्यानडा र युगाण्डाले प्रतिस्पर्धा गर्नेछन् ।
शीर्ष दुई टोली एकलिवसीय विश्व क्रिकेट लिग च्याम्पियनसिपसँगै चार दिवसीय अन्तरमहादेशीय कपका लागि छनोट हुनेछ । अन्य टीमहरुले आईसीसीको प्रतियोगिता खेल्ने पाउने छैनन् ।
नेपालले प्रतिस्पर्धा गर्नु पर्ने पाँचमध्ये चारवटा टोली नामिबिया, नेदरल्याण्ड, केन्या र क्यानडाले विश्वकप खेलिसकेका छन् र लगातार माथिल्लो स्तरको क्रिकेट खेलिरहेका छन् ।
गत जनवरीमा नेपालले न्यूजिल्याण्डमा एकदिवसीय विश्वकप छनोट खेलेको थियो । कम्तिमा नेपाललाई एकदिवसीय मान्यता दिलाउने लक्ष्यका साथ गएको नेपाली टोली ठीक विपरीत डिभिजन थ्रीमा घटुवा भएर फर्कियो ।
कप्तान पारस खड्का र ओपनर सुवास खकुरेल घाइते भएपछि नेपालीको ब्याटिङ चल्न सकेन । अभ्यासमा केन्यासँग हारेको नेपाल नेदरल्याण्ड र क्यानडासहित ५ खेलमा पराजित भयो । नवौं स्थानका लागि भएको खेलमा युगाण्डालाई हराउँदै नेपालले शान्त्वना जित हात पार्यो ।
नेपाल र युगाण्डा दुई महिनाअघि मलेसियामा डिभिजन थ्रीको फाइनल खेल्दै टुमा उक्लिएका छन् । लगातार दुईपटक डिभिजन थ्रीको उपाधि जित्दा हराएको युगाण्डासँग खेल्दै नेपालले नामिबियामा डिभिजन टुको यात्रा थाल्नेछ ।
मिड अडर र फिनिसिङ सुध्रियो ?
प्रशिक्षक पुबुदु दशानायकेका अनुसार नेपालले डिभिजन टू खेल्दै गर्दा न्यूनतम २ सय ५० रन बनाउने र त्यस अनुसार लक्ष्य भेट्टाउने क्षमता राख्नुपर्छ । बन्द प्रशिक्षणमा पनि पुबुदुले ब्याटिङ सुधारमा बढी जोड दिइरहेका छन् ।
‘ब्याटिङलाई लिएर बेला बेला आलोचना पनि हुने गरेको छ’ कप्तान खड्काले भने-हामी राम्रो क्रिकेट खेल्ल चाहन्छौं । हाम्रो क्षमता छ र राम्रो गर्न सक्छौं भन्ने विश्वास छ ।’
नेपालले मलेसियामा दुई महिनाअघि खलेको डिभिजन थ्री नै पछिल्लो ५० ओभरको खेल हो, जहाँ ब्याटिङ औसत रहृयो । श्रीलंका भ्रमणमा तीन दिवसीय खेल खेलेपछि वन डे खेल्न पाएन ।
कप्तान पारस पनि ब्याट्सम्यानहरुलाई चाहिने अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरको खेल हुन नसकेको स्वीकार गर्छन् ।
खाासगरी नेपालको ओपनिङ जोडी अपेक्षा अनुसार जम्न सकेको छैन भने मिड अडर र फिनिसिङ राम्रो हुन सकेको छैन । मिडअडर र फिनिसिङमा समस्या रहेको स्वीकार गर्दै बिनोद भण्डारी भन्छन्- ‘अब हामीले क्षमता अनुसार खेल्नुपर्छ ।’
विनोद आफूले पनि पछिल्लो समय रन बनाउन नसकेको भन्दै भन्छन्-मैले राम्रो रन बनाउन नसकेको धेरै भएको छ । अब रन हान्नु नै छ ।’
म्याच फिनिसरको भूमिका रहेका शदर भेसवाकर भने यो प्रतियोगिताप्रति आफू निकै आशावादी रहेको बताउँछन् ।
टी-२० विश्वकप छनोटमा उनको प्रदर्शन लोभलाग्दो थियो, जुन त्यसपछि देखिएको छैन । तर, सर्जरीपछि आफू पूर्णरुपमा फिट रहेको भन्दै उनले भने-‘मलाई त के लाग्छ भने यो पटक नेपाल टीमलाई नै हराउन गाह्रो छ जस्तो लाग्छ ।’
के भन्छन् बलरहरू ?
नामिबिया तीव्र बलरहरुलाई फाइदा हुने नेपाली टोलीको बुझाइ छ । नयाँ तीव्र बलर करण केसीलाई टीममा राख्नुले पनि यसलाई बुझिन्छ ।
सोमपाल कामी पहिलो राजाइमा पर्नेमा कुनै शंका छैन । पछिल्लो केही खेलमा ब्याटिङमा समेत जमेका उनी आफू अहिले बलिङमा बढी केन्दि्रत रहेको बताउँछन् । उनले भने-‘अहिले म बढी बलिङमै केन्द्रित भएको छु । मौका मिल्यो भने ब्याटिङ पनि गर्छु ।’
करणसँग अन्तराष्ट्रिय अनुभवको कमी छ । उनले श्रीलंका भ्रमणमा तीनदिवसीय खेलमा राम्रो प्रदर्शन गरे पनि औपचारिक प्रतियोगिता खेलेका छ्रैनन् ।
फास्ट बलर अमृत भट्टराईसँगै मध्यम तीव्र बलर कप्तान पारस खड्का, स्पीनर शक्ति गौचन, बसन्त रेग्मी र भुवन कार्की पनि नेपाली बलरको सूचीमा छन् ।
अनुभवी बलर शक्ति गौचन सुरुवात दुई खेलमा नेपाली ब्याट्सम्यानहरु चल्न सके नेपालले सफलता हात पार्ने बताउँछन् । ‘मुख्यतः खेलाडीको फर्म नै हो । खेलाडीहरुको प्रदर्शनमा कन्सिस्टेन्सी छैन । एउटामा राम्रो गर्यो भने अर्कोमा छैन’ उनले भने- ‘हामीले सुरुमा दुई खेलमा २५० रन कटाउन सक्यौं भने हामी जित्छौं । १८०, २१० मा समेटियो भने गाह्रो हुन्छ ।’
from Online Khabar » समाचार http://www.onlinekhabar.com/2014/12/224002/
via IFTTT