Today Rasifal - July 25, 2014 (Nepali Date: Shrawn 09, 2071 )
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
वि.सं. २०७१ श्रावण ०९ गते शुक्रबार तदनुसार ईश्वीसन् ई. सं. २०१४ जुलाई २५ तारिख,
प्लवङ्ग नामको संवत्सर, शाके : १९३६, श्रीसूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. : ११३४, (दिल्लागा)
आज घण्टाकर्ण चतुर्दशी, नेवारी पर्व गथामुगचह्रे पूजा,
चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त),
आनन्दादि योग : पद्म, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : पश्चिम,
काठमाण्डौं, नेपालमा सूर्योदय : ०५:२२:५८ बजे र सूर्यास्त : ०६:५६:१२ बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : ०५:१७:०६ बजे र सूर्यास्त : ०६:४६:२४ बजे,
नेपालगञ्ज, बाँके, नेपालमा सूर्योदय : ०५:३७:०४ बजे र सूर्यास्त : ०७:११:४२ बजे,
श्रावण कृष्णपक्षको चतुर्दशी तिथि, मध्यरात्रीपछि १२ बजेर ५६ मिनेटसम्म, त्यसपछि अमावस्या तिथि,
आर्द्रा नक्षत्र दिउँसो १२ बजेर ४९ मिनेटसम्म, त्यसपछि पुनर्वसु नक्षत्र,
हर्षण योग भोलि बिहान ५ बजेर १० मिनेटसम्म, त्यसपछि वज्र योग,
विष्टि (भद्रा) करण दिउँसो १२ बजेर १० मिनेटसम्म त्यसपछि शकुनि करण,
राहुकाल बिहान १० बजेर २१ मिनेटदेखि दिउँसो १२ बजेर ०२ मिनेटसम्म,
काल बारबेला बिहान १० बजेर २१ मिनेटदेखि दिउँसो १२ बजेर ०२ मिनेटसम्म,
रोग बारबेला दिउँसो १ बजेर ४३ मिनेटदेखि ३ बजेर २४ मिनेटसम्म ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विद्वान र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
शुभ कुराको सङ्केत मिल्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । दानदक्षिणा र सरसहयोग गर्दा धनखर्च हुने योग छ । आजका लागि शुभ अंक ७ र शुभरंग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने बेलुका रात छिप्पिएपछिमात्र थाल्नु बेस हुनेछ, नत्र शरीरमा पीडा हुनेछ । घाउचोट तथा अन्य वस्तुले समेत दुःख दिनसक्छ । दिउँसो अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउनसक्छ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज कुनै याचकलाई खाना खुवाउँदा शत्रुमाथि विजय प्राप्त हुने दिन हो । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । सानोतिनो लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । आजका लागि शुभ अंक ३ र शुभरंग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज कामको दायित्व थपिने छ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुने योग छ । परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य सम्पन्न हुनेछ, जसमा तपाईंको भूमिकाको खोजीहुनेछ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभ अंक ५ र शुभरंग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो । त्यसैले आज साँझ पूर्व वा दक्षिण दिशाको यात्रा गर्नुहोस् अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ, धेरै उमङ्ग नल्याउनु नै बेस होला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । विभिन्न समस्याहरू झेल्ने समय छ । समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ । तर समस्यादेखि नभाग्नु होला । आजका लागि शुभ अंक ६ र शुभरंग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । आम्दानीमा कमी हुने छैन । आजका लागि शुभ अंक ३ र शुभरंग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त वा मित्रले काममा धोका दिने सम्भावना छ । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । सोचेका कामहरू ढिलो गरी सम्पादन हुनेछन् । व्यापारव्यवसाय र साझेदारीबाट फाइदा हुनेछैन । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ । आजका लागि शुभ अंक ४ र शुभरंग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । आजका लागि शुभ अंक ४ र शुभरंग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धार्मिक, सामाजिक र मित्रवर्ग बाट धोका हुनसक्छ। छाला सम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना समेत छ । आजका लागि शुभ अंक ९ र शुभरंग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement