Loading...
Loading...
हातमा ४१ ट्याटु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

Untitled

एउटा हातमा बढीमा कतिवटासम्म ट्याटु खोप्न सकिएला ? पाँचवटा ? दशवटा ? कि तीसवटा ? न्युजिल्यान्डका एक व्यक्तिले भने एउटै पाखुरामा ४१ वटा ट्याटु खोपाएर सबैलाई चकित पारेका छन् ।
न्युजिल्यान्डका २७ वर्षीय ली वेयरले ट्याटुले यसरी हात ढाकेका हुन् । होमर सिम्पसन नाम गरेको कार्टुनका एकजना पात्रको आकृतिलाई ट्याटुमा ढालेर उनले हात ढाकेका हुन् । यसअघि कसैले पनि कुनै एक पात्रको आकृतिलाई ट्याटुमा ढालेर यसरी हात भरेको थिएन । त्यसैले गिनिज वल्र्ड रेकर्डले उनलाई ‘हातमा एउटै पात्रको ट्याटु सबैभन्दा बढी संख्यामा खोपाउने व्यक्ति’को उपाधि दिएको छ ।
‘लीले होमर सिम्पसन नाम गरेका कार्टुनका पात्रको ४१ वटा आकृति हातमा खोपाएका छन् । होमर सिम्पसनका विभिन्न आकृति उनको पाखुरामा कुँदिएका छन् । यसअघि कसैले पनि एउटै पात्रको ट्याटु यति ठूलो संख्यामा खोपेको थिएन,’ गिनिज वल्र्ड रेकर्डले लेखेको छ ।
‘सानोमा म होमर सिम्पसनको कार्टुन खुब हेर्ने गर्थें । बढ्ता हेर्न थालेपछि मलाई घरमा यो कार्यक्रम हेर्नमाथि नै प्रतिबन्ध लगाइयो । अहिले आएर मैले होमरको आकृति हातभरि खोपेको छु । होमरबाट अब मलाई कसैले अलग गर्न सक्दैन,’ लीले भने । मदिरा नखाएर बचाएको पैसाले ट्याटु खोपाएको उनले बताए ।

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.