Loading...
Loading...
इटलीलाई हराउँदै उरुग्वे अन्तिम १६ मा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

Italy

१० असार, काठमाडौं । चार पटकको च्याम्पियन इटलीलाई पराजित गर्दै उरुग्वे विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति अबेर भएको खेलमा पूर्व विजेता उरुग्वेले १० खेलाडीमा सिमित इटलीलाई १-० गोल अन्तरले पराजित गर्दै समूह चरणबाट घर फर्कायो । पछिल्लो पटक २००६ मा उपाधि उचालेको इटली लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरिएको हो ।

अघिल्लो चरण प्रवेशका लागि गर या मरको अवस्थामा दुई पूर्व विजेता मैदान उत्रिएका थिए । पहिलो हाफमा इटलीले दबाव दिए पनि गोल गर्न सकेन । ३२ उरुग्वेका निकोलसको राम्रो प्रहार इटलीका गोलरक्षकले बचाएका थिए ।

खेलको ५९ औं मिनेटमा ओर्लारो रियोसलाई फल गरेपछि रेफ्रीले इटलीका क्लाउडियोले रातो कार्ड पाए र इटली दबावामा आयो ।

८१ औं मिनेटमा उरुग्वे अग्रता लिन सफल भयो । रामिरेजको कर्नर बलमा डिएगो गोडिनले हेड गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए ।

Suarez

लगतै उरुग्वेका लुइस स्वरेज विवादमा परे । इटालियन डिफेण्डर जोर्जिओले स्वरेजले आफ्नो पिठ्यूमा टोकेको दावी गरेका छन् । मैदानमा स्वरेजले आफ्नो दाँत समाएकाले उनले टोकेको आशंकालाई बल पुग्छ ।

तर, खेलको भिडियो रि प्ले गरेर हेर्दा स्वरेजले टाउकाले हानेको र त्यस क्रममा दातमा ठोक्किएको जस्तो देखिएको छ ।जोर्जिओले पिठ्यूमा टोकेको भन्दै जर्सी सारेर देखाए पनि रेफ्रीले कुनै प्रतिक्रिया दिएनन् ।

खेलमा थप गोल हुन सकेन र उरुग्वे समूह डीको उपविजेताका रुपमा प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोही समयमा इङ्ल्याण्डसँग गोलरहित बराबरी खेलेको कोष्टारिका समूह विजेता बनेको छ ।

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.